गुरुङ
From Wikipedia
गुरुङ नेपालको मध्यमाञ्चल क्षेत्रका जातिगत समुह हुन्। गुरुङहरू मुख्यत: गण्डकी अञ्चलमा बसोबास गर्दछन्, खासगरि लमजुङ, कास्की, तनहुँ, गोर्खा, पर्बत, स्याङ्जा र अन्नपूर्ण हिमशृङ्खला आसपास मनाङ जिल्लाहरूमा। कोही वागलुङ, ओखलढुङ्गा र ताप्लेजुङ् जिल्लाहरूमा र माच्छापुच्छ्रे आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि सिक्किम र भुटानमा समेत बसेको अनुमान गरिन्छ।
२००१को तथ्याङ्क अनुसार ५४३,५७१ गुरुङ (तमु) (नेपालको कूल जनसङख्याको २.३९%) छन् जसमध्ये ३३८,९२५ तमु भाषा बोल्दछन्।
विषयसूची |
[परिवर्तन्] उत्पति
The Gurung believed that Lamjung, Kaski and Gorkha are the birth places of their community.
Some anthropologists deduced that the Gurung, Tamu (also spelled Temu) are descended from the historical pre-Mongol, Hun people of Central Asia, and spread and settled in Nepal they came to be known as Gurung. Others argued that they are of more recent Mongol migrations.
"Pye-tan-lhu-tan" is the sacred scripture of the Gurung, which contain oral accounts of their traditional history.
तमु जातिको संक्षिप्त ऐतिहासिक झलक पच्यु, पैँडी चिब यारजङ क्रोँम्छैँ तमु र भोवर पाल्जें तमु
(बर्नार्ड पिग्नेडको छोटो समयमा ठूलो फ्रेन्च पुस्तकको काठमाडौंमा प्रकाशित अंग्रेजी संस्करण द गुरुङ्समा संलग्न आखिरी अपेन्डिक्सको अनुवादित रूपान्तरण)
तमु वोन धर्म अन्तर्गत प्येताँ ल्हुताँ (शास्त्र तथा संस्कृति)मा वर्णित पौराणिक कथा, उपाख्यानहरूमा तमु जातिको ऐतिहासिक दर्पण संरक्षित छ । यी मौखिक प्ये (शास्त्र)हरू तमु पुरोहितहरू पच्यु र क्ल्हेप्रीले टिबेटो बर्मन भाषा परिवार अन्तर्गतका भाषा च्वों क्युई (शास्त्रीय भाषा ) र तमु क्युई (बोलीचालीको भाषा) मा पढ्दछन् । तमु धर्म शास्त्रमा तमु सभ्यताको शुरुवात देखिका कुराहरू समाबेस भएको पाइन्छ । त्यसमा मानव श्रृष्टि र प्रयोग गरिएका सामग्रीहरूको उल्लेख गरिएको समेत पाइन्छ । तमु खेगी (पुरोहित)हरूले त्हेँ(यज्ञ) गर्दा अझै पनि केही पौराणिक सामग्रीहरू प्रयोग गर्दछन् । लामो समय ब्यतित भए तापनि ती शास्त्रहरू परिवर्तन भएको देखिदैन । तिनले तमुहरूको पूर्खा अजि खे (खेकु, नौ जिज्यूहरू), अजि मा (माङि, सात जिज्यूनीहरू ) र आवा कारवो क्ल्हे, शक्ति गुरुहरू, देव देबीहरू इत्यादि बारे जानकारी दिलाउछन्। जसमा परम् प्रभु क्ल्हेसोदी प्ह्रेसोदीको साथै अन्य शक्तिशाली गुरुहरू पक्रे क्ल्हे र छयोपको आराधना गरिन्छ ।
तमु शास्त्रले कसरी पहिले ठूलो ताल छेउको च्वों गाउमा बस्ती बस्यो जहा पहिलो अन्न जौ उमारिएको थियो भन्ने बताउछ । पछि कोही बसाईं सर्ने क्रममा स गाउ, त्हो गाउ, सि गाउगर्दै दक्षिणको गरम उर्बर गाउ क्रोंमा फिजिए । अनि उत्तरको च्वों गाउमा च्वोंभाषामा धार्मिक क्रियाकलाप बढ्यो भने तमु भाषा बोलिने दक्षिणको क्रोगाउमा कृषिजन्य क्रियाकलाप बढ्यो । यी दुई उत्तरी र दक्षिणी गाउ बीचका अन्य गाउहरूमा यी दुवैको मिश्रित प्रगति भयो । तमु शास्त्रमा आगोको अविस्कार, ढ्याङ्ग्रोको निर्माण आदि जस्ता थुप्रै अनि प्राचीन कथाहरू वर्णित छन् । तमु जातिको परापूर्खा माङि र खेकुले क्रमश ७ ताल र ९ चुचुरोको प्रतिनिधात्मक संज्ञा दिए जस्तो पनि लाग्दछ । प्रमाणित आधार नभए तापनि प्येताँ ल्हुताँमा वर्णित शुरुको च्वों गाउ परम्परागत कथनसग मिलाएर हेर्दा पश्चिम मंगोलियाको तीन पहाडी श्रृंखला बीच सातवटा ताल रहेको क्षेत्रमा पर्ने अनुमान हुन्छ। त्यसको दक्षिणमा शुरुको क्रोँ गाउँ तिब्बतको उत्तरमा, पश्चिम चीनको सिकियाङ प्रान्तको हो चिएको तुफान नामक क्षेत्रमा पर्ने आभास हुन्छ । ठूला तालहरूलाई मंगोलियामा नूर, पश्चिम चीनमा नोर र तिब्बतमा च्वों भनिन्छ ।
तमु परम्परामा एक ठाउबाट अर्को ठाउँमा बसाई सर्दा अघिल्लो ठाउको परिवेश जस्तै देखिएमा नया ठाउँलाई पनि पुरानै नाम राखिने चलन थियो । मानिस मरेपछि उसको मृतात्मा पहिले क्होकुली म्हर्स्यो नामक तालको पानी मुनी जान्छ भन्ने विश्वासको कुरा तमु शास्त्रले भन्छ । तिब्बतको उत्तरपूर्व, चीनको क्वीन्घाई प्रान्तमा बीचमा टापु भएको अति ठूलो ताल गण्डकी अञ्चल जत्रो क्षेत्रफल भएको कोकोनोर (चिनघाई) पर्दछ । यो पश्चिम मंगोलियाको सातवटा तालमध्येको हारा उसा नुर जस्तै बीचमा टापु भएको ताल छ र यस नजिकका ठाउहरूको नाम आखिरीमा च्वों शब्द जोडिएको छ । जस्तैः लान्चो, लियाङ्चो, कान्चो, सुनचो आदि । ती नामहरू तमु शास्त्रमा वर्णन गरिएको च्वों नामक गाउको शब्दबाटै नामाकरण भएको प्रतीत हुन्छ । त्यस्तै गरी त्यहा देखि दक्षिणतिर स नासा, त्हो नासा, सि नासा र क्रों नासा नामक ठाउहरू क्रमश चीनका प्राप्तहरू क्वीन्घाई, कान्सु, सिचुआन र युनानमा पर्ने हुनसक्छ । चीनको अल्प संख्यक समुदाय मध्येको टु जाति लान चो वरिपरि बस्दछ र नाक्सी जाति सिचुआन र युनान प्रान्तमा बस्दछ । तमुका दुईवटा थरको नाम पनि टु र न्हान्सी भनिन्छ । पहिलो तिब्बतीहरू तिब्बतमा पूर्वी सीमाका क्वीन्घाई, कान्सु, सिचुआन, युनान प्रान्तहरूबाट प्राचीनकालमा प्रवेशिएको हुनु पर्दछ । पछि तिब्बतमा हान जातिका मानिसहरू भित्रिए । सीमान्त क्षेत्रका जातिहरूको निमित्त पूर्वी तिब्बतमा रहेको चाम्डो (छ्याम ट्हो राम्रो गाउ) नै प्रवेश र्ार भएको देखिन्छ । चाम्डो नजिक कारो नामक ठाउ मा प्राचीन मानव बसोबास ४,६०० वर्ष भन्दा पहिले भएको भन्ने कुरा प्रमाणित भैसकेको छ । हानहरूले त्यहा फापर उमारेकोले त्यसलाई खाम भनियो । सम्भवत तेस्रो प्रवेशी समूहको रूपमा म्हिन कुगी (तमु) हरूले त्यहा हानहरूलाई बसाई सराईको पालो दिए । त्यसबेला त्यो ठाउ व्यापक पशुपालन क्षेत्र र महत्वपूर्ण व्यापारिक स्थल पनि भैसकेको हुनसक्छ ।
चाम्डोबाट म्हिन कुगीहरू पश्चिम ल्होका क्षेत्रको यार्लुङ उपत्यकातिर लागे । त्यहा १०००बी.सी.तिर तिनीहरूलाई प्रचलित रूपमा तमु भनेर चिनियो र समयको अन्तरालमा पच्यु पुरोहित रहेको वोन धर्म (बुद्ध धर्म भन्दा अघिको) फस्टायो । त्यहा बाट केही पुरोहितहरूले च्वों नासा (गाउ ) तिर तीर्थाटन गरेको हुन सक्छ । तमुहरूको अर्को समूह ल्होकाको पश्चिमतिर बसाई सरेको हुनु पर्दछ । ल्होका क्षेत्रमा चेताङ ठाउ नजिक चन्ताङ गोसी भन्ने डाँडा छ । पच्चिस सय वर्षअघि त्यहा तिब्बती इतिहासमा वर्णित न्या (त्रि) चन (पो)सगको ऐतिहासिक भेट र तमु शास्त्रमा उल्लेखित न्ह चन (लम्बिएको कान वाला)को कथा ठ्याम्मै मेल खान्छ, एकै हो । गोठालाहरूले भेटेको एक्लो बलियो न्ह चन उनीहरूसगै मिलेर गाउमा बसे । उनले गाउलेहरूको खतरापूर्ण गाह्रो कामहरू सघाए । पछि उनलाई नोचन ह्रोँले चिनियो । उनलाई चाफि पामि्रस्यो कन्यासग विवाह गराई दिए । उनका सन्तानहरूलाई कोन्म थर भनियो ।
१०० बी.सी.तिर पच्युहरूमध्येबाटै क्ल्हेब्री (क्यार वो)को उदय हुनु अघि नै यता तमुहरू मुस्ताङ क्षेत्रमा बसोबास गरिसकेको हुनसक्छ । उता चनपो राजपरम्पराको ३३ औं शक्तिशाली राजा स्रोङचोन गम्पो (६२९ - ६५० इ.सं.) को पालामा तिब्बत एकीकरण भयो र ल्होकाको राजधानी साङपो नदी पारी उत्तरतिर ल्हासामा सारियो । त्यस ताका पूर्वी सीमा क्षेत्रका थुप्रै मानिसहरूलाई सैनिक पेशामा भित्र्याइयो । वोन परम्पराको साथसाथै बुद्ध धर्म (लामावाद होइन) अंगालियो । पछि आठौं शताब्दीमा भारतीय बज्रयानी गुरु पद्म सम्भवले निग्मापा शाखाको लामावाद स्थापना गरे । उनले महायानी बौद्ध, वोन विश्वास (पञ्चदेव), हिन्दू संस्कार (गरुड पुराण) र बज्रयानी तन्त्रमन्त्र मिसाएर तिब्बती बुद्ध धर्म अर्थात् लामावाद लोकप्रिय बनाए । तिब्बतीहरूले बुद्धलाई भन्दा बढी उनलाई ॐ मनि पद्म हु भनी पूज्न थाले । राज्यसत्ताको आडमा लामावादीहरूले वोन्पोहरूलाई दबाब बढाए तापनि तिब्बतमा तेह्रौं शताब्दीसम्म वोन धर्मको प्रभाव बलियो रह्यो । जे भए तापनि स्रोङचन गम्पोको पाला भन्दा धेरै शताब्दी अघि तिब्बत छाडिसकेको हुनाले तमु वोन पुरोहितहरूले पढ्दा उनको बारेमा उल्लेख गरिएको पाइदैन ।
तिब्बतको बुद्ध धर्म अघिको वोन धर्म प्रकृतिवादको धेरै उन्नत रूप थियो । त्यो अझै पनि प्येताँ ल्हुताँको नाममा तमु पुरोहितहरूमा संरक्षित छ । जिउदो मानिसहरूको निम्ति पाठ भए जस्तैः आत्मा, परमात्मा, देवदेवी, द्यौरालीहरूसग सम्बन्धित पूर्खाहरूको प्रायोगिक अनुभव र अनुभूतिको आधारमा पुरोहितहरूले बोक्सी, भूतप्रेत आदिको शक्तिलाई दमन गर्ने कुरासग यो सम्बद्ध छ । वोनवादले सम्पूर्ण जगतलाई तीन लोकमा बाडेको छ । मानिस मरे पछि उसको मृतात्माले लास छाड्छ र स्वप्नमय अदृश्यरूपमा रहन्छ भन्ने विश्वास गरिन्छ । पै (अर्घुं) यज्ञ गर्दा पुरोहितहरूको भूमिका मृतकको आत्मालाई पयमा गाइने स्यर्का गीतमा उल्लेखित मार्ग पछ्याउदै तिब्बत पार गरी क्वीन्घाई तिर पुगी उडाएर परापूर्खाको ठाउ , तरगी ल (खेमा नास/स्वर्ग)मा पुर्याई पितृसग लीन गराई दिनेहुन्छ ।
तिब्बती पौराणिकतासग मिलाए अनुसार वोनवादको वर्गिकरण
१. नम वो (डोल वा कालो वोन) : पौराणिक पुरोहित पच्यु २. क्यार वो (धर्के वोन) १००बी.सी.तिर रूपान्तरित पुरोहित क्ल्हेब्री ३. लम वो (सेतो वा ग्युर वोन) ८३८ इ.सं.मा अनुवादित लम (वोन्पो)
तमु जातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ । यसको शुरुवातको मिति भेटिंदैन । समयको अन्तरालसगै विकासको क्रममा पछिल्ला पूर्खाहरूको कथा जोडिएर पच्युहरू हागिएको हुन सक्छ । सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्रि चन्पोको सातौं पुस्ता) को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भयो । डि्रगमको हत्यारा (लोङम डाजी)को बद्ला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासु क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्यरूपले निम्ताएको थियो । पछि सम्थव ङोन्पो नामक वोन्पो विर्ान्ले बौद्ध दर्शन भन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताकोरूप दिए जसलाई क्यार वोन भनियो । त्यसैताका पहिलो चन्द्रमास पात्रोको शुरुवात गरियो । त्यस प्राचीन पात्रो अनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइन्छ, जुन नेपालको तमु जातिमा अद्यावधि प्रचलित छ र त्यही दिनतिर तिब्बतको सिगाचेका ठाउहरूमा पनि मनाइदैछ ।
अचेल तमु समाजमा चौंथौ पुरोहितको रूपमा विशेष प्रकारको महायानी लामाको उदय भएको पाईन्छ । जसमा केही तेस्रो पुरोहितहरू पनि परिवर्तित भएका छन् । मुख्य यज्ञहरूमा क्ल्हेब्री र वोन्पो लमलाई पच्युको साथ चाहिन्छ । तर नया लामालाई तिनीहरू चाहिदैनन् । उनीहरू आफूलाई बुद्धकै आशीर्वाद पाए जस्तो कुरा गर्छन् तर बौद्ध ग्रन्थ बारे त्यति ज्ञान पाएको देखिन्न र यी तमु लामाहरू देखेर तिब्बती लामाहरू विवेचित छन् । जे भए तापनि उनीहरू कम शिक्षित समाजमा प्रभाव जमाउन समर्थ भएका छन् र त्यस परिणामले हाल वोनवादीह रू र बौद्ध मार्गीहरू दुवै थरीलाई असर परेको छ।
तमुहरूको पौराणिक कथाहरूलाई नियाले अनुसार बागमती अञ्चलमा तामाङहरूको बसोबास शुरु हुने बेला तमुहरूले ई.पू. पहिलो शताब्दीतिर मुस्ताङमा बसोबास गरेको बुझिन्छ । यी दुई समूह आजभन्दा झण्डै तीन हजार वर्ष पहिले तिब्बतमा छदै छुटेको हुनु पर्दछ । मुस्ताङमा पच्युको निम्ति फलिप्रो म्हार्स्यों र क्ल्हेब्रीको निम्ति लिप्रो म्हार्स्यों गरी दुई क्होइवो (गुम्बा)हरू थिए । तमुहरू शिकार खेल्न जंगली जनावरहरू पछ्याउदै लामो दूरीसम्म पुग्ने गर्दथे। अनि नया ठाउहरू राम्रो लागेमा बसाई सर्दथे । उनीहरू मनाङमा मर्स्याङ्दीको किनार छेउ बसाई सर्दा त्यहा को पहिलो तमु गाउले प्रमुखलाई पछिकाले आफ्नो पनि क्ले (अधिपति) माने । उनका सन्तानहरूलाई क्ले (घले) भनिएकोले तमु जातिमा नया थर थपिन गयो । यस्तै स्थिति र स्थानबाट पहिलेको पुरानो थरबाट धेरै नया थरहरू प्रचलित भएका छन् ।
मनाङबाट सन् ५०० तिर केही तमुहरू शिकार खेल्दै उत्तरी भेकबाट अन्नपूर्ण श्रृंखलापार गरी दक्षिणी भेकमा आएका थिए । तिनीहरूले त्यो लेकाली भूमि मन पराएकोले त्यहा केही अन्नको बीउ छरेर फर्के दोस्रो पटक आउदा त्यहा उनीहरूले सप्रेको बाली पाए । तेस्रो पटकमा तीनवटा थरका तमुहरू त्यहा आएर तीन समूहमा बस्ती बसाली क्होल सोप्रे ट्हो (गाउँ) नामाकरण गरे । हिमाल वारि दक्षिणी भेकमा यो तमुहरूको पहिलो ऐतिहासिक गाउँ थियो र एकताबद्ध आखिरी गाउँ पनि भयो । त्यस पछि मनाङ मुस्ताङबाट अरु तमुहरू पनि यता बसाई सर्दै आए । मुस्ताङमा बाकि रहेका तमुहरू पछि थकाली (ताम्हा) बने ।
क्होलमा प्येताँ ल्हुताँ (ठेट वोनवाद)को पुनरावलोकन भयो । शताब्दियौं लामो बसाई सराईको सन्नाटा पछि त्यहा केही सामयिक अध्यायहरू थपिए । मंगोलाइड आकृतिका तथा टिबेटो वर्मन भाषी तमु जातिका मानिसहरूले त्यहा त्यति बेलातिर आफ्ना शास्त्र, संस्कार, अर्घुं, कूलपूजा, यज्ञ, पार्क, ल्होसार, ढुकोर, रोदी आदि तथा संस्कृति र परम्पराको सुधारको निम्ति प्रयास गरे । यी जातीय विशेषताहरू हिन्दू आर्य जातीयता भन्दा पूर्णत भिन्न छन् ।
मनाङ जिल्लाको मध्यउत्तर भागमा पर्ने नारमा पछि आएका तिब्बती वोन्पो लमसग पुरोहित्याइ सिक्न चिलि (सिक्लिस) बाट कोन्म थरका केही तमुहरू गएको बारे एक पौराणिक कथन छ । त्यहा बाट फर्कंदा सिकलाई पूरा भएकोलाई लम र नभएकोलाई लेम भनियो । तब कोन्महरू आ आफ्नो धेरै नजिकका भाइहरू समेटिएर कोन(नगएकाहरू) लम र लेम गरी तीन उपथरमा बाडिए । वोन्पो लम अनुयायी लम र लेमले पच्यु, क्ल्हेब्री अनुयायी कोनसग वैवाहिक सम्बन्ध गास्न थाले । वास्तवमा यी तीनै उपथरका सोंगीहरू एकै पूर्खाका सन्तान हुन् । यस बाहेक उनीहरूले आफ्नो दरिलो समूह बनाए । पछि चिलिको सामरी क्ले (घले) राजाको पालामा लम र लेमले घलेका छोरीहरू विवाह गरे भनिन्छ । पूर्खा बेग्लै भए तापनि कोनले घलेसग मुसेर दाजुभाइको नाता कायम राखी परम्परा बद्लेन । वोन्पो लमद्घारा गुरु भन्ने उच्च सम्मानको शब्द परिभाषित भयो र पछि अरु जात, जातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरुङ शब्द प्रचारित भयो ।
[परिवर्तन्] Lifestyle
तमु र गुरुङ एकै होः
कुनै पनि जाति भनेको उपाधि हो, जुन आदि पुर्खाले कमाएर वंशजमा हस्तान्तरण गरेको हुन्छ। यो कुरा गुरुङ जातिमा पुष्टि भएको पाइन्छ । यो जातिलाई नेपाली भाषामा गुरुङ भने पनि गुरुङले गुरुङ भाषामा आफूलाई तमु भन्दछ। स्व. टेकसिं प्हैमो तमुले केर्लोमा सफुती क्ह्याल्साका पहिला राजा क्रसिरीले दिएका निर्देशनहरुलाई बाह्रमहाबौद्धहरुले तमु भनी समर्थन गरेकाले पछि तिनका सन्तानको जातीय नाम थर नै तमु रहन गएको कुरा उल्लेख गरेका छन् । त्यस्तै तमु प्ये ल्हु संघका संस्थापक सदस्य हाल महानिर्देशक भोवर पाल्जै तमुले मनाङ जिल्लाको उत्तरी भेग नारमा तिब्बतबाट आई बसेको वोन्पो लम द्बारा तमुजातिलाई उच्च सम्मानको पद गुरु शब्द परिभाषित भयो र पछि अरु जातजातिबाट भिन्न पहिचानको रुपमा तमु शब्द कम प्रयोग भई गुरुङ (गुरुको अङ्ध) शब्द प्रचारित भयो भनेका छन् ।
सामाजिक व्यवस्थाः
तमुजातिमा मामा चेला फुपु चेला सोलीडोली चल्छ। त्यसैले नेपालको कानूनमा हिन्दू धार्मिक परम्पराअनुसार जेसुकै भए पनि गुरुङको हकमा मामाको छोरी रोजीरोजी फुपुको छोरी खोजीखोजी बिवाह गर्ने परम्परालाई मान्यता दिएको पाइन्छ। जीव वैज्ञानिक (अनुवांशिक) दृष्टिकोणले उपयुक्त नभएकोले अचेल यसलाई छोड्नुपर्ने तर्क शिक्षित वर्गको छ। खेगी चोँगी र पैंडी यस जातिका सामाजिक व्यवस्थापनका अभिन्न अगं हुन्। खेगी पुरोहित, चोँगी जजमान (गन्यमान्य भद्रभलादमी) र पैंडी ज्योतिषी। सामाजिक काम कुरामा कुनै नयाँ कामको थालनी वा कामकाज गर्ने क्रममा विवाद पर्यो भने खेगी, चोंगी (जजमान भद्रभलादमी) र पैंडी (ज्योतिषी) सबै एकै ठाउँमा भेला भएर कस्तो प्रक्रियाले त्यो कार्य सम्पन्न गर्ने भन्नेे कुराको निर्णय खेगीले गर्दछ। कुन चाहिं काम गरेमा सबैको भलो हुन्छ भन्ने कुराको निर्णय चोंगीले गर्दछ। कुन तिथि मिति पारेर कार्यारम्भ गरेमा शुभअशुभ के हुन्छ भन्ने कुराको निर्णय पैंडीले गर्दछ । तमु समुदाय राष्ट्र निर्माणको धरोहर बन्न सक्नुमा यिनै ऐतिहासिक परम्पराको पृष्ठभूमीले ठूलो योगदान पुर्याएको छ।
चाड पर्ब
जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ) को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्ट परम्परा अझैसम्म जीवित छन्। तमुको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तरगत, तमुहरुको मुल चाड पर्बहरुमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पुर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (बैशाख पुर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पुर्णिमा) आदि हुन्।
[परिवर्तन्] Religion
पच्युले नामरु पुजा गर्ने गोठ र खर्कको रक्षाको लागि हो। जुन बेला हामी पशुपालन युगमा थियौं। क्ल्हेप्रीले गर्ने सिल्दोनाल्दो पुजाले कृषियुगमा प्रवेश गरेको जनाउँछ। पच्यु क्ल्हेप्री संस्कार जातीय कर्ममा आधारित छ। मृतात्मलाई पुर्ख्यौंलीको लोकमा लीन गराउने। लमधर्म भने सांसारिक मायाजालबाट व्यक्तिलाई निर्वाण नजीक पुर्याउने रहेको छ। मनाङबाट सन् ५०० तिर केही तमुहरु अन्नपूर्ण हिमश्रृखलाको दक्षिणी भेग (क्होलसोँप्रे ट्हो) मा एकताबद्ध भएर बसे। खेती किसानयोग्य रमणीय स्थान देखेपछि फेरि पनि मनाङ र मुस्ताङबाट अरु तमुहरु आए। त्यहाँ चिमी हुइँडुको अर्घौं गरेर उसको मृतात्मलाई तार्न सफल भएपछि मुस्ताङको लिप्रो म्हार्सोबाट आएको क्ल्हेप्रीहरु राजपुरोहित बने। पैतृक रुपले प्राय गरी ल्हेंगे र क्रोम्छे थरबाट पच्यु अनि टु र म्होब्छे थरबाट क्ल्हेब्री हुन्थे ।
तमुजातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ भने त्यसपछि क्ल्हेप्री आउँछ। धेरै विधिमा यिनीहरु दुवै पुरोहितहरु उस्तै छन्। ती दुवैले एकै भाषा प्रयोग गर्छन्। ती दुवै चोँ नाँस भएर आदि पुर्खाको लोकसँग सम्बद्ध छन् तर तेस्रो पुरोहितको रुपमा बोन्पोलमले तिब्बती भाषामा शास्त्र (छ्योय) पढछ, जुन तमुहरुले बुझ्दैनन्। अचेल तमु समाजमा चौथो पुरोहितको रुपमा विशेष प्रकारको महायानी लामाको उदय भएको पाइन्छ । जसमा केही तेस्रो (वोनपो लम) पुरोहितहरु पनि परिवर्तित भएका छन् । मुख्य यज्ञहरुमा क्ल्हेप्री र वोन्पो लमलाई पच्युको साथ चाहिन्छ। तर नयाँ लामालाई तिनीहरु कोही पनि चाहिंदैन । उनीहरु आफूलाई बुद्धकै आशीर्वाद पाए जस्तो गर्छन् तर बौद्ध ग्रन्थबारे त्यति ज्ञान पाएको देखिन्न । त्यसैले यिनीहरु देखेर तिब्बती लामाहरु आश्चर्य चकित छन् । जे भए तापनि उनीहरु कम शिक्षित समाजमा प्रभाव जमाउन समर्थ भएका छन् र त्यस परिणामले हाल बोनवादी र बौद्ध मार्गी दुवैथरीलाई असर पारेको छ । मुस्ताङमा पच्युको निम्ति फलिप्रो म्हार्सों र क्ल्हेब्रीको निम्ति लिप्रो म्हार्सों गरी दुई गोटा क्होइवो (गुम्बा) हरु थिए ।
तमुजातिको इतिहासको पहिलो पानामा पच्यु (स्यामाँ क्ह्रोलु) लाई जन्माएको छ भने पच्युको इतिहासबाट क्ल्हेब्रीको जन्म भएको छ र त्यसपछि पच्यु र क्ल्हेब्रीको इतिहासबाट लमको जन्म भएको छ। सबैलाई आआफ्नो कार्यको लागि शक्ति संरचना गरेको छ जुन शक्ति पञ्चमहाभूत शक्तिहरुको समग्र रुप हो। जसलाई तमुकी (चोंक्युई) मा सारगी ह्रोरै फैला करने क्ह्याला छ्योवा नामले पुकारिन्छ। यही शक्तिको शरणमा हामी परमप्रभु परमेश्वर क्ल्हेनमे प्ह्रेनमे क्ल्हेसोदी प्ह्रेसोंदीको प्रार्थना गर्दछौं, जसलाई शक्तिको मूल रुप (स्रोत) मान्दछौं। पच्युले यिनै शक्तिको आधार लिएर मोँ सैवा (ह्राँ स्योवा) अर्थात् मोंकु, चैंकु, ट्हीकु, थाकु, रिकु गर्ने गर्दछ र क्ल्हेब्रीले पनि यही शक्तिको आधारमा परमप्रभु परमेश्वर क्ल्हेसोंदी प्ह्रेसोंदी) को प्रार्थना गर्दै ह्रो स्योवा (क्याँ थोंवा) गर्ने गर्दछ। अर्को बेग्लै काम क्ल्हेब्रीले थाँ क्यारवा गर्दछ। पच्यु क्ल्हेब्रीले ह्राँ ह्रीँ पन्छाइसकेपछि लमले क्याँ छोँवा (स्योवा) गर्दछ। पच्युले दुष्ट आत्म (मोँ) लाई तन्त्रमन्त्र लगाएर विधिपूर्वक मार्नुलाई मोँ सैवा ख्राल चैंवा क्याँ तेवा भनिन्छ भने क्ल्हेब्रीले नौ तालमा नाच्नु भनेको पच्युले मारेर ढली राखेका दुष्ट आत्महरुको लासलाई पन्छाउँदै बाटो सफा गर्नुलाई क्याँ थोँवा (स्योवा) भनिन्छ। यसरी बाटो सफा गरीसकेपछि लम गुरुहरुले मृतकको शुद्ध आत्मलाई मने पेमे हुँको मन्त्रोच्चारणले अझ शुद्ध बनाई इचै देवा चैंगी सिङामा पुर्याउन क्याँ छोँवा (स्योवा) विधि गर्दछ ।
आधुनिकताको अनुसरण गर्ने क्रममा बर्तमान अवस्थामा कतिपय तमुहरु पुर्खौली धर्म कर्मलाई चटक्क छाडी अन्य धर्म सस्कारको स्वाद चाख्दै अरु जातिय संस्कार आगाल्न पुगिसकेका छन्। तमुको प्राचिन धर्म बोन धर्म हो जसलाई तमु पेताँ ल्हुताँ भनेर पनि चिनिन्छ। जसमा कुल, पुर्खा, आत्म तथा प्राकृतिक श्रोतको पूजा, आदृश्य शक्तिमाथि बिश्वास गर्ने तरिकाहरु पर्दछन्।
[परिवर्तन्] FAQ
२०४७ माघ २७ को प्रथम आम भेलामा प्राप्त प्रश्नहरु र तिनका उत्तरहरु पच्यु पैँडि चिब यारजङ क्रोम्छैँ तमु
विभिन्न समस्याले ग्रस्त तमु समाजमा अन्तरदन्दहरु प्रकाशमा आएको कारणले यसरी प्रश्न उठाउनु बुझ्नु र बुझाउनु अति महत्वपूर्ण कुरा हो । कृपया पूर्वग्रह नलिई तटष्थ मनले यी सवाल जवाफ बुझिदिनु होला । बिबाद प्रष्ट भएपछि स्थिति सुध्रिन्छ । यस्ता कुराहरुलाई साम्प्रदायक बिखण्डनवादी भन्नु त भन्नेहरु नै त्यस्ता हुन् ।
प्रश्नः १ लामा गुरुको बुद्ध धर्मसंग नाता छ भने पच्यु क्ल्ह्येप्रीँको कुन धर्मसंग नाता छ ? उत्तरः तमु जातिको परापूर्वकाल देखि चली आएको कूल धर्म प्येताँ ल्हुताँ हो । यसैको खेगी पुरोहितहरु पच्यु क्ल्ह्येप्रीँ हुन् जसको आफ्नो बाहेक अरु धर्मसंग नाता छैन । पच्यु क्ल्ह्येप्रीँ मात्र नभै सम्पुर्ण तमुहरुको आफ्नै वंशीय कूल धर्मसंग नाता छ । तर लामा गुरुको बुद्ध धर्मसंग नाता भए तापनि शुद्ध छैन । शान्तिका अग्रदूत शाक्य वंशी गौतम बुद्धलाई महामानवको रुपमा मनिन्छ । तर तमुको जातीय कर्म काण्ड संस्कार आदिमा आफ्नो पुर्खको नाम पुकार्नुपर्दा बुद्धको नाम लिइँदैन । बुद्ध धर्ममा कुनै पनि जातिको संस्कार उल्लेख छैन । तर नेपाल मात्र नभै विश्वका अन्य बुद्ध धर्मी जातिले अर्गु गर्दैनन् । लामासंग अर्गु गर्ने शास्त्र छैन । उसले त तिव्वती भाषामा तिव्वतको कुनै जातीको कर्म काण्डको नक्कलमात्र गर्छ । बुद्धको सिद्धान्तमा शुन्य अनि पुरोहित्याईमा सीमित अवौद्ध एवं वेजाति तमु लामाको नाता राम्ररी केलाउनु होला ।
प्रश्नः २ पच्यु र क्ल्ह्येप्रीँले जग्गेमा कुन देवतालाई पुकार्छन् र शिरमा कुन देवताको फोटो लाउछन्? उत्तरः पच्यु र क्ल्ह्येप्रीँले मानी आएको शक्तिशाली क्ल्ह्येसोँदी प्ह्रेसोँदी देवता को साथै आफ्ना पित्रहरुलाई पुकार्छन् जग्गे सम्बन्धि अवगत गराउँछन र त्यस कामको सफलताको लागि शक्ति लिन्छन् । चामल पकाएर तिनै देवताको स्वरुपमा कैँदु तोर्मा बनाइन्छ । क्ल्ह्येप्रीँले शिरमा १ स्यात्हुर्जे सैँब । २ न्हुनाब थायोँ । ३ लोँर्हिजे च्ह्यौउँडु । ४ च्ह्योँङट्हुसे ट्हुब । ५ उँईनोब क्ह्याला । माझ र चार दिशाको देवताको तस्बीर लगाउँछन् ।
प्रश्नः ३ पच्यु र क्ल्ह्येप्रीँले अर्गुमा काटमार नगरोस् भन्ने धेरै चोकीहरुको माग छ नि? उत्तरः चोकी यजमान हरुको प्रश्न स्वभाविक छ । तर अर्गुमा मात्र किन सबैले सधै काटमार नगर्ने मासु नखाने साकाहारी भइ दिएको भए संसारको इतिहास नै वदलिने थियो । मानिसले यस्तो चाहनु राम्रो कुरा हो । यी सब कुरा सोचाईमा मात्र सीमित छन् । व्यवहारमा जिउनुको लागि कुनै विकल्प छैन जसले सम्पूर्ण मानव समुदायलाई मुक्ति दिउन् । युगअनुकुल सुधार हुनु स्वभाविक हुन आउँछ तर घरमा छाना फेरे जस्तै खम्बा हटाउन मिल्दैन । शास्त्र अनुसार यो विना कार्य अधुरो हुन्छ । अर्कै शास्त्र पल्टाई अर्गु गरी हिड्ने लामाले पनि केही वर्ष अघि सम्म काटमार गर्दथे । अघिको र अहिलेको शास्त्रमा भने केही परिवर्तन नहुनु ठग विद्मा भन्ने सावित हुन्छ । पच्यु क्ल्ह्येप्रीँको शास्त्रमा पित्र मृतक लाई स्वर्गमा लीन गराउने अर्गु कार्यमा पशु पन्छी चढाउनै पर्ने अध्यायहरु छन् ।
शास्त्र अनुसार पूरा बिधी नगरेमा खेगीहरु माथि पितृको छैप्हर्जे पाप सराप पर्ने र विना काटमार को अधुरो कार्यले पितृ स्वर्ग र नर्कको बीच हेनिन्होएछजामा फस्न जाने कुरामा विश्वास भएकोले पच्यु क्ल्ह्येप्रीँले काटमार छाड्न नमिल्ने निर्णय लिएका हुन् । आठ दश बर्ष अघि देखि अर्गुमा काटमार गर्न छाडेका यजमानहरुले अर्काको चाड दशैमा दुर्गाको नाउँमा बोका बली चढाउन छडेका छैनन् । यसरी अरु बेला भेंडा बाख्रा काटने मार्न लगाउने खाने यजमानहरुले पितृको नाउँमा अर्गु गर्दा काटमार नगर्ने भन्ने सवाल खेगीलाई होइन आफुले आफैलाई सोध्नु होला । अहिँशा शव्द जालको भुलभुलैयामा फसेका यजमानहरुले पैसाको लोभ र अन्य बाध्यता सिर्जना गराएर केही अपरिपक्क खेगीहरुलाई भड्काएकाले काटमार बिनाको अर्गुको माग बढेको हो । यसवारे बुझकार बुद्विजीवीहरुले उपयुक्त सुधारको माग गर्लान तर मूल कुराको परिवर्तन चाहदैनन् ।
प्रश्नः ४ हामी बुद्ध धर्मी हौँ र बुद्धले हिंशा नगर्नु भनेका छन् । हिंशा गरेर पितृलाई स्वर्ग तार्ने कुरामा विश्वास गर्न नसकिएकोले अविश्वासले यो धर्म टिक्ला? उत्तरः संसारमा जुन सुकै धर्मीलाई त्यतिनै शान्ति प्रिय छ जति गौतम बुद्ध । आजसम्म इतिहासले गौतम बुद्ध समानको महामानव सायद भेटेको छैन । उनले घोषणा गरेका थिए कि आफु भन्दा पहिले थुप्रैले बुद्धत्व प्रप्त गरी बुद्ध भैसकेका थिए । त्यस्तै तमु प्ये ल्हु ले यस कुल धर्मका अगुवा तथा पोषाक पुर्खहरुलाई बौद्ध मान्दछ । बिभिन्न काराणले गर्दा यो फराकिलो रुपमा मौलाइरहन सकेन साँगुरिदै आयो । अनि बैदिक सापटको निम्ति बुद्धको दर्शन शिक्षा उपदेस थपियो । त्यसैले अचेलका बुद्विजीवी तमुहरुले आफुलाई लामावादी नभै वोनवादी गृहस्थी बौद्धमार्गी भन्दछन् । कोही प्ये ल्हुमा सीमित छन् । भड्केकाहरु लामावादी भन्दछन् । तमु प्ये ल्हु जातीय संस्कारमा महत्वपूर्ण छ । तमुहरुको निम्ति कुल धर्म र धर्मको यस्तो पालो पैँचो मिलाप अरु कुनै धर्मसँग हुन सक्दैन । अरु धर्म अगाल्यो भने कुल धर्म त्यागिन्छ । लामावादमा समेत तमुको कुल धर्म रहदैन । हिन्दुको जस्तै चार हात त्रिशुल आदि भएको मूर्ति पुजक अवतारवदी पुरोहितवादी साथै तमुको नभै अन्य तिब्बती जातिको संस्कार गर्ने तमु लामाले बुद्धलाई ठगी खाने भाँडो बनाएर बुद्ध धर्मको बर्खिलाप गरी मैलाएको देखिन्छ । बुद्धले तिनलाई आफुलाई अगाडी सारी ढ्यांग्रो बजाएर अर्गु गर्नु भनेका छैनन् । अनि अर्गु गर्दा काटमार नगरे पित्र स्वर्ग तर्ने गरे नतर्ने इत्यादि भनेका छैनन् ।
प्रश्न कर्ताहरुको सोंचाइमा अर्गु कार्यमा भेंडा बाख्राको हत्य गरिनेलाई मात्र हिँशा भन्ने बुझेको जस्तो लाग्छ । बुद्धले हत्या नगर्नु जात जान्छ धर्मच्युत हुन्छ नभने तापनि हिँशा गर्नु पाप र अहिँशा नै धर्म भएकोले प्राणी घात गर्दिन भन्ने शिक्षा लिई त्यसलाई ब्यवहारमा उतार्ने कोशिष गर्नु मात्र भनेका छन् । अहिँशाको अर्थ हुन्छ मन बचन काय तथा कर्मले अर्कालाई घात नगर्नु । अरुको निन्दा गर्नु ईष्र्या गर्नु मन दुखाउनु दुःख दिनु फसाउनु कष्ट दिनु पिट्नु धोकादिनु इत्यादि सब हिँशा कार्य हुन । मासु खना पालिएका भेँडा बाख्रा कुखुरा आदि काटि खानु गृहस्थीको लगि स्वभाविक मानिन्छ । यस्तै अरु साना तिना हिँशा बिना गृहस्थी चल्न सक्दैनन् र त्यसैले मृतकलाई मुक्ति दिलाउन अर्गु गरिन्छ । आफ्नो मात्र इच्छ पुरा होस विपक्षीको सर्वनास होस जस्ता स्वार्थी भाकल गरी बली दिनु झन ठुलो हिँशा हो । वाध्यतावस पैसाको लागि भर्ती भई अर्काको लागि मान्छे मार्नु जस्तो जघन्य हिँशा अरु केही नहोला । साथै तमु लामाले बत्ति जलाउँदै पैसा ठग्दै झ्यंपर स्वस्ति शान्ति लाई अर्गु भनी झुक्याउँदै तमु भाषा र संस्कारलाई निमोठनु कहाँ सम्मको हिँशा हो । तमु प्ये ल्हु अनुसार पच्यु क्ल्ह्येप्रीँले जुन सुकै त्हेँ यज्ञ गर्दा आफ्नै पूर्खा र पूर्ख्यौली देवता पुकार्दछन् । कुलको नाताले गौतम बुद्ध; तमुको पूर्खा नभएकाले जग्गेमा उनको नाम लिईदैन र फोटो पनि टाँगिदैन । किनकी यो कुल धर्म अन्तर्गतको कार्य हो । गृहस्थी तमुको जातीय अर्गु कार्यमा बुद्धलाई मुछेर विवाद चर्काउनु ठीक हाइन । बुद्धले त मर्नु अघि जिउदो छँदै स्वर्गको अनुभव गर्ने मार्ग दर्शन गराएका हुन । अनि जुनसुकैमा होस एक जना सम्म विश्वासी रहुन्जेल त्यो धर्म टिक्ने छ ।
प्रश्नः ५ हाम्रा पुर्खाले उनको युग अनुसार प्ये ल्हु बनाएका थिए भने आजको युग अनुसार हामीले परिवर्तन गर्न सक्नु पर्ने ? उत्तरः प्रश्न नमिले तापनि सान्दारभिक देखिन्छ । उहिले बिज्ञानको विकास नभए पनि ठाउँ ठाउँमा ज्ञानको विकास थियो । हाम्रा पूर्खाका सत्ययुगका प्रत्यक्ष अनुभवहरु धेरै जसो आज आएर नबुझे दन्त्य कथा जस्तो ठानिन्छ । तमु प्ये ल्हु सम्बन्धी ती पूर्खा समान आज कुनै तमु छैनन् । त्यसैले परिवर्तनको सवालमा गाह्रो छ । समय अनुसार रुखको पात थप घट हुन फेरिन सक्छ तर मूल हाँग फेद फेरिन सक्दैन । रुखै फेर्न चाहनेको कुरा वेग्लै हो । आज आएर तमु प्ये ल्हुको बोटमा बुद्धवाद कलमी हुँदैछ परजीवीको रुपमा हिन्दूवाद सल्केको छ र बोक्रा तास्न लामावाद घुसेको छ ।
जुनसुकै वादमा आ-आफ्नो किसिमको नियम मुल्य मान्यता आस्था विश्वास हुन्छन् । उदाहरणको लागि हिन्दुले गाईलाई लक्ष्मी माता भनेर पुजा गर्छ भने मुश्लीले गाईलाई काटेर खान्छ । मुश्लीम कृश्चियन बुद्ध तथा अन्य धर्म मान्नेहरुलाई हिन्दूले गाई नखानु भन्न मिल्दैन । अरुले हिन्दुलाई गाई नपुज्नु दुनियाभरका देबी देवता नदेखाउनु भन्न मिल्दैन । त्यस्तै तमु प्ये ल्हु नबुझिकन बाहिरी हावाको भरमा पच्यु क्ल्ह्येप्रिलाई भेँडा बाख्रा नकाट्नु पित्र स्वर्ग नतर्ला भन्न मिल्दैन । अहिँशाको शब्दजालमा अल्झेर मात्र बिना आधार परिवर्तन गर्न सक्नु पर्ने भनेर कसरी कर लाउन मिल्ला तमुको जातित्व संरक्षक कंठस्थ पच्यु क्ल्ह्येप्रि पुराहितहरु भिक्षु होइनन् । इच्छाले पेटभरि मासु खाएर अहिँशाको नारा दिनु अर्को हिँशा थपिएन र परिवर्तन भन्नाले कोदालोलाई कुटो बनाउन सकिन्छ तर फलामलाई सुन बनाउन मिल्दैन । त्यस्तै तमु प्ये ल्हुको मुख्य आधारहरुमा परिवर्तन गर्न मिल्दैन ।
प्रश्नः ६ लिपिबद्ध गर्न नसकेको शास्त्रलाई लिपिबद्ध बनाउन सकिन्छ भने हिँशालाई अहिँशा बनाउन सक्नु पर्ने ? उत्तरः कुनै कार्यमा पच्यु क्ल्ह्येप्रि कुनैमा लामा कुनैमा बाहुन पुरोहित राख्नेहरुको यस्तै गाईजात्रे सोँचाई हुनु स्वभाविक हो । तपाईहरुको पुर्खयौली पुरोहित पच्यु क्ल्ह्येप्रि थिए । भर्ती भए पछि बिदेशमा हिन्दू बाहुनलाई ढोग्नु भयो । अनि अचेल लामा खोज्नु हुन्छ । यस्तो समस्या धेरै तमुहरुलाई परेको छ कहिले गुम्बा धाउने त कहिले मन्दिर पुग्ने इत्यादि । अब लिपिबद्धको सवाल र हिँशाको सवाल एकै ठानिएको गाजेमाजे प्रश्नलाई त्यस्तै उत्तर वेश होला । हिँशा शब्दाको अगाडि अ अक्षर जोड्यो भने अहिँशा हुन्छ ।
प्रश्नः ७ तमु जातिमा थर र विवाद वारे देखिएको अन्तरदन्द प्रष्टाइदिन सक्नु हुन्छ कि ? उत्तरः ज्यादै उत्तम पश्न गर्नु भयो । अशिक्षा र अज्ञानताले हाम्रो तमु जाति अझसम्म धेरै पिछडिएको अबस्थामा छ । यही कारण ले पनि आपसी अन्तरदन्द अमिलाप चर्किरहन्छ । तमुहरुले आफ्नो पौराणिक इतिहास र अर्काले आफु प्रति गरेको षडयन्त्र राम्ररी नबुझेसम्म यस्ता दुष्परिणामहरु देखिन्छन । अर्काको बेआधारको मुठो बहकाईमा भड्कि रहेको तमु समाज अब चाँडैनै सुध्रदै जानेछ भन्ने आशा छ । तमु जतिमा मुख्य गरि थर समुह वारे र पुरोहित वारे साम्प्रादायिक बिवाद भएको देखिन्छ । यस संबन्धी सबै तमुहरुलाई प्रष्ट जानकारी हुनु अति जरुरी छ ।
तमु जातिमा पहिलेदेखि चलिआएका परोहितहरु पच्यु र क्ल्ह्येप्रि हुन् । उनीहरुले कुल धर्म तमु प्येताँ ल्हुताँ अन्तरगत तमुको जातिय संस्कार संम्बन्धी तमु भाषामा पुरोहित्याई गर्दाछन् । धेरै पछि आएर लामा पुरोहित घुसेको छ । लामाले अन्य तिब्बती जातिको संस्कार सम्बन्धी तिब्बती भाषामा पुरोहित्याई गर्दछ बुद्धलाई अघिसारी बत्ति बाल्दै पैसा झार्ने पनि गर्दछ । कुल धर्म संस्कार भाषा सब अर्काको भएकोले जो कोहीले लामा जुन सुकै जातको पुरोहित हाल्दैनन् । क्रमिक सुधार गर्दै पच्यु क्ल्ह्येप्रिले कुल धर्म अन्तरगत पुरोहित्याई गर्ने र लामालेपुरोहित्याई गर्न छाडी शुद्ध रुपले बुद्ध धर्मको शिक्षा उपदेश दिने गरेमा विवाद टुंगिन्छ । तमु जातिको थर समुहहरु वीच आपसी बिबाद ज्यादै घृणास्पद छ । नेपालका अन्य मंगोल बंशज जातहरुमा कुनै थर ठुलो र कुनै थर सानो भन्ने साम्प्रदायिक भेदभाव भएको पाइदैन । तर आफसोच केही क्षेत्रका तमु समाजलाई छ । त्यस रोगले अन्य क्षेत्रलाई पनि असर पारेको देखिन्छ ।
१७ औँ शताब्दीमा अनियन्त्रित कास्केली तमु क्षेत्रमा राजा जगतिखान साहिले रजाई गरे पछि तमुहरु हिन्दूको सम्पर्कमा नजिकिए । त्यस ताका राजाका छोरा कालु शाहिलाई अन्य छ थरका हिन्दू जातहरुले लम्जुङ पुरानो कोटमा लगि राजा थापे । रजाईवाला छिमेकी पोँजोँका घले राजाले उनलाई झुक्याई मरिदिए । ६ थर फेरि कास्की आए र ब्रम्हाजाल बुनियो । राज पुरोहित भोजराजले मनुस्मृतिमा आधारित बिभजन गरि शाषण षडयन्त्रले गुरुङको झुटो वंशावली तयार पारी राजालाई सं. १६९४ मा चढायो । संतुष्ट राजाले अर्को छोरा जसबम साहिलाई कान फुकी पठाए । नोचनका संतान स्वोँगी ३ थरे लम लेम कोँनका प्रतिनिधिहरुलाई हात लिई फकायो । बिर्ता मुख्यौली ठुलो जात आदि लोभमा फसी तिनीहरुले मावली राजालाई मार्ने वन्दोवस्त मिलाई दिए । अनि त्यहाँ लम्जुङमा पनि हिन्दु राजाको रजाई भयो । साथै ठुलो र सानो जात भन्ने रोगको वीजरोपन भयो । त्यस वंशावलीले तमु भन्ने मौलिक शब्द मेटाएको छ । एउटै जातलाई ठुलो र सानो भनि फुटाएर दुई जात बनाएको छ । उत्तरबाट बसाई सरी आएको आदीबासी मंगोल वंशाज क्षेत्रीको सन्तान बनाएको छ । ३ थरमा घले थर जोडी ४ थर बनाई ४जाते गुरुङ बनाएको छ । अरु थरलाई तमु भन्दा अलग अन्य १६ वटा अर्य जात जस्तै १६ जाते गुरुङ बनाएको छ । यस्तो असत्य भुलभुलैयामा फसी कता कतै आफ्नो कान नछामी कगको पछि दगुर्ने तमुहरुले बिबाद मच्चाए । सानो ठुलो भन्ने झगडाको मुद्दाहरु चले बराबरी हो भन्ने फैसला भयो ।
त्यस पछि पण्डित शीखरनाथ सुबेदी ले सं. १९६८ सन् १९११मा बनारसबाट थर गोत्र प्रबरवली नामक पस्तक छपाई ल्यायो । त्यसमा अघि भोजराजले लेखेको वंशावलीलाई बढाई चढाई गरी दासी पुत्र १६ जातेले राजपुत्र ४ जातेको बिहेमा डोली बोक्ने भनी फाटो चर्काएको छ । विन सबुत प्रमाण बेआधरमा मन कथनले लेखी जातको अजात उक्त पुस्तक छपाउने माथि मुद्दा चल्यो । अनि सं. १९७८ जेष्ठ १ मा भरदारी फैसला भयो -४ र १६ भन्ने नठहरेको राजपुत्र र दासीपुत्र नभएको एकै जातमा सानो ठुलो भन्नेलाई रु. २०; जरीवाना लेखक शीखरनाथ सुबेदीलाई रु. २०- दण्ड र उस्को पुस्तक जफत भयो । इत्यादि भइसकेर पनि अज्ञानताले गर्दा विवादको पुरानो रोगले च्वाट्टै छडिसकेको देखिदैन । तमु जतिको वास्तविक इतिहासमा ४जाते र १६ जाते भन्ने छँदैछैन । अर्को कुरा एउटै जातमा धेरै थर उपथर हुन्छन् तर दुइटा जात हुँदैन ।
तमु प्ये ल्हु कुल धर्म अनुसार तमु जातिमा ठुलो सानो भेदभाव नभएको थरहरुको ३ समूह छन्: क) कुगी नौ थरे यसमा झण्डै १७० भन्दा बढी थरहरु पाईन्छन् । ख) क्ल्ये घले ४ थरे - १ साँम्री क्ल्ये २ रिल्देँ क्ल्ये ३ क्ह्यल्मी क्ल्ये ४ क्ह्यल्दी क्ल्ये । ग) सोँगी तिन थरे - १ लम २ लेँम ३ कोँन पछि तमुलाई गुरुङ्ग बनाउँदा लम लेम र कोँन क्रमस लामा लामिछाने बाहुन थर र घोताने गोतामे मगर थर मा फेरिए । त्यो भन्दा पहिले कुगी संग कुटुम्ब गाँस्ने क्ल्येका सन्तान सोँगी तिर टाँसिए । तर क्ल्ये कुगी पनि हैन सोँगी पनि हैन । माथीका ३ समुहको आ-आफ्नै किसिमको पैराणिक कथाहरु छन् । यी सवका एकमुष्ट समुहलाई तमु भनिन्छ । सही जानाकारी, थर समुह वीचको बैबहिक सम्बन्धबाट भेदभावी विबाद टुंगिन्छ ।
क्ष्याज्यालो
[परिवर्तन्] तमु (गुरुङ)का थर-उपथरहरु
When the Tamu clan is used as a noun, postfix "mai"/"मै" must be added on the clan. i.e. Kaju = Kajumai/काजुमै. All except Tahmai/त्हमै (sakhati bhagi khalak) are regarded as Ngemai/ङेमै or Kutummai/कुटुम्मै. In the Tamu system, only Ngemai/ङेमै are allowed to marry. The Tahmai/त्हमै are not to marry each other as they are closely linked to the same ancesters route in one way or another.
१ काजु २ कली ३ क्याङ्ग्री लेम ४ कटक्युम ५ कीतु ६ कुम्हि ७ कुप्चे लेम ८ क्युबी ९ क्यु १० केप्चे छैजै ११ को १२ क्रोबृजै १३ कोकोर लेम १४ कोय १५ क्होली १६ क्होके १७ क्होला १८ कौपोँ १९ क्होताँ २० क्रोँम्छैँ २१ कोम्जै कोन २२ क्रोगीं २३ क्रोजी २४ क्रोंके प्हच्यु २५ खक्यु २६ खी २७ खेलाग कोन २८ गरब्ज २९ ग्याल्दु क्ले ३० घला ३१ घीम्रु ३२ घोमी ३३ ङवल कोन ३४ ङोचों ३५ ङोर ङोप्चै ३६ चाइमाइ ३७ च्हाक्लि ३८ चीम्मै ३९ च्युम्ही ४० चुँगी ४१ चैबर ४२ चो ४३ चोक्म्ही ४४ चोम्रु ४५ चोलांग कोन ४६ च्यो प्हच्यु ४७ छ्युनी ४८ छेल्ये ४९ छै ५० जरल ५१ जोब्रो कोन ५२ ट्हँगी ५३ टीते लेम ५४ टु क्ल्हेप्री ५५ टुचै लेम ५६ टुर ५७ टुट् ५८ ठोर ५९ गोन्टे ६० ढीगुरे ६१ ढोर ६२ त्हार ६३ तगुँ ६४ तन्गी ६५ तक्रेँ प्हच्यु ६६ तक्रेँ कोन्मै ६७ तमे लेम्मै ६८ तङ्न ६९ तानेसी ७० तील ७१ तीम ७२ तीम्जे कोन ७३ तीजु ७४ तम्जु क्ले ७५ त्हीदु ७६ तेगी ७७ तोम ७८ तोरका कोन ७९ तोल ८० त्होर्जे ८१ तीलीज ८२ त्हीता ८३ थीम्चै ८४ दीने ८५ धींजे ८६ धीमा ८७ नथाने ८८ न्हान्सी ८९ नेगी ९० नेप्ट ९१ प्हन्जो ९२ पल्जै प्हच्यु ९३ पाई ९४ प्ल्हे ९५ पोलो प्लो ९६ प्ल्हो ९७ प्ल्होन लेम ९८ प्लाजक कोन ९९ प्हुतुस १०० प्रु १०१ पुचै १०२ प्ल्हेन्हाकी १०३ पुगी १०४ पुताल १०५ पेला १०६ प्हेब्रो १०७ पैँगी लेम १०८ पैँगो १०९ पैल्जो कोन ११० पोले १११ पोम ११२ पोजो ११३ प्रोँगी ११४ प्रजु ११५ फच्चा ११६ फीब्रो ११७ बुच्हा ११८ फेवाली प्हच्यु ११९ बैया १२० भाजय १२१ मरन्येली १२२ भाटले १२३ भरिन्याल १२४ मीगी १२५ म्ह्रु १२६ मैन १२७ म्होसी १२८ म्लो लेम १२९ म्लो कोन १३० म्होज क्ले १३१ म्होज कोन १३२ म्हलु १३३ योज १३४ योल्जो १३५ र्हजो १३६ र्हन १३७ र्हुल १३८ र्हीला १३९ रिते १४० रिचै १४१ रील्दे क्ले १४२ रग्मी १४३ रे रे १४४ लम्क्यु प्हच्यु १४५ ल्हयु १४६ ल्हेँगे १४७ ल्हेँगे कोन १४८ लेष्ये १४९ ल्हेयोन कोन १५० लै १५१ ल्हेम्रो १५२ ल्होला १५३ ल्हों १५४ सम्री क्ले १५५ सरब्ज १५६ सत्हाक कोन १५७ सीन्जा १५८ सीनगु १५९ सुकु १६० सेरङे १६१ सम्जे १६२ हर्बन गै कोन १६३ हुर्लु १६४ ह्युन्गी प्हच्यु १६५ आदी १६६ अथवा १६७ औंम रुप्चै १६८ इचौ १६९ उयु १७० कारा प्हच्यु १७२ लनाछ १७३ भज्यु १७४ ख्युन
[परिवर्तन्] गुरुङ अस्तित्वमाथि प्रहार
यदि कुनै जातिको अस्तित्व नष्ट पार्नुछ भने सिधा ताकेर त्यो जातिको धर्म, संस्कृति र वंशमाथि प्रहार गर्नु ऐया भन्नै नपाई जहाँको त्यहीं ठहरै हुनेछ, भन्ने कुरा तमुहरुले बुझ्नै सकेन । यदि यो कुरा बुझिदिएको भए आज तमु-तमु बीचमा विबादै रहने थिएन, तमु सिंगो रुपबाट प्रतिदिन तलतल ओर्लेर बिलाउने अवस्थासम्म आइ पुग्ने नै थिएन । जे होस् यो प्रहार कर्तालाई चिनी हालौं, त्यो अरु कोही होइन हिन्दु शासक र पण्डितहरु हुन् जुन १६औं शताब्दिमा तमुवानभित्र पस्न सफल भएका थिए ।
कुरा मामुली छैन ज्यादै गम्भिर छ त्यसैले सिधा घटनाको चर्चा गरिहाल्नु भन्दा दुबै पक्षको (हिन्दु र तमु) संक्षिप्त पृष्ठभुमि केलाएर अगाडी बढ्नु सान्दर्भिक हुन्छ होला । जसले गर्दा कुराको उठान यिनीहरुको परिचयबाट उठ्दैछ, पहिलो परिचय रहेकोछ 'तमु’ को ?।
तमु भनेको म्हिन कुगी (क्रोम्छेँ, म्होब्जे, ल्हेगे, चर्मी, टु, टोर्छै नान्सी, योज, हिला झण्डै १७० भन्दा बढि थरहरु र उपथरहरु), सोँगि –(कोन, लम, लेम, र यी थरभित्रका अन्य उपथरहरु) र क्ले (क्याल्डे, रिल्डे, डांगी, र यी थरहरुभित्रका उपथरहरु) को संयुक्त जातिय नाम हो । यो जाती भोट बर्मेली भाषा परिवारको मंगोल महावंशभित्रको एउटा हाँगा हो । यसको आफ्नै धर्म, संस्कृति र परम्परा रहेकोछ । बोन धर्म (नाम बो, क्यार बो, लम बो) लाई आफ्नो कुल धर्म मान्दछ । यसको कुनै लिखित धर्म शास्त्र नभएको अवस्थामा (नष्ट भएको कुरा गरिन्छ) मौखिक रुपबाटै शास्त्रिय कर्म गर्दै आइरहेकोछ । यस किसिमको मौखिक शास्त्रले तमु इतिहासलाई बचाइ राख्ने काम मात्रै नगरी पुनः इतिहार लेख्ने काममा ठुलो आधार मिल्ने कुरा स्पष्ट छ । यसैको आधारमा तमु जातिको थलोकिलो सम्बन्धी केही जानकारीहरु खोजी निकाल्ने कामको थालनी उत्साह जनक हिसावले भइरहेको छ । यसको आधारमा भएको खोज-अनुसन्धानले तमु पुख्र्यौली थलोहरुलाई यस प्रकारले अगाडि सारेकोछः
परापूर्व कालमा झण्डै ८-९ हजार वर्षपूर्व तमुहरु (म्हिन कुगीहरु) पशिचम मंगोलिया (रुस र चीनको सिमा नजिक) कोयो नाँसामा थिए । त्यहाँबाट बर्साई र्सर्दै स-नाँस, डो नाँस, सी नाँस, क्रो नाँसमा आई पुगे । अनि उनीहरु चाइनाको किङ्गर्घाई, कुन्सु, सिचुअन र युनान हुदै कौबेली मास्यौं, गह्राबोईबाट ४,६०० वर्षन्दा पूर्व नै पूर्वी तिब्बतको चाम्डो (छ्याम् ट्हो = राम्रो गाउँ) मा झारि सकेका थिए । चाम्डो पश्चात छ्याड्सिमा आई तमुहरु दुइ दिशामा छुट्टिने काम भयो र एक टोली हङ्गकङ्गतिर लाग्यो र अर्को टोली ल्होकाको पश्चिमी भाग यार्लुङ्गमा आई बस्यो । ल्होकामा हुँदा इ. पु. १००० -(एक हजार) सम्ममा म्हिन कुगीबाट तमु (तुबो) भनेर चिनि सकेको र बोन धर्मको विकास (नाम बो) भई सकेको थियो । यहाँबाट पुनः बर्साई र्सर्ने काम भए र मुस्ताङ्गमा पुग्छ । मुक्तिनाथ नजिकको टिलिध्याल्सामा आइ पुग्दा वि. सं. ३०० (तीन सय) को समय थियो । मुक्तिनाथपछि मनाङ्ग आउने काम हुन्छ । मनाङ्गबाट तमुहरु क्होला सोंथर (सों प्रे ट्हो) मा आई मिलेर बस्छ । त्यहाँ जनसंख्याको चाप बढेपछि त्यहाँबाट पूर्व, पश्चिम, उत्तर, दक्षिणतिर लाग्ने काम भई क्ले (राजा) चिली क्हृयाल्सा हृयुल्सा (सिकलिस) मा र्सछ । अरु तमुहरु तीन समुह भई एक समुह पोजोकों (घनपोखरा), एक समुह कोंड (घान्द्रक) र एक समुह तमुसार (तनहुँ) मा गई बस्न थाल्छ । जतिबेला तमुहरु गण्डकी प्रदेशमा आई पुगेका थिए त्यतिबेला त्यहाँ कुसुण्डा बाहेक अरु जातिको बसोबास नभएको कुरा छ । त्यसपछि हर्ने हो भने तमुहरुको वर्तमान स्थितिको कुरा आउँछ जुन तमुहरुले भोगी रहेकैछ । अब यस विषयलाई यति मात्रै भनेर टुंगो लगाई दिउँ कि । तमु त एउटा वंशको नाम रहेछ जसभित्र जो जति समेटी बसेका छल् सबै आफ्नै मात्र छन् । त्यसो भएपछि तमु बीचमा ठुलो र सानो जातिको कुरा जो छ सबै निराधार र कु-नियतवश फैलाइ दिएका कुराहरु मात्रै हुन् भन्ने पुष्टि भएकोछ । अर्को कुरा तमु जाति गण्डकी प्रदेको आदिवासी भएको कुरा पनि प्रष्ट हुन आएकोछ ।
अब लागौं हिन्दु परिचयतिर । हिन्दु शब्द धर्म र जातिसँग सम्बन्धित शब्द हो । यस धर्म र जातिले वेद, पुराण, नीतिलाई आफ्नो धर्मग्रन्थ मान्दछन्। जुन धर्मग्रन्थ अनुसार मनुष्यले ८४ लाख जुनी भोग्न पर्ने, पूर्व जन्म हुने, देव-देवीको रुपमा मूर्ति स्थापना गरी पुजा गर्ने र वर्णबयवस्था अनुसार मनुष्यको चार श्रेणीलाई छुट्याई ठुलो र सानो जातभात गरी छुवाछुत् प्रथा चलनमा ल्याई वर्णअनुसारको व्यवस्था छुट्याई विभेद गर्ने कार्य सनातानदेखी नै चलाउदै आएकोछ । यो धर्म विश्वको प्रमुख धर्महरु मध्यको एक प्रमुख धर्म हो जुन धर्मको इतिहास हर्दा ज्यादै पुरानो सिन्धुघाँटीको सभ्यता (हरप्पा र मोहन जोरदडो) सँग जोडिएको पाईन्छ । जब ५०,००० (पचास हजार) वर्षपूर्व सिन्धुघाँटी सभ्यताको पतन भएको थियो । त्यसपछि यो धर्म इरान हुदै हिन्दुस्तान आइपुगेको कुरा छ । तर हिन्दुस्तानमा व्यवस्थित हुने काम भने पारणीले संस्कृति व्याकरण लेखेपछि पाँचौं शताब्दीमा आएर भयो । जहाँसम्म नेपालीको सम्बन्ध छ यस धर्मलाई र्सवप्राचिन गोपाल राजवंशभन्दा पनि अगाडीको ऋषिमुनिको युगसँग गाँसेको पाईन्छ भने प्रमाणको आधारमा भन्नु पर्दा ५०० इ. को मानदेवको चाँगुनारायणको मन्दिर भन्दा अगाडि लिएर जान सकिदैन । तर, कुरा यहाँ प्राचिन कालिन हिन्दुको हो जसमा पनि १३औं शताब्दीमा भारतमा मुसलमानको आक्रमण हुँदा चितौडागढबाट भागेर नेपालको पश्चिम भेगमा पस्न पुगेका राजपुत र ब्राम्हण हिन्दु जमातको हो । जुन जमातपछि १४-१५औं शताब्दीमा मगरात, १६औं शताब्दीमा तमुवान, १८औं शताब्दीमा काठमाण्डौ उपत्यकामा पुग्दछ र त्यसपछि २२से -२४से राज्यहरुलाई हर्राई नेपाल एकिकरणको नाममा हिन्दुस्थानको स्थापना गर्दछ । जसको मुल रणनिती फुटाउ र राज गर भन्ने हुन्छ र फुटाउने अस्त्रको रुपमा वर्ण (उचनिच जातिय विभेद) को प्रयोग गर्दछ ।
यति परिचय पछि अब विषयसम्मत कुरालाई अगाडि सार्दा अस्पष्टताको कुनै ठाँउ रहदैन होला । १३औं शताब्दीमा भारतबाट निर्वासित खान, क्षेत्रीहरु र ब्राम्हाणहरु पश्चिम नेपाल र मध्यपश्चिम नेपाल हुँदै तमुवान (गण्डकी प्रदेश) भित्र पस्ने काम हुन्छ । तर त्यतिबेला उनीहरु पश्चिम र मध्यपश्चिम नेपालबाट निर्वासीत भएर होईन कि सत्ता कब्जा गर्दै शासकको रुपमा अगाडि बढिरहेकम थिए । शुरुमा जैन खानले स्याङ्गजा लर्सगको राजा भ्याक्स क्लेकोराज्य कब्जा गरयो । जैन खानको छोरा र्सर्य खानले खिलुङ्ग राज्य हात पारयो र जेठो नाती मिच खानले स्याङ्गजा नुवाकोटलाई जिती त्यहाँको राजा बन्यो । पछि मिच खानको छोरा जगति खान (कुलमण्डल शाही) का सात भाई छोराहरु तमुवानका अन्य राज्यहरुका राजा हुन पुगे । जसमध्ये जगति खानको माहिला छोरा कालु शाही पुरणकोटको राजा भए । राजा भएको तीन महिनामा नै कालु शाहीलाई लम्जुङ्गको राजा थानसिं क्लेले हत्या गरिदिएपछि जगति शाहीलाई ठुलो चिन्ता पर्छ र थानसिंको हत्या गरी राज्य हात पार्ने योजना बनाउछ । जुन योजना मुताविक थानसिं क्ले विरुद्ध तमुहरुलाई नै उक्साएर तमु तमु बिचमा फुट पैदा गराउने रणनिति खेल्छ र केही तमुहरुलाई लोभ लालच देखाएर आफ्नो हातमा लिने काम हुन्छ । त्यसैबेला ९ फाल्गुण १५९४ (इ. १५३७) मा भोजराज पुरोहितलाई लगाएर जगति शाहीले तमु वंशमाथि नै एउटा यस्तो अभद्र शैतानी प्रहार गर्छ जसले तमुभित्र फुट मात्रै होईन बल्कि तमु वंशकै अस्तित्व नष्ट पार्ने झुटो वंशावली रचना गर्न लगाउछ । जुन वंशावली यस प्रकार रहेकोछ:
भरद्धाज गोत्रिय सुर्यवंशी राजाले आफ्नो सिंहाशन जेठो राजकुमार लोचनलाई दिनु पर्नेमा सानो छोरा नोचनलाई दिएपछि राजकुमार लोचन आफ्नो साथमा श्रीमति कली, गर्ग गोत्रिय पण्डितलाई मुकुण्दको छोरा बली र उनकी श्रीमति कशी अनि दास केहर सिंह खवास र उनकी श्रीमति फलीलाई लिएर हिमाल तर्फ योगी बन्छु भनि जाँदा बाटोमा दुइ जना राम्री वेश्याहरुको घरमा बास बसेछ र राती वेश्यहरुले उनीहरुलाई झुक्याएर रक्सी पिलाउने काम र निदाएको बेलामा उनीहरुको जनै (राजकुमार र पण्डित पुत्रको) छिनाएर फ्याक्ने काम गरेर त्यहाँबाट भागेछन । यस्ता काम हुन गएबाट राजकुमार र पण्डित पुत्रको जात पतन हुन गएछ भने राजकुमारले दास केहर सिंहको जात भने बढाएर थापा बनाई उसको हातबाट पकाएको खाना खान हुने गरी फुकुवा गरेछ । यी माथि उल्लेखित कुराहरु कति झुटा छन् भन्ने कुरा स्वतः प्रष्ट भएकोछ किनकी (क) रक्सि झुक्याएर पिलाउन सक्दैन किनकि रक्सिको गन्ध तेज हुन्छ जुन टाढैबाट नाकसम्म आई पुग्छ । (ख) वेश्याहरुले आफ्नै घर छोडी भाग्नु पर्छ भने बिनासित्तै एक पैसा फाइदा नहुने जनै छिनाउनु नै किन परयो र- उनीहरुलाई आफ्नो घर भन्दा एउटा धागोको डोरो कसरी मुल्यवान हुन सक्दछ ? र (ग) खवास जातबाट थापा जातमा जातोन्नत गरी जातलाई उचनिच गर्ने अधिकार भएका राजकुमार र पण्डित पुत्रको एउटै जनै छिन्दा जात नष्ट हुन सक्छ कसरी - यी सबै हावादारी कुराहरु हुन् जसले सिधासादा तमुहरुलाई झुक्याएर फुटाउने काम गरेको र्छलङ्ग हुन्छ । पछि उनीहरु हिमाली गुफामा गई बसोवास गरी बस्दा उनीहरुको सन्तान जन्मने काम भई ती सन्तानहरुको पनि विहावारीको काम गराउनु पर्दा राजकुमार र पण्डितका सन्तानहरुबीचमा विहावारी भएछ जसबाट जन्मेका सन्तानहरु चार महा गुरुङ्ग र खवासका सन्तानको विहावारी भने आफ्नै दाज्यु भाई, दिदी बहिनीबिचमा भई १६ जाते भएको कुरा यस प्रकार उल्लेखछ:
१. लोचन र कली (राजकुमार जोडी) बाट घले महागुरु, घोताने महागुरु र लामा महागुरु छोराहरु र छोरी लक्ष्मी जन्मे । २. बली र कशीबाट (पण्डित पुत्र जोडी) लामीछाने महागुरु छोरा र छोरीहरु कुमारी, नारी र माली जन्मे । ३. केहर सिंह र फली (थापा जोडी) बाट १६ भाई छोरा र १० बहिनी छोरीहरु जन्मिए ।
यसरी भोजराज पुरोहित तमुहरुलाई गोत्र समेत झुण्डाएर क्षेत्री राजकुमार र ब्राम्हाण पण्डितबाट जन्मेको चार जाते (ठुलो जाते) र थापाबाट जन्मेको १६ जाते (सानो जाते) हुन्, चार जातेलाई १६ जातेले सेवा गर्नु पर्छ भनि वंशावली नै बंगाई दियो । यही झुटो वंशावली अनुसार जगति शाहीले तमु बीचमै ठुलो सानोको भेद सिर्जना गरी लम्जुङ्गको चानसिं क्लेलाई सन्धिको बहानामा बालुवा वेशीमा बोलाई हत्या गर्ने काम गरयो । यस हत्याका षडयन्त्रकारी तमुहरुमा काउ क्याला कोन, पुरु क्याला लेम, कुबी क्याला लम र सबै क्याला लम लाई सम्झौता अनुसारको धन, जिमिन जग्गा, इज्जत र शक्तिको व्यवस्था भयो भने लम्जुङ्ग राज्य जस बम शाही (यशोब्रम्ह शाही) को हातमा पर्न गयो ।
दोस्रो वंशावली शिखरनाथ सुवेदीले बनारसबाट थर गोत्र पुवरावलीको नामले बि. सं. १९६८ मा (इ. १९११ मा) प्रकाशीत गरेको थियो जसमा चार जातेहरु राजकुमारहरु भएको र १६ जाते दासहरु भएकाले १६ जातेले चार जातेलाई सेवा गर्नु पर्छ भनेर लेखेको थियो । यस वंशावलीको विरुद्ध कास्की सालडाँडाको मुखिया र्सवजीत क्रोम्छेँ गुरुङ्गले मुद्दा हालेकोमा लेखकलाई बि.सं. १९७८ (इ. १९२१) मा रु. २०/- जरिवाना गरी प्रकाशीत पुस्तक जफत गरिएको थियो ।
तेस्रो वंशावली योगी नरहरि नाथले इतिहास प्रकाशनको नाम राखी मृगस्थलीबाट छपाएको थियो । जसमा लोचन बंदेलबाट आएको देखाईएकोछ । बंदेलबाट माल्वा, चितौड, कुमाउ, डोटी, खुम्री, प्युठान, आर्घा बेनी, लुप्रो दुँदै सिखलिस पुग्छ । गलकोटको घले राजासँग सन्धि गर्छ । कालीगण्डकीमा जनै फालेर हिन्दु धर्म त्याग गर्छ । दुइ छोरा मध्ये फैचनले लामा बिद्या सिकी घले राजाकी छोरी बिवाह गर्छ । फैचनको छोरा रणभिगले पनि सिखलिसको घले राजाकी छोरी विबाहा गर्छ । घलेनीबाट चार छोरा जन्मन्छ जुन चार जाते (ठुलो जाते) र चाकर्नीपट्टि १६ छोराहरु जन्मन्छ त्यसलाई १६ जाते (सानो जाते) भनिएकोछ । कति ठूलो वेइमानहरु हेर त ती शासक र पण्डितहरु, एकैछिन पनि लुकाउन नसकिने ठाडो झुट कुरा लेखेर स्वार्थपुर्तिमा डुब्न पुग्दा पछि आफ्नो नाम इतिहासले वेइमान भनि लेख्नेछ भन्ने कुरा समेत बिर्सन पुगेकोछ । तमुहरुको नाक-नक्शा, कद-काठी, भाषा, भेषभुषा, धर्म, कला-संस्कृति, रहन-सहन, परम्परा साथे बर्साई र्सर्दै आएका थलोकिलो केहीपनि हिन्दु आर्यसँग मेल खादैन र यी कुराहरु बदल्न चाहेर पनि बदल्न नसकिने कुराहरु हुन् त्यसैले वंशावलीलाई यसरी बदल्नु भनेको आफ्नो झुटको बयान आफैले दिनु हो भन्ने कुरा समेतको हेक्का रहेन । जुन कुरा वास्तवमै आज सावित भएकोछ इतिहासमा ती हिन्दु शासक र पण्डितहरु कलंकित भएकाछन् भन्ने यो सही र सत्य प्रमाण हो ।
अर्को प्रमाण त्यही वंशका पछिल्ला शासकहरुले दिएका छन् जुन वि.सं. १८८५ चैत (इ.१८२८) को ताम्रपत्र, वि. सं. १९२४ पुष (इ. १८६७) को लाल मोहर र वि. सं.व१९७८ जेष्ठ १ (इ. १९२१) को भारदारी फैसलाले टन्न भारी पुग्ने गरी प्रष्ट पारेकोछ । चैत्र १८८५को ताम्रपत्रमा भनिएको के छ भने "जुन सुकै थरका गुरुङ्ग भए तापनि गुरुङ्ग हमेसा एउटै र समान थियो । त्यसैले चार जात र सोह्र जात भनेर बनाएको १८८३ वि. सं. को ताम्रपत्रलाई चार र सोह्र जात भन्ने शब्द निकाली शंसोधन गरिन्छ ।" पुष १९२४ को लालमोहरले तमुलाई उच र निच भन्नेलाई रु. २०/- जरिवाना र पुस्तक जफत गरेको कुरा उल्लेखछ । यसरी हिन्दु शासक र पण्डितहरुले आफुखुशी मनगढन्ते वंशावली प्रकाशन गर्ने, अनावश्यक कर लगाई दबाब सिर्जना गर्ने आदि काम गरी तमुहरुलाई फुर्टाई शासन गर्न सफल भयो भने तमुहरु शक्तिहिन भई शासित बनि रहन बाध्या हुनु परयो । यतिले मात्र दुष्ट मनलाई तृप्ति मिलेन र फेरि अर्को मर्म पेल्याइ पेल्याइ कस्सिएर तमुहरुको धर्म संस्कृतीमाथि बज्र प्रहार गरयो ।
त्यो दोस्रो प्रहारको नायक राजा गिर्वाण थियो जसले वि. सं. १८६५ मंसिरमा (इ. १८०८) तमु जातिमाथि दशवटा हिन्दु संस्कार बल जफति लादिदियो र यदि दश हिन्दु संस्कार हिन्दु ब्राम्हाण पण्डितबाट नगर्ने हो भने चाक-चुकाई र मोरो-अपुताली माफी हुने छैन भनि लाल मोहर बनायो । ज-जसले हिन्दु संस्कार माने उनिहरुलाई सुकिलो वर्ण भनियो र सेनामा जागिरे बनाईयो जसले मानेन उनिहरुमाथि विभेद गरियो । बि. सं. १८७५ कात्तिकमा (इ. १८१८ मा) सरकारी चिट्ठी पठाएर भन्यो की- १) कि ब्राम्हाण पुजारी प्रयोग गर्नु, २) कि चाक-चुकाई मोरो-अपुताली तिर्न मञ्जुर गर्नु भनि दुइ मध्य एउटा रोज्नु पर्ने बनायो । तर तमुहरुलाई यो र्सत मञ्जुर थिएन त्यसैले जवाफमा के भनि बिरोध गरे भने "चाक-चुकाई र मोरो अपुताली मञ्जुर छ तर बाहुन पुज्न मञ्जुर छैन" भनि सलामी नै चढाए । अनि बि.सं. १८७५ माघमा (इ. १८१८ मै) लम्जुङ्गका सबै गुरुङ्गहरु, लामा र घलेहरुलाई चाक-चुकाई र मोरो-अपुताली माफी गरिन्छ जन्म र मृत्युमा लामा, क्हृयाब्रीद्धारा चोख्याउनु भनी राजा राजेन्द्रले लालमोहर गरि दिन्छ । वास्तवमा उनीहरुको उद्धेश्या दुइ वटा थियो । एउटा हिन्दु संस्कार लाद्नु, अर्को तमु संस्कार काम तत्काल हुन सकेन यो बिस्तारै बिस्तारै मेटिने क्रम बस्न गयो ।
तर अब तमुहरु अबुझ हुनु भएन । बारम्बार प्रहारबाट दुर्गति भोग्न विवश तमुहरुले पनि शासकहरुको चालामालाप्रति कान ठाडो, आँखा तिखो र बुद्धि फराकिलो पार्दै अब निर्माण हुन गइ रहेको नयाँ नेपालभित्र आफ्नो स्थान कहाँ छ खोज्नु जरुरी छ ।
[परिवर्तन्] References
- तमु प्ये ल्हु संघ
- Nepal Population Report 2002
- Rastriya Janajati Bikas Samiti
- Nepal Ethnographic Museum
- A Guide to the Gurungs: Alan Macfarlane and Indrabahadur Gurung (PDF)
- Rise of Mongol Buddhist resistance
- Ethnologue profiles: Eastern Gurung Western Gurung
- Tamu Cultural Festival in December - Nepal
- A History of Nepal - Cambridge University Press