विकिपुस्तक
newikibooks
https://ne.wikibooks.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0
MediaWiki 1.47.0-wmf.6
first-letter
मीडिया
विशेष
वार्तालाप
प्रयोगकर्ता
प्रयोगकर्ता वार्ता
विकिपुस्तक
विकिपुस्तक वार्ता
चित्र
चित्र वार्ता
मीडियाविकि
मीडियाविकि वार्ता
ढाँचा
ढाँचा वार्ता
मद्दत
मद्दत वार्ता
श्रेणी
श्रेणी वार्ता
पाकपुस्तक
पाकपुस्तक वार्ता
बालपुस्तक
बालपुस्तक वार्ता
विषय
विषय र्ता
TimedText
TimedText talk
मोड्युल
मोड्युल वार्तालाप
Event
Event talk
श्रीमद्भगवद्गीता द्वितीय अध्याय
0
3716
18612
18559
2026-06-11T02:19:40Z
Ziv
6796
([[c:GR|GR]]) [[c:COM:Duplicate|Duplicate]]: [[File:Diagram 2.1.jpg]] → [[File:चित्र २.१ सफलता प्राप्तिका चरणहरु.png]] Exact or scaled-down duplicate: [[c::File:चित्र २.१ सफलता प्राप्तिका चरणहरु.png]]
18612
wikitext
text/x-wiki
====अध्याय दुई====
===साङ्ख्य योग===
====सञ्जय उवाच====
तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् ।

विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः
====पदच्छेद र शब्दार्थ====
तम् (त्यस) तथा (अनि) कृपया आविष्टम् (बिचरो बनेका) अश्रुपूर्णाकुलेक्षणम् (आँखाभरि आँसु भएका)विषीदन्तम् (विषादगस्त) इदम् (यो) वाक्यम् (वाक्य) उवाच (भन्नु भयो) मधुसूदनः (मधुसूदन कृष्णले)।

सञ्जयले भने (सञ्जय उवाच)–

गहभरी आँसु गरी शोकले बिचरो अर्जनुलाई मधुसूदन (कृष्ण) ले यो वचन भन्नुभयो ।।१।।
====व्याख्या====
सञ्जयले भने –

मधुसूदनको अर्थ हो मधु नामक दैत्यको संहारकर्ता । पुराण कथाहरुमा सृष्टिको सुरुमा भगवान् विष्णुले मधु र कैटभ दैत्यको नाश गर्नु भएको थियो भन्ने उल्लेख पाइन्छ । साथै भगवान् कृष्णलाई भगवान् विष्णुको अवतार मानिन्छ । मधुसूदनको सांकेतिक अर्थ पनि छ । मधुको अर्थ मद हो । मद नाश गर्ने कारणस्वरूप श्रीकृष्णलाई यस श्लोकमा मधुसूदन भनिएको हो । अहङ्कारको मधु नाश नभई तत्त्व ज्ञान हुँदैन ।
====श्रीभगवानुवाच====
कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् ।

अनार्यजुष्टमस्र्वग्यमकीर्तिकरमर्जुन ।। २ ।।

====पदच्छेद र शब्दार्थ====
श्रीभगवानुवाच (श्रीभगवानले भन्नुभयो)

कुतः (कहाँबाट) त्वा (तिमीलाई) कश्मलम् (दोषपूर्ण) इदम् (यो) विषमे (विषम अवस्था) समुपस्थितम् (उपस्थित भयो) अनार्यजुष्टम् (अनार्यका लागि योग्य) अस्र्वग्यम् (स्वर्गनजाने) अकीर्तिकरम् (कीर्ति नदिने) अर्जुन (हे अर्जुन)।

श्रीभगवानले भन्नुभयो

हे अर्जुन, यस विषम परिस्थितिमा अनार्यले गर्ने, अस्वर्गप्रद तथा अकीर्तिकारक कामकुरा तिमीलाई कहाँबाट आयो ?२।।
====व्याख्या====
अर्जुनको अप्रत्याशित व्यवहार देखेर चकित भएर सोध्नु हुन्छ– हे अर्जुन, यो असमयको व्यवहार दोषपूर्ण छ । यस्तो किनभयो । यस्तो अश्रेष्ठ व्यवहार किन ?

कश्मलको यहाँ दुई अर्थ छ– धमिलो (अशुद्ध) र मोहकारक । दुवैतिरबाट रण–स्वीकारसूचक शङ्खध्वनि भैसकेर शस्त्र छुट्न तयार थिए । यस्तो समयमा अर्जुनले म युद्ध गर्दिनँ भनेर जवाफ दिंदा अचानक प्रतिकूल परिस्थिति उत्पन्न भयो । त्यसैले अर्जुनको विचार कश्मल छ । जुन कुरा देख्नुपर्ने हो त्यो नदेखेर अर्कै कुरा देखेकोले यो मोहकारक पनि छ । युद्धमा आएर विपक्षीलाई पूजनीय देख्नु मोहकारक हो ।

भगवान् श्रीकृष्णले अर्जुनलाई प्रेमपूर्वक सोध्नु भयो– ‘हे अर्जुन, यस विषम परिस्थितिमा यस्तो मोह तिमीलाई किन भयो ? यसले तिमीलाई तीनवटा हानि गर्छ– अनार्यजुष्ट बनाउँछ, स्वर्ग प्रदान गर्दैन, अकीर्तिकारक छ ।’

आर्यको अर्थ हो श्रेष्ठ । कर्तव्यपरायण हुनु र सदाचरण गर्नु आर्यजुष्ट हो । यसको विपरीत कर्म अनार्यजुष्ट हो । अनार्यजुष्ट अर्थात् अश्रेष्ठको आचरण । यस्तो आचरण जुन वर्तमानका लागि हानिकारक र भविष्यका लागि अकीर्तिकारक छ । जसले स्वर्ग प्रदान गर्दैन, अर्थात् मृत्यु उपरान्त पनि अमर्यादा भइरहन्छ । एक बहादुर योद्धा युद्धबाट भागेको कुराले अपमान दिइरहनेछ ।

वैदिक सनातन आर्य मतावलम्बीका तीन आदर्श छन्– आर्यत्व, स्वर्ग, र कीर्ति । स्वर्ग भनेको मृत्युपश्चात्को सम्मानित स्थान हो । कीर्ति भनेको मरणोपरान्त प्राप्त हुने यश हो ।

कीर्ति (२.२) र यश (१०.३३) लाई गीताले अन्तर गर्दछ । यस जीवनमा प्राप्त हुने प्रसिद्धिलाई यश र मृत्यु पश्चात प्राप्त हुने प्रसिद्धिलाई कीर्ति भनिएको छ ।

अकबरले बीरबलसंग प्रश्न गरे–‘बीरबल, सबै मानिसहरूले आफन्त मरे पछि स्वर्गे हुनु भो भन्छन् । वास्तवमा को को स्वर्ग पुगे कसरी थाहा पाउन सकिन्छ ? ’

बीरबल–‘जो मरे पछि मानिसहरूले पीर गर्छन्, जसको गुणगान गाइरहन्छन् । त्यो स्वर्ग पुगेको रहेछ भन्ने थाहा पाइन्छ । जो मरेपछि मानिसहरूले वास्ता गर्दैनन्, त्यो स्वर्गमा छैन भन्ने थाहा हुन्छ ।’

स्वर्ग भनेको कीर्ति हो । नर्क नै अपकीर्ति हो ।
क्लैव्यं मा स्म गमः पार्थ नैतत्त्वयुपपद्यते ।

क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप ।। ३ ।।
====पदच्छेद र शब्दार्थ====
क्लैव्यम् (कायरता) मा स्म गमः (नदेखाउ) पार्थ (हे पृथापुत्र) न एतत् उपपद्यते (यो सुहाउँदैन) क्षुद्रम् हृदयदौर्बल्यम् (हृदयको क्षुद्र दुर्बलता) त्यक्त्वा (त्यागेर) उत्तिष्ठ (उठ) परन्तप (शत्रुलाई पीडा दिने)।

हे पार्थ, कायरता नदेखाउ । तिमीलाई यो सुहाउने कुरा होइन । हे परन्तप, हृदयको क्षुद्र दुर्बलतालाई त्याग अनि, (युद्धका लागि) उठ ।।३।।
====व्याख्या====
पार्थको अर्थ हो पृथा पुत्र । पृथा कुन्तीको त्यो नाम हो जसबाट उनी कृष्णका बुबाको बहिनी (फुपू) को रूपमा चिनिन्छन् । त्यसैले यो आत्मीय सम्बोधनको प्रतीक हो । त्यसै गरी परन्तप नाम पनि विशिष्ट छ । शत्रुलाई ताप दिने । योद्धा अर्जुन । अहिले देखिएको जस्तो कायर अर्जुन होइन । यी दुई नाम पुकारेर भगवान् श्रीकृष्णले अर्जुनलाई मानसिक रूपमा बल प्रदान गर्ने विधि प्रयोग गर्नु भएको छ ।

जब कसैले आफूलाई मानसिक रूपमा अति अशक्त ठान्छ, उसलाई शारीरिक मात्र होइन मानसिक निकटता पनि आवश्यक पर्छ ।

संस्कृत शब्द क्लीवका विभिन्न अर्थ हुन्छन्– नपुंसक, सन्तान जन्माउन अयोग्य, पुरुषार्थहीन, डरछेरुवा, नीच, अधम, अनुपयुक्त, शक्तिहीन, अथवा तेस्रो प्रकृति । तर गीतामा यो कायरको अर्थमा प्रयोग भएको छ ।

अर्जुनले नर्तकी बृहन्नला भएर राजा विराटको दरबारमा एक वर्ष अज्ञातवास बिताएका हुन् । अर्जुनलाई उर्वशीले सधैंलाई स्त्री भइजाने सराप दिएकी थिइन् । पछि सबैको अनुरोधमा त्यस सरापलाई अर्जुनको इच्छानुसार एक वर्ष लागू हुने गरी सीमित गराएकी हुन् ।

श्रीकृष्णले अर्जुनलाई उपदेश किन दिनु भयो ? युद्धको सेनापति हो– धृष्टद्युम्न । बलियो योद्धा हो– भीम । अर्जुनले युद्ध नगरेको भए पनि युद्ध त निश्चित छ ।

महाभारत युद्धमा पाण्डवका विजयको जिम्मेवारी युधिष्ठिरले लिनु पर्ने भएता पनि उनलाई केवल धर्माधर्मको मात्र चिन्ता थियो । उनले युद्ध चाहेका छैनन् । भीमलाई दुर्योधन र दुःशासनसंग बदला लिनका लागि यो युद्ध चाहिएको छ, न्यायको प्रतिष्ठासंग उनको सरोकार थिएन । धृष्टद्युम्नको उद्देश्य केवल एउटा छ । त्यो हो द्रोणाचार्यसंग बदला लिनु ।

महाभारत युद्धको परिणाम प्रति समग्र रूपमा जिम्मेवार वास्तवमा कृष्ण हुन् । वास्तविकता के हो भने अर्जुनका सारथी भगवान् कृष्णले अर्जुनलाई वास्तविक रक्षक ठान्नु हुन्छ । भगवान् कृष्णलाई के कुरा राम्ररी थाहा छ भने अर्जुन यदि युद्धबाट भाग्छन् भने युद्धको जटिलतामा वृद्धि हुन्छ ।

एउटा वास्तविक सेनापति नै युद्धबाट भागेपछि त्यस युद्धको के गति होला ? अर्जुन युद्धबाट आफू मात्र भागेको थिएन, उसले लाखौं योद्धाहरूलाई आफ्नो गतिमा पुर्याउनेवाला थियो । युद्धका भगौडा सैनिकको पाप समाजले समेत बेहोर्नु पर्ने हुन्छ । अनि युद्धको अन्तमा एउटा कुराको निर्णय हुने थियो । त्यो के भने न्यायको प्रतिष्ठा हुने कि अन्यायको ? समाजमा नैतिक मूल्य मान्यतालाई बचाई समाजलाई विखण्डन हुनबाट रोक्नु थियो ।

यस परिस्थितिको समाधानका लागि भगवान् श्रीकृष्णले करुणापूर्ण दृष्टिले आफ्ना मित्र र महाभारत युद्धको एक महारथीलाई हेर्नु भयो । यस कमजोरीको कारण के हो र यस्तो असमयमा यो मोह किन भयो ? त्यसको खोजी गर्नु भयो । अनि हाँस्दै कर्तव्य पूरा नगर्दा हुने हानि र पूरा गर्दा प्राप्त हुने लाभहरू व्याख्या गर्न थाल्नु भयो ।
====अर्जुन उवाच====
कथं भीष्ममहं सङ्ख्ये द्रोणं च मधुसूदन ।

इषुभिः प्रतियोत्स्यामि पूजार्हावरिसूदन ।। ४।।

====पदच्छेद र शब्दार्थ====
अर्जुन उवाच (अर्जुनले भने)—

कथम् (कसरी) भीष्मम् अहम् (मैले भीष्मलाई) सङ्ख्ये (युद्धभूमिमा) द्रोणम् च (अनि द्रोणलाई) मधुसूदन (हे मधुसूदन) इषुभिः (बाण) प्रतियोत्स्यामि (प्रतिप्रहार गर्न सक्छू) पूजा अर्हाः (पूजा योग्य) अरिसूदन (हे अरि सूदन) ।

अर्जुनले भने

हे कृष्ण, युद्ध भूमिका यी भीष्म र द्रोण, जुन पूजा योग्य छन्, लाई मैले बाणको प्रति प्रहार गर्न कसरी सक्छु ?४।।
====व्याख्या====
अर्जुनलाई शस्त्र ज्ञान मात्र होइन शास्त्र ज्ञान पनि छ । तर मन विचलित छ । त्यसैले आत्तिएर, व्याकुल भएर दुई दुई नामले बोलाइरहेका छन्– हे मधुसूदन, हे अरिसूदन । युद्धमा भीष्म र द्रोणलाई छोडेर अरुसंग युद्ध गर्न पाएको भए शायद उनी यति विचलित हुने थिएनन् तर त्यो पनि असम्भव थियो । दुवै जना व्यूहको मुखमा थिए । एक जना सेनापति र अर्को उपसेनापतिको रूपमा ।

त्यसैले अर्जुनले विचलित भएर भन्छन्– ‘यस्ता पूजनीय, महानुभाव र गुरूहरूलाई मारेर भौतिक सम्पत्ति एकत्रित गर्नुभन्दा बरु भिक्षा मागेर खाउँला ।’

गीताले प्रतिस्पर्धी जीवनको एक कटु यथार्थ व्यक्त गरेको छ ? जहिले पनि आफ्नो जीवनको निर्णायक प्रतिस्पर्धामा आफ्नो सबभन्दा नजिकका संग नै शत्रुताको सामना गर्नु पर्छ । अर्को शब्दमा, मानिस सबभन्दा असुरक्षित आफ्नो निकटतम व्यक्तिसंग नै हुन्छ ।

यस श्लोकको एउटा सांकेतिक अर्थ हो जीवको पाशबद्धता । स्वामी रामकृष्णका अनुसार जीव पाशबद्ध हुन्छ, शिव पाश मुक्त छ । घृणा, भय, जाति–अभिमान, गोपनताको इच्छा यी सबै पाश हुन् । अहंकाररुप अज्ञानले मानिसलाई भगवानभन्दा भिन्न बनाउँछ । जीवको अहंका नाश भए पछि त्यो ईश्वरबाट अलग छैन भन्ने बुझ्छ ।
गुरूनहत्वा हि महानुभावान्,

श्रेयो भोक्तुं भैक्ष्यमपीह लोके ।

हत्वार्थकामांस्तु गुरूनिहैव,

भुञ्जीय भोगान्, रूधिरप्रदिग्धान् ।। ५ ।।
====पदच्छेद र शब्दार्थ====
गुरून् (गुरुहरुलाई) अहत्वा (न मारेर) हि (नै) महानुभावान् (महानुभावहरु) श्रेयः (श्रेय छ) भोक्तुं (भाग्नु) भैक्ष्यम् (भिक्षा) अपि (पनि) इह लोके (यस लोकमा) हत्वा (मारेर) अर्थकामान् (अर्थ र कामका वशीभूत) तु (तर) गुरून् (गुरुहरु) इह एव (यो नै) भुञ्जीय (भोग्नु) भोगान् (भोगहरु) रूधिरप्रदिग्धान् (रगतले सिंचिएका) ।

महानुभाव (भीष्म) र गुरूलाई नमारेर बरु भिक्षा माग्नु श्रेयस्कर छ । अर्थकामी गुरूहरूलाई मारेर सुख भोग्नु भनेको त उनकै रगतले मुछिएका भोग भोग्नु हो ।।५।।
====व्याख्या====
अर्थ शब्दले राजशक्तिलाई पनि जनाउँछ त्यसैले अर्थकामान् भनेको राज्य सुखभोग इच्छुक हो । यसको अर्को अर्थ पनि छ– अर्थ र कामका वशीभूत भएका । सामान्य मानिसहरू अर्थकामान् नै हुन्छन् ।

स्वामी ईश्वरानन्दको छुट्टै तर्क छ–अर्जुनले अर्थकामान् भनी सम्बोधन गर्दा युद्धको परिस्थितिलाई ध्यानमा राखेका होलान् । युद्ध हुनुभन्दा पहिले द्रोण, शल्य र कृपाचार्यलाई नमस्कार गर्न र युद्धमा उनीमाथि हतियार चलाउने आज्ञा लिन युधिष्ठिर गएका थिए ।

युधिष्ठिरको विनम्रता प्रशंसा गर्दै सबैले एक एक गरी भनेका थिए–‘मानिस अर्थको दास हुन्छ, अर्थ कसैको दास हुँदैन । यो सत्य कुरा हो । हे राजन्, कौरवहरूले मलाई अर्थबलले बाँधेका छन् । के गरूँ ? म बाध्य छु ।’

अर्थस्य पुरुषो दासो दासस्त्वर्थो न कस्यचित् । इति सत्यं महाराज, बद्धोऽस्म्यर्थेन कौरवैः ।। '''(महाभारत भीष्म पर्व ४३–३५)'''

तिमीले जुन विनम्रता देखायौ यसले गर्दा तिमी विजयको आशीर्वाद प्राप्त गर्न योग्य छौ ।

उनीहरु अर्थकामान् छन् भन्नुको अर्थ के पनि हो भने उनीहरुको क्रियाकलाप धर्मानुकूल छैन । जुन बेला अर्थ र काम धर्मानुकूल हुन्छन्, त्यो मात्र उचित क्रियाकलाप हो । यस अर्थमा गुरु र महानुभवाहरुका क्रियाकलाप सम्मानित पनि छैनन् ।
न चैतद्विद्मः कतरन्नोगरीयो,

यद्वा जयेम यदि वा नो जयेयुः ।

यानेव हत्वा न जिजीविषाम–

स्तेऽवस्थिताः प्रमुखे धार्तराष्ट्राः ।।६।।
====पदच्छेद र शब्दार्थ====
च एतत् (अनि यो) न विद्मः (थाहा छैन) कतरत् (दुवैमा कुनचहिं) नः (हामीलाई) गरीयः (श्रेष्ठ छ) यद् वा जयेम (अथवा विजयी हुने छौं) यदि वा नः जयेयुः (अथवा विजयी हुने छैनौं ) यान् एव हत्वा (जसलाई मारेर) न जिजीविषामः (जीवित रहन चाहना गर्ने छैनौं) ते अवस्थिताः (तिनी अवस्थित छन्) प्रमुखे (अगाडि नै) धार्तराष्ट्राः (धृतराष्ट्रका पुत्र) ।

हामीलाई भिक्षा र युद्धमा कुन कार्य श्रेष्ठ छ ? यो थाहा छैन । अनि के पनि थाहा छैन भने हामीले उनीहरूलाई जित्छौं कि उनीहरूले हामीहरूलाई जित्छन् ? जसलाई मारेर हामी बाँच्न चाहन्नौं तिनै धृतराष्ट्रका सन्तान युद्धका लागि प्रमुख (अगाडि) भएर उभिएका छन् ।।६।।
====व्याख्या====
अर्जुनको दुविधा र असमंजस हेर्ने लायक छ। उनीहरुले मार्न सक्छन् कि मैले ? भिक्षा मागेर जीवनयापन गर्नु ठीक कि युद्ध गरेर राज्य प्राप्त गर्नु ? युद्ध गरुँ त पूजनीय वर्गसंग अशोभनीय व्यवहार गर्नुपर्दछ । न गरुँ भने रणक्षेत्रमा आएर फर्कनु योद्धाको कर्तव्य होइन । किंकर्तव्यविमूढको भाव अर्जुनको वाणीमा देखिन्छ ।
कार्पण्यदोषोपहतस्वभावः,

पृच्छामि त्वां धर्मसम्मूढचेताः ।

यच्छ्रेयः स्यान्निश्चितं ब्रुहि तन्मे

शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम् ।। ७ ।।

कुनै समाधान प्राप्त गर्नका लागि कार्पण्यदोषोपहत स्वभावः...।। २.७ ।। श्लोकको जप गरेमा फाइदा प्राप्त हुन्छ । '''(स्वामी रामसुखदास, गीता दर्पण)'''

====पदच्छेद र शब्दार्थ====
कार्पण्यदोषः (कृपणता दोषले) उपहतस्वभावः (स्वभाव नष्ट भएकोले) पृच्छामि त्वाम् (तपाईंलाई सोध्छु) धर्मसम्मूढचेताः (कर्तव्यको बारेमा चित्त मोहित भएको) यत् श्रेयः (जुन श्रेयस्कर) स्याद् (हुनेछ) निश्चितम् (निश्चित) ब्रुहि तत् मे (त्यो मलाई भन्नुहोस्) शिष्यः ते अहं (म तपाईंको शिष्य) शाधि (उपदेश) माम् मलाई) त्वाम् (तपाईंका) प्रपन्नम् (शरण परें) ।

कृपणता दोषले मेरो स्वाभाविक ज्ञान नष्ट भयो । कर्तव्याकर्तव्य निर्णय गर्न नसकेर तपाईलाई सोध्छु– मेरो निम्ति जुन श्रेयकारक छ त्यो भन्नुहोस् । म तपाईंको शिष्य भएँ मलाई शिक्षा दिनुहोस् ।।७।।
====व्याख्या====
यहाँ अर्जुनलाई ठूलो कर्मसङ्कट परेको छ । एकातिर शिष्टाचार विरोध र अर्कातिर कर्तव्यको त्याग । अनि आफ्नै बन्धुवर्गसंग लड्नुपर्ने ?

कृपणको अर्थ हुन्छ सानो, क्षुद्र । कायर, छुचो, र दुखी अवस्थामा मानिसको मन खुम्चिन्छ । त्यसैले भनिन्छ– किन चाउरिस मरिच, आफ्नै पिरले । दुखमा सबैको मन सानो हुनजान्छ र खुशीमा मन विस्तार हुन्छ । आफ्नो दुख प्रकट गरे पछि अर्जुनले आफ्नो कृपणता दोष र अज्ञानलाई स्वीकार गर्दै भगवान् कृष्णलाई गुरू बनेर उचित बाटो देखाइदिन अनुरोध गरेका छन् ।
न हि प्रपश्यामि ममानुपद्याद्,

यच्छोकमुच्छोषणमिन्द्रियाणाम् ।

अवाप्य भूमावसपत्नमृद्धं,

राज्यं सुराणामपि चाधिपत्यम् ।।८।।
====पदच्छेद र शब्दार्थ====
न हि प्रपश्यामि (देख्दै देख्दिनँ) मम (मेरा) अपनुपद्याद् ( हटाउन सक्ने) यत् (जुन) शोक उत्शोषणम् (सुकाउने) इन्द्रियाणाम् (इन्द्रियहरुलाई) अवाप्य (प्राप्त गरेर) भूमौ (भूमि, राज्य) असपत्नम् (बाधारहित) ऋृद्धम् राज्यम् (सम्पन्नशाली राज्य) सुराणाम् अपि (देवताहरुको ) च आधिपत्यम् (आधिपत्यमा नै भएको) ।

किनभने समस्त पृथ्वीको ऐश्वर्य भएको निष्कण्टक राज्य अथवा स्वर्गको इन्द्रपद पाए पनि इन्द्रियलाई सुकाउने मेरो यो तीव्र शोक हटाउने कुरा म केही देख्दिनं ।।८।।
====व्याख्या====
शिष्यलाई त्यस बेलासम्म उपदेश दिनु निरर्थक हुन्छ जबसम्म उसमा विनम्रता भाव उदय हुँदैन । विनम्रताको भाव त्यस बेलासम्म उदय हुँदैन जबसम्म शिष्यले आफूलाई गुरूका अगाडि समर्पण गर्दैन । त्यसैले ज्ञानका लागि सबभन्दा महत्त्वपूर्ण कुरा हो पूर्ण समर्पण । यस आठौं श्लोकमा गरेको अर्जुनको प्रार्थनाको उत्तरमा भगवान् श्रीकृष्णले १८.६६ मा अर्जुनको मात्र होइन, शरणागति हुने प्रत्येक व्यक्तिको पूर्ण जिम्मेवारी आफूले लिने घोषणा गर्नुभएको छ।
====सञ्जय उवाच====
एवमुक्त्वा हृषीकेशं गुडाकेशः परन्तपः ।

न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह ।। ९।।

====पदच्छेद र शब्दार्थ====
सञ्जय उवाच (सञ्जयले भने)

एवम् उक्त्वा (यसरीभनेर) हृषीकेशं (हृषीकेश, भगवान् कृष्ण) गुडाकेशः परन्तपः (गुडाकेश अर्जुन) न योत्स्य (युद्ध गर्दिन) इति (यस प्रकार) गोविन्दम् उक्त्वा (गोविन्दलाई) तूष्णीं (शान्त) बभूव (भए) । (ह केवल सम्बोधनका लागि प्रयोग भएको छ, जसरी हामी नेपालीमा हई वा हँ भन्छौं) ।

सञ्जयले (धृतराष्ट्रतर्फ सम्बोधित भएर) भने—

परन्तप गुडाकेश (अर्जुन) ले श्रीकृष्णलाई यी कुराहरू भन्दै म युद्ध गर्दै गर्दिनँ भनी मौन भए ।।९।।
तमुवाच हृषीकेशः प्रहसन्निव भारत ।

सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वचः ।।१०।।
====पदच्छेद र शब्दार्थ====
तम् (त्यस) उवाच (भन्नु भयो) हृषीकेशः (हृषीकेश) प्रहसन् इव (हाँसे जस्तो गरेर) भारत (भरतवंशी अर्जुनलाई) सेनयोः उभयोः (उभय सेनाका) मध्ये (बीचमा) विषीदन्तम् (विषादग्रस्त) इदम् वचः (यस्तो वाक्य) ।

(सञ्जयले भने)

(हे महाराज) विषादमा परेका अर्जुनसंग दुवै सेनाको बीचमा श्रीकृष्णले मुसुक्क गर्दै यस प्रकार भन्नुभयो ।।१०।।
====व्याख्या====
अर्जुनले युद्ध गर्दै गर्दिनँ भनेको सुनी भगवान् कृष्णले उसको मोहजनित भावलाई हटाउने विचारले प्रहसन् इव– मुसुक्क हाँसे झै भन्न थाल्नुभयो । यहाँ अर्जुनको उपहास गरिएको होइन । यो त, मायालु पिताले औषधि खान अटेरी गर्ने अबोध शिशु माथि माया गरेर हाँसे जस्तै हो । यस्तो हाँसोलाई भक्ति साहित्यमा कृपा कटाक्ष भनिन्छ ।

आचार्य शङ्करले पहिलो अध्यायको धर्मक्षेत्रे कुरुक्षेत्रेदेखि दोस्रो अध्यायको विषीदन्तमिदं वचः सम्मका विषय वस्तुलाई गीता उपदेशको प्रस्तावना मानेका छन् । यस पछि गुरुको रुपमा भगवान् कृष्णका अमर उपदेश सुरु हुन्छ ।
====श्रीभगवानुवाच====
अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादाँ्श्च भाषसे ।

गतासूनगतसूंश्च नानुशोचन्ति पण्डिताः ।।११।।
====पदच्छेद र शब्दार्थ====
श्रीभगवानुवाच (श्रीभगवानले भन्नुभयो )

अशोच्यान् (चिन्ता नगर्नु पर्ने कुरा) अनु शोचः (बारम्बार चिन्ता गरिरहनछौं) त्वं (तिमी) प्रज्ञावादान् (बुद्धिमान झैं) च भाषसे (अनि बोल्छौ) गत असून् (प्राण गएका) अगत असून् च (तथा प्राण नगएकाहरुको) न अनुशोचन्ति पण्डिताः (विद्वान्ले चिन्ता गरिरहँदैनन्) ।
श्रीभगवानले भन्नुभयो

तिमी शोक गर्न नपर्नेका लागि शोक गर्दैछौ तर कुरा भने प्रज्ञावान् जस्ता गरिरहेका छौ । ज्ञानीजनले मृत र जीवितका लागि शोक गर्दैनन् ।।११।।
====व्याख्या====
गीताको मुख्य ब्रह्म ज्ञानको उपदेश यहाँ देखि सुरु हुन्छ । अ बाट सुरु भएको यो श्लोकले वास्तविक गीता ज्ञानको प्रारम्भ यहाँबाट सुरु भएको छ भन्ने संकेत गर्दछ ।

ज्ञान जीवनको दोस्रो पानामा हुन्छ । पहिलो पाना रित्तो हुन्छ । पहिलोमा केवल अज्ञान हुन्छ ।’ गीताको पहिलो अध्याय विषादको अध्याय हो भने दोस्रो अध्याय ज्ञानको अध्याय हो । ओशो रजनीशका अनुसार, ‘दोस्रो अध्याय जीवनको दोस्रो पाना हो ।’

यदि चार आर्य सत्यलाई केवल दुईमा रूपान्तरण गर्ने हो भने यस प्रकार हुनजान्छ– दुख छ, त्यसलाई (ज्ञानद्वारा) निवारण गर्न सकिन्छ । त्यसैले गीताको मान्यता के छ भने विषाद नभई ज्ञान प्राप्त हुनसक्दैन ।

बुद्धले बताएका चार आर्य सत्य यस प्रकार छन्–

१. दुख छ ।

२. दुखको कारण छ ।

३. दुख निवारणका उपाय छन् । र

४. दुखको अन्त हुन सक्छ ।

योग दर्शनमा यसलाई हेय (दुख), हेय हेतु (दुखको कारण), हान (दुख नाश), र हानोपाय (दुखनाशका उपाय) भनेर व्याख्या गरिन्छ ।

असुको अर्थ हो प्राण वा श्वास । त्यसैले गतासूनको अर्थ हो जसको प्राण गइसकेको छ तथा अगतासून्को अर्थ हो जसको प्राण अझै गएको छैन । ज्ञानीेले गतासून र अगतासून दुवैको विषयमा शोक गर्दैन ।

अर्जुनले जुन कारणले शास्त्र तर्क तेस्र्याएका छन् त्यस मनोभावलाई बुझेरै भगवान कृष्णले गुरुको रुपमा बोलेको पहिलो श्लोकमा भन्नु भएको छ– तिमी शोक गर्न नपर्नेका लागि शोक गर्दैछौ तर कुरा भने पण्डितका जस्ता गरिरहेका छौ ।

ज्ञानीले किन शोक गर्दैन सो कारण अर्को श्लोकमा बताइएको छ ।
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।

न चैव न भविष्यामः सर्वे वयमतः परम् ।।१२।।
====पदच्छेद र शब्दार्थ====
न तु (तर के होइन भने) अहम् (म) जातु (कुनै समयमा) आसम् (थिइनँ) न त्वं (न तिमी) न इमे जनाधिपाः न च एव (न यी राजाहरु नै) न भविष्यामः ( भविष्यमा हुने छैन) सर्वे (सबै) वयमतः (हामी) परम् (पर, पश्चात्) ।

कुनै समयमा म थिइनं, तिमी थिएनौं वा यी राजाहरू थिएनन् भन्ने कुरा होइन । (अनि) के नठान भने भविष्यमा पनि हाम्रो अस्तित्व हुने छैन ।।१२।।
====व्याख्या====
कुनै समयमा म थिइनँ, तिमी थिएनौं वा यी राजाहरू थिएनन् भन्ने कुरा होइन । के नठान भने भविष्यमा पनि हाम्रो अस्तित्व हुने छैन । सधैं रहने आत्मतत्व केवल एउटा हुन्छ, त्यसैले अद्वैत सिद्धान्त प्रतिपादक आचार्य शङ्करले भनेका छन्– ’यहाँ बहुवचनको प्रयोग शरीरहरुलाई गरिएको हो । आत्मालाई होइन । ब्रह्मतत्त्वको बहुवचन हुँदैन ।’

गीतामा आत्मा विभिन्न अर्थमा प्रयोग भएको छ कुनै स्थानमा मन, कुनैमा अन्तःकरण, कुनैमा इन्द्रियसहितको शरीर, कुनै स्थानमा स्वयं मानिस, कुनै स्थानमा परमात्माको रुपमा प्रयोग गरिएको छ । तथापि मुखयतया आत्मा शब्दको प्रयोग जीवात्माका लागि नै गरिएको छ ।

देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।

तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।१३।।
====पदच्छेद र शब्दार्थ====
देहिनः (शरीरधारीहरु) अस्मिन् यथा देहे (जसरी यस शरीरमा) कौमारम् (कुमार अवस्था) यौवनम् (युवा अवस्था) जरा (वृद्धावस्था) तथा देहान्तरप्राप्तिः (तथा अर्को देह प्राप्ति हुन्छ) धीरः तत्र (त्यस अवस्थामा धैर्यवान्) न मुह्यति (मोहति हुँदैन) ।

जसरी यस शरीरको कुमार, यौवन, वृद्धावस्था हुन्छ । अनि अर्को देह प्राप्त हुन्छ । यस्तोमा धीर व्यक्ति मोहित हुँदैन ।।१३।।
====व्याख्या====
संसारमा देखिने सबै वस्तुको आकार, गुण, स्वभाव इत्यादि मात्र परिवर्तन हुने गर्दछ । तर त्यसको एक भाग भाग यथावत् रहन्छ । यथावत रहने भागलाई नै अविनाशी तत्त्व भनिन्छ । तत्त्वको अर्थ हो त्यो मूल कुरा ।

विज्ञानको सबभन्दा प्राथमिक उदाहरण लिन सकिन्छ– ठोस, तरल र ग्यासको । ठोसका विशेषता र तरल तथा ग्यासका विशेषता बिलकुल फरक हुन्छन् । ठोसले ठाउँ लिन्छ, तौल हुन्छ, जहाँ राख्यो त्यहीं रहन्छ । तरलको तौल भए तापनि उसले लिने ठाउँ फरक हुन्छ । उसको आकार अनिश्चित हुन्छ । ओरालो पाएमा दगुर्छ । अनि ग्यासलाई ठोस र तरल जस्तो जमीनमा वा भांडोमा राख्न सकिंदैन । तौल पनि नगण्य हुन्छ । यो चापका आधारमा बहने गर्छ । हिउँ ठोस हो, पानी तरल हो र बाफ ग्यास हो । तर पानीको मूल तत्त्व (हाइड्रोजन पराक्साइड) तीनवटैमा एकै हुन्छ । यही कुरा जीवनका लागि पनि सही छ ।

गर्भमा बालकहरुको परीक्षण गर्ने चिकित्सकहरुले एउटा नयाँ कुरा प्रकाशमा ल्याएका छन् । भन्छन्, बालक गर्भमा रुन्छ, हाँस्छ, नाच्छ । यति मात्र होइन सपना पनि देख्छ । यदि बालक गर्भमा हाँस्छ, रुन्छ, सपना देख्छ भने त्यो उसले कहिले सिक्यो ? यसको व्याख्या मनोविज्ञानले कसरी गर्न सक्छ ? मनोविज्ञानले त के मान्छ भने जन्म लिए पछि मात्र संवेदनाहरुको विकास हुन्छ । यसले के मान्छ भने बालकमा अरुलाई हाँसेको देख्दा हाँस्ने र रोएको देख्दा रुने संवेगहरु विकास हुन्छन् । तर गर्भको बालकका संवेदना ? यो त परामनोविज्ञानको विषय भयो । यसको व्याख्या गीताले गर्छ ।

यदि गर्भमा जीवन छ, संवेदना छ, क्रिया छ, प्रतिक्रिया छ, सपना छ, विचार छ, भने जहाँबाट त्यो निरन्तरता आइरहेको छ, कृष्णले त्यसै निरन्तरताको कुरा गर्नु भएको छ । यो सबै पहिले पनि थियो, भविष्यमा पनि हुनेछ । आज छ, भोलि छैन भन्ने होइन । हिजो थिएन, आज छ भन्ने पनि होइन ।

स्वामी विवेकानन्दले यस कुरालाई अलि सजिलो गरी भनेका छन्– ‘हिन्दु दर्शनले मानिसको वर्तमान जीवनलाई एक विशाल निरन्तरताको सानो भाग मान्दछ ।’ यसभन्दा अगाडिको र यसभन्दा पछाडिको जीवन अझ धेरै हुन्छ । जसको बारेमा हामीलाई थाहा हुँदैन तर कृष्ण जस्तालाई भने थाहा हुन्छ ।

हामी एउटा ठूलो वर्तुलको नगण्य सानो भाग हौं । जसरी एउटा वृत्तको ज्यादै सानो खण्ड सरल रेखा देखिन्छ, जबकि त्यो सरल रेखा होइन । त्यसै गरी वर्तमान जीवन सरल रेखा जस्तो एक बिन्दुबाट सुरु भएर अर्को बिन्दुमा समाप्त भएको देखिन्छ । तर पनि यो एक अति विशाल– अनन्त चक्रको एक अत्यन्त सानो भाग हो । यदि विशाल निरन्तरतालाई नियमित भन्ने हो भने वर्तमान जीवन आकस्मिकता हो । यसको नियमित भाग वर्तुल छ, आकस्मिक भाग सरल छ । नियमित भाग अनन्त छ तर आकस्मिकको सुरु पनि छ र अन्त पनि छ ।

भगवान् श्रीकृष्णका लागि मृत्यु जस्तो कुनै घटना छैन त्यसैले भगवान् श्रीकृष्णका लागि समाप्त भन्ने कुरा पनि छैन । हामीहरुले जुन कुरालाई मृत्यु भन्ठान्छौं, भगवान् कृष्णका लागि त्यो केवल देहान्तर हो । मृत्यु भन्नुको अर्थ हो समाप्ति । तर देहान्तर भनेको एक निरन्तरता, अन्तरणीयता हो । स्वामी रामकृष्णले मृत्युलाई कोठा फेर्नु भन्थे । देह भनेको कोठा, देही भनेको यस कोठामा बसोबास गर्ने– कोठावाल, भाडावाल ।

कुमार अवस्थाको समाप्ति युवा अवस्था र युवा अवस्थाको समाप्ति वृद्ध अवस्था हो । यदि एउटा अवस्था समाप्त भएपछि सबै कुरा समाप्त हुन्छन् भने पुरानो अवस्थाको बारेमा थाहा नपाउनु पर्ने हो । तर एउटा अवस्था सकियो र अब अर्को अवस्थामा छु भनेर शरीरमा बसेर मूल्याङ्कन, निरीक्षण र अनुगमन गर्ने को हो ?

एउटा कोठा सरे पछि पुरानो कोठामा के भएको थियो त्यो नयाँ कोठालाई केही थाहा हुँदैन । डेरावाललाई दुवै कोठाको बारेमा थाहा हुन्छ । किनभने डेरावाल एक निरन्तरता हो ।

एउटा शहर गयो र अर्को शहरमा पुगें भनेर जान्ने यात्रु हो वाहन होइन । यस कुरालाई स्पष्ट गर्दै भगवान् श्रीकृष्णले भन्नु हुन्छ– देहीले यो कुरा जान्दछ । देहान्तर पनि यात्रा गरे जस्तै अनुभव हो ।

के पूर्व जन्मको अनुभव कसैले वास्तवमा भन्न सक्छ ? प्रायः समाचारमा यस्ता खबरहरु प्रकाशित हुने गरेका छन् जसमा साना बालकहरु कुनै नयां स्थानमा पुग्दा आफ्फनो पूर्वजन्मको स्मरण गर्छन् । पूर्वजन्मका माता, पिता, पति वा पत्नीका अनुभव सुनाउँछन् । जस्ताको तस्तै । र यी कुराहरु आश्चर्यजनक रूपमा सत्य साबित भएका छन् । जबकि ती व्यक्तिको वर्तमानमा कुनै सम्बन्ध भएको पाईंदैन । यस्ता घटनाहरु केवल पुनर्जन्म मान्ने समाजमा मात्र भइरहन्छन् भन्ने होइन नमान्ने समाजमा पनि घटिरहेका हुन्छन् ।

यस सम्बन्धमा भागवतमा उल्लेख छ– मानिसहरुमा पाँच वर्षको उमेरसम्म आफ्ना पूर्वजन्मको स्मरण रहन्छ । त्यसपछि यस जन्मका कृत्यले पुराना संस्मरणलाई धमिलो बनाउँदै लैजान्छन् । हिप्नोटाइज गरेर बचपन, शैशवावस्था हुँदै गर्भ र त्यस पूर्वका कुराहरु स्मरण गराउन सकिन्छ । यस सम्बन्धमा धेरै प्रयोग भएका पनि छन् ।

परमहंस रामकृष्णले विवेकानन्द आदि शिष्यहरुलाई समाधिमा पुर्याएर उनका पूर्वजन्मको बारेमा सोधेको कुरा जीवनीकारहरुले उल्लेख गरेका छन् । उनका जीवनी लेखकहरु श्रद्धावान् भक्त मात्र थिएनन् । अतिमानवीय शक्तिको बारेमा बिल्कुल विश्वास नगर्ने यथार्थवादी पनि थिए ।

जस्तो वासना हुन्छ उस्तै स्मृति हुन्छ । त्यसैले जाति, देश, कालले छेकिएका भए तापनि अनुकरण वासनाहरु समान क्षेत्रमै क्रमबद्ध भएर प्रकट हुन्छन् । तिब्बती धर्मगुरू लामाको उत्तराधिकारी छनौट गर्ने क्रममा मृतक लामाका रुचि जुन बालकमा देखिन्छन् त्यसैलाई लामाको अवतारको रूपमा छनौट गर्ने परम्परा छ । यसरी पूर्व जन्मका संस्कार हुन्छन् र ती सर्छन भन्ने कुरा बौद्ध धर्ममा पनि मान्य छन् ।
मात्रास्पर्शास्तु कौन्तेय, शीतोष्णसुखदुःखदाः ।

आगमापायिनोऽनित्यास्ताँस्तितिक्षस्व भारत ।। १४।।
====पदच्छेद र शब्दार्थ====
मात्रास्पर्शास्तु (तर मात्रा र स्पर्शले) कौन्तेय (हे कुन्तीपुत्र), शीतोष्णसुखदुःखदाः (जाडो गर्मी सुखदुख दिने) आगम् अपायिनः (आउने जाने) अनित्याः (नित्य छन्) तान् (तिनीहरु) तितिक्षस्व (तितिक्षा गर) भारत (हे भरतवशंशी, अर्जुन)।

जाडोगर्मी, सुखदुख यी सब मात्रा र स्पर्शले जानिन्छन् । तर हे कौन्तेय, यी आउँछन्, जान्छन् । त्यसैले अनित्य छन् । हे भरतवंशी (अर्जुन), तिनीहरूलाई सहन गर ।।१४।।
====व्याख्या====
जीवात्माको यस शरीरमा कुमार, यौवन, वृद्धावस्था हुन्छ । अनि अर्को देह प्राप्त हुन्छ । यो जानेर धीर व्यक्ति मोहित हुँदैन । धेरै थोरै जानिने कुरा मात्रा हो र तातो चिसो जानिने कुरा स्पर्श हो ।

मात्रा र स्पर्शको जानकारी प्राप्त हुने आधार हो– इन्द्रिय र विषयको सम्बन्ध । जसले यो कुरा बुझेको छ, ऊ धीर पुरुष हो । धीर पुरुष त्यो तराजु हो जसले मात्रा र स्पर्शको मापन गर्छ तर त्यसमा लिप्त हुँदैन । तर स्वयं त्यसबाट अप्रभावित रहन्छ । त्यसलाई तितिक्षा गर्छ । तितिक्षा तिज्बाट बनेको छ जसको अर्थ हुन्छ, सहन गर्नु वा त्याग्नु । तितिक्षा कसले गर्न सक्छ ? जो धीर हुन्छ । यो कुरा अर्को श्लोकमा बताइएको छ ।

यं हि न व्यथन्त्येते पुरुषं पुरुषर्षभ ।

समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते ।। १५।।
====पदच्छेद र शब्दार्थ====
यम् हि (जसलाई) न व्यथन्ति (व्यथित गर्दैनन्) एते (यिनी) पुरुषम् (मानिसलाई) पुरुषर्षभ (हे पुरुषश्रेष्ठ) समदुःखसुखं (सुखदुखमा एक समान मान्ने) धीरम् (धैर्यवान्) सः (ऊ) अमृतत्वाय (अमरताका लागि) कल्पते (योग्य मानिन्छ) ।

हे पुरुषश्रेष्ठ, किनभने सुखदुख सम भएका जुन धीर पुरुषलाई विषय र इन्द्रियका संयोगहरुले विचलित पार्न सक्तैनन्, त्यसले अमरता (मुक्ति) पाउन सक्तछ ।।१५।।

धीर वा समदर्शी व्यक्ति सांसारिक विषयलाई देखेर चञ्चल हुँदैन । रामायणकारले भनेका छन्– जब रामलाई राज्याभिषेकको घोषणा भयो, उनी हर्षित भएनन् । अनि जब त्यो राज्याभिषेक समारोह वनवास समारोहमा रूपान्तरण भयो उनको निधारमा विषाद्को रेखा पनि थिएन । दुवै अवस्थामा उनी पूर्णतः निर्विकार रहे । धीर पुरुषले मात्र सत् असत्को तत्त्व जान्दछ । यस कुरालाई आउने श्लोकहरुमा व्याख्या गरिएको छ ।
नासतो विद्यते भावो नाभावो विद्यते सतः।

उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्वदर्शिभिः ।।१६।।

====पदच्छेद र शब्दार्थ====
न असतः (असत छैन) विद्यते (यो जानिन्छ) भावः (सत्ता) सतः (सतको) न अभावः (अभाव छैन) विद्यते (जानिन्छ) उभयः (दुवैको) अपि (पनि) दृष्टः (देखिन्छ) अन्तः (तत्त्व) तु (तर) अनयोः (यी) तत्त्वदर्शिभिः(तत्त्वदर्शीहरुद्वारा) ।

असत् वस्तुको भाव (सत्ता) हुँदैन, सत् वस्तुको अभाव हुँदैन । सत् असत् यी दुवैको (उभय) तत्त्व जान्नेले (मात्र यो कुरा) राम्ररी देखेका हुन्छन् ।।१६।।
अविनाशी तु तद्विद्धि येन सर्वमिदं ततम् ।

विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ।।१७।।
====पदच्छेद र शब्दार्थ====
अविनाशी तु (तर अविनाशी) तत् (त्यसलाई) विद्धि (जान) येन (जुन) सर्वम् इदम् (यो सबै) ततम् (त्या) विनाशम् (विनाश) अव्ययस्य (अव्ययको) अस्य (यस) न कश्चित् कर्तुम् अर्हति (कसैले गर्न सक्दैन) ।

जसद्वारा यो समस्त विश्व व्याप्त छ, त्यसैलाई अविनाशी जान । यस अव्ययको नाश कसैले पनि गर्न सक्तैन ।।१७।।
====व्याख्या====
सत् को अर्थ हो अविनाशी र असत् को अर्थ हो नाशवान् । सत् को अर्थ हो– छ, रहिरहन्छ । जुन हुनाले सबै वस्तुको अस्तित्व व्यक्त हुन्छ, त्यही सत्ता हो । त्यही सत् हो । सत्ता र अस्तित्व यी दुवै सत् धातुले बनेका छन् । आचार्य शङ्करका अनुसार– नास्तित्व भन्नाले जुन छैन भन्ने जानिन्छ ।

हुँदै नभएको वस्तुको कल्पना त हामीले गर्न पनि सक्दैनौं । जुन कुरा छ त्यसैलाई छैन भन्ने हो । व्याकरणीय दृष्टिले समेत छैन र होइन भन्दा पनि पहिले सकारात्मक आउँछ अनि बल्ल नकारात्मक, जस्तै, छ र इन, हो र इन इत्यादि । मनोविज्ञानमा यस्तो घटना अर्थात् ‘छ पनि र छैन पनि’ लाई एउटा नाम दिइन्छ– फाइ फेनोमेना । जस्तै चलचित्रका दृश्य । गतिले गर्दा सबै सजीव देखिन्छ ।

रोटी छ भने पीठोको अस्तित्व छ भन्ने जानिन्छ । जसरी रोटीको अस्तित्व पीठोले गर्दा छ त्यसै गरी संसारको अस्तित्त्व जुन तत्त्वले गर्दा छ त्यसैलाई सत् भनिएका छ । आचार्य शङ्करको दृष्टिमा जगत् हो, मिथ्या हो । मिथ्याको अर्थ असत्य होइन । असत्यको त अस्तित्त्व नै हुँदैन । तर मिथ्या सत् र असत् को मिश्रण हो । सत्यको कारणले जगत् भासित हुन्छ । यो छ तर पनि छैन । उनले यसलाई स्पष्ट गर्न कपडाको उदाहरण दिएका छन् । हामीले जसलाई कपडा देख्छौं आचार्यको दृष्टिमा त्यो केवल धागो हो । त्यसैले वस्त्र मिथ्या हो धागो सत्य हो । यसै गरी यो संसार त्यस शक्तिको छायाँ हो जसलाई हामीले ईश्वर भन्छौं । शीशा भित्रका प्रतिबिम्ब जस्तै ।

अर्को प्रचलित उदाहरण छ मृगतृष्णाको । गर्मी याममा मरुभूमिमा प्रकाशको अपवर्तनले गर्दा केही पर जमीनमा पानी टिलपिलाए जस्तो लाग्छ । वरिपरि रुखहरू भए त्यसको छायाँ पोखरीमा परेर हल्लिएको जस्तो देखिन्छ । लाग्छ टाढाबाट पोखरी भित्र हेर्दै छौं । नजीक गयो भने त्यहाँ पानी पनि हुँदैन, पोखरी पनि हुँदैन । छायाँ पनि हुँदैन । तर फेरि अलि पर अर्को पोखरी, पानी र त्यसमा छायाँ देखिन्छ । छ पनि र छैन पनि । मरुभूमिमा तिर्खाएको मृगले त्यही पानी खोज्दै खोज्दै प्राण त्याग गर्छ । त्यसैले संस्कृतमा मृगतृष्णा शब्द बनेको हो ।

अर्जुनले शास्त्र तर्क तेर्र्साएर युद्ध गर्दिन भनेका छन् त्यसैले भगवान् श्रीकृष्णले अर्जुनलाई दर्शनका विचारबाट बुझाइरहनु भएको छ । यदि शिष्यले दार्शनिक प्रश्न गर्छ भने गुरूले बाध्य भएर दार्शनिक उत्तर दिनु पर्छ । बौद्धिकताको प्रत्युत्तर सामान्यतया बौद्धिकता नै हुन्छ ।

भगवान् कृष्णले तर्कद्वारा मृत्यु भय वा असत्यको अस्तित्व छैन भन्ने कुरा बुझाइरहनु भएको छ– असत् वस्तुको सत्ता हुँदैन, सत् वस्तुको अभाव हुँदैन । गीतामा सत्लाई अविनाशी, नित्य, सनातन, अप्रमेय, क्षेत्रज्ञ जस्ता नामले उल्लेख गरिएको छ ।

अन्तवन्त इमे देहाः नित्यस्योक्ताः शरीरिणः ।

अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ।। १८।।
====पदच्छेद र शब्दार्थ====
अन्तवन्तः ((नाशवान्) इमे (यी) देहाः (शरीर) नित्यः (नित्य) उक्ताः (भनिन्छ) शरीरिणः (शरीरी, शरीरको मालिक) अनाशिनः (अविनाशी) अप्रमेयस्य (अप्रमेय) तस्मात् (त्यसैले) युध्यस्व (युद्ध गर) भारत (हे भरतवंशी, अर्जुन) ।

(तर) यो नित्य, अविनाशी, अप्रमेय, (जुन छ, त्यसलाई) शरीरी भनिएको छ । त्यसकारण, हे भरतवंशी (अर्जुन), युद्ध गर ।।१८।।
====व्याख्या====
सत् र असत् को व्याख्या गर्दै शरीरलाई असत् र शरीरीलाई सत् भनिएको छ । यसलाई अझ स्पष्ट गर्दै शरीरीका तीनवटा गुण बताइएको छ– नित्य, अविनाशी, र अप्रमेय । नित्यको अर्थ हुन्छ जुन सँधैं एकनास छ । अविनाशीको अर्थ हुन्छ जुन ह्रास वा समाप्त हुँदैन तथा प्रमेयको अर्थ हो जसलाई निश्चित मान्यता, सिद्धान्त, आगमन र निगमन तर्कका आधारमा प्रमाणित गर्न सकिन्छ । त्यसैले अप्रमेयको अर्थ हुन्छ नाप्न वा प्रमाणित गर्न नसकिने । यी शब्दावलीले गीताले यहाँ तर्कशास्त्रको भाषा प्रयोग गरेको देखिन्छ ।

तार्किक निष्कर्ष प्राप्त गर्न प्राचीनकालमा विभिन्न तर्क विधिहरुको प्रयोग गरिन्थ्यो । उदाहरणका लागि पतञ्जलि सूत्रमा तर्कका तीन विधि प्रयोग गरिएको छ– प्रत्यक्ष, अनुमान, र आगम अर्थात् आप्त वाक्य । यसै गरी महाभारत राजधर्मानुशासन पर्व अध्याय २४ मा १७, कौटिलीय अर्थशास्त्र अधिकरण १५ मा ३२, सूश्रुत संहिता अध्याय ६५ मा ३२, र चरक संहिता अध्याय १२ मा ३४ विधिहरुको उल्लेख पाइन्छ ।

आफ्नो कुरा पुष्टि गर्न सामान्यतया निगमन तथा आगमन तर्क प्रयोग गरिन्छ । निगमन तर्क विधिमा एक सामान्य सत्यलाई आधार मानेर विशिष्ट तथ्यमा सत्यापन गरिन्छ । यस विधिलाई माथिबाट तल जाने तर्क वा नियमबाट तथ्यतर्फ जाने विधि पनि भनिन्छ । आगमन विधिमा तथ्यहरूका आधारमा निष्कर्ष प्राप्त गरिन्छ । अर्को शब्दमा ज्ञात तथ्यबाट अज्ञातका लागि अनुमान गर्ने तर्कलाई आगमन भनिन्छ । त्यस अनुमानलाई सामान्य सत्य भनिन्छ ।

उपनिषदमा तर्कशास्त्रका निम्नलिखित छवटा विधि वर्णन प्रयोग गरिएको छ–

१.प्रत्यक्ष–

इन्द्रियहरूबाट प्राप्त ज्ञानलाई प्रत्यक्ष प्रमाण, तथ्यका आधारमा प्राप्त ज्ञान, भनिन्छ । कुनै कुरा आँखाले देखेपछि त्यो छ भन्ने प्रमाणित हुन्छ । जस्तै आगो बाल्दा धुवां निस्केको देखेपछि आगो बलेको ठाउँमा धुवां निस्कन्छ भन्ने जानकारी प्राप्त हुन्छ । प्रत्यक्ष विधिलाई आगमन तर्क पनि भनिन्छ ।

२.अनुमान–

अनुमान विधिको अर्थ अप्रत्यक्ष वा आगमन तर्क हो । जुन कुरा इन्द्रियद्वारा सोझै जान्न सकिंदैन, त्यसलाई दुईवटा प्रत्यक्ष ज्ञानलाई सम्बन्धित गराएर जानिन्छ । धेरै टाढा धुवाँ पुत्ताएको देखे पछि आगो नदेखिएपनि त्यहाँ आगो बलेको छ भन्ने अनुमान गरिन्छ ।

३.उपमान–

उपमान भनेको ज्ञात तथ्यबाट अज्ञात तथ्यको बारेमा जानकारी प्राप्त गर्नु । कहिल्यै बाघ नदेखेको मानिसले बाघ कस्तो हुन्छ भनेर सोधेमा ठीक बिरालो जस्तै तर ठूलो हुन्छ भन्ने जानकारी पाउँछ । यस आधारमा उसले वनमा गएको बेलामा बिरालो जस्तो तर ठूलो जन्तु देखेर यही बाघ हो भनेर चिन्न सक्छ ।

४.शब्द–

यो ज्ञान प्राप्त गर्ने वर्णनात्मक, विश्लेषणात्मक विधि हो। यस विधिमा श्रुत शब्दको अर्थग्रहणका आधारमा निष्कर्ष प्राप्त गरिन्छ । उदाहरणका लागि, विदेशमा भ्रमण गरेर आएका मानिसले त्यहाँका अग्ला भवन, फराकिला सडकका कुरा गर्दा हामीले पनि ती कुराको अनुमान गर्छौं ।

५.अर्थापत्ति–

यो एक प्रकारको परिकल्पना हो । कसैले खाएको कहिल्यै देखिदैन तर सदा मोटो ताजा देखिन्छ । यस आधारमा उसले कसैले नदेख्नेगरी खाँदो होला भन्ने अनुमान गर्न सकिन्छ । यस्तो जानकारीको आधार कुनै प्रत्यक्ष वा अप्रत्यक्ष तथ्य हुँदैन केवल सैद्धान्तिक तर्क मात्र हुन्छ ।

६.अनुपलब्धि–

माथिका तर्कले सिद्ध गर्न नसकेको कुरा छैन भन्ने प्रमाणित हुन्छ । त्यसैले अन्तिम तर्कलाई अनुपलब्धि प्रमाण भनिन्छ । यसको अर्थ हो जसको बारेमा कुरा गर्दै छौं त्यो छैन ।

शरीरी अर्थात् शरीरको मालिकलाई यी सबै तर्कको आधारमा जाँच गर्दा कुनैमा पनि मिल्दैन । यो शरीरमा छ तर शरीरलाई जस्तै यसलाई प्रत्यक्ष देखाउन सकिंदैन । शरीर भित्र रहेकोले यसको अनुमान गर्न पनि मिल्दैन । जुन कुरा छ त्यसको अनुमान के गर्नु ?

उपमान गर्नका लागि ठीक त्यस जस्तो अर्को उदाहरण केही छैन । शरीर भित्र रहेर जसले जीवन दिइरहेको छ, त्यसलाई अर्थापत्ति गरी अनुमान गर्न झनै मिल्दैन ।

यी पाँचवटा तर्कले सिद्ध गर्न नसक्नेलाई तर्कशास्त्रमा अनुपलब्धि प्रमाण भनिन्छ अर्थात् त्यो कुरा छैन । तर शरीरीलाई छैन भन्न पनि मिल्दैन । यो अभाव पनि होइन । भावरुप हो । यो छ, त्यसैले जीवन छ । यो नभएमा शरीर भइकन पनि नभए बराबर हुन्छ । अस्तित्त्व छ तर प्रत्यक्ष गर्न सकिंदैन । कुनै कुरालाई प्रमाणित गर्न सकिएन भन्दैमा अनुपलब्ध भन्ने प्रमाणित भने हुँदैन । देखाउन नसक्नाले नास्तित्व भन्न मिल्दैन, त्यसैले यसलाई अप्रमेय भनिन्छ ।

जसरी घर मालिक घरभन्दा फरक हुन्छ । जसरी उद्यमी र उद्यम फरक हुन्छ अथवा जसरी श्रम र श्रमिक फरक हुन्छ, त्यसै गरी शरीर र शरीरी फरक हुन्छ । त्यसैले यसलाई शरीरी, देही, यो, असली म, जीव, आत्मा वा परमात्मा भनिन्छ । तर यी सबै संकेतसूचक शब्द हुन् । नाम होइनन् ।त्यसैले शरीरलाई fake self र शरीरीलाई true self भनिन्छ ।

संस्कृतको आत्मा भन्ने शब्द आत्मन् बाट बनेको छ, जसको अर्थ हुन्छ– म आफू, मेरो ‘म’ । के कुरा स्पष्ट छ भने आत्मा शब्द केवल संकेत हो । यो कुनै देखाउन सकिने वस्तु होइन ।

शरीरी भनेपछि यसले शरीरसँग सम्बन्ध देखाउँछ तर यो शरीरका गुण दोषबाट अप्रभावित रहन्छ । स्वामी रामकृष्णले शरीर र शरीरीलाई छुट्ट्याउन भन्ने गर्थे – ‘अहम् दुई प्रकारको हुन्छ एउटा सक्कली अहम् र अर्को नक्कली । एउटा सिरहाने हो र अर्को त्यसको खोल हो । मेरो घर, मेरो छोरा यो असली होइन । म उनको दास, म उनको सन्तान र म स्वयं त्यही नित्य मुक्त ज्ञानस्वरुप हूँ, यो सक्कली अहम् हो ।’ जतिलाई मेरो भन्छौं त्यसमा स्वामित्व छ । त्यसैलाई बुद्धले अनत्ता भनेका छन् । जसको स्वामित्व छ त्यो म, अत्ता ।

बुद्ध जब कपिलवस्तु आए यशोधराले सोधिन्– ‘आर्य, के जुन कुरा तपाईंले बोधिवृक्ष मुनि प्राप्त गर्नु भयो, त्यो यहाँ दरबारमा प्राप्त हुने थिएन ?’

भनिन्छ, उनी मौन बसे । उत्तर दिएनन् ।

कुनै शिष्यले बुद्धलाई सोध्यो–‘ तपाईंले यति लामो साधना गरेर के पाउनु भयो ?’

बुद्धले भने– ‘केही पाइन । जुन पहिले देखि नै थियो, त्यसलाई जानें ।’
य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।

उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ।। १९ ।।

कठोपनिषद्को निम्नलिखित श्लोक यस सँग मिल्छ–

हन्ता चेन्मन्यन्ते हन्तु,ँ हतश्चेतन्मन्यन्ते हतम् ।

उभौ तौ न विजानीतो नाय,ँ हन्ति न हन्यते ।। १.२.१९।।

यदि हन्ताले हनन् गरेको ठान्छ र हनन् भएकोले हनन् गरिएको ठान्छ भने दुवैलाई ज्ञान नभएको बुझिन्छ । यसले न हनन गर्छ, न हनन हुन्छ ।

====पदच्छेद र शब्दार्थ====
यः (जसले) एनम् (यसलाई) वेत्ति (जान्दछ) हन्तारम् (मार्ने) यः च (अनि जसले) एनं (यसलाई) मन्यते (मान्दछ) हतम् (मरेको) उभौ तौ (ती दुवै) न विजानीतः (जान्दैनन्) न अयं (न यसले) हन्ति (मार्छ) न हन्यते (न मारिन्छ) ।

जसले यसलाई हत्या गर्छु भन्दछ र जसले यो मर्छ भनी बुझ्छ ती दुवैथरीले वास्तविक कुरा नजानेर हो । यसले कसैलाई मार्दा पनि मार्दैन र कसैले मारेर यो मर्दा पनि मर्दैन ।।१९।।
====व्याख्या====
यसलाई मार्छु भन्नु र यो मर्छु भन्नु दुवै असत्य हुन् । शरीरी अर्थात् आत्माको अमरताको यो सिद्धान्त गीताले उपनिषदबाट ग्रहण गरेको छ । यो गीताको मौलिक सिद्धान्त होइन तथापि पुनर्जन्म सिद्धान्तलाई गीताले वैज्ञानिकस्वरुप प्रदान गरेको छ भन्न सकिन्छ । आत्माको अमरता प्रमाणित गरेपछि मात्र अध्याय चारमा जीवको यो पुनरागमन प्रतिपादन गरिएको छ । जुन उसका कर्मको आधारमा हुन्छ, त्यसैले पुनर्जन्म परवश हुन्छ भनिएको छ । यसको उद्देश्य आत्मिक हो भन्ने कुरा बताइएको छ । अमरताको मान्यता बताएपछि यसलाई पुष्टि गर्न आउने श्लोकहरुमा सोही कुरालाई विभिन्न विधिले व्याख्या गरिएको छ ।
न जायते म्रियते वा कदाचिन्–

नायं भूत्वा भविता वा न भूयः ।

अजो नित्यः शाश्वतोऽयं पुराणो

न हन्यते हन्यमाने शरीरे ।। २०।।

यससँग मिल्दो जुल्दो श्लोक कठोपनिषदमा छ– नजायते म्रियते वा विश्चिन्नायं कुतश्चिन्न बभूव कश्चित् । अजो नित्यःशाश्वतो यं पुराणो न हन्यते हन्यमाने शरीरे ।। १.२.१८ ।। यसको जन्म पनि छैन र मृत्यु पनि । न यो कतैबाट आएको हो, यो कुनै व्यक्ति विशेषपनि होइन । यो अज, नित्य, शाश्वत, पुराण छ । शरीर नहुँदा पनि यो रहन्छ ।

====पदच्छेद र शब्दार्थ====
न जायते (न जन्मन्छ) म्रियते वा (वा मर्छ) कदाचित् (कहिल्यै) न अयम् (न यो) भूत्वा (भइसक्यो) भविता (हुनेछ) वा (अथवा) न भूयः (हुने छैन) अजः (अजन्मा) नित्यः (नित्य) शाश्वत (सनातन) अयम् (यो) पुराणः (पुरानो) न हन्यते ( मारिँदैन) हन्यमाने शरीरे (शरीर मर्दा पनि) ।

न यसको जन्म हुन्छ, न मृत्यु वा कदाचित् एक पटक भयो तर अब फेरि हुँदैन– त्यो पनि होइन (अर्थात् यो जन्मरहित र मृत्युरहित छ)। यो अजन्मा, नित्य, शाश्वत र सबभन्दा पुरानो (सुरुमा) छ । (त्यसैले) शरीर नाश हुँदा पनि यसको नाश हुँदैन) ।।२०।।
====व्याख्या====
अमरता के हो यसको व्याख्या गर्दै भनिएको छ– यो जन्मरहित, नित्य, शाश्वत, र सबैभन्दा पहिलेदेखि नै छ । वृद्धि, ह्रास,परिवर्तन केही हुँदैन । तर शरीरले भने जन्म लिन्छ, बढ्छ, परिवर्तन हुन्छ, र समाप्त हुन्छ । यसको अर्थ के हो भने यो विकाररहित छ ।

शरीर र शरीरीलाई अन्तर गर्न निम्नलिखित विशेषता बताइएको छ–१.अजन्मा २. नित्य, ३. शाश्वत, ४.सबैभन्दा पुरानो ।

अजन्मा अर्थात्, उत्पत्तिरहित । शरीरको उत्पत्ति छ शरीरीको उत्पत्ति छैन । जुन कुरा आफैं छ, त्यसको विनाश हुँदैन । अजन्मा र जन्मरहित भन्नु एउटै हो ।

नित्य अर्थात् स्थायी अस्तित्व । शरीरको अस्तित्व अस्थायी छ तर शरीर निर्माण हुनु अघि पनि शरीरी थियो र शरीर विनाश पछि पनि यो शरीरी रहन्छ ।

शाश्वतको अर्थ हो सधैं एक नासले रहने, अपरिवर्तनीय , (सनातन। त्यसैले यसको वृद्धि वा ह्रास केही हुँदैन । जुन वस्तु बढ्छ, त्यो एक समयपछि घट्न थाल्छ । उदाहरणका लागि शरीर शिशु,

बाल,किशोर,युवा,अधबैंशे हुँदै सुरुमा बढ्छ पछि घट्छ । ह्रास हुने वस्तु अन्तमा समाप्त हुन्छ । तर शरीरी ह्रास नहुने भएकोले अविनाशी रहन्छ ।

पुराणको अर्थ हो पुरानो । कुनै पनि प्रारम्भभन्दा पनि पहिलेको । यसको अर्थ जीर्ण वा थोत्रो होइन । शरीरी शरीरभन्दा पुरानो हो । शरीरी भएकोले उसका लागि शरीर बन्छ ।
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।

कथं स पुरुषः पार्थ, कं घातयति हन्ति कम् ।।२१।।
====पदच्छेद र शब्दार्थ====
वेद (जान) अविनाशिनम् (अविनाशी) नित्यम् (नित्य) यः (जुन) एनम् (यस– देही–लाई) अजम् (नजम्ने) अव्ययम् (व्यय नहुने) कथम् (कसरी) सः (त्यो) पुरुषः (मानिस) पार्थ (हे पृथापुत्र अर्जुन), कम् (कसलाई) घातयति (मार्छ) हन्ति (मार्छ) कम् (कसलाई) ।

यसलाई अविनाशी, नित्य, अज तथा अव्यय जान । (त्यसो भए) हे पार्थ, त्यसले कसरी र कसलाई मार्ला वा मार्न लगाउला ?२१।।
====व्याख्या====
आत्माको अमरता के हो ? यो अविनाशी छ, नित्य छ, अजन्मा छ, अव्यय छ, त्यो नै अमर हुन्छ । प्रकृतिको सामान्य नियम के हो भने जुन उत्पन्न हुन्छ, त्यो नाश हुन्छ । यदि कुनै कुरा यस्तो छ, जसलाई नाश गर्न सकिंदैन भने स्पष्टतः त्यसलाई उत्पन्न गर्न पनि सकिंदैन । अज भनेको जन्मरहित (तर अस्तित्व भएको), नित्य (सुरु र अन्त नभएको तर बीचमा जुन अस्तित्व छ त्यो सबै भएको), शाश्वत् (जस्तो छ सधैं त्यस्तै रहने) ।

गर्भमा मानिसको निर्माण कसरी हुन्छ ? चिकित्साशास्त्र अनुसार, हात खुट्टा बन्नु अघि शरीर, शरीर अघि हड्डी, त्यस अघि ढाड, त्यसभन्दा पनि पहिले मस्तिष्क निर्माण हुन्छ । तर मस्तिष्क बन्नुभन्दा पहिले पनि त्यो उपस्थित हुन्छ जसका लागि मस्तिष्क निर्माण हुन्छ । जो असली मालिक छ, त्यो सबभन्दा पहिले हुन्छ । पहिला घर मालिक हुन्छ, अनि बल्ल घर बन्छ । त्यसैलाई यहाँ पुरानो भनिएको हो । कुनै कुरा मर्दैन भने यसको विपरीत हुन्छ त्यो जन्मंदा पनि जन्मंदैन । आत्माको सम्बन्धमा दुवै कुरा सही छन् ।

जबसम्म अज्ञान रहन्छ त्यहाँसम्म स्थूल शरीर र सूक्ष्म शरीरको वियोग भइरहन्छ, त्यस बेलासम्म भय रहन्छ । यही संयोग र वियोगलाई जन्म–मृत्यु भन्ने व्यवहार भएको छ ।
वासांसि जीर्णानि यथा विहाय,

नवानि गृह्णाति नरोऽपराणि ।

तथा शरीराणि विहाय जीर्णा–

न्यन्यानि संयाति नवानि देही ।।२२।।
====पदच्छेद र शब्दार्थ====
वासांसि (वस्त्रहरु) जीर्णानि (जीर्ण, थोत्रा) यथा (जसरी) विहाय (त्यागेर) नवानि (नयाँ) गृह्णाति (लगाउँछ) नरः (मानिस) अपराणि (अरु, अन्य) तथा (त्यसै गरी) शरीराणि (शरीरहरु) विहाय (त्यागेर) जीर्णानि (जीर्णहरु) अन्यानि (अन्य) संयाति (प्राप्त गर्छ) नवानि देही (नयाँ शरीर) ।

जसरी मनुष्यले जीर्ण, थोत्रो कपडा फालेर नयां लगाउँछ, त्यसै गरी देहीले पनि भोगद्वारा पुरानो भएको शरीरलाई छोडेर नयां शरीर लिन्छ ।।२२।।
====व्याख्या====
भगवान् कृष्णका लागि शरीर वास्तविक सत्य होइन यो एक बाह्य आवरण हो जस्तो पुतलीको आवरण झुसिल्कीरा हुन्छ । तर अर्जुनले आफूलाई के बुझेका छन् ? झुसिल्कीरा कि पुतली ? झुसिल्कीरा र पुतलीमा असली को हो ? जसलाई पुतलीको जीवन चक्र थाहा छ उनीहरूले के जानेका छन् भने झुसिल्कीरा एक खोल मात्र हो । पुतलीको अण्डा र पुतलीका बीचको एक अवस्था मात्र हो । लार्भाको विकसित रुप । पुतलीको सुरक्षा कवच । झुसिल्कीराले आफ्नो खोल छोड्न तैयार हुन्छ भने त्यो पुतली हो । तर खोल छोड्न तैयार छैन् भने झुसिल्कीरा मात्रै हो । समाप्ति हो । त्यही झुसिल्कीरा जसलाई हाँगामा हिंड्न पनि धौधौ छ । पात चाटेर जेनतेन जीवन निर्वाह गर्न बाध्य छ । पुतली बनेपछि आफूले मन पराएको फूलको रस चुस्छ । जुन रुखमा मन लाग्छ उडेर त्यहाँ पुग्छ– बन्धनमुक्त र अपरिमित स्वतन्त्र ।

जब शरीरको त्याग केवल वस्त्र त्याग गर्नु जस्तो हो भन्ने बुझिन्छ अनि निर्भयता स्वतः घटित हुन्छ । जब झुसिल्कीराले म पुतली हुँ भन्ने बुझ्छ अनि उसलाई आफूमा आउने सम्पूर्ण रुपान्तरण ज्ञान उपलब्ध हुन्छ । अनि झुसिल्कीराले आफ्नो झुस जति फाल्न सहर्ष तैयार हुन्छ ।

अविनाशी हुनका लागि विशेषताहरु अर्को श्लोकमा बताइएको छ–
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।

न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।। २३ ।।
====पदच्छेद र शब्दार्थ====
न एनम् छिन्दन्ति (यसलाई काट्दैन) शस्त्राणि (शस्त्राणि) न एनम् दहति (यसलाई जलाउँदैन) पावकः (आगोले) न च एनम् क्लेदयन्ति (यसलाई पानीले भिजाउँदैन) आपः (जलले) न शोषयति (सुकाउँदैन) मारुतः (हावाले) ।

यसलाई शस्त्रले काट्न सक्दैन (त्यसैले अच्छेद्य छ) । यो आगोले जलाउन सक्दैन (त्यसैले अदाह्य हो) । यसलाई पानीले भिजाउन सक्दैन (त्यसैले अक्लेद्य हो) ।
अच्छेद्योऽयमदाह्योऽयमऽक्लेद्योऽशोष्य एव च ।

नित्यः सर्वगतःस्थाणुरचलोऽयं सनातनः ।। २४ ।।
====पदच्छेद र शब्दार्थ====
अच्छेद्यः (काटिँदैन) अयम् (यो) अदाह्यः (अदाह्य छ) अयम् (यो) अक्लेद्यः (भिजिँदैन) अशोष्यः एव च (अनि सुकदैन पनि) नित्यः नित्य) सर्वगतः (सर्वव्यापक) स्थाणुः (नहल्लिने) अचलः (स्थिर) अयम् (यो) सनातनः सनातन छ) ।

अनि यसलाई वायुले सुकाउन पनि सक्दैन (त्यसैले यो अशोष्य हो) । यो त नित्य, सर्वव्यापक, स्थाणु, अचल र सनातन छ ।
====व्याख्या====
आत्मा किन अमर हुन्छ ? किनभने यो अच्छेद्य, अदाह्य, अक्लेद्य, अशोष्य, नित्य, सर्वव्यापक, स्थाणु, अचल र सनातन छ । यो अच्छेद्य छ– निराकार भएकोले यसलाई टुक्र्याउन वा काट्न सकिंदैन ।

यो अदाह्य छ– आगोले बालेर यो डढ्दैन ।

अशोष्य छ– हावाले कपडा भित्रको पानी सुकाए जस्तो यसलाई सुकाउन सुक्दैन ।

अक्लेद्य छ– पानीले यसलाई भिजाउन सक्दैन । यो नित्य छ । यो सर्वव्यापक छ । कुनै एक स्थानमा छ र अन्यत्र छैन भन्ने होइन । स्थाणु अर्थात् नडग्ने छ । चलायमान पनि छैन, स्थिर छ । सनातन छ । जुन कुरा अनादि कालदेखि अनन्त कालसम्म एकनास छ, जसको निर्माण वा विनाश हुँदैन, त्यसलाई सनातन भन्दछन् । सूर्यचन्द्र पनि सनातन छैनन् । यिनीहरू पनि जन्मने र मर्ने हुन्छन् ।
अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।

तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।। २५ ।।
====पदच्छेद र शब्दार्थ====
अव्यक्तः (अव्यक्त) अयम् (यो) अचिन्त्यः (मनले नजानिने) अयम् (यो) अविकार्यः (अविकारी) अयम् (यो) उच्यते (भनिन्छ) तस्मात (त्यसैले) एवम् (यस प्रकार) विदित्वा (जानेर) एनम् (यसलाई) न अनुशोचितुम् अर्हसि (शोक गर्नु उचित छैन) ।

यसलाई इन्द्रियले व्यक्त गर्न नसकिने, मन बुद्धिले चिन्तन गर्न नसकिने, विकाररहित भनिएको छ । यसरी बुझेर यस (देही) लाई यस प्रकार राम्ररी बुझेर (तिमीले) शोक गर्नु उचित छैन ।।२५।।
====व्याख्या====
त्यो अव्यक्त छ । जुन वस्तुमा रुप, रस, गन्ध, स्पर्श तथा शब्द यी मध्ये कुनै गुण हुन्छ, त्यो वस्तु कुनै न कुनै इन्द्रियद्वारा व्यक्त गर्न सकिन्छ । तर जसलाई कुनै पनि प्रमाणले व्यक्त गर्न सकिंदैन, त्यसलाई अव्यक्त भनिन्छ । चिन्तन गर्ने चित्त वा मन हो । बुद्धि र अहङ्कार यसैका अवस्थान्तर मात्र हुन ।

त्यो अचिन्त्य छ अर्थात् त्यो कल्पनातीत छ । मनले देख्न नसकिने भएकाले नै अचिन्त्य भनिएको हो ।

त्यो अविकारी छ । जो सदा एकनास नरहेर बराबर बदलिंदै रहन्छ त्यसलाई विकारी भन्दछन । देहको मालिक सदा एकरस हुनाले निर्विकार छ । यस परम तत्त्वलाई जानेपछि कसैलाई पनि शोक मोह हुन सक्तैन ।

शुद्ध प्रकृतिले सृष्टि संचालन गर्न सक्दैन । त्यसमा केही मिसाउनु पर्छ जसलाई विकृति भनिन्छ । गीता १३.६ मा इन्द्रिय र उसका विषय, इच्छा, द्वेष, सुख, दुख, स्थूल देह, चेतना, र धृतिलाई विकार भनिएको छ । यी सबैको प्रभाव नपर्ने कुरालाई अविकारी भनिन्छ ।

न जायते म्रियते... भने पछि अब त्यसलाई पुष्टि गर्नका लागि यी व्याख्या कुरा बुझाउने विभिन्न तरिकाहरू हुन् । एउटा दयालु गुरूले शिष्यलाई अनेक विधिद्वारा एउटै कुरा दोहोर्याइ तेहेर्याइ बुझाउने प्रयास गर्छ । भगवान् श्रीकृष्णले त्यही गर्नु भएको छ । त्यसैले भगवान् कृष्णलाई महानतम् शिक्षक पनि भनिन्छ ।

कुनै जटिल सिद्धान्त बुझाउनु पर्यो भने शिक्षकले त्यसलाई अनेक प्रकारले व्याख्या गर्छ । मौखिक व्याख्या गर्छ । त्यसलाई रेखाचित्र वा चित्र बनाएर फेरि उही कुरा भन्छ, तालिका वा तथ्याङ्कबाट पुष्टि गर्छ । गणितीय उदाहरणबाट व्याख्या गर्छ । सम्भव भए प्रयोग गरेर देखाउँछ ।

तर यो सब फरक फरक कुरा होइन, एउटैकुराको विभिन्न व्याख्या मात्र हो । कहिलेकाहीं यसको विपरीत प्रभाव हुनजान्छ । जुन कुरा ज्यादै सजिलो छ, त्यो कहिलेकाहीं जटिल हुनजान्छ । अनि लाग्छ यो कुनै जटिल सिद्धान्त हो । यही समस्या आध्यात्मिक शास्त्रहरूमा पनि छ ।
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।

तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि ।।२६।।
====पदच्छेद र शब्दार्थ====
अथ (अथवा) च एनम् (अनि यसलाई) नित्यजातम् (सधैं जन्मने) नित्यं वा मन्यसे मृतम् (वा सधैं समाप्त हुने मान्छौ भने) तथापि (त्यसपछि पनि) त्वम् (तिमी) महाबाहो (हे महाबाहु) न एवम् शोचितुम् अर्हसि (यसमा पनि शोक गर्नु उचित छैन) ।

अथवा (अब अर्को तरिकाले बुझ) यदि तिमीले यसलाई नित्य नमानेर शरीरका साथै जन्मने हुन्छ (शरीर मर्नासाथ सबै कुरा मर्छन्) भन्ठान्छौ भने पनि हे महाबाहो (वीर अर्जुन) तिमीले यतिविधि अफशोच गर्नु मुनासिब छैन ।

अथवा यसरी बुझ यस शब्दावलीले के कुरा स्पष्ट हुन्छ भने भगवान् कृष्णले अर्जुनलाई कुनै फरक दृष्टिकोणले बुझाउने प्रयास गर्नु भएको छ । स्वामी ईश्वरानन्दका अनुसार यो दृष्टिकोण गीताको होइन, यो अरुको भनाई हो । यदि अर्जुनको दृष्टिकोण भगवान् कृष्णको भन्दा फरक छ भने उसले यस दृष्टिकोणले बुझ्न सक्छन् ।

यस फरक दृष्टिकोणलाई आधुनिक समयमा भौतिकवादी दृष्टिकोण– मेटेरियलिस्टिक एप्रोच भनिन्छ । यी श्लोकहरूको उपस्थितिले के अनुमान गर्न सकिन्छ भने कृष्णको समयमा पनि यी विचार राख्ने व्यक्तिहरू थिए होलान् ।
जातस्य हि ध्रुवो मृत्योर्ध्रुवं जन्म मृतस्य च ।

तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।२७।।
====पदच्छेद र शब्दार्थ====
जातस्य (जन्म भएको) हि धु्रवः ( निश्चित नै छ) मृत्यु ः (मृत्यु) ध्रुवम् (निश्चित्) जन्म मृतस्य च (मृतकको फेरि जन्म हुन्छ नै) तस्मात् (त्यसैले) अपरिहार्य (उपाय नभएको) अर्थे (विषयमा) न त्वं शोचितुमर्हसि (तिमीले शोक गर्नु उचित छैन) ।

(किनभने) जुन कुरा उत्पत्ति हुन्छ, त्यो अवश्य नष्ट हुन्छ । जन्म पछि मृत्युको क्रम निश्चित छ । त्यसकारण यस्तो अपरिहार्य अर्थ (उपाय नभएको विषय) मा तिमीले शोक गर्नु हुँदैन ।।२७।।
====व्याख्या====
संसारमा सबै कुरा नाशवान छन् भन्ने दृष्टिकोणहरुमध्ये सबभन्दा चर्चित दर्शनलाई चार्वाक भनिन्छ । चार्वाक मतमा केवल चार तत्त्व प्रमुख छन्, पृथ्वी, जल, तेज, र वायु । आकाश तत्त्व भन्ने कुरा छैन । बौद्ध दर्शन जस्तो यसले अरु सबैलाई शून्य मान्छ । चार महाभूत उत्पत्तिको कारण के हो भन्ने कुरा यस दर्शनमा स्पष्ट गरिएको छैन ।

चार्वाक दर्शन छवटा वेदबाह्य दर्शन, माध्यमिक, योगाचार, सौत्रान्तिक, वैभाषिक, आर्हत र चार्वाक मध्येको एउटा हो । यी दर्शनहरूले आत्माको अनवश्वरतालाई अप्रमाणित मान्दछन् । पछि यी सबै मत बौद्ध र जैन दर्शनमा समाहित भएको अनुमान विद्वानहरूले गरेका छन् । त्यसमा पनि चार्वाक दर्शन पूर्णतया भौतिकवादी र नास्तिक दर्शन हो । चार्वाकको अर्थ हुन्छ मिठो बोली । यसलाई लोकायत पनि भनिन्छ, जसको अर्थ हुन्छ, यस लोकको सुन्दरतामा विश्वास गर्ने ।

यस दर्शन अनुसार, जुन कुरा प्रत्यक्ष इन्द्रियले जानिन्छ त्यो मात्र सत्य हुन्छ । अनुमान विधि ज्ञानका लागि प्रमाण हुन सक्दैन किनभने यसबाट केवल सम्भावना उत्पन्न गर्न सकिन्छ । अनुमान भनेको प्रत्यक्ष ज्ञानलाई भूतकाल वा भविष्यकालमा गरिएको विस्तार मात्र हो । यस्तो विस्तार असम्भव र निरर्थक हुन्छ ।

सुख दुख सबै यसै संसारमा भोगिने कुरा हुन् । दुख छ भनेर यस संसारको सुख छोडेर कल्पित सुख र स्वर्गको खोजी गर्ने मूर्ख हुन् । माछामा काँडा छन् भनेर माछा खांदै नखाने ? गाईवस्तुले खेती खाइदिन्छ भनेर खेती गर्न छोडिदिने ?

बाल, युवा, र वृद्ध एक अवस्थाको समाप्ति र अर्को अवस्थाका कुरा हुन् । बाल्यावस्थाको स्मृति युवामा र युवा स्मृति वृद्धमा कसरी सर्छ भन्ने विषयमा चार्वाक मत के छ भने बालपनका संस्कार युवा शरीर र युवापनका संस्कार वृद्ध शरीरलाई हस्तान्तरित हुनजान्छन् । यस हस्तान्तरणले गर्दा पुराना स्मृतिहरू रहिरहन्छन् । कुनै आत्माको कारणले स्मृति हस्तान्तरण भएको होइन ।

आत्मा भन्ने वस्तुको अस्तित्व छैन । चेतना शरीरको गुण हो । यो शरीर नै आत्मा हो । यसलाई सिद्ध गर्ने तीन तरिकाहरू चार्वाक मतमा छन्– तर्क, अनुभव र आयुर्वेद प्रमाण ।

तर्कका आधारमा यस दर्शनले के मान्दछ भने शरीर रहुञ्जेल आत्मा हुन्छ, त्यस पछि हुँदैन । अनुभव के छ भने म दुर्बल छु, म गोरो छु इत्यादि शरीरका अनुभव हुन् । म भनेको त्यही शरीर हो । जसरी पान, चूना, कत्था र सुपारी मिसाउँदा आफैं रातो रङ्ग उत्पन्न हुन्छ । त्यसै गरी भूमि, जल, तेज र वायु यी चार कुराको संयोगले शरीरमा चेतना आफैं उत्पन्न हुन्छ । यसलाई आयुर्वेद प्रमाण भनिन्छ ।

यस मतमा ईश्वर भनेको राजा वा शासक हो जसले असल र खराबको निर्णय गरी दण्ड र पुरस्कार दिन्छ । जब यस संसार बाहेक अन्यत्र स्वर्ग नर्क छैन भने धर्मको फल भन्नु फजुल कुरा हो । सुख र धर्म तथा दुख र अधर्मको सम्बन्ध भनेको कोइलीको मधुर बोली प्रभाव र कागको कर्कश बोली प्रभाव जस्तै स्वाभाविक हो । कसैले दिने प्रभाव होइन ।

जुन कामले शरीरलाई सुख पुर्याउँछ । इन्द्रिय तृप्ति हुन्छ, त्यो गर्नु पर्छ । इन्द्रिय आनन्द लिन जुन कुरा बाधक हुन्छ त्यसलाई समाप्त गर्नु पर्छ । स्त्री, पुत्रादिबाट प्राप्त सुख मात्र सुख हो । त्यसैको प्राप्ति पुरुषार्थ हो । यस मतमा अर्थ र काम नै पुरुषार्थ हो ।

‘अथवा’ शब्दले यस वैकल्पिक सिद्धान्तलाई संकेत गरेको छ । मानौं अर्जुनको कुरा नै सही छ– जन्मबाट जीवन सुरु हुन्छ र मृत्युमा सबै समाप्त हुन्छ । भीष्म आदि सबै योद्धा मर्छन् । यदि अर्जुनको भनाई नै सत्य हो नै हो भने पनि मर्नेका लागि शोक गर्नु अनुचित छ । मर्यो भनेर शोक गर्ने ? यस्तो अपरिहार्य विषयलाई किन शोक गर्ने ? तात्पर्य के हो भने जन्मनेहरुको मरण अवश्यंभावी हुनाले अपरिहार्य कुरामा शोक गर्नु मूर्खता हो ।

डेविढ बर्नरको एउटा प्रसिद्ध पुस्तक छ– डाक्टर नभएमा । यो नेपालमा सबैभन्दा धेरै बिक्री भएको पुस्तकमध्ये पर्छ । स्वस्थ रहनसक्ने, रोगबाट बच्ने, र रोग लागेमा गर्नु पर्ने सम्पूर्ण जानकारी यस पुस्तकमा उपलब्ध छ । सकभर औषधि खानबाट बच्नु पर्छ भन्ने सुझाव पनि दिइएको छ । चिकित्सकको सल्लाहका नियमहरू पनि छन् ।

तर निष्कर्षमा डेविड बर्नरले आफ्नो सम्पूर्ण अनुभवको सार स्पष्ट शब्दमा लेखेका छन्– ‘मृत्युलाई स्वीकार्नु पर्छ ।’

उनले भनेका छन्– ‘आफ्नो जीवन पर्यन्त बाँचिसकेको छु भन्ने विचार गर्ने मानिसहरू साधारणतया मर्नदेखि डराउँदैनन् । मृत्यु जेसुकै भए तापनि जीवनको स्वाभाविक अन्त हो । वृद्धावस्था अथवा दीर्घरोगले सताइएका व्यक्तिहरू मर्न लागेको बेलामा अस्पतालमा बस्नुभन्दा आफ्ना प्यारा नातेदारहरूका साथ आफ्नो परिचित वातावरण भएको घरमा बस्न चाहन्छन् । केही मानिसहरू मर्न डराउँछन् । उनीहरूले ज्यादै कष्ट भोगिरहेका भए तापनि यो परिचित संसार त्यागेर जान उनीहरूलाई गाह्रो परिरहेको हुन्छ । प्रत्येक समाजमा मृत्यु र मृत्युपछिको जीवनका बारेमा आफ्नै किसिमको विश्वास गर्ने पद्धति हुन्छ । यस किसिमका विचार, विश्वास तथा परम्पराले गर्दा मृत्युको सामना गर्न मान्छेलाई केही सान्त्वना मिल्न सक्छ ।...हामी सबैले मर्नु पर्छ । मृत्युलाई स्वीकार गर्न दिनु मरणासन्न व्यक्तिलाई मदत गर्नु हो ।’
अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।

अव्यक्तनिधनान्येव तत्र का परिदेवना ।।२८।।
====पदच्छेद र शब्दार्थ====
अव्यक्त (अव्यक्त छन्) आदीनि (सुरुमा) भूतानि (प्राणीहरु) व्यक्त (व्यक्त छन्) मध्यानि (मध्यमा) भारत (हे भरतवंशी, अर्जुन) अव्यक्तनिधनान् एव (निधन पछि अव्यक्त हुने नै छन्) तत्र (त्यसमा) का (किन) परिदेवना (रुवाबासी, पश्चाताप) ।

हे भरतवंशी (अर्जुन), समस्त भूतवर्ग पहिले अव्यक्त थिए, बीचमा प्रकट भएका छन् । नाश भएपछि फेरि अव्यक्त हुने छन् । अनि त्यस्तो कुरामा के को रुवाबासी ?२८।।
====व्याख्या====
बोलीचालीको भाषामा जसलाई हामीले समाप्त वा नाश भनेर बुझ्छौं, दर्शनमा त्यसलाई प्रलय हुनु भनिन्छ । लयको एउटा अर्थ हो संगीतको लय, समन्वय ताल । समष्टिको तालमा मिसिनु लय हो । वास्तवमा प्रकृतिको नाश कहिल्यै पनि हुँदैन । यदि प्रकृति समाप्त हुन्छ भने फेरि त्यसको सृष्टि कसरी र कसले गर्छ ? शून्यबाट अनन्त कुार उत्पादन हुनसक्दैन । त्यसैले सृष्टिकालमा अव्यक्त प्रकृतिबाट व्यक्त जगत् प्रकट हुन्छ । जगत पुनः लय भएपछि अव्यक्त हुनजान्छ । यो बारम्बार भइरहन्छ । यही सृष्टि र लय हो । लय भनेको समाप्ति होइन र प्रकट हुनु प्रारम्भ होइन । केवल एक अर्कामा रूपान्तरण हो । यो कुरा बुझ्नेले कसैको मृत्युमा रुवाबासी गर्नु पर्दैन । महाभारत स्त्री पर्व २.९३ मा यसैलाई दर्शन र आदर्शन शब्द प्रयोग गरिएको छ ।
आश्चर्यवत्पश्यति कश्चिदेनम्

आश्चर्यवद्वदति तथैव चान्यः ।

आश्चर्यवच्चैनमन्यः श्रृणोति

श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।। २९ ।।
====पदच्छेद र शब्दार्थ====
आश्चर्यवत् (आश्चर्यवत्) पश्यति (हेर्छ) कश्चिद् (कसैले) एनम् (यसलाई) आश्चर्यवत् (आश्चर्यवत्) वदति ( बोल्छन्) तथा एव (त्यसै गरी) च अन्यः (र अन्यले) आश्चर्यवत् च (अनि आवश्र्यवत्) एनम् (यसलाई) अन्यः अन्यले) श्रृणोति (सुन्छन्) ।

कसैले यसलाई अचम्म मानेर हेर्छन् । कसैले अचम्म मानेर यसको बयान गर्छन् । अरु कसैले अचम्म मान्दै सुनेर बसेका हुन्छन् । कोही (त कस्ता हुन्छन् भने) यस विषयमा जति सुने पनि (कुरै) बुझ्दैनन् ।।२९।।
====व्याख्या====
भगवानले पुनः अब गीताको दृष्टिकोणले अर्जुनलाई बुझाउन सुरु गर्नु हुन्छ– ‘कसैले यसलाई अचम्म मानेर हेर्छन् । कसैले अचम्म मानेर यसको बयान गर्छन् । अरु कसैले अचम्म मान्दै सुनेर बसेका हुन्छन् । कोही त कस्ता हुन्छन् भने यस विषयमा जति सुने पनि कुरै बुझ्दैनन् ।’

यो समस्या सधैंको हो । कसैले यसलाई बुझ्न चाहँदैन । कसैले बु झ्न त बुझ्छ तर अत्यन्त कठिनाई साथ । कसैले आफूले त राम्ररी बुझ्छ तर अरुलाई बुझाउनमा रुचि लिंदैन । कसैले यसलाई जति गरे पनि बुझ्दैन । अन्य कसैले आफूले त बुझ्छ, अरुलाई बुझाउन सक्दैन । कोही कस्ता लालबुझक्कड हुन्छन् भने केही जान्दैनन् तर सबै जानेको स्वाङ् पारेर संसारलाई झुक्याइ रहेका हुन्छन् ।

भगवान् श्रीकृष्णका लागि यो अत्यन्त सरल कुरा हो । तर एउटालाई बुझाउन जुन विधि सरलतम हुन्छ अर्कालाई त्यो जटिलतम र दुर्बोध्य हुनसक्छ । कसलाई कुन कुराले बुझाउँदा ठीक हुन्छ यो पत्ता लगाउनु नै एक कठिन काम हो ।
देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत ।

तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि ।।३०।।
====पदच्छेद र शब्दार्थ====
देही (देही, देहको मालिक) नित्यम् (नित्य) अवध्यः (अवध्य) अयम् (यो) देहे (शरीरमा) सर्वस्य (सबैका) भारत (हे भरतवंशी, अर्जुन) तस्मात् (त्यसैल्े) सर्वाणि भूतानि (सबै प्राणीहरुमा) न त्वम् शोचितुम् अर्हसि (तिमीले शोक गर्नु उचित छैन) ।

हे भरतवंशी, (सुन) । समस्त प्राणीका देहमा रहेको देही अबध्य छ । त्यसकारण तिमीले कुनै प्राणीका निम्ति पनि शोक गर्नु योग्य (उचित) छैन ।।३०।।
====व्याख्या====
जुन कुरा कहिल्यै मर्दैन, र जसलाई कसैले मार्न पनि सक्दैन, त्यसका लागि शोक गर्न उचित नहुने कुरा व्याख्या गर्नु भएको छ ।

आज वैज्ञानिकहरु गहिरो अध्ययन र बारम्बारका प्रयोगबाट गीताको यसै निष्कर्षमा पुगेका छन् । उनीहरुले भन्छन्– कुनै वस्तुको पदार्थ भाग कहिल्यै नष्ट गर्न सकिंदैन । यसलाई उनीहरुले म्याटर नाम दिएका छन् । कुनै पदार्थमा रहेको पिण्ड (mबकक) र ऊर्जा (भलभचनथ) मा उनीहरुले अन्तर गर्दछन् । सुरुमा पदार्थको शक्ति वा ऊर्जा भागलाई मात्र अविनाशी भनिन्थ्यो तर आधुनिक विज्ञानले पिण्डलाई शक्तिमा र शक्तिलाई पिण्ड वा स्थूलमा रूपान्तरण गर्ने विधिको विकास गरिसकेको छ । यो आइन्स्टीनको मास इनर्जी रूपान्तरण समीकरणमा आधारित छ ।
स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।

धर्म्याद्धि युद्धाच्छ्रेयोऽन्यत्क्षत्रियस्य न विद्यते ।।३१।।
====पदच्छेद र शब्दार्थ====
स्वधर्मम् अपि च (अनि स्वधर्मलाई नै) अवेक्ष्य (निरीक्षण गर्दा) विकम्पितुम् अर्हसि (विचलित हुनु उचित छैन) धम्र्यात् हि ( किनभने धर्मयुक्त) युद्धात् (युद्धभन्दा) श्रेयः (श्रेयस्कर) अन्यत् (अर्को) क्षत्रियस्य (क्षत्रियका लागि) न विद्यते (छैन) ।

(तत्त्व दृष्टितिरको ख्याल नगरी) केवल स्वधर्मलाई मात्र लिने हो भने पनि तिमी आफ्नो कर्तव्य पथबाट विचलित हुनु ठीक छैन किनभने क्षत्रियका लागि धर्मयुद्धभन्दा कल्याणकारी अरु केही छैन ।।३१।।
====व्याख्या====
हिन्दु परम्परामा स्वधर्मले विभिन्न व्यक्तिका सन्दर्भमा विभिन्न रुप लिएको हुन्छ । उदाहरणका लागि एक सैनिकको कर्तव्य एक चिकित्सकको भन्दा फरक हुन्छ । एउटाले ज्यान लिन्छ भने अर्कोले ज्यान बचाउँछ । यसै गरी एक शिक्षकको कर्तव्य एक विद्यार्थीको कर्तव्य भन्दा फरक हुन्छ इत्यादि । समाजका सबै सदस्यहरुले आआफ्नो कर्तव्य सहयोग र सद्भावनापूर्वक पालन गरेमा मात्र सम्पूर्ण समाजको हित सुरक्षित हुन्छ । आफ्नै विरुद्ध विभाजित घर नष्ट हुन जान्छ ।

गीतामा स्वधर्मको अर्थ हो, कर्तव्यबोध । जुन कुनै मानिसलाई उसको प्रकृति, अवस्थिति धर्मशास्त्रद्वारा निर्धारित छ । के भन्नु नपर्ला भने स्वधर्म नै पहिलो धर्म हो । यस्ता स्वधर्मलाई कहिल्यै पनि त्याग्नु हुँदैन । यसको पालन मात्र श्रेयस्कर हुन्छ ।

गीतामा स्वधर्म पालनको श्रेष्ठतालाई बारम्बार प्रमाणित गरिएको छ । ३.३५ र १८.४७ मा पुनः यही कुरा दोहोर्र्याइएको छ ।

स्वधर्मको अर्थ कसै कसैले वर्णाश्रम धर्म लिने गरेका छन् । तर यस श्लोकमा वर्ण नभनिएकोले स्पष्टतः यो वर्ण धर्मको कुरा होइन । यो व्यक्तिगत धर्म हो । व्यक्तिगत रुचि, विशेषता र गुण अनुसारको क्रिया । ब्राह्मण पुत्र भइकन पनि परशुरामको स्वधर्म क्षत्रिय हो । उनी रामसंग पनि लड्न तैयार छन् । आफ्नै शिष्य भीष्मसंग भयङ्कर युद्ध गर्छन् । द्रोण र कृप धनुर्वेदका आचार्य थिए । भीमको स्वधर्म सेवक प्रकृतिको छ । कुनै सोच विचार नगरी केवल अह्राएको काम फत्ते गर्छन् ।

युधिष्ठिरको स्वधर्म ब्राह्मण हो । जहिले पनि उचित अनुचित मूल्याङ्कन गर्छन् । उनले संन्यास लिन सक्छन् तर अर्जुनले त्यो गर्न सक्दैनन् । किनभने उनी ज्यादै सक्रिय छन् । अर्जुन पूर्णतया क्षत्रिय स्वधर्मको व्यक्ति हो । उसको स्वधर्म न्यायको पक्षमा युद्ध गर्नु हो । न्यायको पक्षमा संग्राम अर्थात् धर्मयुद्ध । यो युद्ध त्याग्नु भनेको अन्यायको पक्ष पोषण गर्नु हो ।

मानिसहरू गुण अनुसार पनि चिनिन्छन् । कसैले कठोर इन्द्रिय निग्रह गर्न मन पराउँछन् । कसैले प्रशस्त सुख भोग गर्न मन पराउँछन् । कसैले सेवा मन पराउँछन् । कसैले व्यावसायिक जीवन मन पराउँछन् ।

जसमा ज्ञानको तीव्र चाहना छ त्यसको स्वधर्म हो– ब्राह्मण । जसमा धनार्जनको तीव्र इच्छा छ उसको स्वधर्म वैश्य र जसलाई सेवा कार्य मन पर्छ उसको स्वधर्म शूद्र हो ।

अर्जुनको जुन स्वाभाविक वृत्ति छ, त्यस अनुसार अर्जुनमा शूरवीरता छ, मालिकपनको भाव छ, उत्कृष्ट धारणा शक्ति छ । यो सबै क्षत्रियको गुण हो । अनि यस्तो व्यक्ति कतिञ्जेलसम्म युद्ध नगरी बस्न सक्ला ?
यस कुरालाई आउने श्लोकमा स्पष्ट गरिएको छ ।

यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।

सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम् ।।३२।।
====पदच्छेद र शब्दार्थ====
यदृच्छया (यादृच्छिक, आफैं) च उपपन्नम् (प्राप्त भएको) स्वर्गद्वारम् (स्वर्गको ढोका) अपावृतम् (खुलेको) सुखिनः (भाग्यमानी) क्षत्रियाः (क्षत्रियहरुलाई) पार्थ (हे पार्थ) लभन्ते (प्राप्त हुनछ) युद्धम् इदृशम् (यस प्रकारको युद्ध) ।

हे पार्थ, आफैं प्राप्त हुन आएको, स्वर्गको खुल्ला ढोका जस्तो यस प्रकारको युद्ध भाग्यवान् क्षत्रियहरूले मात्र पाउँछन् ।।३२।।
====व्याख्या====
यादृच्छिकको अर्थ हुन्छ बिना कुनै प्रयास प्राप्त । अर्जुनले युद्ध पिपासु भएर युद्धका लागि निहुँ खोजेको होइन । अर्जुनले आक्रमण गरेको होइन, आइपरेको युद्धमा सुरक्षाका लागि प्रत्याक्रमण उसको कर्तव्य हो, किनभने अर्जुन प्रकृतितः योद्धा हो । अपावृत्त स्वर्गको द्वार भनेको जुन आवृत्त छैन, खोलिएको छ । एक योद्धाले अन्यायको विरोधमा युद्ध गर्न तैयार हुँदा स्वर्गका देवताहरुले पनि ढोका खोलेरसम्मान गर्छन् भन्ने मानिएको छ । बहादुर योद्धाका लागि यो भाग्यले पाउने कुरा हो ।

गीताले हिंसा सधैं गलत र अहिंसा सधैं उचित भन्दैन । यसले हिंसाको समर्थन गरेको होइन बरु हिंसा वा अहिंसालाई निरपेक्ष हेर्नु हुँदैन भन्ने सन्देश दिएको हो । उदाहरणका लागि, त्यो आततायी जसले हजारौं निरपराध र अबोधको हत्या गर्न गर्नसक्छ, त्यस्तो एक जनाको जीवन लिँदा हुने हिंसा ऊ जीवित भएमा हुने हजारौंको जुन हत्या हुनसक्छ त्यसको तुलनामा अत्यन्त गौण हो । बरु हजारौंको जीवनदानले गर्दा पुण्य नै प्राप्त हुन जान्छ ।
अथ चेत्वमिमं धर्म्यं संग्रामं न करिष्यसि ।

ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि ।।३३।।
====पदच्छेद र शब्दार्थ====
अथ (अथवा) चेत् तु ((तर यदि) इमम् धम्र्यम् संग्रामम् (यो धर्मयुक्त युद्ध) न करिष्यसि (गर्ने छैैनौ) ततः (भने त्यसबाट) स्वधर्मम् कीर्तिम् च (स्वधर्म र कीर्ति) हित्वा (गुमाएर) पापम् अवाप्स्यसि (पापको भागी हुनेछौ) ।

यदि कदाचित तिमीले यो धर्मयुक्त युद्ध गरेनौ भने त्यसबाट स्वधर्म र कीर्ति दुवैलाई गुमाएर पापको भागी हुनेछौ ।।३३।।
====व्याख्या====
अगाडि आएको चुनौतीलाई स्वीकार गर्नु अर्जुन जस्ता बहादुरको स्वधर्म हो, भाग्नु होइन । न्यायको पक्षमा दृढतापूर्वक उभिनु अर्जुनको स्वधर्म हो । यसबाट भाग्नु स्वधर्मपालन नगर्नु र कीर्ति गुमाउनु हो । जीवन एक युद्ध हो । त्यसमा आएको हाँकलाई समाधान नगरी कुनै मानिसले पनि जीवनमा सफलता प्राप्त गर्न सक्दैन । यस्तो युद्ध भौतिक र आध्यात्मिक दुवै सफलताका लागि आवश्यक हुन्छ । गीताको सन्देश यही हो ।

अहिंसा सिद्धान्तमा अन्याय र हिंसाको प्रति उत्तर प्रतिहिंसा नभएता पनि कुनै पनि प्रकारको प्रतिकार नगर्नु अहिंसा होइन,त्यो त आत्मसर्पण हो ।

आइन्सटीनले भनेका छन्– खराब काम गर्नेहरूले गर्दा यस संसारको नाश हुने छैन बरु त्यसलाई मूक दर्शक बनेर हेर्नेहरूले गर्दा हुनेछ ।

अर्जुनले अन्यायको विरुद्धमा देखाएको कायरता अहिंसा होइन, पाप हो ।

(तत्व दृष्टितिरको ख्याल नगरी) केवल स्वधर्मलाई मात्र लिने हो भने पनि तिमी आफ्नो कर्तव्य पथबाट विचलित हुनु ठीक छैन किनभने क्षत्रियका लागि धर्मयुद्धभन्दा कल्याणकारी अरु केही छैन

अकीर्ति चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।

सम्भावितस्यचाकीर्तिर्मरणादतिरिच्यते ।।३४।।
====पदच्छेद र शब्दार्थ====
अकीर्तिं (अपकीर्ति) च अपि (अनि) भूतानि (मानिसहरुले) कथयिष्यन्ति (भन्ने छन्) ते अव्ययाम् (तिमीलाई निरन्तर) सम्भावितस्य (प्रतिष्ठित, सम्माननीयहरुका लागि) च अकीतिः (अपकीर्ति) मरणाद् (मर्नुभन्दा पनि) अतिरिच्यते (अति रिच्– बढी हुनेछ)

(यति मात्र होइन अरु पनि अनिष्ट छ ।) लोकले चिरकालसम्म तिम्रो अपयश गाउने छ । सभ्य व्यक्तिका लागि अपयश मरणभन्दा पनि बढी (खराब) हो ।।३४।।
भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः ।

येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ।। ३५।।
====पदच्छेद र शब्दार्थ====
भयात् (भयले) रणात् (युद्धबाट) उपरतम् मंस्यन्ते (भागेको मान्ने छन्) त्वाम् (तिमीलाई) महारथाः (महारथीहरुले) येषाम् च (अनि जसले) त्वम् (तिमीलाई) बहुमतः (ठूलो महत्त्व) भूत्वा (दिन्थे) यास्यसि (प्राप्त हुनेछ) लाघवम् (लघुतालाई) ।

(दुर्याधन, कर्ण आदि) महारथीहरूले तिमीलाई डराएर युद्धबाट भागेको ठान्ने छन् । अघि जसले तिमीलाई ठूलो महत्त्व दिन्थे, उनीहरूले तिमीलाई तुच्छ ठान्ने छन् ।।३५।।
अवाच्यवादाँश्च बहुन्वदिष्यन्ति तवाहिताः ।

निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम् ।।३६।।
====पदच्छेद र शब्दार्थ====
अवाच्यवादान् च (अनि अवाच्य वचन) बहुन् (धेरैले) वदिष्यन्ति (बोल्ने छन्) तव अहिताः (तिम्रो अहितमा) निन्दन्तः (निन्द्या गर्ने छन्) तव (तिम्रो) सामथ्र्यम् (सामथ्र्य) ततः (त्यसभन्दा) दुःखतरम् (बढ्ता दुख) नु (अनि) किम् (के होला) ?

तिम्रा शत्रुहरू तिम्रो सामर्थ्यलाई निन्दा गर्दै अनेकौं अवाच्य (भन्ने नहुने) वचनहरू बोल्ने छन् । त्यसभन्दा बढी दुख अरु के होला ।।३६।।
====पदच्छेद र शब्दार्थ====
हतः वा (अथवा मारियौ भने) प्राप्स्यसि (प्राप्त गर्ने छौ) स्वर्गम् (स्वर्ग) जित्वा वा (अथाव जित्यौ भने) भोक्ष्यसे ( भोग गर्नेछौ) महीम् (पुथ्वीको) तस्मात् (त्यसैले) उत्तिष्ठ (उठ) कौन्तेय (कुन्ती पुत्र अर्जुन), युद्धाय कृतनिश्चय (युद्धलाई दृढ होउ) ।

युद्धमा मारियौ भने स्वर्ग जाने छौ र विजयी भयौ भने पृथ्वीको राज्य प्राप्त हुने छ । त्यसैले हे कौन्तेय, उठ । युद्धलाई दृढ होउ (धैर्य नगुमाउ ।)।।३७।।
====व्याख्या====
अर्जुनले युद्धका परिणाम देखाएर युद्धबाट बच्न चाहेका छन् । त्यसैले भगवान् कृष्णले युद्धका परिणामहरू यस प्रकार सूचीबद्ध गर्नु भएको छ–
{| class="wikitable"
|+ तालिका २.१ अर्जुनका विकल्प र त्यसको परिणाम

!!! युद्ध नगर्दाका परिणाम !! युद्ध गर्दाका परिणाम !!

| सकारात्मक || नकारात्मक|| सकारात्मक|| नकारात्मक

| बाँच्न पाइने ||पापको भागी हुनुपर्ने||स्वर्ग प्राप्ति || मृत्यु

|--|| बाँचुन्जेल अवाच्य सुन्नु पर्ने,समाजमा अपयश हुने|| राज्यको सुखभोग||--

| -- ||डराएर भाग्यो भनी सबैबाट घृणा,शत्रुद्वारा निन्दा ||स्वधर्म पालनको यश, शत्रुले पनि कीर्ति गाउने ||--

दुवैको तुलना गर्दै भगवान् भन्नु हुन्छ– ‘हे अर्जुन, युद्धको त्याग गर्दा उचित छ कि युद्धको सामना गर्नु ? तुलना गरी हेर अनि निर्णय लेउ । हेर, युद्ध गर्नुमा नै श्रेय देखिन्छ ।’

डेल कार्नेगी, व्यवहार शास्त्रका उत्कृष्ट पुस्तक लेखक, हजारौं सफल व्यक्तिका जीवनको प्रेरक, को एउटा चर्चित कृति छ–हाउ टु स्टप वरीईंग एन्ड स्टार्ट लिभिंग । जसमा गीतामा बताइएको जस्तै विधि बताइएको छ । उनले यस विधिको प्रयोग गरेर धेरैलाई चिन्ता मुक्त गरेका थिए ।

त्यस पुस्तकमा लेखिएको छ– यदि तपाईंलाई ज्यादै विपरीत परिस्थिति सामना गर्नु परेको छ भने चिन्ता गरेर काम चल्दैन । यस्तोमा अनिर्णित रहनुभन्दा तपाईंले कुनै निर्णय लिए पछि त्यसबाट हुनसक्ने असल र खराब परिणामहरूको सूची बनाउनुहोस् । विभिन्न निर्णयमा भएका असल र खराब परिणामहरू तुलना गर्नुहोस् । जसमा कम जोखिम छ, त्यसलाई छनौट गर्नुहोस् । त्यसलाई छनौट गर्दा आइपर्ने विषम परिस्थितिका लागि तैयार भएर बस्नुहोस् ।
सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।

ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८।।

====पदच्छेद र शब्दार्थ====
सुखदुःखे (सुख होस् कि दुख) समे कृत्वा (समान बुझेर) लाभालाभौ (लाभहानि) जयाजयौ (जयपराजय) ततः (त्यस पछि) युद्धाय (युद्धमा) युज्यस्व (जोडिनाले) न एवं पापमवाप्स्यसि (यस प्रकार पाप लाग्ने छैन) ।

सुखदुख, लाभहानि, विजय पराजय सबैलाई एकै देखेर युद्ध गर । यसो गर्नाले तिमीलाई पाप लाग्ने छैन ।।३८।।
====व्याख्या====
तर युद्ध गर्दा अर्जुनले वीरगति प्राप्त गर्न सक्छन् वा विजयी हुनेछन्। वीरगति प्राप्त गरे भने स्वर्ग प्राप्ति हुनेछ र विजयी भएमा राज्यसत्ता प्राप्त हुनेछ ।

युद्धबाट भाग्नका लागि सुरुमा अर्जुनले अनेक शास्त्रीय तर्क गरेका थिए । त्यसैको जवाफमा भगवान् कृष्णले भन्नु भएको छ– ’यस लोकका सुखको कल्पना गर कि स्वर्गका सुखको ? दुवै दृष्टिले उपलब्धि युद्ध गर्नुमा छ । युद्ध नगर्नु भनेको सबै गुमाउनु हो । तर युद्ध गर्नु भनेको राज्य प्राप्ति वा स्वर्ग प्राप्ति हो ।’

दुवै दृष्टिले युद्ध नै राम्रो विकल्प भएकोले अर्जुनलाई धैर्य नगुमाउन अर्ति दिँदै भगवानले भन्नु हुन्छ– सुखदुख, जयपराजयको भावना नराखीकन युद्ध गर्यौं भने मनको बेचैनी समाप्त हुनेछ ।

अर्जुन आध्यात्मिक ज्ञानका निष्ठावान जिज्ञासु हुन् । उनले सकाम कर्म वा कामनाहरूबाट प्रेरित कार्यहरूमा रुचि राख्दैनन् । तर पनि उनको स्वधर्म अनुसार उनी त्यस मार्गका लागि योग्य थिएनन् जसमा सबै कर्मको त्याग निहित थियो । त्यसैले भगवान् श्रीकृष्णले के घोषणा गरीदिनु भएको छ भने अर्जुनको सामर्थ्य केवल कार्य गर्नु हो, त्याग गर्नु होइन तर उनले परिणामतर्फ ध्यान नदिंदै कर्म गर्नु पर्छ ।
एषा तेऽभिहितासाङ्ख्ये बुद्धिर्याेगे त्विमां श्रृणु ।

बुद्धया युक्तो यया पार्थ धर्मबन्धं प्रहास्यसि ।।३९।।
====पदच्छेद र शब्दार्थ====
एषा (यहाँ सम्म) ते (तिमीलाई) अभिहिता (भनियो) साङ्ख्ये (ज्ञानयोगको) बुद्धिः (बुद्धि, विचार) योगे (कर्मयोग) तु इमाम् (अनि अब यसलाई) श्रृणु (सुन) बुद्ध्या युक्तः (बुद्धि युक्त भएपछि) यया (जुन) पार्थ (हे पृथा पुत्र, अर्जुन) कर्मबन्धम् (कर्मको बन्धन) प्रहास्यसि (राम्ररी त्याग गर्नेछौ) ।

यहाँसम्म तिमीलाई आत्मज्ञानको उपदेश गरें । अब यही कुरा कर्मयोगको दृष्टिकोणले सुन । हे पार्थ, यस बुद्धि (विचार) ले युक्त भएपछि तिमी कर्मबन्धनलाई राम्ररी त्याग गर्न सक्ने छौ ।।३९।।
====व्याख्या====
मुक्तिका लागि गरिने साधनाका दुई प्रमुख मार्ग छन्– ज्ञान मार्ग र कर्म मार्ग । अर्को शब्दमा ज्ञान सैद्धान्तिक तरिकाले पनि प्राप्त गर्न सकिन्छ र प्रयोग गरे पनि सकिन्छ । यसैलाई बोलीचालीको भाषामा कि पढेर जानिन्छ कि परेर भनिएको हो ।

भगवानले अर्जुनलाई युद्ध गर्ने विषयमा यहाँसम्म जुन जुन बुद्धि वा विचार दिनुभएको छ, ती सबै ज्ञाननिष्ठा अनुसार छन् । अब बताउने विचारहरू कर्मयोगमा आधारित छन् ।

यहाँ प्रयोग गरिएको साङ्ख्य शब्दको अर्थ कपिल साङ्ख्य नभएर ज्ञान हो । त्यसै गरेर योग भनेको हठयोग वा पातञ्जल योग होइन कर्मयोग हो । त्यसै गरी यहाँ बुद्धिको अर्थ उचित लक्ष्यको विचार गर्ने वा तर्क वितर्क गर्ने शक्ति हो । यसपछि श्लोक ४४ सम्म त्यो बुद्धि कस्तो हुनु पर्छ भन्ने कुरा स्पष्ट गरिएको छ ।

आचार्य शङ्करले यस श्लोकको अर्थ गर्दै भनेका छन्– ‘ज्ञान नै सांसारिक शोक, मोह आदि दोष निवारणको युक्ति हो । त्यसलाई कर्मयोग सिद्धान्त र साङ्ख्य सिद्धान्त जुनसुकै मार्गबाट प्राप्त गर्न सकिन्छ ।’

अनि अर्जुनलाई कृष्णका कुरामा रुचि बढोस् यसका लागि भन्नु भएको छ– यो यस्तो बुद्धि हो जसलाई प्राप्त गरेपछि धर्म र अधर्म दुवैका बन्धन नष्ट हुन जान्छन् ।
नेहाभिक्रम नाशोऽस्ति प्रत्यवायो न विद्यते ।

स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ।।४०।।
====पदच्छेद र शब्दार्थ====
न इह अभिक्रम नाशः अस्ति (यस–कर्मयोग–को नाश छैन) प्रत्यवायः (प्रत्यवाय, प्रतिप्रभाव) न विद्यते (पनि छैन) स्वल्पम् अपि (अति अल्प नै) अस्य (यस कर्मयोग) धर्मस्य (धर्मका परिपालनले) त्रायते (रक्षा गर्छ) महत भयात् (ठूला भयबाट) ।

यसका अभिक्रमको नाश हुँदैन । अनि पालन गर्दा प्रत्यवाय (प्रतिप्रभाव) पनि हुँदैन । यस धर्मको अल्प परिपालनले पनि सबै डरलाग्दा भयबाट सुरक्षा प्रदान गर्छ ।।४०।।
====व्याख्या====
जुन मार्ग भगवान् कृष्णले देखाउँदै हुनुहुन्छ, त्यो पूर्णतया सुरक्षित छ भन्ने कुराको घोषणा गर्नु भएको छ–
छैन अभिक्रम नाश न प्रत्यवाय दोष छ ।

थोरै धर्म पालनले ठूलो भय हटाउँछ ।।

अभिक्रमको अर्थ हुन्छ, सुरुआत, प्राथमिक– इनिसियल । प्रत्यवायको अर्थ हो– साइड इफेक्ट, प्रतिप्रभाव, निराशाजनक प्रभाव । कर्मयोग ज्यादै सुरक्षित मार्ग हो । यसलाई जहाँबाट सुरु गर्यो त्यहींबाट प्रभाव सुरु हुन्छ तर कहीं कतै पनि यसको प्रतिप्रभाव छैन । प्रतिप्रभाव चिकित्साशास्त्रको शब्द हो । आधुनिक चिकित्सा पद्धतिले रोगको कीटाणु सिद्धान्त प्रतिपादन गरेको छ । तिनीहरूलाई नष्ट गर्न जुन औषधि प्रयोग गरिन्छ त्यसलाई प्रतिजैविकी भनिन्छ । तर संगै अर्को चेतावनी दिइन्छ, त्यो के भने, प्रतिजैविकीको प्रयोग गर्दा औषधिको प्रति प्रभावले अर्को समस्या देखा पर्नसक्छ । यस्तो प्रभावलाई गीताशास्त्रमा प्रत्यवाय भनिएको छ ।

आफ्ना स्वाभाविक धर्मको, कर्तव्यको अल्पपालन गर्नेलाई पनि महान् भयबाट सुरक्षा हुन्छ । स्वकर्तव्य पालन गर्न ढिलो भयो भन्नु पर्दैन । जति खेर ज्ञान हुन्छ त्यतिबेला गरिहाल्नु पर्छ । आफ्नो घरमा फर्कन कहिल्यै पनि ढीलो हुँदैन ।
व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन ।

बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।४१।।
====पदच्छेद र शब्दार्थ====
व्यवसायात्मिका बुद्धिः (निश्चयात्मिका बुद्धि) एका इह (यस कर्मयोगमा केवल एक) कुरुनन्दन (हे कुरुनन्दन, कुरुवंशी), बहुशाखा (अनेकानेक) ही अनन्ताः च (अनि अननत्) बुद्धयः अव्यवसायिनाम् (अव्यवसायी– छरिएको बुद्धि भएकाहरुको) ।

हे अर्जुन, यस कल्याण पथमा निश्चयात्मिका बुद्धि एउटै छ । निश्चय भावना नभएका व्यक्तिका बुद्धिहरू (वासनानुसार) अनन्त छन् ।।४१।।
====व्याख्या====
व्यावसायिक र अव्यावसायिक बुद्धिमा के फरक छ ? बुद्धि अव्यावसायिक छ भने यसका अनेक सतह हुन्छन् । प्रत्येक सतहले आआफ्नो स्वतन्त्र निर्णय गर्छ । अनि के गर्ने के नगर्ने मनमा द्विविधा उत्पन्न हुन्छ । यस्तोमा मानिसको व्यक्तित्व एक यस्तो लथालिङ्ग घर जस्तो हुनजान्छ, जहाँ अनेकौं नौकर छन् तर मालिक छैन । मनोविज्ञानमा यस अवस्थालाई खण्डित व्यक्तित्व भनिन्छ ।

एउटा नेपाली उखानले यी खण्डित सतहलाई बडो रमाइलो तरिकाले व्याख्या गर्छ–

कान्छी औंला– दशै आयो । बुद्धिको पहिलो सतहले लिएको निर्णय । चाडबाड आयो । के के पाइन्छ भन्ने उत्सुकता ।

अनामिका औंला– खाउँला पिउँला । दोस्रो सतहले लिएको निर्णय । मोज गर्न पाइन्छ । इन्द्रियको सतहले सुखको चाहना गर्छ ।

माझी औंला– कहाँ पाउँला ? तेस्रो सतहले लिएको निर्णय । मोज गर्न पाइन्छ कि पाईंदैन ? दोधारे मन । यो सधैं प्रश्नवाचक हुन्छ ।

चोर औंला–चोरी ल्याउँला । चौथो सतहले लिएको निर्णय । जसरी भए पनि प्राप्त गर्ने इच्छा– मन भित्र वासनाको उत्ताउलो सतह– अनुचित तरिकाले भए पनि इच्छा पूरा हुनैपर्छ ।

बुढी औंठा– धत् पापी । म छुट्टै बसुँला । पाँचौं सतहले लिएको निर्णय । विवेकको परिपक्व सतहले भन्छ– चोर्नु गलत हो । गर्नु हुन्न । कानूनी र नैतिक बन्धन छन् ।

यी पाँचवटा औंला होइनन् । हाम्रो मन बुद्धिका खण्डित सतहहरू हुन् । बुद्धिका यस्ता यस्ता अनेक सतह हुन्छन् । अथवा भनौं यसले क्षण क्षणमा रुप फेर्छ ।

भिखारी बुद्धिले अझ धेरै पाउनु पर्ने भन्छ । दुष्ट बुद्धिले अमुकले मेरो यो काम बिगार्यो भन्छ । दरिद्र बुद्धिले विकल्पको भय उभ्याएर चिन्ता गर्छ । लम्पट बुद्धिले आशा मात्रै गर्छ । पाजी बुद्धिले निषेध विचार ल्याएर कलह गर्छ । भ्रमित बुद्धिले शङ्का, क्षोभ, विक्षेप, र मनोरथ मात्रै विचार गर्छ । श्रीमन्त बुद्धि सन्तोषी भई शान्त रहन्छ । सन्त बुद्धि सर्वदा भलाइ र शुभ कामनामा प्रसन्न रहन्छ । मुक्त मन बुद्धि निःस्पृह भएर स्वतन्त्र हुन्छ । शून्य मन बुद्धिले दया, करुणा, र मौनद्वारा प्रकाश दिन्छ । पूर्ण उपलब्ध मन बुद्धि ॐ तत्सत्मा विश्राम गर्छ ।

यिनै व्यावसायिक र अव्यावसायिक बुद्धिका भेद हुन् ।

दबिएका काम विचारले गर्दा बुद्धि खण्डित हुन गई मानिसहरूलाई जटिल मानसिक रोग लाग्छन् भन्ने कुरा फ्रायडले प्रमाणित गरीदिएका छन् । फ्रायड पछिको आधुनिक मनोविश्लेषण विज्ञानका अनुसार मानिस भित्र परस्पर विपरीत वृत्तिहरू हुन्छन् ।

यस्ता विरोधी वृत्तिहरू ज्यादै तीव्र भएको अवस्थामा मानिसको व्यक्तित्व नै खण्डित हुनजान्छ । कुनै बेला एउटा खण्डले काम गर्छ र कुनै बेला अर्को खण्डले । बहुधा दुवै कार्यहरू एक अर्काको विपरीत हुन्छन् । यस्तो अवस्थालाई मनोविज्ञानमा बहु व्यक्तित्व वा खण्डित व्यक्तित्व (मल्टिपल पर्सनैलिटी वा स्प्लिट पर्सनैलिटी) जस्ता शब्दहरू प्रयोग गरिन्छ । ज्यादै जटिल अवस्थामा यसले मनोरोगको रूप लिन पुग्छ ।

यस विषयमा युङ्ग र बुहलरले अन्तर्मुख बहिर्मुख सिद्धान्त तथा बुहलरले द्वैधीभाव सिद्धान्त बनाएका छन् । विभिन्न व्यक्तित्व एउटैमा हुँदा जुन बेला एउटा मनोवृत्ति प्रकट हुन्छ अर्को विस्मृत हुन जान्छ । कुनै अर्को अवस्थामा नयाँ व्यक्तित्व प्रकट हुन्छ तर आफ्नो पुरानो व्यक्तित्व मानिसलाई थाहा नै हुँदैन । यस्ता विपरीत कारणले मानिसहरूले गम्भीर प्रकृतिका अपराध समेत गरेका अनेक घटनाहरू भएका छन् ।

यस विषयमा अनेक टी भी धारावाहिक र चलचित्र पनि निर्माण भएका छन् ।

डा. राइमरले एउटा व्यक्तिको अध्ययन गरे । त्यो व्यक्ति निकै सज्जन थियो तर खण्डित व्यक्तित्व रोगले गर्दा त्यस भित्रको अर्को व्यक्तित्वले गम्भीर अपराध गर्यो । जेलको सजायँ भोगेर आएको केही दिन पछि उसको भद्र व्यक्तित्व प्रकट भयो । तर अपराध गरेको र जेल काटेको कुनै घटना उसलाई सम्झना रहेन । पुराना सबैकुरा बिर्स्यो ।

व्यवसायात्मिका बुद्धिको अर्थ हो निश्चित लक्ष्य लिएको र त्यसलाई प्राप्त गर्नका लागि आवश्यक तर्क क्षमता भएको बुद्धि । युद्धकाल होस् वा शान्तिकाल, भौतिक उन्नतिका लागि होस् वा आध्यात्मिक, यस्तो बुद्धिको आवश्यकता मानिसलाई हर बखत पर्छ ।

मानसिक अवसाद अनियन्त्रित भएमा मानिसको बुद्धि अव्यावसायिक भई व्यक्तित्व खण्डित हुनसक्छ भन्ने कुरा आजका मनोविश्लेषकहरूले अनेक प्रयोगद्वारा पुष्टि गरेका छन् । यस दृष्टिले गीता मानव मनको गहनतम विश्लेषण, मनोविज्ञान, हो ।
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।

वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।४२।।

कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।

क्रियावशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।४३।।

भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।

व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ।।४४।।

====पदच्छेद र शब्दार्थ====
याम् इमाम् (यस प्रकारको जुन) पुष्पितांम् वाचम् (फुलबुट्टा भरेको बोली) प्रवदन्ति (बोल्छन्) अविपश्चितः (अल्पबुद्धि) वेदवाद (वेद, ज्ञानका कुरामा वादविवाद गरी) रताः (रमाइरहने) पार्थ (हे पृथापुत्र अर्जुन) अन्यत् (अर्को थोक) न अस्ति (केही छैन) इति (यस्तो) वादिनः (भन्नेहरु,वर्णन गर्नेहरु) काम आत्मानः (कामनामा आसक्त भएका मानिस) स्वर्गपरा (स्वर्ग नै परम् ठान्ने) जन्मकर्मफलप्रदाम् (जन्मरुपी कर्मफल दिने) क्रियाविशेषबहुलाम् (अनेक प्रकारका अनेक प्रकारका विशेष क्रियाहरु) भोग ऐश्वर्यगतिम् प्रति (भोग र ऐश्वर्य प्राप्तका लागि) भोग ऐश्वर्य प्रसक्तानां (भोग र ऐश्वर्यमा आसक्त) तया (त्यस वाणीबाट) अपहृतचेतसाम् (चित्त हरण गर्न सिपालु) व्यवसायात्मिका बुद्धिः (निश्चयात्मिका बुद्धि) समाधौ (सफलता) न विधीयते (प्राप्त हुँदैन) ।

हे पार्थ, अल्पबुद्धि, ज्ञानका कुरामा वादविवाद गर्न रुचाउने , यस (आफूले जानेको) बाहेक अरु केही पनि छैन भन्ठान्ने, स्वर्गको कामना गर्ने, जन्म र कर्मका तथा भोग र ऐश्वर्यका फलमा आसक्त, अनेक प्रकारका क्रिया र कर्मकाण्डमा आसक्त यी फुलबुट्टा भरेर कुरा गरेर मक्ख पार्नेहरूका कुराहरूले बुद्धि खण्डित हुनजान्छ । यसले गर्दा, समाधि (सफलता) प्राप्त हुँदैन ।।४२–४४।।
====व्याख्या====
अल्पबुद्धि, ज्ञानका कुरामा वादविवाद गर्न रुचाउने, आफूले जानेको बाहेक अरु केही पनि छैन भन्ठान्ने, फुलबुट्टे कुरा गर्न सिपालु इत्यादिले गर्दा समाधिको आनन्द प्राप्त हुँदैन ।

वेदवादरताका यहाँ दुई अर्थ छन्– वेदका तर्क दिएर कुरा गर्ने र अर्को ज्ञानका कुरामा विवाद गर्ने । दुवैलाई यहाँ अविपश्चित् भनिएको छ । अविपश्चितको अर्थ हो अल्प चेत् भएका, अल्पबुद्धि । यसको मूलधातु चेत् हो । त्यसैले अविपश्चित् वेदवादरताः को अर्थ हुन्छ– अल्पबुद्धि तर आफूलाई बुद्धिमान, ज्ञानी ठान्ने ।

व्यापारिक क्षेत्रमा एउटा उखान छ– बोल्नेको पिठो पनि बिक्छ । ज्ञानको क्षेत्र जब व्यापारिक हुन्छ अनि त्यहाँ पनि त्यस्तै हुन थाल्छ । स्वामी रामकृष्णका जीवनमा एक काली भक्त आएको थियो । उसले केही सिद्धि प्राप्त गरेको थियो । यस सिद्धिको चटक देखाएर उसले केही शिष्य पनि बनायो । रामकृष्णले स्वामी विवेकानन्द लगायतका शिष्यलाई त्यस चटकेबाट सावधान रहने निर्देश दिएका थिए । सिद्धि पाएको मानिसहरूसंग टाढा बस्ने ? सुरुमा विवेकानन्दले कुरा बुझेनन् । उनले पछि त्यसबेला कुरा बुझे जब स्त्री लम्पट व्यवहार देखाउँदै त्यो मानिस पतन भयो । पतन पछि उसका सिद्धिहरू पनि समाप्त भए । आज पनि यस्ता पुष्पितां वाचं चटकेको कमी छैन । भगवान् श्रीकृष्णको संकेत यही हो ।

शेक्सपीयरको भनाई छ– अल द्याट ग्लिटर्स इज नट गोल्ड । पहेंलो टल्किने सबै सुन हुँदैन । ज्ञानका कुरा गर्ने सबै ज्ञानी हुँदैनन् । त्यो केवल ढोंग मात्र हुनसक्छ । सुख र ज्ञानको नाममा संसारमा जेजति अज्ञान भइरहेको छ त्यस कुरालाई यस श्लोकमा बताइएको छ । पशु बलिमात्र कहाँ हो र ? मानिहरूले धन, सम्पत्ति, पति, पत्नी, सन्तान इत्यादिका लागि मानव बलिसम्म गरेका घटनाहरू दिनहुँ पत्रपत्रिकाहरूमा प्रकाशित भइरहन्छन् । यो सब किन भइरहेछ ? कुरामा फुलबुट्टा भर्न र वादविवादमा सिपालुले गर्दा । ज्ञानीले वादविवाद गर्दैन । ज्ञानी त विशाल समुद्र जस्तो अविचलित रहन्छ ।

पञ्चतन्त्रको एउटा कथामा अज्ञानी गुरु चेलाको बारेमा बताइएको छ । एउटा ठगले एउटा जोगीसंग ज्यादै मूल्यवान हीरा छ भन्ने चाल पाएछ । तर त्यो उसले कहाँ लुकाएर राखेको छ त्यो पत्ता लगाउन सकेन । अनि एक दिन त्यस जोगीले धुनि जमाएको ठाउँमा पुग्यो । साष्टाङ्ग प्रणाम गरेर आँखाभरी आँसु लिंदै भन्यो– ‘म अब यस संसारदेखि विरक्त भइसकेको छु । मलाई ज्ञान दिनुहोस् । आफ्नो शिष्य बनाउनु होस् ।’

त्यस जोगीलाई के राम्ररी थाहा थियो भने ऊसंग ज्ञान नामको केही चीज नै छैन । यो शिष्य बन्न किन आयो ? उसलाई त्यसमाथि शङ्का लाग्यो । हीरा चोरिन्छ कि भन्ने डरले उसले आजसम्म कसैलाई शिष्य बनाएको पनि थिएन । आज शिष्य नै भेट्न आए पछि अझै डरायो । त्यस ठगलाई धपायो– ’धत्, जा । अरु जोगी खोज् । मैले कसैलाई शिष्य बनाउँदिन ।’

ठगले भन्यो– ’मैले धेरै साधुलाई भेटें । तपाईंमा भए जस्तो ज्ञान अरुमा देखिन । कि त मलाई शिष्य बनाउनुहोस् कि मैले यहीं अन्न जल त्याग गरेर प्राण त्याग्छु ।’

बाध्य भएर शिष्य बनाइदियो । तर सधैं सतर्क रहन्थ्यो । सुत्दा, नुहाउँदा कहिल्यै हीरा चोर्ने मौका मिलेन । महिनौं दिन बिते । अनि दुवै तीर्थ गर्न हिंडे । जोगीले आफ्नो गोडा मालिस गर्न पनि दिन्नथ्यो । टाढै राख्थ्यो । हीराको कुरै गर्दैनथ्यो । धेरै दिनको संगतले अलि ढुक्क पनि भइसकेको थियो । बाटोमा हिंड्दा एक दिन अचानक साधुलाई दिसा लागेछ । शिष्यलाई त्यहीं बस्न भनेर आफू झाडी तिर लागेछ । लंगौंटी खोलेर झाडी बाहिर राख्यो । ठगले यही मौका छोपेको महिनौं दिन बितिसकेको थियो । उसले लंगौटी बोकेर कुद्यो ।

शौच गरेर हात मुख धोएपछि लंगौटी लगाउन खोज्दा जोगीले त्यो रित्तो देख्यो । शिष्य कता छ ? भनेर शिष्यलाई राखिछोडेको स्थान हेरेको त शिष्य पनि छैन । लँगौटीमा हीरा पनि छैन । कुरा बुझिहाल्यो । अनि टाउको समातेर रुन थाल्यो– ‘धिक्कार छ मलाई । किन शिष्य बनाउन परेको होला । यत्रा दिन त्यसै बसेको थिएँ । यति दुखले बचाएको सम्पत्ति आज एउटा शिष्यको लोभ गर्दा गयो ।’

गुरूचेला दुवै यस्ता धूर्त भए भने कहिल्यै पनि समाधि प्राप्त हुँदैन । कहिल्यै ज्ञान प्राप्त हुँदैन । कहिल्यै तृप्ति हुँदैन । कहिल्यै सफलता प्राप्त हुँदैन ।
त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन ।

निर्द्वन्द्वो नित्यसत्वस्थो निर्योगक्षेम आत्मवान् ।।४५।।
====पदच्छेद र शब्दार्थ====
त्रैगुण्य विषया (तीन गुणका विषयमा) वेदा (वेदहरु छन्) निस्त्रैगुण्यो (त्रिगुणातीत) भव (होउ) अर्जुन (हे अर्जुन) निद्र्वन्द्वः (हर्षशोक आदि द्वन्द्वबाट पर) नित्यसत्त्वस्थः (परमात्मामा स्थित भई( निर्योगक्षेम (निर्योगक्षेम) आत्मवान् (आत्मवान् होउ) ।

(उनीहरूका अनुसार) वेदका वर्णन तीन गुणका विषयमा अलमलिएका हुन्छन् । (तर) हे अर्जुन, निर्द्वन्द्व र सदा तत्त्वमा स्थित हुनु छ भने (तिमी) योगक्षेमका चिन्ताबाट मुक्त भएर आत्मनिष्ठ होउ ।।४५।।
====व्याख्या====
आधुनिक विज्ञानले लगभग १०८ तत्त्वलाई प्रकृति रचनाको आधार माने जस्तै साङ्ख्य योग आदि दर्शनले सत्व, रज, र तम तीनवटा गुणले सृष्टि रचना भएको मान्दछन् । यी तीन गुणले पाँचवटा तत्त्वका आपसी पच्चीस मिश्रणहरूलाई नियन्त्रित गर्छन् । शरीरका पनि स्थूल, लिङ्ग, र कारण तीन भेद हुन्छन् । यस बाहेक ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, र (ज्ञानेन्द्रियका) पाँच विषय हुन्छन् । यी सबैका सम्बन्धको बारेमा वेद र उपनिषदमा जुन विशद् वर्णन गरिएको छ त्यसैलाई यहाँ त्रैगुण्यविषया वेदा भनिएको हो ।

हुनत, ज्ञानका लागि सत्व, रज, र तम कुनै बाधक छैन तर पनि तमभन्दा रज र रजभन्दा सत्वबाट ज्ञान प्राप्तिका लागि सहज हुनसक्छ । तथापि ध्यानमा राख्नु पर्ने कुरा के भने रज र तमले बाँध्छन् नै तर सत्वले पनि बाँधिदिन्छ ।

मानिस फलामको सिक्रीले मात्र बाँधिन्न, सुनको सिक्रीले पनि बाँधिन्छ । अज्ञानले बाँध्छ नै तर ज्ञानले पनि बाँधिदिन्छ । यसै कुराको व्याख्या भगवानले गर्दै हुनुहुन्छ । अज्ञान वा ज्ञान कुनै कुराले पनि बाँधिनु हुँदैन ।

अज्ञानीमा लाख खराबी भए पनि एउटा कुरा सकारात्मक हुन्छ । त्यो के भने उसले मैले जान्दिन भन्ने सोचेको हुन्छ । उसमा विनम्रता हुन्छ । तर ज्ञानीले के ठानेको हुन्छ भने मैले सबै कुरा जानेको छु । मैले केही सिक्न जरुरी छैन । त्यसैले सन्त पुरुषहरुले ज्ञानलाई निकृष्ट कोटिको अहंकार मान्दछन् ।

ज्ञानको दम्भ राख्ने व्यक्ति केवल पुस्तकको भारी बोकेको पशु जस्तो हुन्छ । निस्त्रैगुण्यो भवार्जुन भन्नुको कारण त्यही हो । अज्ञानी ज्ञानीभन्दा हलुका हुन्छ । त्यसैले अज्ञानी, जसलाई हामीले पापी ठान्छौं, छिटै मुक्त हुनजान्छ । अर्कातिर ज्ञानीले मुक्तिका लागि जन्मौंजन्म प्रतिक्षा गरिरहनु पर्छ । यस्ता घटनाको विवरण शास्त्रमा मात्र होइन दैनिक जीवनमा पनि पाइन्छ ।

डाँकू रत्नाकर मरा मरा भन्ने शब्दबाट तुरुन्त मुक्त भए ।

रविलाल पत्नी वियोगका घटनाले एकतारे भाकाको रविकृत रामायण लेख्ने कवि बने । लेखनाथ पौड्याल स्वर्गद्वारी महाप्रभुका आदेश अनुसार गर्नाले कवि शिरोमणि बने । सन्त कबीरदासलाई गुरू रामानन्दले यति मात्र आशीर्वाद दिएका थिए– ‘ रामराम भन, बाबु ।’

सम्भवतः क्षुधार्त स्टीभ जब्सको जीवन रुपान्तरण कृष्ण मन्दिरको अलिकति प्रसादले गर्यो र एप्पल कम्पनीको स्थापनामा योगदान गरे ।

स्वामी रामकृष्णले ठुल्ठूला ग्रन्थ पढेका थिएनन् । कसैले शास्त्रीय वादविवाद गर्न खोज्दा उनले आफ्नो अज्ञान प्रकट गर्थे । तर कोही जिज्ञासु आएर सोधेमा उनले सबै कुराको जवाफ दिने गर्थे ।

निर्द्वन्द्व शान्त हुनु छ भने योग क्षेमको चिन्ता त्यस परमशक्तिलाई दिएर आफू मुक्त रहनु पर्छ । यो गीताको महत्त्वपूर्ण सन्देशमध्ये एउटा हो । यसको दुई अर्थ छन् । पहिलो भौतिक जीवनका सुखलाई सन्तहरूले बारम्बार क्षितिज भनेका छन् । यसलाई भेटाउन हिंड्यो भने यो झन् पर पर भाग्छ र यसतिर पिठ्युँ फर्काएर हिंड्यो भने पछि लागेर आउँछ । अर्को हामीले जतिसुकै प्रयास गरे पनि योगक्षेमको निर्णय गर्ने परमशक्ति हो । त्यसको निर्णयकर्ता हामी हुनसक्दैनौं ।

स्वामी रामतीर्थलाई जब निर्योगक्षेमको अनुभव भयो उनले लाहोर विश्वविद्यालयको गणित विषयको प्राध्यापकबाट तुरुन्त राजीनामा दिए । पत्नीले पतिको निर्णयलाई स्वीकार गरिन् । अनि उनीहरू घर छोडेर हिंडे परमात्माले जे गर्छ भन्दै । उसले दिए खाने । सुत्ने ठाउँ दिए सुत्ने । घरबाट निस्केर दिन भरि हिंड्दा पनि रोटीको एक टुक्रा हात परेन । खाली पेट बाटोको धारामा पानी खांदै हिंडे । दुई दिनसम्म खान पाइएन ।

अनि रामतीर्थले श्रीमतीलाई सोधे– ‘तिमीसंग केही छ कि ? नत्र उसले जरुर चिन्ता गर्थ्यो ।’

श्रीमतीले भनिन्छ– ‘तपाईंले सबै कुरा छोडेर हिंड्न भने पछि मैले धनसम्पत्ति ल्याउने कुरै भएन ।’

रामतीर्थ – ’त्यसो भए किन अहिलेसम्म उसले हामीलाई खान नदिएको त ? कि उसले हाम्रो परीक्षा लिएको हो कि तिमीसंग केही हुनैपर्छ । अलि राम्ररी हेर त ।’

अनि रुंदै श्रीमतीले भनिन्छ– ‘स्वामी, विवाहको चिनो भनेर यो मङ्गलसूत्र लिएर आएकी थिएँ ।’

स्वामी रामतीर्थले त्यो गहना मागेर खोलामा हुर्राए । अनि भने– ‘अब बल्ल मनमा शान्ति भयो । अब सब उसले हेर्छ ।’

नभन्दै त्यसको केही बेरपछि उनीहरूलाई कसैले खाने कुरा ल्याइदियो ।
फलाशामा पूर्ण विजय पाउन निद्र्वन्द्व हुनुपर्दछ । सुखदुख, लाभहानि, जयपराजय आदि द्वन्द्वहरू हुन् । यिनमा समबुद्धि राख्नु निर्द्वन्द्व हुनु हो ।

अप्राप्त वस्तुको प्राप्ति योग हो । प्राप्त वस्तुको समुचित रक्षा क्षेम हो । सामान्य मानिस रातदिन योगक्षेमको चिन्तामा लागिरहन्छन् । उनीहरूलाई क्षणभर पनि यसबाट फुर्सत हुँदैन । मानिसहरूले मैले यो गर्छु । यो गरिसकें । यो गर्नु छ । यसपछि सुख प्राप्ति हुन्छ भन्नेमा लागिरहन्छन् । असलमा यो कार्य ईश्वरको हातमा सुम्पनु पर्दछ । यति भएपछि मात्र मनुष्यले शान्ति प्राप्त गर्छ ।

यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके ।

तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः ।।४६।।

====पदच्छेद र शब्दार्थ====

यावान् (जति) अर्थ (प्रयोजन) उदपाने (जलको सानो स्रोत) सर्वतः (सर्वत्र) सम्प्लुत उदके (प्रशस्त पानी भएको ठूलो स्रोत) तावान् (त्यस्तै) सर्वेषु वेदेषु (सबै वेदेषु) ब्राह्मणस्य (ब्रह्मवेत्ता) विजानतः (तत्त्वज्ञ) ।

परिपूर्ण पानीभएको ठूलो जलाशय प्राप्त भए पछि साना साना धारा कुवाँको जति प्रयोजन हुन्छ, ब्रह्मवेत्ता (ब्राह्मण) लाई वेद (ज्ञान) को त्यत्ति प्रयोजन हुन्छ ।।४६।।
====व्याख्या====
सकाम कर्म त्यागेपछि मुमुक्षले स्वर्गादि सुखवाट वञ्चित हुनु पनि त पर्ला ? यसको समाधानमा भगवानले भन्नु भएको छ– ‘चारैतिरबाट पानी जम्मा भएको ठूलो तलाउ वा नदी भेटाए पछि साना साना धारा कुवाँको केही प्रयोजन रहँदैन । त्यस्तै ब्राह्मणलाई वेद निरर्थक हुन्छ।’

यहाँ ब्राह्मणको अर्थ हुन्छ ब्रह्म ज्ञानी, ब्रह्मानन्द प्राप्त । तथा वेदको अर्थ हो ज्ञान वा ससाना आनन्द । अतः यसको अर्थ हुन्छ ब्रह्मानन्द भेट्टाएको ब्रह्मज्ञानीलाई ससाना आनन्द निरर्थक हुन्छन्।

स्वामी रामकृष्णले आफ्ना साधनारत शिष्यहरूलाई भन्ने गर्थे । हेर तिमीहरू हिंड्दै गएपछि पहिला चन्दनको जङ्गल आउँछ । त्यसमा नरोकिनु । अझ पर जानु । पल्लो जङ्गलमा सुनको खानी भेटिने छ । न अलमलिनु । अझ पल्लो जङ्गलमा जानु । हीरा खानी भेटिनेछ । त्यसको लोभमा पनि नफँस्नु । अझ अगाडि जानु । भगवान् श्रीकृष्णले भन्नु भएको पनि त्यही हो । त्यस स्थानमा पुग्नु जहाँ पुगेपछि केही पनि चाहिंदैन । त्यस ठाउँमा फलाम खानी, सुन खानी, हीरा खानी सबै तुच्छ हुन्छन् ।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।४७।।
====पदच्छेद र शब्दार्थ====
कर्मणि एव (कर्ममा नै) अधिकारः (अधिकार छ) ते (तिम्रो) मा फलेषु (फलमा छैन) कदाचन (कहिल्यै पनि) मा कर्मफलहेतुःभू (कर्मफलको इच्छाले काम गर्ने न होउ) मा ( नहोउ) ते (तिमी) सङ्गः (आसक्त) तु (अनि) अकर्मणि (कर्म नगर्नेमा) ।

कर्म गर्नुमा तिम्रो अधिकार छ, फल छैन । त्यस कारण तिमी फलको इच्छाले कर्म गर्ने नहोऊ । फेरि फल पाईंदैन भने किन कर्म गर्नु भन्ने विचार पनि नलेउ ।।४७।।
====व्याख्या====
यस श्लोकमा गीताको मौलिक दर्शन छ । जुन आधनिक प्रतिस्पर्धी जीवनका लागि मार्गदर्शक छ । यस श्लोकमा चारवटा कुराहरू स्पष्ट गरिएको छ–

१. कर्मण्येवाधिकारस्ते– कर्म गर्नुमा नै तिम्रो अधिकार छ ।

२. मा फलेषु कदाचन– परिणाममा तिम्रो अधिकार छैन ।

३. मा कर्मफलहेतुर्भूः– तर कर्मफल पाईँदैन भन्ने पनि नसोच ।

४. मा ते सङ्गोऽस्तु अकर्मणि– कर्ममा विरक्तिको भावना पनि नलेऊ ।

यसमा प्रयुक्त शब्द फलेषुको अनर्थ व्याख्या हुने गरेको छ । फलको एक अर्थ पुरस्कार वा रिवार्ड पनि हो । तर यस श्लोकमा फल दुई भिन्न अर्थमा प्रयुक्त भएको छ । यदि कर्म आगत (इनपुट) हो भने कर्मफल प्रतिफल (आउटपुट) हो । तर यो कर्मफल हामीले चाहे अनुसार हुँदैन बरु त्यसको प्रक्रिया अनुसार हुन्छ । यस कुराको व्याख्या श्लोकमा गरिएको छ ।

प्रकृतिको सार्वभौम नियम के हो भने कर्म गर्ने र फल प्रदान गर्ने दुई अलग निकाय हुन्छन् । बिरुवाको जरा र पातले कर्म गर्छन् तर फल दिने काम फूलले गर्छ । मानव जीवनमा पनि यही नियम लागू हुन्छ । खेल खेल्ने र त्यसको निर्णय दिने दुई अलग पक्ष हुन्छन्, हुनै पर्छ । अन्यथा सही परिणाम प्राप्त हुँदैन । आफैंले खेलेर आफैं निर्णय दिन मिल्दैन । किसानले खेती गर्ने हो उत्पादनको परिणाम उसको हातमा हुँदैन । व्यापारीले व्यवसाय गर्न सक्छ नाफा भन्ने कुरालाई अनिश्चित राख्न बाध्य हुन्छ । त्यसैले हिन्दु संस्कृतिले चित्रगुप्तको कल्पना गरेको छ, जसले सबैका कर्मको हिसाब किताब राख्छ र सो अनुसार फल प्रदान गर्छ ।

कर्म गर्नुमा मात्र तिम्रो अधिकार छ– को उपमान्यता के हो भने फलमा अधिकार छैन । तर गीताले के स्पष्ट गरेको छ भने फलमा अधिकार छैन भन्नुको अर्थ फल पाईँदैन भनेको होइन । यद्यपि फल अवश्य प्राप्त हुन्छ तर यस वाक्यले फल पाईंदैन भन्ने मनोविज्ञानको निर्माण हुन गएको छ । यसको परिणाम के हुन गयो भने फल पाईंदैन त्यसैले कर्म पनि नगर्ने ? भगवान् कृष्णले फलाशा नगर्ने तर कर्म गर्ने भन्नु भएको छ ।

हाम्रा लागि मात्र यी विरोधाभासी वक्तव्य हुन् । भगवान् कृष्णको जीवन फलाशारहितको सक्रियता हो । त्यसैले श्रीकृष्णको जीवन विरोधाभासरहित छ । भगवान् कृष्णको कर्ममा वितृष्णा जगाउने उद्देश्य छैन । तर यो श्लोक जसरी बुझिएको छ त्यसबाट मानिसहरूमा कर्म प्रति वितृष्णा उत्पन्न हुन गएको छ । यसको एउटा मुख्य कारण के हो भने आधुनिक सभ्यताले गर्दा हामीले निष्काम गर्न बिर्सिसकेका छौं ।

हाम्रो अभिवादन र कुशल क्षेम सोध्नु समेत सकाम भइसकेको छ । बिना काम कसैलाई किन सोध्नु ? तर जसले अभिवादनको क्रिया मात्र पनि भगवान् कृष्णले भने अनुसार फलको इच्छा बिना गर्नसक्छ उसले मात्र यस श्लोकको सही अर्थ बुझ्नसक्छ ।

कर्तव्य पूरा गरे पछि फल पाईंदैन कि भन्ने चिन्ता लिनु पनि अनावश्यक छ । प्राकृतिक नियम के हो भने जसले कर्तव्य पूरा गर्छ उसले अवश्य फल प्राप्त गर्छ र कर्तव्य अनुरूपको नै फल प्राप्त गर्छ । बिरुवा रोपे पछि उचित समयमा उचित फल दिन्छ । राम्रो कर्मको राम्रो फल हुन्छ, नराम्रो कर्मको नराम्रै फल हुन्छ । कुनै कर्मको फल तत्काल हुन्छ, कुनैको फल विलम्बले प्राप्त हुन्छ । यस कुरालाई पनि श्लोकमा स्पष्ट बताइएको छ । साथै के चेतावनी पनि दिइएको छ भने फल प्राप्त हुँदैन भनी निराशाजनक कारणले अकर्मण्य पनि हुनु हुँदैन ।

गीता दर्शन बडो वैज्ञानिक छ । गीताले के मान्दछ भने कसैको कर्म हेरेर त्यसको फल दिने कुनै छुट्टै परमेश्वर कहीं बसेको छैन, जसले जस्तो कर्म गर्छ सो अनुसारको कर्मफल त्यसको लागि नियत छ । स्वतः पाउँछ ।

अर्को शङ्का के हुन्छ भने व्यावहारिक जीवनमा फलको इच्छाले मात्रै कर्म गर्ने चलन छ । जहाँ फल छैन त्यहाँ कर्म गर्न छोडीदिन्छन् । त्यसैले चतुर्थ चरणमा कर्म नगर्नामा तिम्रो इच्छा नहोस् भनी गीतादे सचेत पनि गराएको छ ।

यसको एउटा निहितार्थ पनि छ त्यो के हो भने कर्तव्यलाई प्राथमिकता देउ, अधिकारलाई होइन । वर्तमान विश्वमा अशान्तिको एक कारण गीताका यस श्लोकको अवज्ञा हुनु पनि हो । मानिसहरूले केवल अधिकारको खोजी गर्छन्, कर्तव्य पूरा गर्नेतर्फ ध्यान दिंदैनन् । यदि कर्तव्य पूरा गर्ने हो भने अधिकार आफैं प्राप्त हुन्छ । यस विधिले काम गरिन्छ भने सांसारिक कार्य पनि हुन्छन् र निर्योगक्षेम पनि भइन्छ ।

यस श्लोकको निहितार्थ के पनि हो भने मानिस कर्म गर्न स्वतन्त्र छ । किनभने कर्म उसको इच्छामा भर पर्छ । तथा इच्छा गर्न मानिस स्वतन्त्र छ तर त्यस कर्मको परिणाममा मानिस स्वतन्त्र छैन । हामीले जे इच्छा गर्छौं त्यो परिणाम प्राप्त हुँदैन । परिणाम केवल त्यो प्राप्त हुन्छ, जस्तो कर्म हुन्छ । स्पष्टतः परिणाममा हामी स्वतन्त्र छैनौं, बाँधिएका छौं ।

मनुष्यलाई बुद्धि र कर्म दुवै स्वभावतः प्राप्त छन् । कृपण मनुष्यहरू वासनाद्वारा प्रेरित भएर सकाम कर्मको आश्रय लिन्छन् । उदार मनुष्यहरूले कर्तव्य र अकर्तव्यलाई बुझेर व्यवसायात्मिका बुद्धिको आश्रय लिन्छन् । अनि त्यसै अनुसार कर्म गर्दछन् । यदि कुशलतापूर्वक कर्म गर्नु छ भने त्यसको विधि केवल गीताको विधि हुनसक्छ । त्यसैले के भनिन्छ भने गीता जीवन व्यवस्थापनको कला हो ।

योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।

सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।४८।।

====पदच्छेद र शब्दार्थ====
योगस्थः (योगमा स्थित भइ) कुरु कर्माणि (कर्म गर) सङ्गं त्यक्त्वा (आसक्ति त्याग गरेर) धनञ्जय (हे धनञ्जय अर्जुन) सिद्धि–असिद्ध्योः (सफलता असफलतामा) समः (समान बुद्धि) भूत्वा (हुनु) समत्वं योग (समत्व योग) उच्यते (भनिएको छ) ।

हे अर्जुन, योगमा स्थिर भएर, आसक्तिलाई छोडेर, कार्यको सिद्धि र असिद्धि दुवैमा हर्ष र शोकरहित भएर कर्म गर । यसरी समभाव राख्नुलाई समत्व योग भनिन्छ ।।४८।।

दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।

बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः ।।४९।।
====पदच्छेद र शब्दार्थ====
दूरेण हि (धेरै नै) अवरम् (कम श्रेष्ठ) कर्म (सकाम कर्म) बुद्धियोगात् (बुद्धि योगभन्दा) धनञ्जय (हे धनञ्जय) बुद्धौ (समत्व बुद्धिको) शरणम् (शरण) अन्विच्छ (लेऊ) कृपणाः (क्षुद्र हुन्छन्) फलहेतवः (फलको कामना गर्ने) ।

(किनभने) हे धनञ्जय, (समत्व) बुद्धियोगभन्दा (सकाम) कर्म धेरै नै अवर (तल) छ । त्यसकारण तिमी समत्व बुद्धिको शरण लेऊ । फलको इच्छाले कर्म गर्नेहरू कृपण (सानो) विचारका हुन्छन् ।।४९।।
====व्याख्या====
उदार र सानो चित्त दुवै कर्मको स्वरूप एउटै भए तापनि भावनाको भेदले जमीन र आकाशको अन्तर हुनजान्छ । सकाम कर्म गर्नेहरूमा स्वार्थ भावना नै हुन्छ । तर कर्मयोगीको विचार यसदेखि फरक हुन्छ । त्यसको प्रत्येक कर्म वा दैहिक चेष्टाहरूको पनि केवल कर्तव्यबुद्धि हुन्छ । यही विलक्षणता हुनाले श्लोकमा ‘दूरेण हि अवर’ शब्दको प्रयोग भएको छ । अवरको अर्थ हुन्छ– अश्रेष्ठ । त्यसैले दूरेण हि अवर को अर्थ हुन्छ– धेरै टाढाको अश्रेष्ठ, निम्न स्तरको, कमसल ।

आचार्य शङ्करका अनुसार, कामनापूर्वक गरेको कर्मभन्दा कामना त्यागेर समभावले गरेको कर्म श्रेष्ठ छ । यो नै कर्मभन्दा बुद्धिको श्रेष्ठता हो । सकाम कर्मभन्दा समत्व बुद्धि श्रेष्ठ छ भन्ने वाक्यले गीताको उच्च कोटिको नैतिक सन्देश प्रकट हुन्छ ।

कर्मको वास्तविक तत्त्व विचार गर्दा खराब र असल भन्ने कुराको निर्णय केवल कर्मको बाहिरी स्वरूपलाई हेरेर मात्र हुँदैन । कर्मकर्ताको बुद्धि अनुसार हुन्छ । कर्म एउटै भए तापनि समत्व बुद्धिद्वारा गरेको र कृपण बुद्धिद्वारा गरेकोमा एउटा शुभ, एउटा अशुभ हुन्छ । त्यसैले यहाँ कर्मभन्दा बुद्धिलाई श्रेष्ठ भनिएको छ । यस समत्व बुद्धिलाई राम्ररी जानेपछि गीताको निष्काम कर्मयोग बुझिन्छ । गीताको यस श्लोकमा भनिएको बुद्धौ शरणमन्विच्छ र बुद्धम् शरणम् गच्छामिको निहितार्थ आपसमा कति मिल्छ हेर्दा आश्चर्य लाग्छ । दुवैको सार के हो भने मुक्त हुनु छ भने ज्ञानको शरणमा जानु पर्छ ।

बुद्धत्वको अर्थ हो ज्ञान, उच्चतम ज्ञाननिष्ठा । बुद्धियुक्तो...मा बुद्धि भन्नाले समत्वबुद्धि हो । समत्वबुद्धि भन्नाले मलिन वासनारहित शुद्ध एवं उदार व्यवसायात्मिका बुद्धि नै हो । यही सन्तुलित बुद्धि कर्मयोगको जग हो । यो बुद्धि प्राप्त भएपछि त्यसले जे–जे कर्म गर्दछ ती सबै कर्मयोग हुन्छन् । ती कर्मका शुभाशुभ फलद्वारा त्यो लिप्त हुँदैन । गीतामा भगवान् कृष्णले अर्जुनलाई जीवनमा सफलता प्राप्त गर्न बुद्धि कस्तो राख्नु पर्छ भन्ने कुरा दोहोर्याइ तेहर्याइ भन्नु भएको छ । यसलाई समत्वबुद्धि, व्यवसायात्मिका बुद्धि, एक बुद्धि भनिएको छ ।

बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।

तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।।५०।।
====पदच्छेद र शब्दार्थ====
बुद्धियुक्तः (समत्व बुद्धियुक्त) जहाति (त्याग गर्छ) इह (यस संसारमा) उभे (दुवै) सुकृत–दुष्कृते (पुण्य र पाप) तस्मात् (त्यसैले) योगाय (योगमा) युज्यस्व (सम्बन्धित होउ) योगः (योगले) कर्मसु (कर्ममा) कौशलम् (कुशल बनाउँछ)।

समत्व बुद्धियुक्त कर्मयोगी संसारमा रहेर पनि पाप–पुण्य दुवैबाट अलग हुन्छ । त्यस कारण तिमी यही योग गर । योगले कर्ममा कुशलता प्रदान गर्छ ।।५०।।
====व्याख्या====
जसले यसरी कर्म गर्न सक्यो, उसले मात्र यस संसारमा कुशलतापूर्वक कर्म गरेको ठहरिन्छ । अरु सबै अकुशल कर्म हुन् । यी कर्म किन कुशल हुन् भने यसमा गरिएका कर्म चतुर्याईंका साथ हुन्छन् । यस्तो चतुर्याईं जसले गर्दा कर्महरू बन्धनकारक नभएर मुक्तिदायक बन्छन् । उस्तै क्रियाकलाप पनि अकुशल तरिकाले गर्दा पासोमा पार्ने कारण बन्छ र कुशल तरिकाले गर्दा मुक्तिको कारण बन्छ ।

एउटा प्राचीन कथा छ । एउटा राजालाई आफ्ना ग्रह–दशा देखाउने इच्छा भएछ । मन्त्रीहरूले एक विख्यात ज्योतिषीलाई डाकी पठाए । ज्योतिषीले राजाको चिना हेर्यो । अनि भन्यो– ओहो, कति नराम्रो चिना । तपाईंका ग्रह त ज्यादै नराम्रा रहेछन् सरकार । सारा परिवारलाई, सन्तान नराख्ने ग्रह छन्, तपाईंका ।

राजा क्रोधित भयो । अनि भन्यो– यस ज्योतिषीलाई कालकोठरीमा थुनेर राख । यसले यति नराम्रो भविष्य बताउँछ ।
अनि अर्को ज्योतिषीलाई बोलाइयो । उसले चिना हेरेर राजाको मुखमा हेर्यो । अनि मुसुक्क हाँसेर भन्यो– सरकार, हजुर त ज्यादै दीर्घ आयुको हुनुहुँदो रहेछ । तपाईं जति लामो आयु बाँच्न कोही पनि सक्दैन । अचम्मको दीर्घायु रहेछ । हजुर त कति भाग्यमानी ।

राजा प्रसन्न भयो । पुरस्कार दिई बिदा गर्यो ।

आखिर दुवै ज्योतिषीले भनेको कुरा एउटै थियो । केवल अभिव्यक्ति कुशलतामा अन्तर थियो । एउटालाई त्यसै कुराले बन्धन दियो र अर्कालाई पुरस्कार । त्यसैले के भनिन्छ भने पक्षी आफ्नो खुट्टाले गर्दा र मानिस आफ्नो बोलीले गर्दा पासोमा पर्न जान्छ ।

यु क्यान विन पुस्तकका लेखक शिव खेडाले भनेका छन्– ‘सफल मानिसले कुनै फरक काम गर्दैनन्, केवल फरक तरिकाले उही काम सम्पन्न गर्छन् ।’ यो भनेको नै योगः कर्मसु कौशलम् हो ।

शाङ्कर भाष्यमा कौशलको व्याख्या यस्तो छ— ‘त्यसैको नाम कुशलता हो जुन आफ्नु बन्धन गराउने स्वभावलाई छोड्छ ।’ वास्तवमा योगपूर्वक जसले कर्म गर्छ, त्यसभन्दा कुशल र होशपूर्वक कर्म अरु हुनै सक्दैन ।
गीताको ‘योगः कर्मसु कौशलम्’ वाक्यांशले शिक्षाको उद्देश्य माथि पनि प्रकाश पर्छ । शिक्षाको उद्देश्य भनेको व्यक्तिलाई अधिकतम योग्य बनाउनु हो । उसको आन्तरिक र बाह्य योग्यतालाई तिखार्नु हो । अर्थात् कुशलतम कर्म गर्न योग्य बनाउनु नै शिक्षाको उद्देश्य हो । त्यसैले गीता शिक्षाशास्त्र हो ।

कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः ।

जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ।।५१।।
====पदच्छेद र शब्दार्थ====
कर्मजम् (कर्मले उत्पन्न) बुद्धियुक्ता (समत्व बुद्धियुक्त) हि (नै) फलम् त्यक्त्वा (कर्मपलको त्याग गरेर) मनीषिणः (मनीषिहरु) जन्मबन्धविनिर्मुक्ताः (जन्मरुपीबन्धनबाट मुक्त भई) अनामयम् (शान्तिमय, विकाररहित)पदम् (परमपद) गच्छन्ति (जान्छन्) ।

समत्व बुद्धियुक्त मनीषीहरू नै कर्मफललाई त्यागेर जन्मरूपी बन्धनबाट मुक्त भइ (दुखशोकादिरहित) अनन्त शान्तिमय पद पाउँछन् ।।५१।।

यदा ते मोहकलिलं बुद्धिव्र्यतितरिष्यति ।

तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ।।५२।।
====पदच्छेद र शब्दार्थ====
यदा (जुन समयमा) ते (तिम्रो) मोहकलिलम् (मोहरुपी कालुष्य, दलदल) बुद्धिः (बुद्धिले) व्यतितरिष्यति (राम्ररी पार गर्छ) तदा (त्यस बेला) गन्तासि (प्राप्त गर्नेछौ) निर्वेदम् (वैराग्य, वेदरहितता) श्रोतव्यस्य (पछि सुन्नु पर्ने) श्रुतस्य च (र सुनिसकेको दुवै) ।

जब तिम्रो बुद्धिले मोहरूपी गहन कालुष्यलाई पार गर्नेछ अनि त्यस बेला सकाम विषयमा अघि सुनिसकेको र पछि सुन्नु पर्ने दुवैबाट विरक्त हुनेछौ ।।५२।।
====व्याख्या====
अर्जुनले सुरुमा के सोधेका थिए भने मलाई जुन कुरा कल्याणकारी छ त्यो भन्नुहोस् । यसको समाधानकारक उत्तर भयो– समत्वबुद्धिपूर्वक कर्म गर्नु । यो नै तिम्रो सफलताको आधार हो । युद्धभूमिलाई छोडेर सन्न्यासी हुनुपर्दैन ।

निर्मल कुशाग्रबुद्धि कहिले हुन्छ ? जब बुद्धिले मोहरूपी गहन कालुष्यलाई पार गर्छ । स्वामी रामसुखदासजीले भनेका छन्–’ कुटुम्ब त्यति हानिकारक छैन, जति त्यसको मोह । धन त्यति हानिकारक छैन, जति त्यसको लालसा । कुटुम्बादिको मोह नै कालुष्य हो ।’

श्रीधर स्वामीले यदा ते मोहकलिलं बुद्धिव्र्यतितरिष्यति... को व्याख्या गर्दै भनेका छन्– ‘कलिलं गहनं विदुः’ अर्थात् यस प्रमाणले कलिल शब्दको गहन अर्थ हुन्छ । जीवको आफनो शरीर र धन परिवारमा कति मोह छ भने यसका गहिराइको अन्त छैन । इतिहासका अनेक बहादुर व्यक्ति पनि परिवारभित्र कमजोर साबित भएका छन् । अर्जुन कमजोर हुने कारण पनि पारिवारिक मोह थियो ।

श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला ।

समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ।।५३।।
====पदच्छेद र शब्दार्थ====
श्रुतिविप्रतिपन्ना (सकाम श्रुतिले विचलित) ते (तिम्रो) यदा (जुन बेला) स्थास्यति (स्थिर हुन्छ) निश्चला (अचल) समाधौ (परमात्मामा) अचला (स्थिर) बुद्धिः (बुद्धि) तदा (त्यसबेला) योगम् (योगको यथार्थ स्वरुप) अवाप्स्यसि (प्राप्त गर्ने छौ) ।

सकाम श्रुतिहरूका नाना तरहका वाक्यले विक्षिप्त भएको तिम्रो बुद्धि जब निश्चल भएर ब्रह्ममा स्थिर होला त्यस दशामा तिमीले योगको यथार्थ स्वरूप फेला पार्नेछौ ।।५३।।
====व्याख्या====
सकाम श्रुतिहरूका नाना तरहका वाक्यले विक्षिप्त भएको बुद्धि जब निश्चल भएर ब्रह्ममा स्थिर हन्छ त्यसबेला योगको यथार्थस्वरूप फेला पर्छ ।

साधनावस्थामा ज्ञानयोग र कर्मयोगको भेद रहन्छ तर दुवैको साध्यरूपी शिखर एउटै हुन्छ अर्थात् जुन कुरा कर्मयोगीले प्राप्त गर्छ, त्यही कुरा ज्ञानीले पनि प्राप्त गर्छ ।

जब समत्वयोगको अभ्यास कुशलता बढ्दै जान्छ अनि सबै वाक्यको महत्तात्पर्य बुझिन्छ । यो बुझेपछि बुद्धि ब्रह्मतत्त्वमा गएर स्थित हुन्छ । यही योग हो । यसैलाई शाङ्कर भाष्यमा विवेकप्रज्ञा भनिएको छ । पातञ्जल योगका अनुसार यस प्रज्ञालाई ऋतम्भरा भन्न सकिन्छ ।
====अर्जुन उवाच====
स्थित प्रज्ञस्य का भाषा समाधिस्थस्य केशव ।

स्थितधीः किं प्रभाषेत किमासीत व्रजेत किम् ।।५४।।
====पदच्छेद र शब्दार्थ====
अर्जुन उवाच (अर्जुनले सोधे)

स्थित प्रज्ञस्य (स्थित प्रज्ञको) का भाषा (लक्षण के हो?) समाधिस्थस्य (समाधिमा स्थित) केशव (हे केशव) स्थितधीः (स्थिर बुद्धि) किम् प्रभाषेत (कसरी बोल्छ) किम् आसीत (कसरी बस्छ) व्रजेत किम् (कसरी हिँड्छ) ?

हे केशव समाधिमा स्थित भएको स्थित प्रज्ञ कसरी चिनिन्छ ? स्थिर बुद्धि व्यक्ति कसरी बोल्छ ? कसरी बस्छ ? कसरी हिंड्छ ?५४।।
====श्रीभगवानुवाच====
प्रजहाति यदा कामान्सर्वान्पार्थ, मनोगतान् ।

आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते ।।५५।।
====पदच्छेद र शब्दार्थ====
श्रीभगवानुवाच (श्रीभगवानले भन्नु भयो )–
प्रजहाति (त्याग गर्छ) यदा (जुन बेला) कामान् (कामनाहरु) सर्वान् (सबै) पार्थ (हे पार्थ), मनोगतान् (मनमा स्थित) आत्मनि (आफू) आत्मना (आफैंमा) तुष्टः (सन्तुष्ट) स्थित प्रज्ञः (स्थित प्रज्ञ) तदा (त्यस बेला) उच्यते (भनिन्छ) ।

हे पार्थ, जुन अवस्थामा मनमा रहेका सम्पूर्ण कामनाहरूलाई त्यागेर आफू आफैंमा सन्तुष्ट रहन्छ, त्यस अवस्थालाई स्थितप्रज्ञ भनिन्छ ।।५५।।
====व्याख्या====
अब अर्जुनका जम्मा चार जिज्ञासा छन् । यसको समाधानका क्रममा द्वितीय अध्याय समाप्त हुन्छ । यी जिज्ञासा अर्जुनका मात्र होइनन्, हामी सबैका हुन् । किनभने सबैले के जिज्ञासा गर्छन् भने वास्तविक ज्ञानीलाई कसरी चिन्ने ? यसको आधार अर्जुनका निम्नलिखित प्रश्नहरू छन्–

१. स्थित प्रज्ञलाई कसरी चिन्ने ? लक्षण के हो ?

२. समाधिस्थ स्थिर बुद्धि भएको कसरी बोल्छ ?

३. कसरी बस्छ ?

४. कसरी हिंड्छ ?

स्थित प्रज्ञ भनेको त्यो हो जसको मनलाई चञ्चल गराउन सकिंदैन । स्थिर चित्त । जस्तो कि भगवान् बुद्ध । जस्तो कि महावीर । जस्तो कि गुरु नानक । जस्तो कि शिवपुरी बाबा । जसको मन पूर्णतया स्थिर छ ।

स्वामी रामकृष्णको जीवन स्थित प्रज्ञको व्यावहारिक उदाहरण हो । उनलाई आफ्नो सुख दुखले कहिल्यै पनि डिगाउन सक्दैनथ्यो । अन्तिम अवस्थामा उनलाई घांटीको क्यान्सर भयो । त्यसको पीडाले उनी छटपटाइ रहन्थे । एउटा भक्तले भन्यो– ‘तपाईंले कालीसंग अरुका लागि के के माग्नु हुन्छ ? दुखाई कम गर्ने आशीर्वाद मात्र भए पनि माग्नु होस् न ?’

रामकृष्णले भने– ‘मैले मन त पूरै उसैलाई दिइसकें अब त्यहाँ म भन्ने केही छैन ।’

जब योगीले क्षणभङ्गुुर विषय सुखेच्छाबाट चित्तलाई हटाएर आफ्नो नित्यानन्दस्वरूपमै लगेर निश्चल गराउँछ, त्यस दशामा उसलाई बाह्य क्षणिक सुखको आवश्यकता रहंदैन, अनि त्यो आत्मसुखले नै तृप्त भएको हुन्छ । आफ्ना लागि उसलाई केही चाहिंदैन ।

यस विषयमा कठोपनिषदमा भनिएको छ– जब साधक योगीको हृदयमा रहेका समस्त कामनाहरू छुट्छन् अनि त्यसले अमृत पाउँदछ । (कठोपनिषद् ६.४)

जसले ब्रह्म जान्यो त्यो ब्रह्म भइदिन्छ । जसले अमरतालाई जान्यो त्यो अमर नै हुन्छ । जसले मृत्यु मात्र जान्दछ त्यो मर्छ ।

गीताको आत्मन्येवात्मना तुष्टः श्लोकमा प्रथम पटक आत्म शब्द प्रयोग गरिएको छ । यहाँ आत्मन्येवात्मनि को अर्थ हो आफू आफैंमा । यसभन्दा पहिले त केवल संकेतसूचक शब्द यो, त्यो, शरीरी वा देही जस्ता शब्द प्रयोग गरिएका छन् । यसबाट के स्पष्ट हुन्छ भने त्यस शरीरी, देही वा आत्मलाई केवल संकेत गर्न सकिन्छ । बताउन सकिंदैन । यसको कुनै नाम पनि छैन र कुनै नाम दिन पनि सकिंदैन ।

ज्ञानीले पनि सबै प्रकारका क्रिया गर्छ । खान्छ । सुत्छ । रिसाउँछ । खुशी हुन्छ । सुखदुख, रागमोह, भयक्रोध इत्यादिका क्रियाहरू पनि उसले गर्छ । तर स्थितधीका ती क्रियाहरू अज्ञानी मनुष्यका भन्दा फरक हुन्छन् । उसले यी क्रियाहरू होशमा गर्छ । बाटोमा हिंड्दा, कसैसंग कुरा गर्दा त्यो पूर्णतया सजग हुन्छ । उसको वाणीबाट एउटा पनि अनावश्यक कुरा निस्कँदैन । उदाहरणका लागि उसले गलती गर्नेलाई सजायँ दिन्छ । राम्रो गर्नेलाई पुरस्कार पनि दिन्छ । तर सजायँ दिने बेलामा उसमा गल्ती गर्ने माथि क्रोधको भावना हुँदैन । उसका सुधारको आकाङ्क्षा हुन्छ ।

अज्ञानी मनुष्य यी दुख प्रवाहमा परेर आत्तिन्छ, तर जसको प्रज्ञा (बुद्धि) स्थिर छ त्यो योगी दुखसुखलाई केवल मनका धर्म ठानेर अधीर हुँदैन । उसलाई दुख हुँदैन भन्ने कुरा होइन । दुख त अवश्य हुन्छ तर दुखसुखको रहस्य बुझेको हुनाले दुखमा व्याकुल हुँदैन ।

आत्मानन्दमा मग्न हुनाले अरु सुखमा लालायित हुँदैन । देहमा अहम् बुद्धि हुँदैन । त्यस कारण त्यो निर्भय हुन्छ । यस्ता प्रकारले स्थितप्रज्ञ मुनि दुखमा धीर, विषयमा अनासक्त, न्यायमा निर्भय अपराधीमा अक्रोध भएर व्युत्थान काल (समाधिरहित व्यावहारिक अवस्था) मा सबैसंग सामान्य व्यवहार गर्दछ ।

दुखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः ।

वीतरागभयक्रोधः स्थितधीर्मुनिरूच्यते ।।५६।।
====पदच्छेद र शब्दार्थ====
दुखेषु (दुखमा) अनुद्विग्नमनाः( जसको मन व्याकुल हुँदैन) सुखेषु (सुखमा) विगतस्पृहः( आसक्त हुँदैन) वीतरागभयक्रोधः (रीस, राग, भय प्रेम यी सबबाट छुटको छ) स्थितधीः स्थिर प्रज्ञ) मुनिः उच्यते (मुनि भनिन्छ)।

जसको मन दुखमा व्याकुल हुँदैन, सुखमा आसक्त हुँदैन र जो रीस, राग, भय प्रेम यी सबबाट छुटको छ, त्यसलाई स्थितप्रज्ञ मुनि भनिन्छ ।।५६।।

यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम् ।

नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।५७।।
====पदच्छेद र शब्दार्थ====
यः (जो) सर्वत्र अनभिस्नेहः (कुनै विषयमा पनि आसक्त छैन) तत् तत् (त्यो) प्राप्य (प्राप्त गरेर) शुभ अशुभम् (शुभ र अशुभ) न अभिनन्दति (हर्षित हुँदैन) न द्वेष्टि (दुखित पनि हुँदैन) तस्य (त्यसको) प्रज्ञा (आत्मज्ञान) प्रतिष्ठिता (स्थिर हुन्छ) ।

जो कुनै विषयमा पनि आसक्त छैन, शुभ (अनुकूल) हुँदा हर्ष र अशुभ (प्रतिकूल) हुँदा दुख पनि मान्दैन त्यसको प्रज्ञा प्रतिष्ठित भयो भन्ने बुझिन्छ ।।५७।।
====व्याख्या====
अनुकूल विषय मिलेमा हर्षले फुल्ने, प्रतिकूल परेमा दुखले अधीर हुने स्वभाव चञ्चल चित्त भएका अज्ञानीको हो । तर जसको पहिलेदेखि नै परस्पर विरोधी द्वन्द्व पदार्थमा सम देख्ने अभ्यास दृढ र परिपक्व भएको छ, त्यो भने जस्तो विषयानन्द पाए पनि आनन्दले लट्ठ पर्दैन । त्यसै गरी प्रतिकूल अवस्थामा द्वेषले दग्ध पनि हुँदैन अर्थात् सुखदुखलाई समबुद्धिले भोग्दछ । यही स्थितप्रज्ञ मुनिको आचार व्यवहार हो । स्थित प्रज्ञले आफ्ना इन्द्रियहरू इन्द्रियकै लागि राख्छ । इन्द्रियहरू इन्द्रियका लागि भन्नुको अर्थ हो त्यसको अर्को प्रभाव हुँदैन । अरुले गर्दा उत्तेजित पनि हदैन । दुखी वा खुशी पनि हुँदैन । उसको मनको रिमोट कन्ट्रोल अरूमा होइन ऊ आफैंसंग हुन्छ ।

यदा संहरते चायं कूर्मोऽङ्गानिव सर्वशः ।

इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।५८।।
====पदच्छेद र शब्दार्थ====
यदा (जसरी) संहरते (समेट्छ) च अयम् (अनि यो) कूर्मः (कछुवाले) अङ्गान् (अंगहरु) इव (जस्तै) सर्वशः (सबै) इन्द्रियाणी (इन्द्रियहरु) इन्द्रियार्थेभ्यः (इन्द्रिय कै विषयमा) तस्य (त्यसको) प्रज्ञा (आत्मज्ञान) प्रतिष्ठिता (स्थिर हुन्छ) ।

कछुवाले जसरी आफ्ना सारा अङ्गहरू भित्र समेट्छ । त्यसै गरी स्थित प्रज्ञले आफ्ना इन्द्रियहरू इन्द्रियकै लागि राख्छ ।।५८।।
====व्याख्या====
सामान्यतया, इन्द्रियको सुख इन्द्रियलाई हुँदैन । मनलाई हुन्छ । इन्द्रियहरूलाई केवल द्वार मानिन्छ । जसबाट इन्द्रियका विषय रूप, रस, गन्ध इत्यादि प्रवेश गर्छन् । जसरी कोही प्रवेश गर्दा ढोकालाई कुनै प्रभाव पर्दैन । स्थित प्रज्ञका इन्द्रियहरू त्यसै गरी स्थिर रहन्छन् । इन्द्रियले आफ्नो काम गर्छन् । स्वाद इन्द्रिय मार्फत् शरीर र मनलाई पुग्छ । तर त्यसबाट ऊ आफू अप्रभावित रहन्छ । उदाहरणका लागि मीठो भयो भनेर मनलाई धेरै खान मन लाग्दैन । जति चाहिन्छ उत्ति मात्र प्रयोग गर्छ । औषधि खाए जस्तो ।

विषया विनिवर्तन्ते निराहारस्य देहिनः ।

रसवर्जं रसोऽप्यस्य परं दृष्ट्वा निवर्तते ।।५९।।
====पदच्छेद र शब्दार्थ====
विषया (विषयहरु) विनिवर्तन्ते (निवृत्त हुन्छन्) निराहारस्य (इन्द्रियहरूद्वारा विषय ग्रहण नगर्ने) देहिनः (मानिसको) रसवर्जं (रागरहन्छ) रसः अपि (राग पनि) अस्य (यसको) परम् दृष्ट्वा (परम् तत्त्वको साक्षात्कार गरेर) निवर्तते (निवारण भइसक्छ) ।

इन्द्रियहरूद्वारा विषय ग्रहण नगर्ने मानिसका विषयहरू त निवृत्त हुन जान्छन् (किनभने उसले ग्रहण नै गर्दैन) तर राग (भने) निवृत्त हुँदैन । आसक्ति रहिरहन्छ । स्थित प्रज्ञको विषय प्रतिको आसक्ति पनि परमतत्त्वको साक्षात्कार गरेर निवृत्त हुनजान्छ ।।५९।।
====व्याख्या====
मनलाई जितेका जितेन्द्रिय भएकोले नै अन्तिम जैन तीर्थंकरलाई जिन र महावीर भनिएको छ । जसले मनलाई जित्छ, त्यो नै सबभन्दा बहादुर हो । त्यसैलाई गीतामा धीर पुरुष भनिएको छ । बुद्धवाणी छ– आकाशमा बिजुली चम्केको बेला दुई जनाबाहेक अरु सबै तर्सिन्छन् । नतर्सिने दुई जनामा एउटा हो जंगलको राजा सिंह र अर्को हो ज्ञानी ।

त्यसैले सन्तहरुले भन्ने गरेका छन्– युद्धमा हजारौं वीरलाई जित्नुभन्दा आफ्नो मनलाई जित्नु कठिन छ ।

यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः ।

इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः ।।६०।।
====पदच्छेद र शब्दार्थ====
यततः हि अपि (यत्न गरेरै पनि) कौन्तेय (हे कौन्तेय) पुरुषस्य (मानिसको) विपश्चितः (मेधावी) इन्द्रियाणि प्रमाथीनि (प्रमथनशील इन्द्रियहरु) हरन्ति (हरण गर्छन्) प्रसभम् (बलपूर्वक) मनः (मन) ।

हे कौन्तेय, प्रमथनशील (हुँडल्ने) स्वभावका इन्द्रियहरूले प्रयत्न गर्ने मेधावी मानिसको मनलाई पनि जबरजस्ती हरण गर्छन् ।।६०।।
====व्याख्या====
इन्द्रियहरुले अत्यन्त मेधावी व्यक्तिको मनलाई पनि बिथोलेर उसको बुद्धिलाई नाश गरीदिन सक्छन् । इन्द्रियहरू वशमा भए पछि बल्ल बुद्धि स्थिर हुन्छ । जसको बुद्धि नष्ट हुन गयो त्यो मानिस आफ्नो श्रेयबाट तल खस्छ ।

श्रेयस् भनेको त्यो कुरा जसले जीवन सुखी र सन्तोषपूर्ण हुन्छ । यसलाई शास्त्रकारहरुले पुरुषार्थ भनेका छन् । पुरुषार्थ चार वटा हुन्छन्– अर्थ, काम, धर्म र मोक्ष । असंयमी यी चारै कुराका लागि अयोग्य हुनजान्छ ।

तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः ।

वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ।।६१।।
====पदच्छेद र शब्दार्थ====
तानि (तिनीहरु) सर्वाणि (सबै) संयम्य (संयम गरेर) युक्त आसीत (समाहित चित्त) मत्परः (मेरा आश्रित) वशे हि (वशमा भए पछि) यस्य इन्द्रियाणि (जसका इन्द्रिय) तस्य (त्यसको) प्रज्ञा (आत्मज्ञान) प्रतिष्ठिता (स्थिर हुन्छ)।

(त्यसैले) सम्पूर्ण इन्द्रियलाई संयत गरेर युक्त (समाहित चित्त) र समर्पणका साथै मेरा आश्रित (मत्पर) होउ । (किनभने इन्द्रियहरू वशमा भए पछि बल्ल बुद्धि स्थिर हुन्छ । केवल संयम र निषेधबाट इन्द्रियहरू वशमा हुँदैनन् । यसका लागि समर्पणका साथै इष्ट चिन्तन अनिवार्य छ ।)।।६१।।
====व्याख्या====
गीताकारका अनुसार, जीवनको सफलता र असफलता के कुरामा भर पर्छ भने मानिस इन्द्रिय संयम गर्ने छ कि असंयमी ?

इन्द्रियलाई वशमा राखेको मानिसलाई संयमी भनिन्छ, त्यसैले असंयमीको अर्थ हो इन्द्रियका वशमा भएको मानिस । तर मनलाई जबरजस्ती नियन्त्रण गर्नेलाई पनि गीताले सफल मानेको छैन । हुनत, यस्तो मानिसले विषयलाई बलपूर्वक निषेध गरेको हुन्छ तर उसले आसक्तिमाथि विजय प्राप्त गरेको हुँदैन । त्यसैले कुनै पनि समयमा श्रेय अवस्थाबाट तल खस्न सक्छ । कम नियन्त्रकले चेतन अवस्थामा नै संयम गुमाउँछ भने बढी नियन्त्रकले सपनामा वा अचेतनमा संयम गुमाउँछ ।

बलपूर्वक व्रत बस्नेले सपनामा भोज खाइरहेको हुन्छ । बलपूर्वक ब्रह्मचर्य पालन गर्नेको अचेतन मन सजिलै बेकाबू भइदिन्छ । मनसंग लड्दा लड्दा यस्तो नियन्त्रक हार खाइसकेको हुन्छ । महात्मा गान्धी जस्तो सत्यवादी, व्रतपालक र अनुशासितले पनि इन्द्रियसंग हार खाएका थिए । जाग्रत अवस्थामा गान्धीको मन पूर्णतया वशमा हुन्थ्यो तर स्वप्नमा मन बरालिएर कहिलेकाहीं स्वप्न दोष बेहोर्नु परेको कुरा उनले आत्मकथामा उल्लेख गरेका छन् ।

खाने कुरामा उनले भनेका छन्– ’लामो उपवास पछि सुक्का मेवा (किशमिश आदि) तीन चार वटा खानु पर्नेमा मनले नमान्दा छ सातवटा खाएँ । यस असंयमले मलाई जीवनभरका लागि रोगी बनायो ।’

त्यसबाट उनलाई लामो पखाला चल्यो । शरीर ज्यादै कमजोर भए पछि एक जनाको सहारा बिना गान्धी बसेर उठ्न नसक्ने भए । अनि मनु गान्धीले उनलाई सहारा दिएर हिंड्नु पर्ने भयो । यो अवस्था उनको मृत्युपर्यन्त रह्यो । यो त संसारका एक यस्तो व्यक्तिको अनुभव हो जसलाई कठोर व्रतपालक भनिन्छ ।

कृष्णले यस्तो अवस्थाबाट मुक्ति पाउने उपाय बताउँदै भन्नु हुन्छ– इन्द्रियहरू स्वाभाविक वशमा जसले राख्न सक्यो उसको प्रज्ञा स्थिर हुनजान्छ ।

सफलताका लागि चाहिने अर्को कुरा हो इन्द्रिय निरोध । मनलाई एकाग्र बनाउन कुनै एकमा त्यसलाई केन्द्रित गर्नै पर्छ । आवश्यक परेमा यसका लागि मत्पर होउ पनि भनिएको छ । परायणको अर्थ हो अनुरक्त, लागेको । जस्तै कर्तव्यपरायणको अर्थ हो कर्तव्यमा राम्ररी लागिपरेको । त्यसै गरी मत्परको अर्थ हो मेरो परायण ।

यहाँ मत् भनेको वासुदेव कृष्णको शरीर होइन परमात्मा, ब्रह्म हो किनभने यहाँ कृष्णको प्रसङ्ग नै छैन । जसरी जिन्नलाई व्यस्त राख्न अरु सबैतिरबाट असफल भए पछि लोककथाको नायकले बाँसको लामो लिङ्गोमा चढ्ने र ओर्लने एउटा कठिन काम दिन्छ र बल्ल त्यो चञ्चल जिन्न शान्त हुन्छ, त्यसै गरी मनलाई मत्पर (ईश्वरमा राम्ररी लगाउनेका काम) गरे पछि मात्र शान्त हुनसक्छ ।

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।

सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।६२।।
====पदच्छेद र शब्दार्थ====
विषयान् (विषयको) ध्यायतः (चिन्तन गर्ने) पुंसः (मानिसलाई) सङ्गः (आसक्ति) तेषु (त्यसको) उपजायते (उत्पन्न हुन जान्छ) सङ्गात् ( आसक्तिबाट) सञ्जायते (राम्ररी जन्म लिन्छ) कामः (कामना) कामात् (कामनाबाट) क्रोधः (क्रोध) अभिजायते (जन्म लिन्छ) ।

विषयको चिन्तन गर्ने मानिसलाई सो विषयमा आसक्ति हुनजान्छ । आसक्तिबाट कामना (तृष्णा) हुन्छ । कामना पूर्तिमा व्यवधान आउना साथ क्रोध उत्पन्न हुन्छ ।।६२।।
====व्याख्या====
गीतामा क्रोधको अर्थ हो विच्छिन्न कामना । जुन कामना सन्तुष्टिसंग जोडिन्छ त्यसले क्रोध उत्पन्न हुंदैन । किनभने कामना पूर्ण भयो तर जुन कामनाको सम्बन्ध सन्तुष्टिसंग भएन त्यसले क्रोध उत्पन्न गर्छ । कामना सन्तुष्टिसंग नजोडिए पछि असन्तोष उत्पन्न हुन्छ । असन्तोषको मात्रा बढ्यो भने स्मृति भ्रम हुन जान्छ । यस प्रकार क्रोधको सम्बन्ध एकातिर विषयसंग हुन्छ भने अर्कातिर स्मृति भ्रमसंग हुन्छ । स्मृतिभ्रमले उचित अनुचितको भेद गर्न नसक्ने बनाउँछ ।

यस अनुसार, कुनै विषयको चिन्तनले इच्छा वा कामना उत्पन्न हुन्छ । इच्छा र कामनामा थोरै फरक के छ भने इच्छा मनमा उत्पन्न भएर बिलाउन पनि सक्छ । दुई मिनेटभन्दा बढी जुन विचार मनमा अडिन्छ, त्यो इच्छा बन्न जान्छ । इच्छालाई मनबाट हटाउन धेरै मानसिक श्रम गर्नु पर्दैन । जब यो इच्छा निरन्तर मनमा घुमिरहन्छ अनि क्रमशः कामना हुँदै वासनामा रुपान्तरण हुन्छ ।

बलवान इच्छा नै वासना हो । अब यसलाई मनबाट हटाउन धेरै जटिल हुन्छ । वासनाले आफ्नो पूर्तिको बाटोबाहेक अरु केही देख्दैन । वासना पूर्तिको बाटोमा अवरोध उत्पन्न हुनासाथ क्रोध प्रस्फुटित हुन्छ । क्रोध प्रस्फुटित भएपछि उचित अनुचितको विवेक हराउँछ । जसको मनले उचित अनुचित छुट्ट्याउन सक्दैन उसको बुद्धिले उचित निर्णय गर्न पनि सक्दैन । फलस्वरूप त्यो मानिस श्रेय साधनबाट तल खस्छ ।

त्यसैले सफलताका लागि चाहिने एक महत्त्वपूर्ण कुरा हो इन्द्रिय निरोध । तर केवल संयम र निषेधबाट इन्द्रियहरू वशमा हुँदैनन् । यसका लागि समर्पणका साथै परमशक्तिको चिन्तन अनिवार्य छ ।

यस प्रकार प्राप्त गरेको सफलताले अन्तःकरणको प्रसन्नता मात्र प्रदान गर्दैन मानिसका सबै दुखको समेत नाश गर्छ यो कुरा आउने श्लोकमा स्पष्ट गरिएको छ ।

क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।

स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।। ६३।।
====पदच्छेद र शब्दार्थ====
क्रोधाद् (क्रोधबाट) भवति (हुन्छ) सम्मोहः (सम्मोह हुन्छ) सम्मोहात् (सम्मोहबाट) स्मृतिविभ्रमः (स्मृति भ्रम हुन्छ) स्मृतिभ्रंशाद् (स्मृति भ्रम भएपछि) बुद्धिनाशः (बुद्धिनाश हुन्छ) बुद्धिनाशात् (बुद्धिनाश भएपछिं) प्रणश्यति (नाश हुन जान्छ) ।

क्रोधले सम्मोह (मूढता र अविवेक) उत्पन्न हुन्छ । अविवेकबाट स्मृति भ्रम हुन्छ । स्मृति भ्रम भएमा बुद्धि नष्ट हुनजान्छ । बुद्धि नष्ट हुन गएमा (त्यो मानिस आफ्ना अर्थ, काम, धर्म र मोक्ष) सबैतिरबाट अयोग्य हुनपुग्छ ।।६३।।
====व्याख्या====
मानव सभ्यताको मूलमा मानिसको स्मृति क्षमता नै रहेको छ । यसले गर्दा नै मानिस पशुत्वभन्दा माथि उठेको छ । गोरूगाडादेखि अन्तरिक्ष जेटसम्मको विकास स्मृतिमा आधारित छ । विविध भाषा, लिपि र संयन्त्रहरुको आविष्कार स्मृतिको सुरक्षाका लागि नै भएको छ । मनोविज्ञानमा स्मृतिको विश्लेषण सबैभन्दा जटिल विषय मानिन्छ ।

आधुनिक मनोविज्ञानले स्मृतिलाई चार चरणमा विभाजित गर्छ– मानवीय चेतना, यसको फलस्वरुप सूचनाहरूको कोडिङ्ग, कोड गरिएको सामग्री मस्तिष्कमा भण्डारण, र पुनःस्मरणका साथ उपयोग । स्मृतिले हामीलाई सांसारिक र व्यावहारिक जीवनका समस्याहरू समाधानमा सघाउँछ ।

विगतका जानकारीहरू हाम्रा मन मस्तिष्कमा सङ्कलित हुन्छन् । कुनै समयमा जब तिनीहरूको आवश्यकता पर्छ, ती पुनः सम्झना आउँछन् र समाधानमा ती सूचनाहरूको उपयोग हुन्छ । हाम्रा कार्य त्यस बेला सुचारु रहन्छन् जब हाम्रो स्मृतिले स्वाभाविक रुपमा काम गर्छ । हाम्रो व्यवहार पूर्णतः स्मृतिमा आधारित छ ।

रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन् ।

आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ।।६४।।
====पदच्छेद र शब्दार्थ====
रागद्वेषवियुक्तैः तु (तर आसक्ति र द्वेषबाट मुक्त रहेर) विषयान् (विषयहरुमा) इन्द्रियैः (इन्द्रियहरुद्वारा) चरन् (विचरण गर्दै) आत्मवश्यैः विधेयात्मा ( आफूलाई विधिपूर्वक नियन्त्रणमा राख्ने व्यक्तिले) प्रसादम् (प्रसन्नता) अधिगच्छति (प्राप्त गर्छ) ।

अन्तःकरणलाई विधिपूर्वक नियन्त्रणमा राख्ने व्यक्तिले आसक्ति र द्वेषबाट मुक्त रहेर वशमा गरिएका आफ्ना इन्द्रियद्वारा विषयहरूमा विचरण गर्दै प्रसन्नता प्राप्त गर्छ ।।६४।।

प्रसादे सर्वदुःखानां हानिरस्योपजायते ।

प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।।६५।।
====पदच्छेद र शब्दार्थ====
प्रसादे ( प्रसन्नताले) सर्वदुःखानाम् (सबै दुखहरुको) हानिः (समाप्ति) अस्य (यसको) उपजायते (उत्पन्न हुन्छ) प्रसन्नचेतसः (प्रसन्नचित्त व्यक्तिको) हि आशु (तुरुन्तै) बुद्धिः (बुद्धि) परि अवतिष्ठते (राम्ररी स्थिर हुनजान्छ) ।

(वास्तविक) प्रसन्नताले सबै दुखहरुको समाप्त हुनजान्छ । प्रसन्नचित्त (व्यक्ति) को नै बुद्धि तत्काल सही रुपमा स्थिर हुन जान्छ (सही निर्णय गर्न सक्छ) ।।६५।।
====व्याख्या====
जसले इन्द्रिय संयम गर्छ उसको स्मृति उचित हुन्छ । अनि उसको मन र बुद्धि नियन्त्रणमा हुन्छन् । उसले सधैं उचित निर्णय गर्दछ र प्रसन्न रहन्छ ।

उचित स्मृति क्षमता हुनेहरूले नै व्यक्तित्व विकास गर्न सक्छन् । उच्च पदस्थ मानिसहरूको स्मृति सामान्यतया उच्चस्तरको पाइएको छ । बढी स्मृति क्षमता हुने विद्यार्थीहरूले परीक्षामा उच्च अङ्क प्राप्त गर्न सक्छन् । प्रतिस्पर्धामा अगाडि आउन स्मृति क्षमता आवश्यक पर्छ । बुद्धि, धृति, र ज्ञान यी सबै कुराहरू स्मृतिमा आधारित हुन्छन् । उचित स्मृतिको प्रयोगले परमशान्तिको लक्ष्य प्राप्त गर्न सकिन्छ ।
[[चित्र:चित्र २.१ सफलता प्राप्तिका चरणहरु.png|अङ्गुठाकार|चित्र २.१ सफलता प्राप्तिका चरण]]

नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना ।

नचाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् ।।६६।।
====पदच्छेद र शब्दार्थ====
न अस्ति ( हुँदैन) बुद्धिः (बुद्धि) अयुक्तस्य (समाहित चित्त नभएको) न च अयुक्तस्य (अनि यस्तो अयुक्त मानिसको) भावना (आत्मज्ञानमा दृढनिष्ठा) न च अभावयतः शान्तिः (भावनारहितलाई शान्ति हुँदैन) अशान्तस्य (अशान्तलाई) कुतः (कहाँ) सुखम् (सुख) ।

(तर) अयुक्त (समाहित चित्त नभएको) मानिसका अन्तःकरणमा निष्काम कर्मयुक्त बुद्धि र भावना (आत्मज्ञानमा दृढनिष्ठा) हुँदैन । भावनारहित मानिसलाई शान्ति कहाँ र अशान्तलाई सुख कहाँ ? ।।६६।।
====व्याख्या====
जसले इन्द्रिय संय मगर्न सक्दैन, उसले सफलता किन प्राप्त गर्दैन ? स्मृतिभ्रम हुँदा कोडिङ्ग, भण्डारण, र पुनः उपयोगका तीन चरणहरुमा समन्वय हुँदैन यसैलाई बुद्धिले निर्णय गर्न नसक्ने स्मृतिभ्रमको अवस्था भनिन्छ । इन्द्रिय संयम गर्न नसक्नेको थाहा नपाउने गरी चित्त विचलित हुन जान्छ । बुद्धिलाई इन्द्रियलेकसरी बराल्छन्, त्यसको सुन्दर उपमा आउने श्लोकमा गरिएको छ ।

इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते ।

तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ।।६७।।
====पदच्छेद र शब्दार्थ====
इन्द्रियाणाम् (इन्द्रियहरूका) हि चरताम् (विषयहरूमा नै विचरण गरिरहेका) यत् (जुन) मनः (मन) अनुविधीयते (अनुगमन गरिरहन्छ) तत् (त्यही इन्द्रिय) अस्य (यसको अर्थात् असंयमी मानिसको) हरति प्रज्ञाम् (प्रज्ञालाई रण गर्छ) वायुः (वायुले) नावम् इव (डुङ्गा जस्तै) अम्भसि (पानीमा) ।

विषयहरूमा विचरण गरिरहेका इन्द्रियहरूमा जुन इन्द्रियसंग मन रहन्छ त्यस एउटै इन्द्रियले पनि त्यस अयुक्त मानिसको बुद्धिलाई त्यसै गरी हरण (नष्ट) गर्छ जसरी जलमा डुङ्गालाई वायुले (विस्तारै) हरण गरेर गन्तव्यबाट टाढा लैजान्छ ।।६७।।

पानीमा बगेको डुङ्गालाई जसरी हावाले अन्यत्र लिएर हिँड्छ, त्यसै गरी बुद्धि एकातिर बरालिन्छ ।

इन्द्रियहरू कस्ता जबर्जस्त हुन्छन् भने उन्मत्त घोडाले सवारलाई कुमार्गमा लगे झैं उसको मनलाई जर्बजस्ती विषयतिर फर्काइदिन्छन् ।

श्रीमद्भागवतमा लेखिएको छ–

मात्रा स्वसा दुहिता वा न विवित्तासनो भवेत् ।

बलवानिन्द्रियग्रामो विद्वाँसमपि कर्षति ।।भागवत ९.१९.१७।।

आमा, बैनी, वा छोरी भए तापनि उनीहरूका साथ धेरै दिनसम्म एकान्तमा दुई जना मात्र नबस्नु । किनभने इन्द्रियको फौज अति बलवान् छ । यसले विद्वान्हरूलाई पनि तानेर आफ्नो वशमा गराउँछ ।

तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वशः ।

इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।६८।।
====पदच्छेद र शब्दार्थ====
तस्मात् (त्यसैले) अस्य (यसका) महाबाहो (हे महाबाहु) निगृहीतानि (वशमा गरिएका छन्) सर्वशः (सबै प्रकारले) इन्द्रियाणि (इन्द्रियहरु) इन्द्रिय अर्थेभ्यः(इन्द्रियकै लागि छन् भने) तस्य प्रज्ञा प्रतिष्ठिता (उसको आत्मज्ञान प्रतिष्ठित भएको हुन्छ)

(त्यसैले) हे महाबाहु, जुन मानिसका इन्द्रियहरू शब्द, रूप आदि विषयबाट राम्ररी वशमा गरिएका हुन्छन् उसको बुद्धि प्रतिष्ठित (स्थिर) हुन जान्छ ।।६८।।
====व्याख्या====
इन्द्रियाणी इन्द्रिय अर्थमा उपयोग गर्नु गीतामा प्रयोग गरिएको एक विशिष्ट वाक्यांश हो । जसले इन्द्रियका विषयहरुलाई कसरी उपयोग गर्नु पर्छ सो कुरा निरुपण गरेको छ । अर्थात् मनलाई योगयुक्त गराएर इन्द्रियद्वारा अनिषिद्ध विषयको सेवन गर्नु नै इन्द्रिय निरोध हो । गीताले इन्द्रिय दमनको कुरा गरेको छैन, निरोध विधिको उपयोग गर्नु भनिएको छ । जसरी नदीको वेगलाई बाँधेर त्यसको बहाव रोक्न भन्दैन । बरु उचित दिशातिर मोड्नु र बगाउनु पर्दछ । जीवनको सफलता इन्द्रिय दमनमा होइन निरोधमा हुन्छ । महाभारतमा यस समब्नधमा बडो व्यावहारिक चर्चा छ ।
युधिष्ठिरले भीष्मलाई प्रश्न गर्छन्– के धर्म, अर्थ, र काममा परस्पर विरोध छ ? मानिसहरूले आफ्ना कामना सन्तुष्ट गर्दा, धन आर्जन गर्दा धर्ममा हानि हुन्छ ? धर्म गर्दा कामना अतृप्त राख्नु आवश्यक छ ?

यसको उत्तरमा महात्मा भीष्मले भनेका छन्– ‘जब मानिसहरूले निर्मल चित्त राखेर धैर्यपूर्वक अर्थार्जनको प्रयास गर्छन्, त्यस्तोमा उचित काल, कारण, र परिस्थिति अनुसार अर्थ, काम, र धर्म आपसमा मिलेको जस्तो देखिन्छन् । त्यति खेर अर्थ, काम, र धर्मलाई छुट्ट्याउन सकिंदैन (महाभारत शान्ति पर्व १२३.३)त्यसरी आर्जन गरेको अर्थ र त्यसरी गरिएको कामना सन्तुष्टि धर्मको विरुद्ध हुँदैन ।’

त्यसरी कर्म जसले गर्नसक्छ, त्यो सफल हुन्छ ।

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।

यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ।।६९।।
====पदच्छेद र शब्दार्थ====
या (जुन) निशा (निशा, रात्रि वा निद्रा हो) सर्वभूतानां (सबै प्राणीका लागि) तस्याम् (त्यस बेला) जागर्ति (जागा रहन्छ) संयमी (संयमी) यस्याम् (जुन बेला) जाग्रति (जागा छन्) भूतानि (प्राणीहरु) सा (त्यो बेला) निशा (निशा) पश्यतो (देख्छन्) मुने (मुनिले) ।

सबै प्राणीका लागि जुन निशा हो संयमी त्यसमा जाग्रत बस्छ । जसमा अरु प्राणी जाग्रत बस्छन्, त्यो महात्माका लागि निशा हो ।।६९।।
====व्याख्या====
अन्य सबैका लागि जुन निशा हो संयमी त्यसमा जाग्रत बस्छ । जसमा अरु प्राणी जाग्रत बस्छन्, त्यो महात्माका लागि निशा हो । त्यो योगी संसारमा नै बस्छ तर संसारको प्रभाव त्यसमा पर्दैन ।

या निशा सर्वभूतानि.. यस श्लोकको अर्थ बारे भाष्यकारमा निकै भिन्नता पाइन्छ । आचार्य शङ्करका अनुसार संयमीका लागि बाह्य शरीर निशा हो । अन्य मानिस शरीरका लागि जाग्छन् तर मुनि यसका लागि निदाएको हुन्छ । उनले गीता शाङ्कर भाष्यमा यस श्लोकको अर्थ स्पष्ट गर्न पूर्व पक्ष र उत्तर पक्षका तार्किक विधिको प्रयोग गरेका छन् । यस दृष्टिले यो एक कूट श्लोक हो ।

आचार्य रजनीशले पातञ्जल योगशास्त्रको आधारमा यसको अर्थ स्पष्ट गरेका छन् । संस्कृत शब्द संयमी (सं, यम र अप्) को सामान्य अर्थ हुन्छ, एकाग्रचित्त तर योग शास्त्रमा अन्तिम तीन अवस्थामा पुगेको व्यक्तिलाई संयमी भनिएको छ ।

योगका आठ अङ्ग यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि मा सुरुका पाँच बाह्य र अन्तिम तीन आन्तरिक मानिन्छ । (समाधिपाद २९) त्रयमेकत्र संयम ः । (विभूतिपाद ४)

पतञ्जलिका अनुसार, यस्तो संयमी वा योगी निद्रामा पनि सतत जाग्रत हुन्छ- स्वप्न निद्राज्ञानालम्बनं वा (समाधिपाद ३८) । योगी वा संयमीको निद्रा यसै प्रकारको हुन्छ । यसलाई निद्रामा ध्यान गरेको अवस्था भनिन्छ । बुद्धको निद्रा यसै प्रकारको थियो भनिएको छ । किनभने उनी निद्रामा पनि जाग्रत थिए । त्यस प्रकाशको अनुभव निद्रामा ध्यान गर्नाले पनि हुन्छ । त्यसैलाई गीतामा या निशा सर्वभूतेषु भनिएको हो ।

आपूर्यमाणमचलप्रतिष्ठं,
समुद्रमापः प्रविशन्ति यद्वत् ।

तद्वत्कामा यं प्रविशन्ति सर्वे,
स शान्तिमाप्नोति न कामकामी ।।७०।।
====पदच्छेद र शब्दार्थ====
आपूर्यमाणम् (राम्ररी परिपूर्ण भएको) अचलप्रतिष्ठम् (अचल रहन्छ) समुद्रम् (समुद्रको) आपः(जल) प्रविशन्ति (प्रवेश गर्छन्) यद् वत् (जसरी) तत् वत् (त्यसै गरी) कामाः (कामनाहरु) यम् (जुन मानिसमा) प्रविशन्ति (प्रवेश गर्छन्) सर्वे (सबै) सः (उसले) शान्तिम् (शान्ति) आप्नोति (प्राप्त गर्छ) न कामकामी (भोगको चाहना गर्ने) ।

जसरी सबैतिरबाट परिपूर्ण अचल प्रतिष्ठा भएको समुद्रमा नदीहरूको जलले त्यसमा कुनै विकार उत्पन्न नगरी ठूलो वेगका साथ समाहित हुनजान्छ । त्यसै गरी स्थितप्रज्ञ मानिसमा सारा विषयभोग अलिकति पनि विकार उत्पन्न नगरिकन उसमा समाहित हुन जान्छन् । यस्तो मानिसले परमशान्ति (मोक्ष) प्राप्त गर्छ । भोगको चाहना गर्नेले होइन ।।७०।।

विहाय कामान्यः सर्वान्पुमांश्चरति निःस्पृहः ।

निर्ममो निरहङ्कारः स शान्तिमधिगच्छति ।।७१।।
====पदच्छेद र शब्दार्थ====
विहाय (त्याग गरेर) कामान् (कामनाहरु) यः (जुन) सर्वान् (सबै) पुमान् (मानिस) चरति निःस्पृहः निर्ममः (म र मेरो भावरहित) निरहङ्कारः (अहङ्काररहित) सः (उसले) शान्तिम् (शान्ति) अधिगच्छति (प्राप्त गर्छ) ।

जुन मानिसले सम्पूर्ण कामना र भोगहरूलाई त्याग गरेर (केवल जीवन मात्रका लागि चेष्टा गर्छ) तथा जुन निर्मम (म र मेरो भाव अर्थात् अहंभावरहित) एवं स्पृहा (अभिलाषा) रहित आचरण गर्छ त्यसले परमशान्ति प्राप्त गर्छ । (त्यसपछि केही पनि प्राप्त गर्न बाँकी रहँदैन)।।७१।।
====व्याख्या====
भगवान् कृष्णले भन्नु हुन्छ– ’जसरी चारैतिरबाट नदीहरू आइरहँदा पनि समुद्र अचल र प्रतिष्ठित रहन्छ, त्यस अवस्था प्राप्त गर्ने मात्र कामनाहरूबाट अविचलित हुन्छ ।’

स्वामी विवेकानन्दका जीवनको प्रसङ्ग छ । उनले भर्खर संन्यास लिएका थिए । त्यस बेलासम्म उनी नरेन्द्र थिए । भारतवर्ष भरि घुमेर सबैसंग भेटघाटमा व्यस्त थिए । शिकागो सम्मेलनमा जाने तैयारी चल्दै थियो । ज्ञान र साधना दुवै चल्दै थिए ।

नरेन्द्रको सम्मानमा खेतडीका महाराजाले शाही भोजको आयोजना गरे । त्यस पछि मनोरञ्जनका लागि नर्तकीको नाच थियो । सुन्दरीको नृत्य सुरु हुनासाथ विवेकानन्द सभाबाट उठेर बाहिर जान थाले । नर्तकीले एक सुन्दर भजन प्रस्तुत गरी । ढोकातिर जान लागेका नरेन्द्रले यो सुने पछि बाहिर निस्कन सकेनन् । उनी फर्केर आए । पूरै नृत्य निस्पृह भावले हेरे । गीतामा त्यही कुरा स्पष्ट गरिएको छ ।

नर्तकीले मीराको भजन प्रभुजी मोरे अवगुन चित्त न धरो... गाएकी थिइन् भनिएको छ । यस भजनमा के उल्लेख छ भने प्रभु तपाई पारस जस्तै समदर्शी हुनुहुन्छ । फलाम मन्दिरमा होस् वा बगरेकोमा पारसले दुवैलाई सुन बनाउँछ, उसले भेद गर्न जान्दैन ।

एषा ब्राह्मी स्थितिः पार्थ नैनां प्राप्य विमुह्यति ।

स्थित्वास्यामन्तकालेऽपि ब्रह्मनिर्वाणमृच्छति ।।७२।।
====पदच्छेद र शब्दार्थ====
एषा (यो) ब्राह्मी स्थितिः (समाधिको अवस्था) पार्थ (हे अर्जुन) न एनाम् प्राप्य विमुह्यति (यसलाई प्राप्त गरेर मोहित हुँदैन) स्थित्वाः (स्थित भएर) अस्याम् (यस अवस्थामा) अन्तकाले (अन्तकालमा) अपि (पनि) ब्रह्मनिर्वाणम् (ब्रह्मनिर्वाण, समाधि, ब्रह्मानन्द) ऋृच्छति (पुग्छ) ।

हे पार्थ, यसरी प्राप्त अवस्था नै ब्राह्मी अवस्था हो । यस्तो महापुरुष ब्रह्मनिष्ठामा स्थित भएर शरीरको अन्तकालमा पनि ब्रह्मनिर्वाण (ब्रह्मानन्द) लाई प्राप्त गर्छ ।।७२।।
====व्याख्या====
ब्रह्म निर्वाणका लागि पूर्णतया शान्त हुनुपर्छ । पूर्णतया शान्त कसरी भइन्छ ? जसले सबै प्रकारका आसक्ति छोडेर निःस्पृह भइ व्यवहार गर्छ । जसलाई ममत्व र अहंकार छैन, त्यसले शान्ति प्राप्त गर्छ । यस्तो स्थितप्रज्ञ, ब्रह्मवेत्ता( ज्ञानीले परमशान्ति (मोक्ष) प्राप्त गर्छ । त्यो नै ब्राह्मी स्थिति हो र यसले निर्वाण प्राप्त गराउँछ ।

ब्रह्म शब्द बृह् धातुबाट बनेको छ । यसको अर्थ हुन्छ– विस्तार हुनु । यसबाट ब्रह्मन्, ब्रह्माण्ड, ब्राह्मण, र ब्राह्मी शब्द बनेको छ । ब्राह्मीको अर्थ हो ब्रह्मको अवस्था । उपनिषद्हरूमा बारम्बार भनिएको छ– ’जसले ब्रह्म अवस्था प्राप्त गर्छ त्यो ब्रह्मवित् (ईश्वररूप) हुन जान्छ ।’ गीतामा यसैलाई ब्राह्मी स्थिति र ब्रह्मनिर्वाणमृच्छति भनिएको छ । ऋच्छतिको त्यही अर्थ हुन्छ जुन अंग्रेजी शब्द रीच (reach) को हुन्छ । लक्ष्य प्राप्त गर्नु वा उपलब्ध हुनु ।

निर्वाणको अर्थ हो विलीन हुनु । समाधि अवस्थामा सबै कुरा त्यही समाधिमा विलीन हुन जान्छन् । केवल एक समाधि मात्र बाँकी रहन्छ । त्यसैले भनिन्छ ब्रह्ममा विलीन हुने अवस्था नै ब्रह्म निर्वाण वा सम्बोधि प्राप्त गर्नु हो ।

कबीरले यसलाई बुन्द समानी समुन्द में भनेका छन् । ओशो रजनीशले समुन्द समाना बुन्द में भनेका छन् ।

आचार्य शङ्करले भनेका छन्– ’ब्रह्मात्म भाव प्राप्त गर्नेले नै अहं ब्रह्मास्मि को अनुभव गर्नसक्छ ।’

यस अवस्थामा पुगिसकेपछिको अनुभव वर्णन गर्दै आचार्य शङ्करले भनेका छन्– ’म मान्छे पनि होइन । म देवता वा यक्ष पनि होइन । म ब्राह्मण, क्षत्रिय, वैश्य, वा शूद्र पनि होइन, ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ, वा संन्यासी केही पनि होइन । म केवल निजबोध स्वरूप आत्मा हुँ ।’

यो नै ब्राह्मी अवस्थाको उपलब्धि हो । यही ज्ञानयोग र कर्मयोगको अन्तिम भूमि हो । यही ब्रह्मानन्द हो । ब्रह्मानन्द भनेको त्यो आनन्द हो जुन प्राप्त भए पछि अरु केही चाहिंदैन । त्यसैले बौद्ध दर्शनको निर्वाण र गीताको निर्वाणमा थोरै अन्तर छ । बौद्ध दर्शनमा निर्वाणको अर्थ हो शून्य, सुखदुखरहित अवस्था । गीताको निर्वाण भनेको समाधि हो ।

भगवान् कृष्णले दोस्रो अध्यायको एघारौं श्लोकदेखि नै ’आभासी म’ भन्दा फरक ’असली म‘– देहको मालिक पहिचान गर्ने अनेक तरिका बताउनु भएको छ, जस्तै– निर्योगक्षेम हुनु, निष्काम कर्म, बुद्धिलाई निश्चयात्मिका बनाउनु इत्यादि । अनि के बताउनु भएको छ भने आफ्नो वास्तविक स्वरुप जान्नाले निर्भयता प्राप्त हुन्छ । त्यो नै शान्ति हो । त्यो नै स्थिरता हो । त्यो नै परमानन्द हो । त्यो नै जीवनका वास्तविक सफलताको सोपान हो ।

ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे साङ्ख्ययोगो नाम द्वितीयोऽध्यायः ।।

श्रीमद्भगवद्गीता उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको साङ्ख्ययोग नाम गरेको अध्याय दुई समाप्त भयो । ॐ तत्सत् ।।
====सन्दर्भ====
अडगडानन्द, (सन् १९८०), यथार्थगीता, श्रीमद्भगवद्गीता http://yatharthgeeta.com

अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।

अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।

अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।

आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।

आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।

आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।

ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।

उड, जोन, (वि.सं.२०६४), माइक्रोसोफ्टदेखि बाहुन डाँडासम्म (अनुवाद खगेन्द्र संग्रौला), काठमाडौं ः फाइन प्रिन्ट्स ।

ओशो, (सन् १९८०), गीता दर्शन खण्ड १, पूना ःरेबेल बुक्स ।

खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।

खेडा, शिव, यु क्यान विन, Shivkhera.com ISBN 978-9937-2-9805-6, Panakhabar.com पुस २८, २०८०

गीताप्रेस,(वि.सं.२०६७),स्तोत्र रत्नावली, गोरखपुर ः गीताप्रेस ।

गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।

गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।

गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुर ः गीताप्रेस ।

ज्ञवाली,(गेवाली) बाबु राम, (वि.सं.२०७२), जीवनको दोस्रो पाना (वैचारिक गम्भीरताका दृष्टिले श्रीमद्भगवद्गीता दोस्रो अध्यायको अध्ययन), रुपन्देही, नेपाल ः ज्ञानज्योति प्रकाशन । ISBN 978-9937-2-9805-6, Panakhabar.com @

ज्ञवाली, बाबुराम, (वि.सं.२०८२),श्रीमद्भगवद्गीताः अध्यात्म, कला र विज्ञान, रुपन्देहीः नवजागृति पुस्तकालय, बुटवल । ISBN 978-9937-187-00-8

कार्नेगी, डेल, (वि.सं.२०८०), हाउ टु स्टप वरीर्ईग एन्ड स्टार्ट लिभिंग (अडियो बुक), कार्नेगी इन्स्टिच्युट । bookbeat .com पुस २८, २०८०, २

तिलक, बाल गंगाधर, (सन् २००७), श्रीमद्भगवद्गीता या कर्मयोग शास्त्र, दिल्ली ः साधना पकेट बुक्स । २

दयानन्द सरस्वती, (सन् २०१३), सत्यार्थ प्रकाश, दिल्ली ः आर्ष साहित्य प्रचार ट्रष्ट ।

ब्रह्मानन्द, (सन् २०००), श्रीरामकृष्ण उपदेश, नागपुर ः रामकृष्ण मठ ।

बर्नर, डेभिड, (वि.सं.२०५८), डाक्टर नभएमा, अनुवादक योगेन्द्र प्रधानाङ्ग र साथीहरु, काठमाडौं ः त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान । २

म्याक्समुलर, एफ. (१९७१), रामकृष्ण, हिज लाइफ एन्ड सेईङ्ग्स, रामकृष्ण मठ, नागपुर । https://archive=org/details/ramakrishnahisli025100mbp
फागुन १२, वि.सं.२०७२ मा इन्टरनेटबाट प्राप्त ।

राधाकृष्णन (मिति नभएको), श्रीमद्भगवद्गीता, दिल्ली ः राजकमल प्रकाशन ।

रामसुखदास, (वि.सं.२०६७), गीता दर्पण, गोरखपुर ः गीताप्रेस ।

शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।

सदानन्द, (सन् २००९), वेदान्तसार, नागपुर ः रामकृष्ण मठ ।

हर्षानन्द, (सन् १९९०) अल एबाउट गीता, नागपुर ः रामकृष्ण मठ ।

rht3vblmg6yio9ejq6nwz68z4v12r6r
श्रीमद्भगवद्गीता एकादश अध्याय
0
4123
18610
18543
2026-06-11T02:15:00Z
CommonsDelinker
37
Removing [[:c:File:Diagram_11.1.png|Diagram_11.1.png]], it has been deleted from Commons by [[:c:User:Ziv|Ziv]] because: [[:c:COM:CSD#F3|CSD F3]] (derivative work of non-free content): No attribution to files used in montage.
18610
wikitext
text/x-wiki
====अध्याय एघार====
===विश्वरुपदर्शन योग===
====अर्जुन उवाच====

मदनुग्रहाय परमं गुह्यमध्यामसञ्ज्ञितम् ।

यत्त्वयोक्तं वचस्तेन मोहोयं विगतो मम।।१।।
===== पदच्छेद र शब्दार्थ =====
अर्जुन उवाच (अर्जुनले भने)

मत् (ममाथि) अनुग्रहाय (अनुग्रह गरेर) परमम् गुह्यम् (परम गुह्य, अति गोपनीय) अध्यात्म सञ्ज्ञितम् (अध्यात्म विषयक जानकारी) यत् (जुन) त्वया (तपाईंले) उक्तम् (भन्नु भयो) तेन (त्यस) वचः (वचनबाट) मम (मेरो) अयम् (यो) मोहः (मोह) विगतः (गयो, नष्ट भयो) ।

अर्जुनले भने–

ममाथि अनुग्रह गरेर हजुरले अध्यात्म विषयक जुन परम गुह्य जानकारी दिनु भयो, त्यसबाट मेरो यो मोह नष्ट भयो ।।१।।
===== व्याख्या =====
अर्जुनले ज्ञानको जुन साक्षात्कार गरे, त्यो अर्जुनका कृत्यको प्रतिफल होइन, अर्जुनमाथि अनुग्रह हो ।

अनुग्रह भनेको के हो ? जुन कुरा सित्तैमा प्राप्त हुन्छ, त्यो अनुग्रह हो । श्रम गर्नेले जुन प्रतिफल प्राप्त गर्छ, त्यसलाई ज्याला वा पारिश्रमिक भनिन्छ । ज्याला प्रतिफल हो, त्यसैले त्यो योगदानका आधारमा प्राप्त हुन्छ । बढी श्रम गर्नेले धेरै ज्याला प्राप्त गर्छ । धेरै उत्पादन गर्नेलाई बढी ज्याला दिइन्छ । कम श्रम गर्नेलाई कम ज्याला दिइन्छ । थोरै उत्पादन गर्नेलाई कम ज्याला प्रतिफल प्राप्त हुन्छ । ज्याला वा पुरस्कार भन्ने कुरा पुरुषार्थको प्रतिफल हो । तर अनुग्रहमा भने त्यस्तो कुनै नियम लागू हुँदैन । यो सित्तैमा प्राप्त हुन्छ । पूरै प्राप्त हुन्छ। कसले कति काम गरेको छ, त्यो तुलना गरिंदैन । तर ईश्वरीय अनुग्रह केवल उसलाई प्राप्त हुन्छ जसले त्यस बापत पर्याप्त पुरुषार्थ गरिसकेको हुन्छ ।

मानिसको प्रयासले सत्य साक्षात्कार हुने होइन । मानिसको प्रयास पछि जब सत्यका लागि योग्यता पूरा हुन्छ अनि मात्र ईश्वर दर्शन हुन्छ । तर सत्यको दर्शन जसलाई हुन्छ उसले सधैं के अनुभव गरेको छ भने यो परमात्माको अनुग्रह हो । कृपा प्रसाद हो । तर अर्कोतर्फ के कुरा पनि सत्य हो भने जसले बिना श्रम परमात्मा पाइन्छ भनेर बस्छ, उसले कहिल्यै त्यो सत्य प्राप्त गर्न सक्दैन । त्यसैले बौद्ध भिक्षु र जैन साधकहरुलाई श्रमण भनिन्छ ।

भगवान् श्रीकृष्णले अध्याय दुईको ११ औं श्लोकको अशोच्यानन्वशोचस्त्वंबाट अहिलेसम्म जुन उपदेश दिनु भएको छ त्यसैलाई अध्यात्म सञ्ज्ञितम् (अध्यात्म विषयक ज्ञान) भनिएको हो तथा गुह्यको अर्थ हुन्छ आफ्ना निकटतमलाई बताउने कुरा । भगवान् कृष्णले अर्जुनलाई प्रिय मानेकोले यो बताइहनु भएको छ ।

भवाप्ययौ हि भूतानां श्रुतौ विस्तरशो मया ।

त्वत्तः कमलपत्राक्ष माहात्म्यमपि चाव्ययम् ।।२।।
===== पदच्छेद र शब्दार्थ =====
हि (किनभने) कमलपत्राक्ष (कमलनयन) भूतानाम् (प्राणीहरुको) भव अप्ययौ (उत्पत्ति र प्रलयबारे) मया (मैले) विस्तरशः (सविस्तार) श्रुतौ (सुनें) त्वत्तः (तपाईंको) च (तथा) अव्ययम् (अविनाशी) माहात्म्यम् (महात्म्य) अपि (समेत) सुनें ।

किनभने हे कमलनयन, मैले हजुरबाट प्राणीहरुको उत्पत्ति र प्रलय तथा हजुरको अविनाशी महिमा समेत सविस्तार सुनें ।

एवमेतद्यथात्थ त्वमात्मानं परमेश्वर ।

द्रष्टुमिच्छामि ते रुपमैश्वरं पुरुषोत्तम ।।३।।
===== पदच्छेद र शब्दार्थ =====
परमेश्वर (हे परमेश्वर) एवम् (यसै प्रकार छ) एतत् (यो) यथा (जस्तो) आत्थ (भन्नु भएको छ) त्वम् (तपाईं) आत्मानम् (आफ्नो रुप) पुरुषोत्तम (हे पुरुषोत्तम) ते रुपम (तपाईंको रुप) ऐश्वरम् (ईश्वरीय) द्रष्टुम् इच्छामि (हेर्ने इच्छा छ) ।

हे परमेश्वर, तपाईंले आफ्ना (विभूतिका) बारेमा जे जे भन्नु भएको छ, त्यो जस्ताको तस्तै छ । हे पुरुषोत्तम, तपाईंको त्यस ईश्वरीय रुपको प्रत्यक्ष दर्शन गर्ने इच्छा छ ।। ३ ।।

मन्यसे यदि तच्छक्यं मया द्रष्टुमिति प्रभो ।

योगेश्वर ततो मे त्वं दर्शयात्मानमव्ययम् ।।४।।
===== पदच्छेद र शब्दार्थ =====
प्रभो (हे प्रभो) योगेश्वर (योगेश्वर) तत् (त्यो–रुप) मया (मैले) द्रष्टुम् (हेर्न) इति (यस्तो) शक्यम् (सक्छु) मन्यसे ( भन्ने ठान्नु हुन्छ) यदि (भने) ततः (त्यसो भए) मे (मलाई) त्वम् (तपाईंले) आत्मानम् (आफ्नो) अव्ययम् (अविनाशीरुप, विश्वरुप) दर्शय (देखाउनु होस्)।

हे योगश्वर प्रभो, यदि तपाईंले त्यो रुप मैले हेर्न सक्छु भन्ने ठान्नु हुन्छ भने आफ्नो त्यो अव्यय रुप अर्थात् विश्वरुप देखाउनुहोस् ।। ४ ।।
===== व्याख्या =====
जसरी कुनै योग्य स्वर्णकारले तौलेर दिएको सुन उसले जति भन्छ, त्यत्ति हुन्छ, त्यसभन्दा एक रत्ती कम पनि हुँदैन र एक रत्ती बढी पनि हुँदैन, त्यस्तै विभूतियोगमा भगवानले आफ्नो बारेमा जे भन्नु भएको छ, त्यो जस्ताको तस्तै तथ्यपूर्ण र सही छन् ।

यहाँ अर्जुनले अध्याय सातमा बताइएका १७ वटा विभूति तथा अध्याय नौ र १० मा बताइएका ११९ वटा विभूतिहरु तर्फ संकेत गर्दैछन् । यसका साथै अध्याय १० को अन्तमा भनिएको वाक्य यो सारा सृष्टि मेरो एक अंश मात्र हो भन्ने तर्फ पनि संकेत गरिएको छ ।

अर्जुनले श्रद्धा व्यक्त गर्दै भनेका छन्– ‘हे प्रभो...।’

प्रभोको अर्थ हो सम्पूर्ण प्राणीका स्वामी र ऐश्वर्यको अर्थ हुन्छ– ज्ञान, बल, शक्ति, वीर्य, तेज, र वैभव यी छ प्रकारका सम्पत्ति । यी सबै शक्तिको स्रोत ईश्वर हुन् । अर्जुनका यी भनाइले के स्पष्ट हुन्छ भने अर्जुनको समर्पण पूरा भएको छ । अर्जुनको अज्ञान नष्ट भइसकेको छ तर ज्ञान प्राप्त भइसकेको छैन । रोगीको रोग समाप्त भइसक्यो तर तङ्ग्रिएको छैन ।

अर्जुनले भन्छन्– ‘तपाईंका वचनले मेरो मोह गयो ।’ अर्जुनका यी भनाईले उनीमा विनम्रता निर्माण भएको छ भन्ने स्पष्ट हुन्छ ।

शिष्यत्वका लागि पहिलो शर्त हो पात्रता सिर्जना गर्नु, विनम्रता । योग्यताको लक्षण हो अयोग्यताको बोध । अयोग्यताको लक्षण हो योग्य छु भन्ने दम्भ । आफ्नो योग्यताको परीक्षण आफूभन्दा योग्यलाई गर्न दिनु नै सर्वोत्तम स्वमूल्याङ्कन हो । कुनै पनि रोगीले आफ्नो रोगको निदान आफैं गर्न सक्दैन । ऊ चिकित्सककहाँ जानु पर्छ ।

यहाँ गुरुसँग प्रश्न सोध्ने उत्कृष्ट सीप पनि सिकाइएको छ । सन्तहरुले भन्ने गरेका छन्– गुरुको ज्ञानको गहिराई पत्ता लगाउनु, पृथ्वीको केन्द्र पत्ता लगाउनु जस्तै गाह्रो विषय हो । त्यसैले मुख्य कुरा हो गुरु प्रति श्रद्धा ।

अर्जुनका विनम्रता र शिष्यत्वको उदाहरण हो यो वचन– ‘हे योगेश्वर, यदि मलाई योग्य ठान्नु हुन्छ र मभित्र पात्रता निर्माण भएको अनुभव
गर्नुहुन्छ भने मलाई त्यो स्वरुप देखाउनुहोस् ।’

टाढाको परमात्मालाई मान्न जति सजिलो छ, नजिकको परमात्मा मान्न त्यत्ति नै कठिन छ। अझ पतिमा, पत्नीमा, दाजुभाईमा, साथीमा, र पुत्रमा भएको परमेश्वरलाई सम्मान दिंदा अहङ्कारले रोक्छ । तर अर्जुनले नजिकका भए पनि श्रीकृष्णलाई सम्मान गरेका छन् । यो अर्को महत्त्वपूर्ण घटना हो । अर्जुनको यस गुणले गर्दा अर्जुन पनि कृष्णका साथ पूजनीय बनेका छन्– नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्...।
===== श्रीभगवानुवाच =====
पश्य मे पार्थ रुपाणि शतशोऽथ सहस्रशः ।

नानाविधानि दिव्यानि नानावर्णाकृतीनि च ।। ५ ।।

ईश्वरको भक्ति प्राप्त गर्न मन्त्रका रुपमा यस श्लोकको पाठ गर्नु लाभदायक मानिएको छ । स्वामी रामसुखदास, गीता दर्पण ।

===== पदच्छेद र शब्दार्थ =====
श्रीभगवान् उवाच (भगवान् श्रीकृष्णले भन्नु भयो)

पार्थ (हे पार्थ) मे (मेरा) शतशः सहस्रशः (सयौं हजारौं) अथ (अनि) नाना विधिानि (अनेक प्रकारका) रुपाणि (रुपहरु) च (तथा) दिव्यानि (दिव्य) नाना वर्ण (अनेक रंगका) र आकृतीनि (आकारका) पश्य (हेर) ।

भगवान् श्रीकृष्णले भन्नु भयो–

हे पार्थ, अब मेरा अनेक प्रकारका, अनेक रंगका र आकारका सयौं–हजारौं (अर्थात् लाखौं) दिव्य रुप तिमीले हेर ।।५।।
===== व्याख्या =====
यस अध्यायमा अर्जुनलाई परमसत्यको अनुभव हुनै लागेको छ त्यसैले अर्जुनलाई गुडाकेश भनेर सावधान गराईंदै छ ।

गुडाका अर्थात् आलस्य तथा ईश अर्थात् विजयी । आलस्यले अज्ञानलाई बल प्रदान गर्छ ।

बुद्धले आफ्ना उपदेशमा भनेका छन्– अल्छीलाई मारले प्रहार गर्छ । ज्ञान चाहने व्यक्ति गुडाकेश हुनु पर्छ । असंयत जीवनको परिणाम हो आलस्य र यसले जीवन ऊर्जालाई गलत दिशातिर प्रवाहित गर्छ । त्यसैले यहाँ गुडाकेशको अर्थ हुन्छ– आलस्यरुपी अज्ञानलाई विजय गरेर ज्ञान लिन तत्पर अर्जुन ।

पश्यादित्यान्वसून् रुद्रानश्विनौ मरुतस्तथा ।

बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत ।।६।।
===== पदच्छेद र शब्दार्थ =====
भारत (हे भारत) पश्य (हेर) आदित्यान् (आदित्यहरु) वसून् (वसुहरु) रुद्रान् (रुद्रहरु) अश्विनौ (दुई अश्विनीकुमार) मरुतः (मरुत्गण) तथा बहूनि (तथा अनेक) अदृष्टपूर्वाणि (आजसम्म नदेखेका) आश्चर्याणि (आश्चर्यका कुरा) पश्य (हेर) ।

हे भारत, सबै (१२) सूर्य, सबै (८) वसु, सबै (११) रुद्र, दुई अश्विनीकुमारहरु तथा सबै (४९) मरुत् हेर । (यति मात्र होइन) ती अनौठा कुरा पनि हेर जुन तिमीले आजसम्म देखेका छैनौ ।। ६ ।।
===== व्याख्या =====
हुन त ईश्वर कण कणमा छन् तथापि अध्याय १० मा भनिएका विभूतिसँग जोड्दै भनिएको छ– हे भारत, सबै आदित्य, सबै वसु, सबै रुद्र, दुई अश्विनीकुमारहरु, तथा सबै मरुतलाई हेर ।

शास्त्रहरुमा आदित्यहरुको कुल संख्या १२, रुद्रहरुको ११,वसुहरुको ८ र मरुद्गणको संख्या ४९ बताइएको छ। अश्विनीकुमार दुई जना छन् ।

अश्विनीकुमारहरुलाई स्वास्थ्यको देवता मानिएको छ । यिनले ऋषि च्यवनलाई गरेको औषधि आयुर्वेदमा निकै प्रसिद्ध मानिन्छ । सूर्य पत्नी अश्विनीबाट उत्पन्न भएकोले यिनको यो नाम प्रसिद्ध भएको हो ।

महाभारत अनुशासन पर्व (१५०.१२–१८) मा मरुत बाहेकका अन्य सबैलाई तेंत्तिसकोटि देव भनिएको छ ।

बृहदारण्यक उपनिषद् ३, शतपथ ब्राह्मण ३.९.९ र साङ्ख्यायन श्रौत सूत्रमा भने दुई अश्विनी कुमारको सट्टा प्रजापति र इन्द्रलाई तेंत्तिस कोटि देव उल्लेख गरिएको छ ।

{| class="wikitable"
|+ तालिका ११.१ तेंत्तिसकोटि देवता

! आदित्य !! वसु !! अश्विनी कुमार !! रुद्र

| (१२) || (८) || (२) || (११)

|अंश,अर्यमा,इन्द्र,जयन्त,

वरुण,त्वष्टा,धाता,पूषा,

भग,भास्कर,मित्र,विष्णु
|| अनल,अनिल,धर,ध्रुव,

प्रत्यूष,प्रभास,सावित्र,सोम
||दस्र,नासत्य
|| अजैकपाद,अपराजित,अहिर्बुध्न्य,

ईश,ऋत्, त्रयम्बक, पिनाकी, महेश्वर,

वृषाकपि,शम्भु, हवन

{| class="wikitable"

यस दिव्यरुपका अनेकौं आँखा छन् । त्यसले कुनै एउटा आँखा खोल्दा १२ आदित्य उदाउँछन्। आँखा बन्द गर्दा सबै सूर्य अस्ताउँछन् । कुनै एउटा मुखले साँस फेर्दा आठ प्रकारका वसुहरु निस्कन्छन् । कुनै एउटा आँखी भौंमा ११ रुद्र देखिन्छन् । नाकमा दुवै अश्विनीकुमार छन्,
कानमा सबै ४९ मरुत् गण गतिमान छन् । यस्तो एक होइन अनेक शरीर छन् । ती सबै अनेकौं ब्रह्माण्डमा गतिशील छन् ।

इहैकस्थं जगत्कृत्स्नं पश्याद्य सचराचरम् ।

मम देहे गुडाकेश यच्चान्यद्द्रष्टुमिच्छसि ।। ७ ।।
===== पदच्छेद र शब्दार्थ =====
गुडाकेश (हे निद्राविजयी अर्जुन) इह (यस) एकस्थम् (एकै ठाउँमा) जगत् (जगत्) अद्य (अब) कृत्स्नम् (सम्पूर्ण) सचर अचरम् (चल, अचलसहित सबै) यत् (जुन) च अन्यत् (जे जे अन्य कुरा) द्रष्टुम् (हेर्न) इच्छसि (इच्छा गर्छौ) मम देहे (मेरो देहमा) पश्य (हेर) ।

हे गुडाकेश, यहीं यसै ठाउँमा मेरो यस विराट देहमा स्थित सम्पूर्ण चल र अचल सहित सबै जगत् हेर । त्यो मात्र होइन तिमीलाई अरु जेजति हेर्ने इच्छा छ, त्यो सबका सब मेरो शरीरमा देख्न सक्छौ ।। ७ ।।
===== व्याख्या =====
आधुनिक कम्प्युटर प्रविधिमा केवल तीन रंग (रातो, हरियो, नीलो) आधारभूत रंग मानिन्छ तर प्रकृतिमा भएका सबै रङ्गको संख्या अनन्त छ । मानिसका सामान्य आँखाले समेत लाखौं रङ्ग देख्न सक्छ तर मस्तिष्कले ती सबै स्मरण गर्न सक्दैन । दस हजार प्रकारका रङ्गहरुको व्यावसायिक उत्पादन भइरहेको कुरा विश्वास गरिन्छ। कैयौं रङ्ग यस्ता पनि हुन्छन् जुन आँखाले पत्ता लगाउन सकिंदैन । कैयौं रङ्ग छुट्ट्याउन सकिंदैन । इन्द्रेणीमा सात रङ्ग हुन्छन् र पनि ती सबैलाई छुट्ट्याउन सजिलो छैन । रातिमा तर्कारीमा परेको बेसारको रंग देखिन्न।

इम्फाल, मणिपुरको नगर न्यायाधीशल वि.सं. १९०९ देखि वि.सं. १९२८ को १९ वर्षसम्म टाउकाले टेकेर मुद्दाको छिनोफानो गरे बिनभने उनीलाई सबै कुरा उल्टो देखिने रोग लागेको थियो ।

आँखाले देख्न नसक्ने कुरा एक्स–रेद्वारा देख्न सकिन्छ । किर्लियन फोटोग्राफीले प्राणीका तेजको फोटो खिच्न सक्छ । बायो इलेक्ट्रोग्राफीले मानिसका शरीरको स्वस्थ ऊर्जा र अस्वस्थ ऊर्जा देख्न सक्छ ।

यस स्वरुपको व्याख्या गर्दै राधाकृष्णनले लेखेका छन्– ‘उपनिषद्को भनाई के छ भने जसले सुनेर पनि सुन्दैनन्, जसले जानेर पनि जान्दैनन्, र देखेर पनि देख्दैनन् । उनीहरुले केवल ज्ञानका आँखाले देख्छन् ।’

कुरानमा भनिएको छ– ‘प्रभु, उसका आँखा खोलिदिनु होस्, जसले गर्दा उसले देख्न सकोस् ।’ मार्क ९.२.८ मा सेन्ट हिल्डेगार्डले पनि एउटा सुन्दर पुरुषको दिव्य दर्शनको उल्लेख छ । त्यहाँ पनि दिव्य प्रकाशको विवरण दिइएको छ ।

न तु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा ।

दिव्यं ददामि ते चक्षु पश्य मे योगमैश्वरम् ।।८।।
===== पदच्छेद र शब्दार्थ =====
मे (मेरो) योगम् ऐश्वरम् (योगको ऐश्वर्य) पश्य (हेर) तु (तर) माम् (मलाई) द्रष्टुम् (देख्न) न शक्यसे (सक्दैनौ) अनेन एव (यिनै) स्वचक्षुषा (आफ्ना आँखाले) ते (तिमीलाई) दिव्यम् चक्षु (दिव्य आँखा) ददामि (दिन्छु) ।

तर, तिमीले आफ्ना यी आँखाले मलाई देख्न सक्दैनौ । त्यसैले तिमीलाई मैले दिव्य दृष्टि दिन्छु । त्यसको सहायताले मेरो योगको ऐश्वर्य (विश्वरुप) हेर ।। ८ ।।
===== व्याख्या =====
सम्भवतः यति भन्दा पनि अर्जुनलाई केही देखिएन किनभने सामान्य दृष्टिका सीमा हुन्छन्। संसारमा काम लाग्ने बौद्धिक दृष्टिले परमसत्यको अनुभव प्राप्त गर्न सकिंदैन । त्यसका लागि जुन विशेष दृष्टि चाहिन्छ, त्यो भगवान् कृष्णले प्रदान गर्दै भन्नु हुन्छ– ‘त्यस विशेष रुपलाई हेर्न मैले तिमीलाई दिव्य दृष्टि दिन्छु ।’

ईश्वरका वास्तविक स्वरुपको दर्शन सामान्य दृष्टिले सम्भव छैन, दिव्य दृष्टि चाहिन्छ । ईश्वरले रुप देखाउँदैमा दर्शन हुँदैन, त्यसका लागि त्यो देख्न सक्ने दृष्टि, दिव्य दृष्टि चाहिन्छ। यो कुनै यन्त्र, चश्मा वा इलेक्ट्रोनिक सूक्ष्मदर्शक यन्त्र होइन । यो दृष्टि विशेष हो, आध्यात्मिक हो ।

अर्को कुरा सत्य पत्ता लगाउने आँखाले हो, कानले होइन । त्यसैले दिव्यदृष्टि भन्नु परेको हो।

दिव्य भएकोले यहाँ व्याख्या गरिएका शब्द, रुप, रंग आदिलाई नजिकको कुनै अर्को उदाहरण छैन । द्रौपदीको चीरहरणमा असीमित वस्त्र जम्मा हुनु, गजेन्द्र आर्त हुनासाथ चक्र लिएर उपस्थित हुनु, गोवर्धन पर्वतलाई औंलाले उचाल्नु जस्ता घटनाहरुलाई मात्र नजिकका उदाहरण भन्न सकिन्छ।

बीरबललाई अकबरले सोधे– ‘बीरबल सही र गलतमा कति फरक हुन्छ ? ’

बीरबल– ‘केवल चार औंला ।आँखाले देखिएको सत्य, कानले सुनेको असत्य । ’

दिव्य दृष्टिको साधकका लागि विशेष अर्थ छ, त्यो के भने प्रकृति र पुरुषको एक सीमा छ, जुन बेलासम्म प्रकृतिका परमाणुहरुको दबाव बढी छ, त्यस बेलासम्म मायाले नै प्रेरणा गर्दछ । जब साधक त्योभन्दा माथि पुग्छ, ईश्वर, इष्ट वा सद्गुरुको कार्यक्षेत्रमा प्रवेश गर्दछ अनि उसको हृदयमा बसेको परमात्माले सारथी भई सञ्चालन गर्न थाल्नु हुन्छ ।

यसबाट के कुरा स्पष्ट हुन्छ भने जबसम्म साधकले दिव्य दृष्टि प्राप्त गर्दैन त्यसबेलासम्म उसले आफू भित्र बसेको ईश्वरका स्वरूपको दर्शन गर्न सक्दैन । तर यो दिव्यदृष्टि पनि बिना प्रभु कृपा प्राप्त हँुदैन । प्रभु कृपाले दिव्यदृष्टि प्राप्त हुनासाथ ईश्वरका स्वरूपको दर्शन हुन जान्छ।

योगमैश्वरम्को अर्थ ज्ञानयोग, कर्मयोग वा अष्टाङ्ग–योग होइन, योगमायाको चामत्कारिक शक्ति हो अर्थात् यस्तो शक्ति जसले असम्भवलाई सम्भव गर्नसक्छ ।

श्रीकृष्णको योगेश्वर शक्ति, राधा, र रासलीलामा विशेष सम्बन्ध हुन्छ । राधा एक अनौठो शब्द हो । राधा र आराधना दुवै संस्कृतको राध् शब्दले बनेका छन् । राधाको विपरीत धारा हुन्छ । जीवन धारालाई यौगिक क्रियाद्वारा जगत्को विपरीत दिशा, अर्थात् आफूभित्र, गतिमान बनाउनु नै राधा नाम गरेको शक्ति प्राप्त हुनु हो । यसबाट प्राप्त अनन्त आनन्द नै रासलीला हो ।

भगवान् साधकमा दृष्टि बने पछि दिव्य दृष्टि प्राप्त हुन्छ अनि ईश्वर दर्शन हुन्छ । सबैका भित्र भगवान् श्रीकृष्ण– साक्षात् परमेश्वरको निवास छ । सङ्क्षेपमा योगीका हृदयमा ईश्वरले दिएको दिव्य अनुभूति नै विश्वरुप दर्शन हो ।

अघटनघटना चातुर्य वा योगमायाको शक्ति भनेको त्यो हो जसमा असम्भव कुरालाई उहाँले सम्भव बनाएर देखाइदिनु हुन्छ । जुन कुरालाई सामान्यतः हामीले असम्भव ठान्छौं परमसत्तालाई त्यो सबै सम्भव छ ।

एउटा उदाहरणद्वारा पुष्टि गर्न सकिन्छ । गरीबले जीवनभर लगाएर एउटा घर बनाउन सक्दैन । धनीले केही महिनामा महल ठड्याउन सक्छ । निकै धन र शक्ति सम्पन्न छ भने अझै छिटो महल तयार गर्न सक्छ । यो सबै शक्ति र सामथ्र्यमा भरपर्छ । सम्पूर्ण योग शक्तिको मालिक भएकाले ईश्वरले एक छिनमा तिललाई पहाड बनाउन सक्नु हुन्छ ।
===== सञ्जय उवाच =====
एवमुक्त्वा ततो राजन्महायोगेश्वरो हरिः ।

दर्शयामास पार्थाय परमं रुपमैश्वरम् ।।९।।
===== पदच्छेद र शब्दार्थ =====
सञ्जय उवाच (सञ्जयले भने)

एवम् (यसरी) उक्त्वा (भनेर) ततः (त्यसपछि) राजन् (हे राजा धृतराष्ट्र) महायोगेश्वरः (महायोगेश्वर) हरिः (हरिले) पार्थाय (अर्जुनलाई) परमम् (सर्वोच्च) ऐश्वरम् (ईश्वरीय) रुपम् (स्वरुप) दर्शयामास (देखाउनु भयो) ।

सञ्जयले भने–

हे राजा धृतराष्ट्र, यति भनेपछि महायोगेश्वर हरिले अर्जुनलाई आफ्नो सर्वोच्च ईश्वरीय स्वरुप देखाउनु भयो ।।९।।
===== व्याख्या =====
आचार्य शंकरले भनेका छन्, महायोगेश्वर हरिले आफ्नो परम ईश्वरीय स्वरुप देखाउनु भयो यो भनाई यस श्लोकको वाच्यार्थ हो र यस वाक्यको लक्षणार्थ हो अर्जुनले हेरे तर यसको व्यञ्जनार्थ हो– ईश्वरले दिएको क्षमताका आधारमा अर्जुनले हेर्न सके । यसरी श्लोक नौमा अभिधा, लक्षणा र व्यञ्जना सँगै प्रयोग भएको छ ।

सञ्जयको स्वामीभक्ति श्रीकृष्ण प्रति थिएन, धृतराष्ट्र प्रति थियो । उनले धृतराष्ट्रलाई सम्मानपूर्वक भनेको महाराज सम्बोधनबाट नै यो कुरा स्पष्ट हुन्छ । तथापि श्रीकृष्णलाई उनले महायोगेश्वर– असामान्य शक्तिहरुका मालिक– भन्न बिर्सेका छैनन् । उनको रुपलाई परम ईश्वरीय रुप भनी प्रशंसा गरेका छन् । यी यस्ता कुरा हुन् जसले पाठकलाई विश्वरुपको असामान्यतामाथि श्रद्धा र विश्वास गर्ने आधार प्रदान गर्छन् ।

अनेकवक्त्रनयनमनेकाद्भुतदर्शनम् ।

अनेक दिव्याभरणं दिव्यानेकोद्यतायुधम् ।।१०।।
===== पदच्छेद र शब्दार्थ =====
अनेक वक्त्र (अनेक मुख) नयनम् (आँखा) अनेक (अनेक) अद्भुतदर्शनम् (अद्भुत दृश्य) अनेक (अनेक) दिव्य आभरणम् (दिव्य आभूषण भएका) अनेक (अनेक) दिव्य (दिव्य) आयुधम् (आयुधले) उद्यत (उद्यत, सजिएका) ।

त्यस विश्वरुपका अनन्त मुख, अनन्त आँखा भएका अद्भुत दृश्य, अनन्त आभूषण, हान्न उज्याइएका अनेक दिव्य आयुधले सजिएका थिए ।। १० ।।

दिव्यमाल्याम्बरधरं दिव्यगन्धानुलेपनम् ।

सर्वाश्चर्यमयं देवमनन्तं विश्वतोमुखम् ।।११।।
===== पदच्छेद र शब्दार्थ =====
विश्वतोमुखम् (जताततै मुहारै मुहार भएका) देवम् (परमदेव) दिव्यमाल्य (दिव्य माला) सर्व आश्चर्यमयम् (सबै प्रकारका आश्चर्यजनक कुराहरुले भरिएका) अनन्तम् (अनन्त, असीम) दिव्यगन्ध (अलौकिक गन्धले) अनुलेपनम् (सुवासित) अम्बर धरम् (अलौकिक वस्त्रले सजिएका) थिए ।

सर्वतोमुख भएका परमदेव अनन्त, दिव्य माला लगाएका, सबै प्रकारका आश्चर्यजनक कुराहरुले भरिएका, अलौकिक गन्धले सुवासित तथा अलौकिक वस्त्रहरुले सजिएका थिए ।११ ।।

दिवि सूर्य सहस्रस्य भवेद्युगपदुत्थिता ।

यदि भाः सादृशी सा स्याद्भासस्तस्य महात्मनः ।।१२।।
===== पदच्छेद र शब्दार्थ =====
यदि (यदि) तस्य महात्मनः (त्यस महात्माको) भाः (तेज, प्रकाश) दिवि (आकाशमा) सूर्य सहस्रस्य (हजारौं सूर्य) भवेद् युगपद् (एकसाथ हुँदा) उत्थिता (उदाएका) भासः (तेजको, प्रकाशको) सा (त्यो तेज) सादृशी स्याद् (सायदै बराबरी गर्न सक्ला) ।

यदि आकाशमा हजारौं सूर्य एक साथ उदाए भने पनि त्यस महात्माका तेज (प्रकाश) को बराबरी गर्न सायदै सक्ला ।।१२।।

तत्रैकस्थं जगत्कृत्स्नं प्रविभक्तमनेकधा ।

अपश्यद्देवदेवस्य शरीरे पाण्डवस्तदा ।।१३।।
===== पदच्छेद र शब्दार्थ =====
तदा (त्यसबेला) पाण्डवः (पाण्डुपुत्र अर्जुनले) अनेकधा (अनेक विधामा, भिन्न भिन्न किसिमले) प्रविभक्तम् (बाँडिएको) तत्र (त्यस) जगत् कृत्स्नम् (सम्पूर्ण जगत्लाई) अपश्यद् (देखे) देवदेवस्य (देवाधिदेवका) शरीरे (शरीरमा) एकस्थम् (एकै स्थानमा) ।

त्यसबेला अर्जुनले भिन्न भिन्न किसिमले बाँडिएको यो सम्पूर्ण जगत्लाई देवाधिदेव श्रीकृष्णका शरीरमा एकै स्थानमा देखे ।।१३।।

ततः स विस्मयाविष्टो हृष्टरोमा धनञ्जय ।

प्रणम्य शिरसा देवं कृताञ्जलिरभाषत ।। १४ ।।
===== पदच्छेद र शब्दार्थ =====
ततः (अनि) सः (त्यस) विस्मय आविष्टः (विस्मयले उत्तेजित) हृष्टरोमा (रोमाञ्चित भएका) धनञ्जय (धनञ्जय, अर्जुनले) कृत अञ्जलिः (अञ्जलि बनाएर, हात जोडेर) प्रणम्य शिरसा (शिर झुकाई प्रणाम गरेर) कृत अञ्जलिः (अञ्जलि बनाएर, हात जोडेर) देवम् (परमेश्वरलाई, विश्वरुप देवलाई) अभाषत (भन्न थाले) ।

विस्मयले उत्तेजित भएका धनञ्जय रोमाञ्चित भए । अनि हात जोडेर सिर झुकाई प्रणाम गर्दै परमेश्वरलाई भन्न थाले...।।१४।।
===== व्याख्या =====
बिरालो र कुकुरसंगै घाम ताप्दै बसेका थिए । बिरालो मुसक्क हाँस्यो ।

कुकुरले सोध्यो– ‘किन हाँसेको ?’

बिरालो– ‘सपनामा मैले घैंटो र बाछिटो वर्षा भइरहेको देखें । तर आकाशबाट पानी परेको थिएन । पानीको सट्टा आकाशबाट धमाधम मूसा खसिरहेका थिए ।’

कुकुर– ‘सपना त हेर्नु तर यति बेकारको सपना नहेर्नु । हुनै नसक्ने कुरा देखेर अझ मक्ख पर्ने ? आकाशबाट मूसा खसेको कुरा आजसम्म कसैले पनि सुनेको वा देखेको छैन । तर कहिले काहीं हाड खस्छ भन्ने कुरा मैले पनि सुनेको छु । मूसा खस्ने कुरा त आजसम्म सुनेको छैन ।’

वास्तवमा दृश्य भनेको दृष्टिकोण हो । दृष्टि नै सृष्टि हो । अर्थात् मानिसले बाहिर देख्ने कुरा उसका अन्तर्ज्ञानको प्रक्षेपण मात्र हो । दृष्टिकोण परिवर्तन हुनासाथ सामान्य दृष्टि पनि दिव्य हुन पुग्छ ।

ईराकमा एक जना प्रसिद्ध सन्त भएकी छन्– राबिया बसरी । उनले ईश्वरलाई अति नै प्रेम गर्थिन् । मीराले श्रीकृष्णलाई प्रेम गरे जस्तै । उनले सधैं कुरान पढ्ने गर्थिन् ।

एउटा फकीर घुम्दै राबिया कहाँ वास बस्न पुग्यो । त्यहाँ उसले कुरानको एउटा वाक्य केरिएको देख्यो । त्यो वाक्य थियो – ‘शैतानसंग घृणा गर्नु पर्छ ।’

ऊ ज्यादै रिसायो– कुरानको वाक्य कसले केर्यो ?

कुरानमा केरमेट इसलामका दृष्टिमा महापाप हो । इसलाममा यस्तो गर्नु ईश्वर विरोधी कृत्य हो ।

राबिया विनम्र भएर भनिन्– ‘यो काम अरु कसैको होइन, मेरो हो ।’

फकीरले आश्चर्यचकित भएर भन्यो– ‘यति ठूलो भक्त भएर पनि परमात्माका अन्तिम वाक्यलाई यसरी केर्ने ?’

राबिया– ‘मलाई परमात्मासंग कति प्रेम छ भने मलाई सर्वत्र परमात्मा देखिन्छ शैतानमा पनि मैले परमात्मा देख्छू । अनि घृणा कसरी गर्ने ? को संग गर्ने ? किन गर्ने ? त्यही भएर त्यो वाक्य मलाई काम लाग्दैन । अनि मैले केरें ।’ सर्वत्र ईश्वर देख्ने दृष्टिले शैतानमा पनि ईश्वर देख्न थाल्छ ।
===== अर्जुन उवाच =====
पश्यामि देवांस्तव देवदेहे,

सर्वांस्तथा भूतविशेषसंघान् ।

ब्रह्माणमीशं कमलासनस्थं,

ऋषींश्च सर्वानुरगांश्च दिव्यान् ।।१५।।
===== पदच्छेद र शब्दार्थ =====
अर्जुन उवाच (अर्जुनले भने)

तव (तपाईंका) देव देहे (विश्वरुप देहमा) सर्वान् (सबै) देवान् (देवताहरु) तथा (तथा) भूत विशेष संघान् (विशेष प्राणीहरुको समूह) ब्रह्माणम् ईशम् (ब्रह्मा र शिव) कमल आसनस्थम् (कमलापति विष्णु) ऋषीन् च (तथा ऋषिहरुलाई) सर्वान् (सबै) उरगान् (नागहरु– जस्तै वासुकी, अनन्त, तक्षक) च (तथा) दिव्यान् (दिव्यहरु) पश्यामि (देखिरहेको छु) ।

अर्जुनले भने–

हे देव, तपाईंका विराट शरीरमा सम्पूर्ण देवताहरु, विशेष प्राणीहरुको समूह, ब्रह्मा, शिव, कमलासन स्थित विष्णु, तथा दिव्य नागहरुलाई देखिरहेको छु ।। १५ ।।

अनेक बाहूदरवक्त्रनेत्रं,

पश्यामि त्वां सर्वतोऽनन्त रुपम् ।

नान्तं न मध्यं न पुनस्तवादिं,

पश्यामि विश्वेश्वर विश्वरुप ।।१६।।
===== पदच्छेद र शब्दार्थ =====
विश्वेश्वर (हे विश्वेश्वर) विश्वरुप (हे विश्वरुप) पश्यामि (देखिरहेको छु) अनेकौं बाहु (अनेकौं हात) अनन्त रुपम् (अनन्त रुपमा) उदर वक्त्र नेत्रम् (अनेकौं हात, पेट र आँखै आँखा भएका) त्वाम् (तपाईंलाई) सर्वतः( चारैतिर) पश्यामि (देखिरहको छु) न अन्तम् (अन्त छैन) न मध्यम् (मध्य छैन) पुनः (फेरि) तव (तपाईंको) न आदिम् (आदि पनि छैन) ।

हे विश्वेश्वर, अनेकौं हात, उदर र अनेकौं आँखा भएका तपाईंलाई चारैतिर असङ्ख्य रुपमा देखिरहेको छु । तर हे विश्वरुप, यस अनन्त रुपमा तपाईंको आदि, मध्य र अन्त केही पनि देखिदन ।।१६।।

किरीटिनं गदिनं चक्रिणं च,

तेजोराशिं सर्वतो दीप्तिमन्तम् ।

पश्यामि त्वां दुर्निरीक्ष्यं

समन्ताद्दीप्तानलार्कमप्रमेयम् ।। १७ ।।
===== पदच्छेद र शब्दार्थ =====
किरीटिनम् (मुकुट) गदिनम् (गदा) चक्रिणम् (चक्र) च (तथा) तेजोराशिम् (तेजको पुञ्ज) समन्तात् (सबैतिर) अनल (आगो) अर्कम् (सूर्य) दीप्त (उज्यालो, तेजपुञ्ज) दीप्तिमन्तम् (धपक्क बलेको) दुःनिरीक्ष्यम् (हेर्न नसकिने) अप्रमेयम् (अपरम्पार छ) त्वाम् (तपाईंलाई) सर्वतः (चारैतिर) पश्यामि (देखिरहेको छू) ।

मुकुट, गदा र चक्र धारण गर्नु भएका, चारैतिर तेजको पुञ्जले झल्मलाउँदो अग्नि र सूर्यको समान धपक्क बलेको , आँखाले हेर्नै नसकिने र अपरम्पार हुनुहुन्छ । मैले जताततै तपाईंलाई देखिरहेको छू ।। १७ ।।
===== व्याख्या =====
अर्जुनले देखेको विश्वरुप आश्चर्यजनक छ । जताततै अनगन्ती अनुहारहरुमा अलग अलग प्रकारका अनगन्ती आँखा, यस अघि नदेखेका अनेक प्रकारका अलौकिक आभूषण, अनेकौं हातहतियार, अनेकौं वस्त्र, अनेक दिव्य मालाहरु, अनेक प्रकारका दिव्य सुगन्ध छ । जता हेर्यो उतै आश्चर्यजनक वस्तुहरु छन् ।

यो सर्वव्यापक स्वरुप सीमारहित रुपमा आकाशदेखि पृथ्वीसम्म जताततै त्यसै गरी फैलिएको छ जसरी वातावरणमा वायु, गन्ध वा सूर्यको प्रकाश सर्वत्र फैलिएको हुन्छ । सर्वतोमुखको अर्थ हुन्छ सबै दिशामा व्याप्त, सबैतिर फर्केको ।

संस्कृत ग्रन्थहरुमा पूर्व पश्चिम, उत्तर र दक्षिणबाहेक अन्य छवटा दिशाहरु मानिन्छ– आग्नेय (दक्षिणपूर्व), नैर्ऋत्य (दक्षिणपश्चिम), वायव्य (पश्चिमोत्तर), ईशान (पूर्वोत्तर), आकाश (माथि) र पाताल (जमीनमुनि) । यी सबै ढाकेको स्वरुप नै विश्वतोमुख हो ।

स्वामी योगानन्दका अनुसार आन्तरिक आकाशमा कुण्डलिनी जागरण नै अलौकिक नागको दर्शन हुनु हो । यो जाग्रत भए पछि ईश्वर साक्षात्कारको अनुभव एक योगीले गर्दछ । त्यसैले यो विश्वरुप समाधिका अवस्थाको अनुभव हो ।

सर्वत्र ढाकेको अनेकौं अनुहार, हात, पेट आदि चारैतिर फैलिएका देखिरहेको बताउँछन् । ती अनुहारमा वीर, भयानक, वीभत्स, अद्भुत, उत्साह, भय, घृणा, आश्चर्य अनेकौं भाव छन् । करुणावान् अनुहारले करुणापूर्ण दृष्टिले हेर्दै छन् भने रौद्र अनुहारले डरलाग्दो कृत्य गरेका छन् । कसैले डरलाग्दो गरी मुख बाएका छन्, कसैले वीभत्स तरीकाले खाँदै गरेको छ, कोहीले मरणान्त ध्वनि गर्दैछन्, कोही गुहार माग्दै छन्, र कोही आतङ्कित छन् ।

त्यसै गरी नयनको अर्थ पनि सामान्य आँखा होइन । आँखाको स्थानमा अद्भुत दर्शन छन्– कुनै आँखामा सूर्य, कुनैमा चन्द्रमा, र कहीं आगाको लपलपाउँदो राँको । कोही काल भैरवका आँखा जस्ता रगत उम्लिएका देखिन्छन् । अनेकौं मुखका अनेकौं भाव छन् । सन्त ज्ञानेश्वरले यी विभिन्न भावहरुको बडो सुन्दर वर्णन गरेका छन् । तर उनले पनि के मान्दछन् भने ती अनन्त भावको वर्णन असम्भव छ ।

गीताको विश्वरुपले ऋग्वेद १०.९०, शुक्लयजुर्वेद, रुद्राष्टाध्यायी अध्याय दुई, मुण्डकोपनिषद् आदिमा वर्णन गरिएको हजारौं शिर, हजारौं नेत्र, र हजारौं चरण र ब्रह्माण्ड भन्दा पनि व्यापक त्यस विराट स्वरुपको स्मरण हुन्छ जसबाट यो सृष्टि भएको हो ।

यस विश्वरुपमा सृष्टिकर्ताको रुपमा ब्रह्मा, पालनकर्ताको रुपमा विष्णु र संहारकर्ताको रुपमा शङ्कर एकै स्थानमा छन् । त्यसैले यो विश्वरुप सृष्टि स्थिति र प्रलय तीन स्वरुपको मिश्रण हो तथापि भयभीत अर्जुनले प्रलयंकारी स्वरुपमा मात्र देख्न सकेका छन् ।

त्यस विश्वरुपबाट हजारौं सूर्य एकै चोटि उदाउँदाको असहनीय प्रकाश निस्कीरहेको थियो। एकै चोटि हजारौं सूर्य उदय हुँदाको असहनीय प्रकाश एक यस्तो असम्भव तुलना हो जसको कल्पना गर्न सकिंदैन । अन्य कुनै पनि कुराको प्रकाशको तुलना सूर्यको प्रकाशसंग गरिन्छ। स्वयं सूर्यको प्रकाश कुन कुरासंग तुलना गर्नु ? त्यसमाथि हजारौं सूर्यको तुलना ? यसको अर्थ के हो भने त्यो प्रकाश अर्कै हो । जुन प्रकाश हाम्रो आँखाले जानेको छ, त्यो प्रकाश होइन ।

एउटै सूर्यलाई सोझो हेर्यो भने आँखाले केही देख्दैन । हजारौं सूर्य एकै चोटि उदाउँदा आँखा अगाडि अन्धकारबाहेक अरु के होला ? जसरी मधुरो आवाज भए पनि कानको क्षमताले गर्दा सुनिँदैन र चर्को भए पनि सुनिँदैन त्यसै गरी आँखाको पनि एक सीमा हुन्छ, निश्चित तरंगको उज्यालोभन्दा कम र बढी दुवै अवस्थामा केही देखिंदैन, केवल अन्धकार देखिन्छ ।

श्लोक १७ मा प्रलयको आगो झैं बलेको राँको, दीप्त, अनल, र अर्क भन्नुका पछाडि अर्जुनको मनोभावमा विस्मय, आतङ्क र हर्ष सबै कुराको उत्तेजना देखिन्छ किनभने यी सबै आगोको पर्याय हुन् ।

विश्वरुप कस्तो हुन्छ ? यस बारेमा विद्वान बीच विभिन्न मत छन् । पहिलो अवधारणा अनुसार, यो सम्पूर्ण ब्रह्माण्ड नै ईश्वर हो । त्यसमा ब्रह्मा, रुद्र, वसु, इन्द्र, आदित्य आदि सबै देवताहरु छन् । हाम्रा आँखाको क्षमता नभएकोले हामीले हेर्न नसकेको मात्र हो ।

दोस्रो अवधारणा अनुसार, विश्वरुप आत्मसाक्षात्कारको अवस्था हो । यसको पक्षमा तर्क दिनेहरुले गीताको त्यो वाक्य प्रस्तुत गर्छन् जसमा भनिएको छ– जे तिमी हेर्न चाहन्छौ त्यो हेर । बाहिर जे जे छ त्यो हेर होइन । यो ध्यानको अवस्था हो ।

तेस्रो अवधारणा अनुसार, भगवान श्रीकृष्ण छवटै ऐश्वर्यका मालिक भएकाले उहाँले नै विश्वरुप देखाउनु भएको हो । यस्तो स्वरुप आफ्नो जीवनकालमा यस अघि माता यशोदा र दुर्योधनलाई देखाउनु भएको छ ।

सर्वव्यापी स्वरुपका अनेक बाहु, नयन इत्यादि उल्लेखलाई सर्वपल्ली राधाकृष्णनले भगवानको सार्वभौमसत्ता र सर्वत्र विधानतालाई ध्वनित गर्नका लागि रचिएको काव्योचित अत्युक्ति मानेका छन् ।

सन्त ज्ञानेश्वरका अनुसार, जाग्रत व्यक्ति स्वप्नको शक्तिमा पुगे पछि जसरी आफैंले सारा संसार देख्छ त्यसै गरी ईश्वरले अर्जुनलाई आफ्नो ऐश्वर्य देखाइरहनु भएको छ । जयदयाल गोयन्दका र स्वामी ईश्वरानन्दले यसलाई अघटित घटना दर्शनको रुपमा व्याख्या गर्छन् । उनीहरुले विराट ईश्वरको सर्वव्यापी शरीरमा यी सबै कुरा अर्जुनले देखिरहेको मान्दछन् ।

अघटनघटना चातुर्य वा योगमायाको शक्ति भनेको त्यो हो जसमा असम्भव कुरालाई उहाँले सम्भव बनाएर देखाइदिनु हुन्छ । जुन कुरालाई सामान्यतः हामीले असम्भव ठान्छौं परमसत्तालाई त्यो सबै सम्भव छ । एउटा उदाहरणद्वारा पुष्टि गर्न सकिन्छ । गरीबले जीवनभर लगाएर एउटा घर बनाउन सक्दैन । धनीले केही महिनामा महल ठड्याउन सक्छ । निकै धन र शक्ति सम्पन्न छ भने अझै छिटो महल तयार गर्न सक्छ । यो सबै शक्ति र सामथ्र्यमा भरपर्छ । सम्पूर्ण योग शक्तिको मालिक भएकाले ईश्वरले एक छिनमा तिललाई पहाड बनाउन सक्नु हुन्छ ।

जसरी एक कथाकार आफ्ना सम्पूर्ण पात्रहरुमा फैलिएको हुन्छ, विश्वरुपको तुलना त्यससंग गर्न सकिन्छ । कथाकारले अलग अलग पात्र, अलग अलग घटना र अलग अलग चरित्र निर्माण गरे पनि मुख्य पात्र त्यो आफैं हुन्छ । आफू पात्रभन्दा अलग पनि हुन्छ र पात्रमा पनि हुन्छ । ठीक त्यसै गरी सुरमुनिदेखि भुसुनासम्म प्रत्येकको घटमा विश्व ब्रह्माण्डको रचयिता टम्म परेर रहेको हुन्छ र अलग पनि हुन्छ ।

मनोवैज्ञानिक दृष्टिले प्रत्येक व्यक्ति आफैंमा विश्वरुप हो । प्रत्येक मानिस भित्र क्षण क्षणमा बदलिने असङ्ख्य व्यक्तित्व हुन्छन् । जति व्यक्तित्व हुन्छन्, उति दृष्टिकोण हुन्छन् र जति दृष्टिकोण हुन्छन् उतिवटा दृष्टि हुन्छन् । जति दृष्टि हुन्छन्, उत्तिनै सृष्टि हुन्छन् । यी सबै नानाथरी रुप मानिस भित्रै छन् ।

सूर्यका प्रकाशको तुलनामा अझ बढी गतिमा हिंड्नसक्ने अवस्थामा काल पनि स्थिर हुन्छ भन्ने मानिन्छ । तर भूत, वर्तमान, र भविष्यलाई एक स्थानमा बनाउन सकिने कुरा वैज्ञानिक परिकल्पनाभन्दा बाहिरको कुरा हो ।

विश्वमा प्रचलित सबै धर्म–समप्रदायले परमात्माको अनुभूतिलाई अद्भुत प्रकाश मानेका छन् । आजसम्म जसले पनि ईश्वरको साक्षात्कार गरेका छन् उनीहरुले यसलाई प्रकाशस्वरुप नै भनेका छन् । साथै यो प्रकाश बाहिर देखिने प्रकाश जस्तो होइन पनि भनेका छन् । यस्तो प्रकाशलाई क्रिस्तान सन्तहरुले डार्क लाइट अफ् द सोल भनेका छन् ।

त्वमक्षरं परमं वेदितव्यं,

त्वमस्य विश्वस्य परं निधानम् ।

त्वमव्ययः शाश्वतधर्मगोप्ता,

सनातनस्त्वं पुरुषो मतो मे ।।१८।।
===== पदच्छेद र शब्दार्थ =====
त्वम् (तपाईं नै) वेदितव्यम् (जान्न योग्य) अक्षरम् परमम् (अक्षर ब्रह्म) त्वम् (तपाईं) अस्य विश्वस्य (यस जगत्को) परम् निधानम् (परम् आधार) त्वम् अव्ययः (तपाईं अविनाशी) शाश्वत (सनातन) धर्मगोप्ता (धर्मको रक्षक) मे (मेरो) मतः (विचारमा) त्वम् (तपाईं) सनातनः (सनातन) पुरुषः (पुरुष) हुनुहुन्छ ।

तपाईं नै अन्तिममा जान्ने योग्य अक्षर अर्थात् ब्रह्म, तपाईं नै संसारको अन्तिम आधार, तपाईं नै अव्यय र शाश्वत धर्मको रक्षक हुनुहुन्छ । मेरो विचारमा तपाईं नै सनातन पुरुष हुनुहुन्छ ।। १८ ।।

अनादिमध्यान्तमनन्तवीर्य

मनन्तबाहुं शशिसूर्यनेत्रम् ।

पश्यामि त्वां दीप्तहुताशवक्त्रं,

स्वतेजसा विश्वमिदं तपन्तम् ।।१९।।
===== पदच्छेद र शब्दार्थ =====
अनादि मध्य अन्तम् (आदि, मध्य, र अन्त नभएको) अन्तवीर्यम् (अनन्त सामथ्र्य शक्ति भएको) अनन्तबाहुम् (अनगन्ती हात) शशिसूर्यनेत्रम् (चन्द्रसूर्य नेत्र भएको) दीप्त हुताश वक्त्रम् (धप्धप् बलेको अग्नि जस्तो मुहार) त्वाम् (तपाईं) स्वतेजसा (आफ्ना तेजले) इदम् (यो) विश्वम् (विश्व) तपन्तम् (दनदनी गरेर बाल्न लाग्नु भएको) पश्यामि (मैले यस्तो देखिरहेको छु) ।

जसको आदि, मध्य, र अन्त छैन, जसका अनगन्ती हातहरु छन्, चन्द्रसूर्य जसका नेत्र छन्, जसको मुहार धप्धप् बलेको अग्नि जस्तो छ, यस्तो अनन्त शक्ति भएका तपाईंले नै आफ्ना तेजले यो सम्पूर्ण जगत्लाई दनदनी बाल्न लाग्नु भएको छ । तपाईंलाई मैले यस्तो देखिरहेको छु ।। १९ ।।
===== व्याख्या =====
तपाईं शाश्वतधर्मगोप्ता र सनातन पुरुष तपाईं नै हुनुहुन्छ । गोप्ता शब्दको एउटा अर्थ हुन्छ जोगाएर राख्ने व्यक्ति । त्यसैले शाश्वतधर्मगोप्ताको अर्थ हुन्छ सधैं जोगाएर राख्ने धर्मको अमर प्रहरी, अन्तिम रक्षक ।

यस्तो मेरो विचार छ, इत्यादि अर्जुनका वाक्यले अर्जुनको विनम्रता, शिष्यता र वाक्पटुता अभिव्यक्त भएको छ । उनले कुनै निर्णय दिएका छैनन्, आफ्नो मत दिइरहेका छन्, त्यो मत अरुका मतसंग मिल्नु पर्छ भन्ने छैन ।

जसले केही जान्यो त्यो विनम्र हुनजान्छ । जसले जान्दैन उसमा अहंकार प्रदर्शन हुन्छ । विनम्र शिष्यले भन्ने तरिका त्यही नै हो । त्यसैले यस अध्यायमा गुरु शिष्यको संवाद गर्ने विधि, आर्ट अफ् स्पीकिङ्ग पनि सिकाइएको छ ।

द्यावापृथिवीव्योरिदमन्तरं हि,

व्याप्तं त्वयैकेन दिशश्च सर्वाः ।

दृष्ट्वाद्भुतं रुपमुग्रं तवेदं,

लोकत्रयं प्रव्यथितं महात्मन् ।।२०।।
===== पदच्छेद र शब्दार्थ =====
महात्मन् (हे महात्मन्) द्यावापृथिवीव्याः (आकाशदेखि र पृथिवी सम्म) इदम् (यो) अन्तरम् (दुवै स्थानको अन्तरमा) त्वया (तपाईं) एकेन (एउटा) हि (नै हुनुहुन्छ) दिशः च सर्वाः (सबै दिशामा, सर्वत्र) व्याप्तम् (व्याप्त हुनुहुन्छ) दृष्ट्वा (देखेर) अद्भुतम् (अद्भुत) रुपम् उग्रम् (उग्र रुप) तव (तपाईंको) इदम् (यो) लोकत्रयम् (तीन लोक) प्रव्यथितम् (व्याकुल भइरहेका छन्) ।

हे महात्मन्, तपाईं एक हुनुहुन्छ तर आकाशदेखि र पृथिवीका बीचको यो अन्तर ढाकी सबै दिशाहरुमा एउटै तपाईंले ढाकिएका छन् । तपाईंको यस अद्भुत र उग्ररुपलाई देखेर तीन लोकका प्राणीहरु व्याकुल भइरहेका छन् ।। २० ।।
===== व्याख्या =====
सामान्य दृष्टि समाप्त भए पछि मात्र सर्वत्र ईश्वर देखिने दिव्य दृष्टि सुरु हुन्छ । यो त्यही अवस्था हो जब सबै कुरा आफू भित्र अनुभव हुन्छ । स्वामी रामतीर्थले भनेका थिए– समाधिमा एक पटक मैले आफू भित्र सूर्य–चन्द्र र सारा ब्रह्माण्ड देखेको हूँ ।

त्यस अवस्थामा दृष्टि र द्रष्टा एउटै हुन्छ । संसार विलीन हुनजान्छ ।
मोतीरामले त्यस अनुभवलाई यसरी व्यक्त गरेका छन्–

यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्,

उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।

यसो भन्छौ त फल्फुलमा उसो भन्छौ त जल्थल्मा,

जता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।

अमी हि त्वां सुरसंघा विशन्ति,

केचिद्भीता प्राञ्जलयो गृणन्ति ।

स्वस्तीत्युक्त्वा महर्षिसिद्धसंघाः,

स्तुवन्ति त्वां स्तुतिभिः पुष्कलाभिः ।।२१।।
===== पदच्छेद र शब्दार्थ =====
अमी (ती सबै) हि (नै) त्वाम (तपाईंमा) सुरसंघा (देवताहरुको समूह) विशन्ति (प्रवेश गर्छन्) केचिद् (कोही) भीता (डराएर) प्राञ्जलयः (हात जोडेर) गृणन्ति (प्रार्थना गर्छन्) महर्षिसिद्धसंघाः (महर्षि, सिद्धका समूह) त्वाम् (तपाईंलाई) स्वस्ति (स्वस्ति) इति (यस प्रकार) उक्त्वा (भनेर) पुष्कलाभिः (श्रेष्ठ) स्तुतिभिः (स्तोत्रले) स्तुवन्ति (स्तुति गर्छन्) ।

अहो, ती सबै देवताहरुको समूह तपाईंमा प्रवेश गरिरहेका छन्, कोही डराएर फूल लिएर हात जोडेर प्रार्थना गरिरहेका छन् । महर्षि र सिद्धका संघहरुले ‘स्वस्ति’ भन्दै श्रेष्ठतम स्तोत्रले स्तुति गरिरहेका छन् ।। २१ ।।

रुद्रादित्या वसवो ये च साध्या,

विश्वेऽश्विनौ मरुतश्चोष्मपाश्च ।

गन्धर्व यक्षासुरसिद्धसंघा,

वीक्षन्ते त्वां विस्मिताश्चैव सर्वे ।।२२।।
===== पदच्छेद र शब्दार्थ =====
रुद्र–अदित्याः (रुद्रगण, आदित्य) वसव (वसु) ः साध्याः (साध्यगण) विश्वे (विश्वेदेवहरु) अश्विनौ (अश्विनीकुमार) मरुतः च (तथा मरुत्गण) ऊष्मपाः (पितृगण) ये (जुन) च (तथा) च गन्धर्व (तथा गन्धर्व) यक्ष (यक्ष) असुर ( असुर) च एव (तथा) सिद्ध (सिद्धहरु) सर्वे (सबैसंघा (समूह समूहमा) त्वाम् (तपाईंलाई) विस्मिताः (विस्मित भएर) वीक्षन्ते (हेर्छन्) ।

रुद्रगण, आदित्य, वसुहरु, साध्यगण, विश्वेदेवहरु, अश्विनीकुमारहरु, मरुत्गण, पितृगण, गन्धर्व, यक्ष, राक्षस, र सिद्ध सबै समूहसमूहमा विस्मित भएर तपाईंलाई हेरिरहेका छन् ।। २२ ।।

रुपं महत्ते बहुवक्त्रंनेत्रं,

महाबाहो बहुबाहुरुपादम् ।

बहूदरं बहुदंष्ट्रा करालं,

दृष्ट्वा लोकाः प्रव्यथितास्तथाहम् ।।२३।।
===== पदच्छेद र शब्दार्थ =====
रुपम् महत् (विशाल रुप) ते (तपाईंको) बहुवक्त्रनेत्रम् (अनकौं मुख र आँखा) महाबाहो (हे महाबाहु) बहुबाहुः उरुपादम् (अनेक हात, जङ्घा र गोडाहरु) बहु उदरम् (अनेक पेट) बहुदंष्ट्रा करालम् (अनेक दाँत र दाह्रा) दृष्ट्वा (देखेर) लोकाः (ससार) प्रव्यथिताः (डराई रहेको छ) तथा अहम् (म पनि त्यसै गरी डराई रहेको छु) ।

हे महाबाहू, तपाईंको विशाल स्वरुपमा निकै धेरै मुख, निकै धेरै आँखा, निकै धेरै हात, पेट र खुट्टा छन् । यसलाई देखेर (जसरी) सारा लोक डराई रहेको छ, त्यसै गरी म पनि डराई रहेको छु ।।२३।।

नभः स्पर्शं दीप्तमनेकवर्णं,

व्यात्ताननं दीप्तविशालनेत्रम् ।

दृष्ट्वा हि त्वां प्रव्यथितान्तरात्मा,

धृतिं न विन्दामि शमं च विष्णो ।। २४।।
===== पदच्छेद र शब्दार्थ =====
नभः स्पर्शम् (आकाश छुने) दीप्तम् ( धपधप बल्दो) अनेकवर्णम् (नानाथरी रङ्गका) व्यात्त आननम् (मुख पूरै खोलेका) दीप्त (आगो झैं बलेका) विशालनेत्रम् (विशाल आँखाहरु) दृष्ट्वा (देखेर) हि (नै) त्वाम् (तपाईंको) प्रव्यथित अन्तरात्मा (भित्रैबाट भयभीत) विष्णो (हे विष्णो) शमम् (शान्ति) च (र) धृतिम् (धैर्य) न विन्दामि (मलाई भएको छैन) ।

आकाश छुने, धपधप् बल्दो, नानाथरी रङ्गका, पूरै मुख खोलेका, आगो झैं बलेका विशाल आँखाहरु भएको तपाईंलाई देखेर म भित्रैबाट भयभीत भएको छु । हे विष्णो, मलाई धैर्य र शान्ति छैन ।। २४ ।।

दँष्ट्राकरालानि च ते मुखानि,

दृष्ट्वैव कालानल सन्निभानि

दिशो न जाने न लभे च शर्म,

प्रसीद देवेश जगन्निवास ।।२५।।
===== पदच्छेद र शब्दार्थ =====
दँष्ट्राकरालानि (दाह्राले विकराल) च (तथा) ते (तपाईंका) दृष्ट्वा एव (देखेर नै) मुखानि (मुहार, मुख) काल– अनल सन्निभानि (प्रलयकालीन अग्नि जस्तो) दिशः न जाने (दिशाविदिशाको ज्ञान हुँदैन) न लभे च शर्म (सुख शान्ति प्राप्त भएन) देवेश (हे देवाधिदेव) जगन्निवास (हे जगन्निवास) प्रसीद (प्रसन्न हुनुहोस्) ।

दाह्राले विकराल र प्रलयकालीन अग्निको जस्तो तपाईंको मुहार देखेर मलाई दिशाविदिशा ज्ञान भएन (रिंगटा लागिरहेछ) । सुख–शान्ति छैन । हे देवाधिदेव, हे जगन्निवास, प्रसन्न हुनुहोस् ।।२५।।
===== व्याख्या =====

अर्जुनको यो भनाईले महाभारत विष्णुसहस्रनाम स्तोत्रको निम्न्लिखित श्लोक सम्झना हुन्छ-

'''नमोsस्त्वनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षिशिरोरुबाहवे ।

'''सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणै नमः ।।''''''

विश्वमा जति हातखुट्टा, आँखामुख अवयव छन् ती सबै विराटकै अङ्ग प्रत्यङ्ग हुन्। जति पनि सुन्दर र डरलाग्दा रुप छन् ती पनि सोही विराट्का अङ्ग प्रत्यङ्ग हुन् । शृङ्गार, हास्य, करुण, रौद्र, प्रेम, हाँसो, शोक, क्रोध लगायत सबै भाव विराटदेखि भिन्न छैनन् । तर अर्जुन भयभीत भएकोले विश्वरुपको उग्र भाव मात्र देखिरहेका छन् ।

मानव, ऋषि, देव, पितर, यक्ष, सिद्ध आदि अर्जुनले जाने जतिका प्राणी समुदाय पनि यस स्वरुपमा अर्जुनले देखिरहेका छन् ।

'''ऋषि–महर्षि'''– दिव्य ज्ञान र गहन अन्तर्दृष्टि हुने र सत्यको साक्षात्कार गर्ने व्यक्तिलाई ऋषि भनिन्छ । शास्त्रहरुमा देवर्षि, राजर्षि, ब्रह्मर्षि आदिको उल्लेख पाइन्छ । ऋग्वेदका मन्त्रहरुमा गार्गी, अपाला, घोषा, लोपामुद्रा आदि ३० वटा ऋषिकाहरु तथा ४०० ऋषिहरुको नाम पाइन्छ । गीतामा भृगुलाई महर्षिहरुमा प्रमुख (१०.२५) र नारदलाई देवर्षिमा प्रमुख (१०.२६) भनिएको छ ।

'''सिद्ध'''– सिद्धको सामान्य अर्थ हो शारीरिक, मानसिक तथा अतीन्द्रिय साधनालाई पूर्ण गरिसकेको साधक वा ज्ञान प्राप्त व्यक्ति । गीता (१०.२६) मा कपिल मुनिलाई सिद्ध भनिएको छ ।

जैन दर्शनमा जन्म मृत्युको चक्रबाट मुक्त पुरुषलाई सिद्ध भनिन्छ । नाथ सम्प्रदायमा सिद्ध भनेको विशेष सिद्धि प्राप्त व्यक्ति हो । यस सम्प्रदायमा सिद्धहरुको संख्या ८४ मानिएको छ ।

'''ऊष्मपा'''– पितृसमुदायलाई ऊष्मपा (तातो बाफ उड्ने खाना मनपराउने) भनिन्छ । यिनको संख्या सात छ– कव्यवाह, अनल, सोम, यम, अर्यमा, अग्निस्वात्त, बर्हिषद् । गीता (१०.२९) मा पितृहरुमा अर्यमालाई प्रमुख बताइएको छ ।

'''गन्धर्व'''– कश्यप ऋषिका तीन पत्नीबाट सुरु भएको सृष्टिमा क्रमशः गन्धर्व, यक्ष, र राक्षस (असुर) बने । गन्धर्व विशिष्ट शक्तियुक्त मानवेतर प्राणी हुन् । गन्धर्वलाई संगीत र कलाका विशिष्ट शक्ति प्राप्त छन् । यिनीहरु स्वर्गमा बस्छन् । यिनका सुन्दर पत्नीहरुलाई अप्सरा भनिन्छ । गीता (१०.२६) मा चित्ररथलाई प्रमुख गन्धर्व बताइएको छ ।

'''यक्ष र राक्षस'''– यक्ष र राक्षस विशेष शक्ति युक्त मानवेतर प्राणी हुन् । यी दुईमा फरक के भने राक्षसहरु आसुरी सम्पदा प्रधान प्राणी हुन् र यिनीहरुले मायावी शक्ति अरुलाई हानि पुर्याउने कामका लागि उपयोग गर्छन्ल। गन्धर्व, यक्ष, र किन्नर आदिमा मायावी शक्ति हुन्छ तर उनीहरुले अरुलाई भ्रममा पार्नका लागि यसको प्रयोग गर्छन् भन्ने मानिन्छ । केन उपनिषदमा ब्रह्मले यक्ष रुपमा वायु, अग्नि आदि देवताको परीक्षा लिएको विवरण पाइन्छ। महाभारतमा युधिष्ठिर यक्षको प्रश्नोत्तर प्रसिद्ध छ । भगवान् शिवका गणमा पनि धेरै यक्षहरु छन् ।

केही असल राक्षसको वर्णन पनि पाइन्छ । भीमकी पत्नी हिडिम्बालाई राक्षस कुलकी बताइएको छ । हिडिम्बाको छोरो बर्बरीकलाई भगवान् कृष्णको स्वरुप (खाटू स्याम) मानिन्छ। गीतामा प्रह्लादलाई दैत्यमा (१०.३०) र यक्ष तथा राक्षसहरुमा कुबेरलाई श्रेष्ठ (१०.२३) बताइएको छ ।
{| class="wikitable"
|+ तालिका ११.२ ऋषि, पितृ, सिद्ध, गन्धर्व, यक्ष र राक्षस

! नाम!! शक्ति !! उदाहरण

| सिद्ध || साधनाको पूर्णता प्राप्त व्यक्ति || कपिल (१०.२६), मनु, व्यास

| विश्वे || गृहस्थीको सम्पन्नताका देवता || विश्वेदेव (११.२२)

| ऋषि–महर्षि|| दिव्य ज्ञान र गहन अन्तर्दृष्टि हुने व्यक्ति,

देवर्षि, राजर्षि, ब्रह्मर्षि||
|महर्षि भृगु (१०.२५), देवर्षि नारद (१०.२६), राजर्षि जनक

| पितृ || ऊष्मपा, तातो बाफयुक्त खाना रुचाउने|| अर्यमा (१०.२९)

| गन्धर्व || संगीत र कलाका विशिष्ट शक्ति || चित्ररथ (१०.२६)

| यक्ष र राक्षस|| मायावी शक्ति, मुख्यतः आसुरी सम्पदा प्रधान|| प्रह्लाद (१०.३०) र कुबेर (१०.२३)

तामसिक शक्तिका प्राणीहरुले चकित र भयभीत भएर त्यस दिव्यस्वरुपलाई त्यहीं भित्रैबाट हेरिरहेका छन् । ऋषि, महर्षि र सिद्ध आदि आध्यात्मिक समूहले प्रसन्न भई उपासना र स्तुति (मन्त्रोच्चार) गरिरहेका छन् । कोही भयभीत भई भागाभाग गरिरहेका छन् ।

अर्जुनले संसारलाई त्रस्त भएको देखिरहेका छन् । भय र विस्मातले थर्थर काम्दै विचलित भएर विन्ती गर्दै छन्– हे महेश्वर, हे उग्ररुप, प्रसन्न हुनुहोस् ।

गुहार माग्न नसकिने गरी प्राकृतिक वा मानवीय विपत्ति आइपर्दा, रोक्न नसक्ने डरलाग्दो महामारी फैलिंदा, तथा विश्वयुद्ध जस्तो ठूलो युद्ध घोषणा हुँदा, सर्वसाधारण मानिसहरु आतंकित, भयभीत, एवं किंकर्तव्यविमूढ हुन पुग्छन् । अमेरिकाको ट्विन टावरमा वि.सं. २०५८ मा जहाज ठोकाईंदा लगभग २५०० जना जलेर मरेका थिए । विश्वको सबभन्दा अग्लो जुम्ल्याहा टावर हेर्दा हेर्दै धराशायी भएको थियो । यस घटनालाई नाइन–इलेवेन घटना भनिन्छ । त्यो घटना घटित हुँदा प्रत्यक्षदर्शी मात्र होइन टी भी मा समाचार हेर्ने पनि आतङ्कित हुनपुगे । जापानमा आएको सुनामी एक सामुद्रिक भूकम्पको घटना थियो जुन घटना हुँदा सारा लोक वि.सं.२०६८ मा भयभीत बनेका थिए । अफ्रीकामा स्वाइन फ्लुको महामारी फैलिंदा जनजीवन त्रस्त बनेको थियो। वि.सं. २०७२ को भूकम्पमा नेपालमा त्राहि–त्राहि मच्चिएको थियो । वि.सं.२०७७–७८ मा कोविड महामारीले संसार भरिका मानिसहरुले लगभग एक वर्ष भरभित्र बसेर बिताउनु पर्यो ।

हुनत, वराह र नर्सिंह अवतार भगवान् विष्णुका उग्ररुप हुन्, तथापि महादेवको उग्ररुप धेरै प्रसिद्ध छ । त्यसैले यहाँ महेश्वर भनिएको छ ।

अमी च त्वां धृतराष्ट्रस्य पुत्राः,

सर्वे सहैवावनिपालसंघै ।

भीष्मो द्रोणः सूतपुत्रस्तथासौ,

सहास्मदीयैरपि योधमुख्यैः ।।२६।।

वक्त्राणि ते त्वरमाणा विशन्ति,

दंष्ट्राकरालानि भयानकानि ।

केचिद्विलग्ना दशनान्तरेषु,

संदृश्यन्ते चूर्णितैरुत्तमांगैः।।२७।।
===== पदच्छेद र शब्दार्थ =====
अमी (यी) च (तथा) त्वाम् (तपाईंमा) धृतराष्ट्रस्य पुत्राः (धृतराष्ट्रका छोराहरु) सर्वे (सबै) अवनिपालसंघै (राजाहरुको फौज) सह (सहित) एव (नै) भीष्मः द्रोणः (भीष्म, द्रोण) तथा (तथा) सूतपुत्रः (सूत पुत्र कर्ण) असौ (त्यो पनि) सह (साथमा) अस्मदीयैः (हाम्रो पक्षका) अपि (पनि) योधमुख्यैः (मुख्य योद्धाहरु) ते (तपाईंका) वक्त्राणि (मुखमा) भयानकानि (भयानक) दंष्ट्राकरालानि (विकराल दाह्रा) त्वरमाणा (तीव्रगतिका साथ) विशन्ति (प्रवेश गर्छन्) केचित् (केही) चूर्णितैः (चकनाचूर, छिया छिया परेका) उत्तम अङ्गै ः (सिरहरुसहित) विलग्ना (लागेका, अड्केका) दशन अन्तरेषु दाँतहरुको बीचमा) संदृश्यन्ते (देखिन्छन्) ।

यी सबै राजाहरुका फौजसहित धृतराष्ट्रका सबै पुत्रहरु, पितामह भीष्म, आचार्य द्रोण, सूतपुत्र कर्ण (अर्को पक्षका) अनि हाम्रो पक्षका पनि सबै मुख्य मुख्य योद्धाहरु तपाईंको भयानक दाह्रा भएको मुखमा तीव्रगतिले प्रवेश गरिरहेका छन् । कुनै कुनै त दाँतका अन्तरमा अड्किएर टाउको चकनाचूर भएको देखिन्छन् ।। २६–२७ ।।

यथा नदीनां बहवो अम्बुवेगाः,

समुद्रमेवाभिमुखा द्रवन्ति ।

तथा तवामि नरलोकवीरा,

विशन्ति वक्त्राण्यभिविज्वलन्ति ।।२८।।
===== पदच्छेद र शब्दार्थ =====
यथा (जसरी) नदीनाम् (नदहिरुका) बहवो अम्बुवेगाः (तीव्रगतिमा बग्ने पानी) समुद्रम् एव (समुद्रतिर) अभिमुखाः (मुख गरेर) द्रवन्ति (बग्छन्) तथा (त्यसै गरी) नरलोकवीरा (मनुष्यलोकका वीर योद्धा) अभिविज्वलन्ति (प्रज्ज्वलित) तव (तपाईंका) वक्त्राणि (मुखहरुमा) अमि (उनीहरु) विशन्ति (प्रवेश गर्छन्)।

तीव्र गतिमा बग्ने नदीको पानी जसरी समुद्रमा प्रवेश गर्छ, त्यसै गरी मनुष्यलोकका वीरयोद्धा बगेर तपाईंको प्रज्ज्वलित मुखहरुमा त्यसै गरी पसेर विलीन भइरहेका छन् ।।२८।।

यथा प्रदीप्तं ज्वलनं पतंगा,

विशन्ति नाशाय समृद्धवेगाः ।

तथैव नाशाय विशन्ति लोका

स्तवापि वक्त्राणि समृद्धवेगाः ।।२९।।
===== पदच्छेद र शब्दार्थ =====
पतंगा (पुतलीहरु) नाशाय (मर्नका लागि) यथा (जसरी) प्रदीप्तम् (बलेको) ज्वलनम् (अग्निमा) समृद्धवेगाः (तीव्र गतिमा) विशन्ति (प्रवेश गर्छन्) तथा एव (त्यसै गरी) लोकाः (लोक) अपि (पनि) तव (तपाईंका) वक्त्राणि (मुखहरुमा) समृद्धवेगाः (तीव्रवेगमा) विशन्ति (प्रवेश गर्छन््)।

पुतलीहरु मर्नका लागि बेतोडसँग उडेर गई बलेको अग्निमामा जसरी पर्छन्, त्यसै गरी त्यसै गरी तपाईंको मुखमा यो सारा लोक मर्नकै लागि दौडेर प्रवेश गरेका छन् ।।२९।।

लेलिह्यसे ग्रसमानःसमन्ता

ल्लोकान्समग्रान्वदनैज्र्वलद्भिः ।

तेजोभिरापूर्य जगत्समग्रं,

भासस्तवोग्रा प्रतपन्ति विष्णो ।।३०।।
===== पदच्छेद र शब्दार्थ =====
विष्णो (हे विष्णो, हे भगवन्) ज्वलद्भिः (बलेको) वदनैः (मुखहरुद्वारा) समन्तात् (सबैतिरबाट) समग्रान् (सम्पूर्ण) लोकान् (संसारहरुको) ग्रसमानः (गाँस हालिरहेको) लेलिह्यसे (चाटेर स्वाद लिइरहेका छन्) तव (तपाईंको) उग्रा (उग्र) तेजोभिः (तेजद्वारा) आपूर्य (परिपूर्ण) जगत् समग्रम् (समग्र जगत्) भासः (प्रकाशित) प्रतपन्ति (तताई रहेको छ)।

हे भगवन्, चारैतिरबाट सबैलाई बलिरहेका मुखहरुमा गास हालेर स्वाद लिनु भएको छ । तपाईंको आफ्नै उग्रप्रभाव र तेजले समस्त विश्वलाई व्याप्त गरेर तताईरहेको छ ।।३०।।

आख्याहि मे को भवानुग्ररुपो,

नमोऽस्तु ते देववर प्रसीद ।

विज्ञातुमिच्छामि भवन्तमाद्यं,

न हि प्रजानामि तव प्रवृतिम् ।।३१।।
===== पदच्छेद र शब्दार्थ =====
भवान् (तपाईं) उग्ररुपः (उग्ररुपमा) को (को हुनुहुन्छ) मे (मलाई) आख्याहि (बताउनुहोस्) देववर (हे देवश्रेष्ठ) नमः अस्तु ते (तपाईंलाई नमस्कार छ) प्रसीद (प्रसन्न हुनुहोस्) भवन्तम् (तपाईंलाई) विज्ञातुम् (जान्न) इच्छामि (मैले चाहन्छु) आद्यम् (आदि पुरुष) तव (तपाईंको) प्रवृतिम् (प्रवृत्ति, रुप) न हि प्रजानामि (जानिन) ।

(कृपया) मलाई बताउनुहोस् । उग्ररुप धारण गर्ने तपाईं को हुनुहुन्छ ? हे देवश्रेष्ठ, तपाईंलाई नमस्कार छ, प्रसन्न हुनुहोस् । मैले के जान्न चाहन्छु भने आदि पुरुष हजुर को हुनुहुन्छ (के हुनुहुन्छ), किनभने तपाईंको यस प्रवृत्तिको कारण के हो, त्यो मैले बिलकुलै जान्निन ।। ३१।।
===== व्याख्या =====
अर्जुनले भन्छन्– जसरी बत्ती देखेर पुतली मर्नलाई वेगले हामफाल्छ त्यसै गरी दुवै सेनाका योद्धाहरु तीव्र वेगले बगेको नदी समुद्रमा विलीन भए झैं विश्वरुपका मुखमा रुँदै कराउँदै प्रवेश गरिरहेका छन् । कोही कोही योद्धाहरु दाँतमा अड्किएर छटपटाएका छन् । कराल मुखले यो सबै स्वाद मानेर चपाइरहेको छ ।

अर्जुनले लिएका नामहरुको प्रतीकात्मक अर्थ पनि छ । उनले लिएका नामहरु धृतराष्ट्रका सबै पुत्रहरु, पितामह भीष्म, आचार्य द्रोण, र सूतपुत्र कर्ण हुन् । धृतराष्ट्र मोहरुपी अज्ञानका प्रतीक हुन् । दुर्योधन (अहङ्कार), दुःशासन (अविवेक) क्रोध आदि सयौं विकारलाई यहाँ धृतराष्ट्रका पुत्रहरु भनिएको छ । यी सबै अज्ञानबाट जन्मिन्छन् । यिनमा विजय प्राप्त गर्नु नै लक्ष्य हो । यी विकारलाई विजय गर्नै पर्छ अन्यथा साधना सफल हुँदैन ।

यस वर्णनबाट अर्जुनले सोचेको, कौरवलाई मैले मारें भन्ने, कुरा गलत रहेछ । मार्ने त अर्कै रहेछ ।

अर्जुन विश्वरुप हेरेर भयभीत पनि भइरहेका छन् । अनि भन्छन्– हजुर को हुनुहुन्छ, तपाईंको प्रवृत्तिको के हो ? त्यो मैले बिलकुलै जानिन ।

गुहार माग्न नसकिने गरी प्राकृतिक वा मानवीय विपत्ति आइपर्दा, रोक्न नसक्ने डरलाग्दो महामारी फैलिंदा, तथा विश्वयुद्ध जस्तो ठूलो युद्ध घोषणा हुँदा, सर्वसाधारण मानिसहरु आतंकित, भयभीत, एवं किंकर्तव्यविमूढ हुन पुग्छन् ।

अमेरिकाको ट्विन टावरमा वि.सं. २०५८ मा जहाज ठोकाईंदा लगभग २५०० जना जलेर मरेका थिए । विश्वको सबभन्दा अग्लो जुम्ल्याहा टावर हेर्दा हेर्दै धराशायी भएको थियो । यस घटनालाई नाइन–इलेवेन घटना भनिन्छ । त्यो घटना घटित हुँदा प्रत्यक्षदर्शी मात्र होइन टी भी मा समाचार हेर्ने पनि आतङ्कित हुनपुगे ।

जापानमा आएको सुनामी एक सामुद्रिक भूकम्पको घटना थियो जुन घटना हुँदा सारा लोक वि.सं.२०६८ मा भयभीत बनेका थिए । अफ्रीकामा स्वाइन फ्लुको महामारी फैलिंदा जनजीवन त्रस्त बनेको थियो। वि.सं. २०७२ को भूकम्पमा नेपालमा त्राहि–त्राहि मच्चिएको थियो । वि.सं.२०७७–७८ मा कोविड महामारीले संसार भरिका मानिसहरुले लगभग एक वर्ष घरभित्र बसेर बिताउनु पर्यो ।
===== श्रीभगवानुवाच =====
कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धो,

लोकान्समाहर्तुमिह प्रवृत्तः ।

ऋतेऽपि त्वां न भविष्यन्ति सर्वे,

येऽवस्थिताः प्रत्यनीकेषु योधाः ।। ३२।।
===== पदच्छेद र शब्दार्थ =====
श्रीभगवान् उवाच (भगवान् कृष्णले भन्नु भयो) कालः अस्मि (काल हूँ) लोकक्षयकृत् (लोकलाई नाश गर्नका लागि) मप्रवृद्धो (निरन्तर बढ्दै गरेको) लोकान् समाहर्तुम् (संहार गर्न) इह (यहाँ) प्रवृत्तः (प्रवृत्त भएको) त्वाम् (तिमी) ऋते अपि (हत नभए पनि) ये (जुन) प्रति अनीकेषु (शत्रु सैन्यका) अवस्थिताः (अवस्थित) सर्वे (यी सबै) योधाः (योद्धाहरुमा) न भविष्यन्ति (हुने छैनन्)।

विश्वरुप भगवान् कृष्णले भन्नु भयो – लोकलाई नाश गर्नका लागि निरन्तर बढ्दै गरेको महाकाल भएर म आएको छु । सबै लोकलाई नाश गर्नका लागि प्रवृत्त भएको छु । तिमी नभए पनि शत्रु सैन्यमा भएका यी सबै योद्धाहरुमा कोही बाँकी रहने छैनन् ।।३२।।
===== व्याख्या =====
ईश्वर भनेको छवटा शक्तिको अनन्त सामथ्र्य हो । यसै शक्तिले गर्दा सारा संसार, ग्रह–नक्षत्र, प्राणीहरु एक स्थानमा एकै चोटी देखाउन सक्नु हुन्छ । भूत, वर्तमान र भविष्यलाई पनि एक क्षणमा देखाइदिन सक्नु हुन्छ । समय र स्थान दुवै उहाँको नियन्त्रणमा छन् ।

परम सत्ताको रुपमा भगवान् श्रीकृष्णका लागि न कुनै भूत छ, न कुनै भविष्य छ । सबै वर्तमान छ । भूतकाल, वर्तमानकाल र भविष्यत्काल विश्वरुपभित्र रहेकोले नै यसलाई महाकाल भनिएको हो ।

द्वितीय विश्वयुद्ध आफ्नो चरम उत्कर्षमा थियो । अमेरिका युद्धमा प्रत्यक्ष सामेल थिएन । जर्मनलाई घुँडा टेकाउन आधुनिक विस्फोटक आविष्कार गर्ने उद्देश्यले अमेरिकामा म्यानहट्टन परियोजना सञ्चालित थियो जसलाई ट्रिनिटी नाम दिइएको थियो ।
[[चित्र:Diagram 11.2.png|अङ्गुठाकार|चित्र ११.२ परमाणु बम ]]
ओपेनहाइमरको संयोजकत्वमा त्यस परियोजनाले परमाणु बमको सफल परीक्षण गर्यो । पत्रकारहरुले उनलाई प्रश्न गरे– ‘यत्रो ठूलो सफलता तपाईंले पाउनु भयो । खुशीको चरम क्षणमा तपाईंले कसलाई सम्झनु भयो ?’ उनले विश्वरुपको स्मरण आएको बताउँदै अध्याय ११ को ३२ र ३३ औं श्लोकलाई दोहार्याउँदै दिएका थिए । यी दुई श्लोकलाई यस्ता श्लोक मानिन्छ जसको अनुभव स्वयं परमाणु वैज्ञानिक ओपेनहाइमरले गरेका हुन् ।

परमाणु बम संसार विध्वंस गर्नका लागि एकै छिनमा बढेको महाकाल साबित भयो । जर्मन पहिल्यै पराजित भएको थियो । जापान जस्तो शक्तिशाली योद्धाले भरिएको राष्ट्रले आत्मसमर्पण गर्यो । अमेरिकाले विजयको यश प्राप्त गर्यो ।

तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व,

जित्वा शत्रून्भुङ्क्ष्व राज्यं समृद्धम् ।

मयैवैते निहताः पूर्वमेव,

निमित्त मात्रं भव सव्यसाचिन् ।।३३।।
===== पदच्छेद र शब्दार्थ =====
तस्मात् (त्यसैले) त्वम् (तिमी) उत्तिष्ठ (उठ) यशः (यश) लभस्व (प्राप्त गर) जित्वा (जितेर) शत्रूुन् (शत्रुलाई) भुङ्क्ष्व (भोग गर) राज्यम् समृद्धम् ( समृद्ध राज्यको) मया एव (मैले नै) एते निहताः (यिनीहरुलाई मारिसकेको छु) पूर्वम् एव (पहिले नै) सव्यसाचिन् (हे अर्जुन) निमित्त मात्रम् (निमित्त मात्र) भव (होउ)।

त्यसकारण तिमी उठ, यश प्राप्त गर । शत्रुलाई जितेर समृद्ध राज्य भोग गर । मैले तिम्रा ती शत्रुलाई पहिले नै मारिसकेको छु । हे सव्यसाची, तिमी केवल निमित्त मात्र होउ ।।३३।।
===== व्याख्या =====
निमित्त मात्र भव सव्यसाचिन्मा आलङ्कारिक प्रयोग भएको छ । कुनै कार्यसंग नगाँसिने तर सो कार्यका लागि नभई नहुने कारणलाई निमित्त भनिन्छ । पानी तताउनमा आगो कारण हो भाँडो होइन । भाँडो निमित्त हो । त्यो भाँडो नभए अर्को भाँडोमा तताउन सकिन्छ । कुरुक्षेत्र युद्धमा अर्जुन नभए अर्को निमित्त हुन्छ । तर युद्धको परिणाम निश्चित छ । महाभारतमा भीष्म पितामहलाई वास्तवमा मार्ने अर्जुन थिए, शिखण्डी निमित्त मात्र थियो । जयद्रथ वधको सम्पूर्ण रणनीतिकार भगवान् श्रीकृष्ण हुनुहुन्थ्यो ।

बाइबिल एक्सोडस २०.२–५ तुलना गर्नुहोस् – म तिमीहरुको परमात्मा हूँ जसले तिमीहरुलाई इजिप्टबाट उद्धार गर्यो । म बाहेक तिमीहरुको अर्को ईश्वर छैन । आफ्ना लागि मेरो कुनै मूर्ति नबनाउनु । मलाई घृणा गर्ने माथि मलाई रीस उठ्छ, मैले त्यसलाई कडा दण्ड दिन्छु ।
यी टेन कमान्डमेन्ट्सका वाक्यहरु हुन् ।

सव्यसाचीको अर्थ हो दुवै हातले हतियार चलाउन सिपालु । अस्त्रशस्त्रमा अत्यधिक सीप भएको । तर यति हुँदा पनि अर्जुन केवल निमित्त हो, कारण होइन ।

ओशो रजनीशले भनेका छन्– मानव स्वतन्त्रता र अधिकारको अन्तिम सीमा कहाँसम्म छ? कि अर्काको हत्या कि आफ्नो हत्या ? विध्वंशमा नै मानवले स्वतन्त्रता अनुभव गर्छ । तर नियतिलाई स्वीकार गर्नेले यसलाई गलत हो भन्ने कुरा बुझ्छ ।

जसले भविष्यलाई नियतिको हातमा छोड्छ ऊ मात्र वर्तमानमा आनन्दित हुनसक्छ । उसले वर्तमानलाई राम्ररी उपभोग गर्न सक्छ । भोलिको देखा जायगा भन्नेले आजको कमाईको आनन्द लिन सक्छ । जसले भोलि बनाउँछु भन्छ उसले आजको आनन्द पनि लिन सक्दैन । भोलि बनाउँछु भन्नेले भोलि त के हो के हो आजको दिन पनि बिगार्छ ।

विश्वरुपले कुरुक्षेत्र युद्धलाई अपरिहार्य नियति प्रमाणित गरेको छ । जसलाई भोग्न सबै बाध्य छन् । यसको सार के हो भने भविष्य हाम्रो हातमा छैन । वर्तमान हाम्रो हातमा छ । त्यसैले आफ्नो वर्तमान कर्तव्य पूरा गर्नु नै सबभन्दा उचित निर्णय हो । नियतिवादको सार नै के हो भने भविष्यमा जे हुने हो त्यो होस् तर वर्तमानलाई पूर्णताका साथ बाँच्नु पर्छ । त्यसैले गीताको दर्शन युद्धको दर्शन होइन शान्तिको दर्शन हो ।

द्रोणं च भीष्मं च जयद्रथं च,

कर्णं तथान्यानपि योधवीरान् ।

मया हतांस्त्वं जहि मा व्यथिष्ठा,

युध्यस्व जेतासि रणे सपत्नान् ।।३४।।
===== पदच्छेद र शब्दार्थ =====
द्रोणं च भीष्मं च जयद्रथं च, कर्णं (द्रोण, भीष्म, अनि जयद्रथ र कर्ण) तथा अन्यान् अपि (अन्य पनि) योधवीरान् (लडाका वीर) मया (मद्वारा) हतान् (मारी सकिएका छन्) त्वम् (तिमीले) जहि (विजय लेउ) मा व्यथिष्ठा (व्यथित नहोउ) युध्यस्व (युद्ध गर) रणे (लडाईंमा) सपत्नान् (शत्रुहरुलाई) जेतासि (विजयी होउ) ।

द्रोण, भीष्म, जयद्रथ, कर्ण तथा अरु पनि जो जो लडाका वीरहरु छन् ती सबैलाई मैले मारिसकेको छु । उनैलाई तिमी मार, शोक नगर । युद्ध गर । लडाईंमा तिम्रो जीत हुनेछ।।३४।।

तुलना गर्नुहोस्– बाइबिल एक्सोडस २०.२–५ मा उल्लेख छ– म तिमीहरुको परमात्मा हूँ जसले तिमीहरुलाई इजिप्टबाट उद्धार गर्यो । म बाहेक तिमीहरुको अर्को ईश्वर छैन । आफ्ना लागि मेरो कुनै मूर्ति नबनाउनु । मलाई घृणा गर्ने माथि मलाई रीस उठ्छ, मैले त्यसलाई कडा दण्ड दिन्छु ।
यी टेन कमान्डमेन्ट्सका वाक्यहरु हुन् ।

===== व्याख्या =====
तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व उठ, यश प्राप्त गर भन्ने वाक्यमा उत्साह रसको प्रयोग भएको छ । समाजका लागि कुनै विशेष कार्य गर्दा समाजले त्यस व्यक्तिको जयजयकार गर्छ । यश भनेको त्यही हो ।

जयद्रथ सिन्धुदेशको राजा र राजा वृद्धक्षत्रको पुत्र हो । धृतराष्ट्रकी छोरी दुश्शलासंग विवाह भएकोले नातामा जयद्रथ कौरव र पाण्डवको बैनी जुवाईं हो । पाण्डव वनवासमा जयद्रथले द्रौपदी अपहरणको दुष्कृत्य गरेको थियो । जसलाई भीमले सजायं स्वरुप तत्काल समातेर कपाल खौरेर पठाइदिएका थिए । शिवको तपस्या गरेर अर्जुनबाहेक अन्य पाण्डवहरुले हराउन नसक्ने वरदान जयद्रथलाई प्राप्त थियो ।

कुरुक्षेत्र युद्धमा अर्जुनलाई संशप्तकहरुसंग युद्ध गर्न लगाएर युधिष्ठिरलाई आत्म समर्पण गराउने योजना बनाएको दुर्योधनका लागि आचार्य द्रोणले सातद्वारको एक अभेद्य चक्रव्यूह बनाए । अर्जुन थिएनन् । गर्भमा पिता अर्जुन र माताका चक्रव्यूह भेदनबारेका कुराकानी सुनेको भरमा बालक अभिमन्युले त्यस कामको नेतृत्वका लागि आफूलाई प्रस्तुत गर्यो । तर उसले के बतायो भने बाहिर निस्कने तरिका भने उसलाई आउँदैन । भीमले गदा उचालेर भने– भित्र प्रवेश गर्न सकियो भने त निस्कने बेलामा मेरो गदा छँदै छ ।

अभिमन्यु चक्रव्यूह भित्र छिर्नासाथ जयद्रथले छलपूर्वक भीम आदि महारथीलाई भित्र छिर्न दिएन । व्यूह भित्र एक्लो बनाएर अभिमन्युको नृशंस हत्या गराइदिएको कुरा संशप्तकहरुसंगको युद्ध पछि साँझ घर फर्केका अर्जुनले थाहा पाए । दुखित अर्जुनले शपथ लिए– भोलि पल्ट घाम अस्ताउनु अघि जयद्रथको सिर काटेर बदला लिन सकीन भने आगोमा हामफालेर मर्छु ।

त्यसदिनभरि जयद्रथ लुकेर बस्यो । साँझ पर्दा पनि जयद्रथ फेला नपरेकोले अर्जुनले आफ्नो प्रतिज्ञा अनुरुप अग्नि प्रवेशको तयारी गर्न थाले । अर्जुनले आत्महत्या गरेको हेर्न जयद्रथ चउरमा आयो । उसलाई देख्नासाथ कृष्णले अर्जुनलाई शपथ पूरा गर्न बाण चलाउन भने । त्यही बेला अस्ताउन थालेको घाम बाहिर निस्क्यो ।

भगवान कृष्णले चतुराईपूर्वक सुदर्शन चक्रको बादल बनाएर घाम अस्ताइदिएको लीला देखाउनु भएको रहेछ । घाम देखिनासाथ अर्जुनले बाण चलाएर जयद्रथको सिर काटिदिए । योगेश्वर भगवान् श्रीकृष्णको लीलाद्वारा काटिएको सिर जंगलमा वृद्धक्षत्रको काखमा पर्यो । काखबाट तल खस्ना साथ वृद्धक्षत्रको टाउको फुटेर सय टुक्रा भयो ।

धृतराष्ट्रकी छोरी दुश्शलासंग विवाह भएकोले जयद्रथ नातामा पाण्डवको पनि बैनी जुवाईं हो । जयद्रथलाई पनि कसैले मार्न नसकोस भनी विशेष वरदान प्राप्त थियो । जयद्रथको सिर भुईंमा खसाल्नेको टाउको शय टुक्रा भइजानेछ भन्ने वरदान उसका पिता वृद्धक्षत्रले तपस्या गरेर प्राप्त गरेका थिए ।

यहाँ उल्लेख गरेका नामहरु सर्वश्रेष्ठ योद्धाहरुको नाम हो । यस सम्बन्धमा एउटा कथा छ । कृष्णले कुरुक्षेत्र युद्ध हुनु अघि भीष्म, द्रोण, कर्ण र अर्जुनलाई सोध्नु भयो– युद्ध भएमा तपाईंले कतिदिनमा टुङ्ग्याइदिन सक्नु हुन्छ । भीष्मले २० दिनमा वारपार गराइदिनसक्ने बताए । द्रोणाचार्यले २५ दिन लाग्ने बताए, अर्जुनले २८ दिन लाग्ने अनुमान गरे भने कर्णले भने २४ दिनमा युद्ध वारपार गर्नसक्ने बताए ।

गीताले के मान्दछ भने परमात्मा कालको पनि काल हो । उसले सिर्जना मात्र गर्दैन विनाश पनि गर्छ । जुन सृष्टिले वृक्षको हाँगामा नयाँ कोपिला सिर्जना गर्छ, पुरानो पात खसाल्ने व्यवस्था पनि उसैले गर्छ । गीताले कुन सिद्धान्तलाई स्वीकार गर्दैन भने राम्रो जति परमात्माले र नराम्रो जति शैतान जस्तै कुनै शक्तिले गर्छ ।

गीताको विचारमा भूत, वर्तमान र भविष्य अलग अलग छैनन् । परस्पर सम्बन्धित छन् । त्यसैले सिर्जना विनाशको एक अंग हो । विनाश भूत हो भने सिर्जना भविष्य हो र दुवै एउटै निरन्तरताका अंग हुन् ।

भागवतको १२ औं स्कन्धमा के वर्णन छ भने यदुवंशमा आएको अहं र ठाडोपनले गर्दा दुखी बनेका भगवान् श्रीकृष्णले यदुवंश संहारका लागि साम्बलाई निमित्त बनाउनु भयो । फलस्वरुप यदुवंशी युवाहरु ऋषि दुर्वासालाई जिस्काउन गए । एउटा युवालाई दोजिया सुन्दरीको छद्मवेशमा सिंगारे । अनि ऋषिसंग त्यसलाई पुत्र प्राप्तिको आशीर्वाद दिन कपट अनुरोध गर्न थाले । त्रिकालर्शी दुर्वासाले आफूलाई जिस्काएको चाल पाइहाले अनि भने– यसबाट नौ महिना पछि मुसल जन्मने छ । त्यस मुसलले तिमी अहङ्कारी यदुवंशलाई सखाप गर्नेछ ।

नभन्दै नौ महिना पछि मुसल जन्म्यो । यदुवंशीहरुले समुद्रको तीरमा लगेर त्यसलाई घोटी घोटी पानीमा बगाइदिए । अन्तमा, मैरेयक मदिराले मातेका यदुवंशीहरु आपसमा लडेर समाप्त भए । स्वयं श्रीकृष्णलाई बाण हान्ने व्याधाका बाणको टुप्पोमा त्यही मुसलको अन्तिम टुक्रा थियो भनी भागवतमा उल्लेख छ । सङ्क्षेपमा भगवान् श्रीकृष्णले अनुशासनहीनता र कर्तव्यहीनताको शिकार बनेको आफ्नो वंशको समेत संहार गरीदिने व्यवस्था मिलाउनु भएको कुरा कथामा बताइएको छ । यस संहारका लागि नै भगवानले गान्धारीबाट ३६ वर्ष अघि शाप ग्रहण गरिसक्नु भएको थियो ।

भगवान् श्रीकृष्णले भन्नु हुन्छ– ‘द्रोण, भीष्म, जयद्रथ, कर्ण तथा अरु पनि जो जो लडाका वीरहरु छन् ती सबैलाई मैले मारिसकेको छु । यस भनाइका पछाडि परमात्माको समयमाथि पूर्ण नियन्त्रण देखाउँछ । किनभने भगवान् कालका पनि मालिक हुनुहुन्छ । उहाँका लागि भविष्य उत्तिकै स्पष्ट छ जति हामीलाई प्रत्यक्षको जानकारी हुन्छ । उनका लागि के भूत र के भविष्य । उहाँलाई कुन कारणको के परिणाम हुन्छ त्यो सबैपूर्व जानकारी छ ।

यसलाई एउटा उदाहरणबाट स्पष्ट गर्न सकिन्छ । जो मानिस रुखको टुप्पोमा बसेको छ उसले टाढाबाट आउँदै गरेको मानिसलाई पनि देख्छ र अगाडि पुगेको मानिसलाई पनि देख्छ। रुखमुनि बसेको मानिसले त्यस आउँदै गरेको मानिसलाई धेरै पछि मात्र देख्छ । अगाडि टाढा पुगिसकेको मानिसलाई त झन् देख्दैदेख्दैन । योगेश्वर श्रीकृष्ण टुप्पोमा हुनुहुन्छ । आउँदै गरेकालाई पनि देख्नुहुन्छ । गइसकेकालाई पनि देख्नुहुन्छ तर अर्जुनले रुख मुनि बसेको मानिसले झैं केही देख्दैन– कोही पनि छैन । कोही आएको पनि छैन, कोही गइरहेको पनि छैन ।

अर्जुन कालको सीमा भित्र छन् । योगेश्वर भगवान् श्रीकृष्ण कालको सीमाभन्दा पर हुनुहुन्छ– कालातीत । अर्जुनले अगाडि आए पछि मात्र देख्छन् । उनका लागि वर्तमान मात्र छ अरु छैन तर योगेश्वर भगवान् श्रीकृष्णले भूत पनि देख्नुहुन्छ र भविष्य पनि देख्नुहुन्छ । जुन कुरा भविष्यमा घटित हुनेवाला छ त्यो बताइरहनु भएको छ ।

यस विशाल प्रकृतिमा सबै निमित्त मात्र हुन् । आत्मनिर्धारणका सबै दाबी निरर्थक हुन् । प्रकृतिको निर्णयका अगाडि व्यक्तिको असहायता र क्षुद्रतालाई गीताले समर्थन गरेको छ । मानिसले योजना बनाउन सक्छ तर निर्णय परमेश्वरले नै गर्छन् । जुन कुरा निश्चित छ त्यसलाई बदल्न अर्जुनले केही गर्न सक्दैन तर ईश्वर पनि स्वेच्छाचारी र मनमौजी छैनन् । उनले नियम अनुसार निर्णय गर्छन् । वर्तमानमा जेजति परिणाम प्राप्त भएको छ, त्यसमा विगतका कुरा कारण छन् ।

योद्धाहरुले आआफ्नो गति पाइसकेका छन्, तिमीले केवल आफ्नो कर्तव्य गर्ने हो भन्ने कुरा भगवानले भन्दा नबुझेका अर्जुनले बल्ल देखे भीष्म, द्रोण, कर्ण, र जयद्रथ जस्ता योद्धाहरु कालकवलित भइसकेका रहेछन् ।

जयद्रथको अर्थ हुन्छ संग्रामविजयी । सबै संग्राम विजयी योद्धाहरु पनि कालकवलित भइसकेका छन् ।

मयैवैते निहताः पूर्वमेव मैले यी सबै पहिल्यै मारिसकेको छु । वास्तवमा काल त सबैको निश्चित छ । भागवत कथामा भनिए जस्तो सात दिनमा सबैको मृत्यु निश्चित छ । तक्षकरुपी काललाई जतिसुकै प्रयास गरे पनि कसैले रोक्न सक्दैन । किनभने कारणको परिणाम निश्चित छ ।

यस श्लोकले सेक्सपियरको त्यस वाक्यलाई संझना गराउँछ जसमा उनले हामी सबैलाई नाटकको पात्र बताएका छ्न् र सबै पूर्वनिर्धारित भूमिका खेल्न मात्र स्वतन्त्र छन् भनेका छन् । जापानी खेल जुजुत्सो– जुडो खेल भनेको विराटमा समर्पित भएर लड्नु हो । उनीहरुको युद्धकलाको आधार के हो भने जे गर्छ त्यस विराटले गर्छ । यसैले उनलाई अनन्त शक्ति प्राप्त हुन्छ । विश्वरुपको निहितार्थ नबुझ्ने हो भने दुई विश्व युद्ध बेहोरेको विश्वले तेस्रो विश्वयुद्ध बेहोर्नु पर्ने हुन्छ ।
===== सञ्जय उवाच =====

एतच्छ्रुत्वा वचनं केशवस्य,

कृताञ्जलिर्वेपमानः किरीटी ।

नमस्कृत्वा भूय एवाह कृष्णं,

सगद्गदं भीतभीतः प्रणम्य ।।३५।।
===== पदच्छेद र शब्दार्थ =====
सञ्जय उवाच (सञ्जयले भने)

केशवस्य (केशवका) एतत् (यस्ता) वचनम् (वचन) श्रुत्वा (सुनेर) कृत अञ्जलिः (हात जोडेर) वेपमानः (थर्थर गर्दै) किरीटी (अर्जुनले) नमस्कृत्वा (नमस्कार गर्दै) भूय एव (फेरि पनि) कृष्णम् (भगवान् कृष्णलाई) भीतभीतः (डराई डराई) सगद्गदम् (गद्गद् स्वरमा) प्रणम्य (प्रणाम गर्दै) आह (भन्न थाले)।

सञ्जयले भने–

(भगवान्) केशवका यस्ता वचन सुनेर दुई हात जोडेका भयले थर्थर गर्दै किरीटी (अर्जुन) ले श्रीकृष्णलाई नमस्कार गर्दै डराइ–डराइ (भयको अतिरेकले उत्पन्न अस्पष्ट) गद्गद् स्वरमा भन्न थाले ।।३५।।
===== व्याख्या =====
अर्जुन डराएका छन् किनभने दिव्यरुप दर्शन गर्दाका कठिनाईहरु पनि छन् । स्वामी विवेकानन्दले पवहारी बाबाको उल्लेख गरेका छन् । उनको ठूलो घर चारैतिर बलियो परखालले बारिएको थियो । कोही भित्र पस्न सक्दैनथ्यो । उनी आफूले पनि कसैसंग कुराकानी गर्दैनथे । केवल हावा मात्र आहार थियो । धेरै प्रयास पछि उनी विवेकानन्दसंग परखालमा बनाइएको सानो प्वालबाट कुरा गर्न राजी भए । ईश्वर साक्षात्कारबारे विवेकानन्दका जिज्ञासाको उत्तर पछि दिने वाचा गरेका पवहारीले केही समयपछि भित्र आत्मदाह गरेर प्राण त्यागेको कुरा उल्लेख गरेका छन् । उनले किन त्यसो गरे त्यो रहस्य नै रह्यो ।

स्वामी विवेकानन्दको आफ्नो अनुभव छ । उनले रामकृष्णलाई प्रायः सोध्ने गर्थे– के तपाईंले ईश्वर देख्नु भएको छ ?

एक दिन रामकृष्णले उत्तरमा भने– तिमीलाई देखेभन्दा राम्रो गरी देखेको छु ।

विवेकानन्द– कहाँ छ ?

रामकृष्ण– तिमीभन्दा पनि नजीक छ ।

विवेकानन्द– मलाई देखाउन सक्नु हुन्छ ?

रामकृष्ण– सक्छु । तर त्यो देख्नका लागि तिम्रो क्षमता पुग्दैन । ईश्वर हेर्न चाहन्छौ, लौ हेर।

यस पछि अचानक आफ्नो दाहिने खुट्टा उचालेर विवेकानन्दको छातीमा लगाए । अचानकको घटनाबाट विवेकानन्द रन्थनिए । उनले बताएका छन्– त्यस पछि म जोडले चिच्याए जस्तो लाग्यो । अनि सारा कोठा, सारा दृश्य फनफनी नाच्न थाल्यो अनि मेरो चेत हरायो ।

जब विवेकानन्दको चेत खुल्यो उनले देखे रामकृष्ण गहन ध्यानमा छन् ।

अध्याय ११ का ३६ देखि ४५ का दश श्लोकहरुमा अर्जुनद्वारा गरिएको सुन्दर स्तुति छ । यस स्तुतिले अध्याय ११ लाई गीताको उपासना खण्डको रुपमा प्रस्तुत गर्छ । जुन श्लोक बोलेर अर्जुनले प्रत्यक्ष परमात्माको स्तुति गरेका छन्, ती श्लोकहरुको दिव्य प्रभावलाई शब्दले व्यक्त गर्न सकिंदैन ।

यु टयुब ः भगवान् श्रीकृष्णले अर्जुनलाई विश्वरुप देखाउनु भयो
[http://www.Mahabharata,75.com www.Mahabharata73,74,75.com ]
===== अर्जुन उवाच =====
स्थाने हृषीकेश तव प्रकीर्त्या,

जगत्प्रहृष्यत्यनुरज्यते च ।

रक्षांसि भीतानि दिशो द्रवन्ति,

सर्वे नमस्यन्ति च सिद्धसङ्घाः ।।३६।।

कस्माच्च ते न नमेरन्महात्मन्,

गरीयसे ब्रह्मणोप्यादिकत्र्रे ।

अनन्त देवेश जगन्निवास,

त्वमक्षरं सदसतत्परं यत् ।।३७।।

त्वमादिदेवः पुरुषः पुराण

स्त्वमस्य विश्वस्य परं निधानम् ।

वेत्तासि वेद्यं च परं च धाम,

त्वया ततं विश्वमनन्तरुप ।।३८।।

वायुर्यमोsग्नि वरुण शशांकः,

प्रजापतिस्त्वं प्रपितामहश्च ।

नमो नमस्तेsस्तु सहस्रकृत्वः,

पुनश्च भूयोsपि नमो नमस्ते ।।३९।।

नमः पुरस्तादथ पृष्ठतस्ते,

नमोsस्तु ते सर्वत एव सर्व ।

अनन्तवीर्यामितविक्रमस्त्वं,

सर्वं समाप्नोषि ततोsसि सर्व ः ।।४०।।

सखेति मत्वा प्रसभं यदुक्तं,

हे कृष्ण हे यादव हे सखेति ।

अजानता महिमानं तवेदं,

मया प्रमादात्प्रणयेन वापि ।।४१।।

यच्चावहासार्थमसत्कृतोsसि,

विहार शयायासनभोजनेषु ।

एकोsथवाप्यच्युत तत्समक्षं,

तत्क्षामये त्वामहमप्रमेयम् ।।४२।।

पितासि लोकस्य चराचरस्य,

त्वमस्य पूज्यश्च गुरुर्गरीयान् ।

न त्वत्समोsस्त्यभ्यधिकः कुतोsन्यो,

लोकत्रयेsप्यप्रतिमप्रभाव ।।४३।।

तस्मात्प्रणम्य प्रणिधाय कायं,

प्रसादये त्वामहमीशमीड्यम् ।

पितेव पुत्रस्य सखेव सख्युः,

प्रियः प्रियायार्हसि देव सोढुम् ।।४४।।

अदृष्टपूर्वम् हृषितोsस्मि दृष्ट्वा,

भयेन च प्रव्यथितं मनो मे ।

तदेव दर्शय देवरुपं,

प्रसीद देवेश जगन्निवास ।।४५।।

किरीटिनं गदिनं चक्रहस्त

मिच्छामि त्वां द्रष्टुमहं तथैव ।

तेनैव रुपेण चतुर्भुजेन,

सहस्रबाहो भव विश्वमूर्ते ।।४६।।
===== अर्जुनले गरेको स्तुति =====

हे हृषीकेश, सबै जगत् तपाईंको गुण कीर्तनले प्रसन्न भएबो छ, र त्यसैमा अनुरक्त पनि छ। राक्षसहरु तपाईंका डरले दश दिशामा भाग्न लागेका छन् । सिद्ध पुरुषहरुको समाजले तपाईंलाई नमस्कार गरेका छन् ।। ३६ ।।

हे महात्मन, तपाईं ब्रह्माका पनि आदिकर्ता र उनीभन्दा पनि श्रेष्ठ हुनुहुन्छ । तपाईंलाई तिनीहरुले नमस्कार किन नगरुन् ? हे अनन्त, हे देवेश, हे जगन्निवास, सत् र असत् तपाईं नै हुनुहुन्छ । यी दुईदेखि परको जुन अक्षर ब्रह्म हो त्यो पनि तपाईं नै हो ।।३७।।

हे अनन्तरुप, तपाईं आदिदेव, अनादि पुरुष, यस विश्वको अन्तिम आधार, ज्ञाता, ज्ञेय, तथा परम धाम (श्रेष्ठ स्थान) हुनुहुन्छ । तपाईंद्वारा विश्व व्याप्त छ ।।३८।।

वायु, यम, अग्नि, वरुण, (आदि देवताका पिता) ब्रह्मा (तपाईं) अनि उनका पनि पिता तपाईं नै हो । तपाईंलाई हजारौंपटक नमस्कार छ । फेरि त्यो भन्दा पनि अझ धेरै नमस्कार छ।।३९।।

हे सर्वात्मा विश्वरुप, तपाईंलाई अगाडिबाट, पछाडिबाट वरिपरि (दायाँ बायाँ) जताततैबाट नमस्कार छ । हे अनन्त शक्ति भएका, तपाईंले आफ्नो अमित शक्तिले सारा ब्रह्माण्डलाई राम्ररी व्याप्त गर्नु भएको छ । त्यसैले, तपाईं सर्वरुप हुनुहुन्छ ।।४०।।

हे अच्युत, तपाईंको यस्तो प्रभावलाई नजानेर भूलवश साथी ठान्दै मैले लापरवाही वा प्रेम भावले हे कृष्ण, हे यादव, हे साथी इत्यादि भनेर जेजस्तो अटेरी (समानताको) सम्बोधन गरें तथा (संगै) खाँदा, बस्दा, सुत्दा, भोजन गर्दा, तपाईंको उपहासका लागि जो असम्मान गरें, त्यसको निम्ति तपाईंसंग क्षमा माग्दछु ।।४१,४२।।

तपाईं यस चराचर जगत्का पिता, गरिमामय र पूजनीय गुरु हुन्छ । हे अप्रतिम प्रभाव भएका परमात्मा, तीन लोकमा तपाईं बराबर नै कोही छैन भने तपाईं भन्दा बढ्ता अर्को को होला ? ।। ४३ ।।

हे देव, तपाईं स्तुति योग्य र सामाथ्र्यवान् हुनुहुन्छ, त्यसैले मैले शरीर निहुराएर नमस्कार गर्दै प्रार्थना गर्छु– प्रसन्न भइजानुहोस् । जसरी पिताले आफ्नो पुत्रका, साथीले साथीका, प्रेमीले प्रियतमाका अपराधलाई सहन गर्छन् । त्यसै गरी तपाईंले मेरा अपराध सहन गर्नुहोस्।।४४।।

यस अघि कहिल्यै नदेखेको तपाईंको यस आश्चर्यजनक स्वरुप देखेर मलाई हर्ष भएको छ । तर मेरो मन भयले व्याकुल भइरहेको छ । हे जगन्निवास (ममाथि) प्रसन्न हुनुहोस् र हे देवेश, आफ्नो पहिलेको देवरुपलाई नै देखाउनुहोस् ।।।४५।।

हे विश्वरुप, तपाईंलाई मैले पहिलेको जस्तै मुकुटधारी, गदा र चक्र हातमा लिनुभएको देख्न चाहन्छु । हे सहस्रबाहो, उही चतुर्भुज रुपको नै भइजानुहोस् ।। ४६ ।।
===== व्याख्या =====

स्वामी ईश्वरानन्दका अनुसार, प्रियः प्रियायार्हसि देव सोढुम् श्लोकको प्रियायार्हसिमा इव शब्दको लोप र सन्धिकार्य छान्दस प्रयोग मानिएको छ । यसै गरी श्लोक ४८ र ५४ को शक्य अहंलाई पाणिनीय व्याकरणमा शक्योद्रहम् लेखिन्छ । यद्यपि यी छन्दहरु हेर्दा इन्द्रवज्रा, उपेन्द्रवज्रा जस्तै देखिन्छन् तर गणको नियम केही पनि छैन । जस्तै वेदमा एकादशाक्षरी त्रिष्टुप छन्द हुन्छन्, त्यस्तै यी छन् । त्यसैले के बुझिन्छ भने यी श्लोकहरुको रचना लौकिक छन्दहरुको विकास हुनुअघि भएको रहेछ । यसबाट गीता शास्त्रको प्राचीनता सिद्ध हुन्छ ।

निर्वासनमा परेका युवराजको एउटा कथा छ । हलुवाईको पसल अगाडि एउटा युवा भिखारी माग्न आयो– ‘धेरै दिनको भोको छु । केही खान दिनु होस् ।’

हलुवाईले त्यस युवा भिखारीलाई भन्यो– ‘तन्नेरी भएर काम गरेर पो खाने हो, मागेर खान लाज लाग्दैन ?’ यति भनेर तिरस्कारपूर्वक एउटा रोटी दियो ।

त्यसपछि सधैं त्यो युवा एउटा रोटीका लागि घण्टौं तिरस्कार सहेर बस्दो रहेछ ।

एक दिन त्यस देशको मन्त्री केही सिपाही र रथ लिएर त्यहाँ आइपुग्यो । हलुवाईलाई सोध्यो– ‘यहाँ कोही लक्का जवान देखेका छौ ? मागेर खान्छ रे ।’

देशको मन्त्री देखेपछि आदरभाव प्रकट गर्दै हल्वाई उभियो । मन्त्रीले फेरि भन्न थाल्यो– ‘त्यो युवा राजाको जेठो छोरो हो, युवराज । कुनै कारणले राजाले रिसाएर दरबारबाट निकालेका थिए । अब राजाको रीस शान्त भएको छ । युवराजलाई खोजेर ल्याउन पठाएका छन् ।’

राजाको छोरो भएकोले उसले केही काम गर्नै नजान्ने रहेछ । अरु कुनै सीप नभएकोले मागेर खाँदो रहेछ । यो कुरा बल्ल हलुवाईले बुझ्यो ।

अनि दौडेर युवा भिखारी भए ठाउँमा गयो । विगतमा गरेका अनादरका लागि पछुतो मान्यो । आदर सहित प्रणाम गर्यो– राजन्, मैले केही गलती गरेको भए माफी गर्नु होला । तपाईंको महिमा बल्ल जानें । आउनुहोस्, मेरा घरमा बसेर केही खाइदिनुहोस् । मलाई कृपा गर्नुहोस् ।’

कसैको महिमा थाहा पाउनासाथ आफ्ना गलतीहरु प्रति पछुतो हुन्छ र भित्रैबाट आदर सम्मान प्रकट हुनजान्छ । विश्वरुप देखेर अर्जुनले पछुतो मानेर स्तुति गर्दै छन्– ‘हे अच्युत, तपाईंलाई मामूली ठानेर के के न भनें हूँला । असत्कार गरें हूला । अनजानमा भएको गलती ठानेर क्षमा गर्नु होला । तपाईंभन्दा ठूलो को के कुरा तपाईंको बराबर पनि कोही हुनसक्दैन।’

जताततै परमात्माको स्वरुप मात्र देखिरहेका अर्जुन भय र आश्चर्यले थर्थर भइरहेका छन् । जताततै नमस्कार गरिरहेका छन् ।

शीशमहलमा झुक्किएर एउटा कुकुर पसेको कथा छ । त्यहाँ त्यो रातभरि बन्द भयो । बिहान जब ढोका खोलियो, त्यो कुकुर मृत फेला पर्यो । त्यस महलका भित्तामा जताततै ऐना लागेका थिए । भित्र पसेपछि उसले जता हेर्यो उतै कुकुर देखेछ । तर्सेर ऊ भुक्दा शीशा भित्रका हजारौं कुकुर झम्टिएर भुक्थे । चारैतिर कुकुर भुकेको देख्दा आफू आत्तिएछ । जताततै शीशामा झम्टिँदा घाइते र रगताम्य भएर मर्यो ।

अर्जुनले पनि जताततै परमात्मा देखिरहेका छन् । जुन स्वरुप जताततै छ, त्यसलाई कसरी नमस्कार गर्ने ? त्यसको एक मात्र तरिका अर्जुनले गरे जस्तै हो ।

‘सहस्रबाहु बन्नु भएका हे विश्वरुप, फेरि उही सुन्दर चतुर्बाहु स्वरुपको दर्शन गर्न पाउँ ।’ उही चतुर्भुजस्वरुप यस अघि कहाँ देखे ? यस आधारमा यो पनि एक जटिल हलोक हो । तथापि यस श्लोकका अर्थको सम्बन्धमा केही अनुमान गर्न सकिन्छ । मनुष्यरुप (द्विभुज) कृष्ण र अनन्तबाहु कृष्णको बीचमा कुनै समयमा चतुर्भुजरुप उनले अकस्मात् देखे होलान् किनभने त्यस समयमा उनले दिव्यदृष्टि प्राप्त गरेका थिए ।

यस अध्यायका स्तुतिमा भगवान् श्रीकृष्णका निम्नलिखित ३२ गुणको कीर्तन गरिएको छ–

१.असत्– अव्यक्त, नदेखिने, आभास हुने, सत्को विपरीत

२. अक्षर– जुन नाश हुँदैन, सच्चिदानन्द, ब्रह्म

३. अनन्तरुप– ज्ञात अज्ञात, देखिने नदेखिने सबै प्रकारका रुप

४. अग्नि– जीवन तत्त्वको आधार ऊर्जा

५.अनन्त– केवल एक त्यो मात्र, परमात्मा

६. अनन्तवीर्य– अनन्त सामथ्र्य

७. अमितविक्रम– अनन्त पराक्रमशाली

८. प्रतिमप्रभाव– अनुपम प्रभाव

९. अच्युत– जसबाट कहिल्यै त्रुटि हुँदैन

१०. आदिकत्र्रे– आदि कर्ता, पहिलो सृष्टिकर्ता, ब्रह्माको पनि सिर्जनकर्ता

११. आदिदेव– सबैभन्दा पहिले हुने देव, देवताहरुभन्दा पनि पहिलेका देव,

१२. गुरुर्गरीयान्– सबै कुराको गुरुताका आधार

१३. चराचरलोकस्यपिता– कालातीत भएकोले चल अचल सबैका जन्मदाता

१४. जगन्निवास– सृष्टिको अन्तिम आश्रय, जहांबाट यो सृष्टि सुरु र जहां गएर यो बिसाउँछ

१५. देवेश– देवताहरुका पनि देव, महादेव

१६. पुराण– सबै भन्दा सुरुको

१७. सनातन– जसको सुरु र अन्त दुवै छैन

१८. पुरुष– विष्णु, शिव

१९.परम्धाम– सर्वश्रेष्ठ आश्रय

२०.प्रजापति– जीव प्राणीहरुका स्वामी

२१. प्रपितामह– पितामह (ब्रह्मा) का पनि पिता २२. महात्मन्– विशाल मन भएको

२३. यम– नियम, विनाशकर्ता

२४.वेत्ता– सबै कुराको ज्ञाता

२५. वेद्यम– जान्नु पर्ने

२६. वायु– शुद्ध गर्ने शक्ति, जीवनी शक्ति,

२७.वरुण– सिर्जना गर्ने शक्ति, जल

२८. विश्वरुप– संसार नै परमात्माको रुपमा वा परमात्मामा सारा संसार देखिने रुप, सारा सृष्टि, सारा समय (भूत र भविष्य समेत) देखिनु

२९.शशाङ्क– रस र बीज उत्पादन गर्ने शक्ति, चन्द्रमा

३०.सत्– देखिने, यथार्थ

३१. सर्वंसमाप्नोषि– सारा संसारलाई व्याप्त गर्ने

३२. हृषीकेश– अन्तर्यामी, इन्द्रियका स्वामी, विवेक ।

अर्को संयोग के हो भने गीता ग्रन्थ भरिमा भगवान् श्रीकृष्णलाई निम्नलिखित ३२ वटा विभिन्न नामले बोलाइएको छ– अच्युत, अनन्तरुप, अप्रमेय, अप्रतिमप्रभाव, अरिसूदन, कमलपत्राक्ष, केशव, केशिनिसूदन, कृष्ण, गोविन्द, जगन्निवास, जनार्दन, देव, देवेश, परमेश्वर, प्रभु, प्रजापति, पुरुषोत्तम, मधुसूदन, भगवान्, महात्मन्, महायोगेश्वर, माधव, यादव, योगेश्वर, वार्ष्णेय, वासुदेव, विश्वमूर्ते, विश्वेश्वर, विष्णु, हरि, हृषीकेश ।

सहस्रबाहु र चतुर्बाहुको अर्को अर्थ पनि छ । सहस्रबाहु शिवको विशेषण हो र चतुर्बाहु विष्णुको । त्यसैले यो अनुरोध वर्तमान भयकारक रौद्ररुपबाट सौम्य विष्णुरुपमा परिवर्तन भइजाने अनुरोध पनि हो ।

विष्णुसहस्रनाममा विष्णुका लागि प्रयुक्त भएका केही नामहरु यस प्रकार छन्– स्थाणु, शम्भु, शिव, ईशान, सिद्ध, रुद्र, महादेव । भगवान् शिवको एक नाम विश्वरुप पनि हो किनभने उनको परिवारमा एकादश रुद्र, एकादश रुद्राणि, यक्ष, राक्षस, ऋषि र मुसा मात्र होइन कीरा–फट्याङ्ग्रा, गाई–गोरु, चरा, सर्प, बाघ सारा विश्व हो ।

यस श्लोकको साङ्केतिक अर्थ पनि छ त्यो के भने सहस्रबाहु रुप सृष्टिसंहारक रुप हो तथा चतुर्भुज रुप प्रेम र पालनको प्रतीक हो ।

जब बालकलाई आमाले प्रेमपूर्वक बोक्छिन् तब बालकका दुई काखीमा आमाका दुई हात जोडिएका हुन्छन् । यही भक्तवत्सल चतुर्भुजस्वरुपको सन्देश हो । भागवतमा भनिएको छ– यस स्वरुपले माता देवकीले आनन्द प्राप्त गरेकी थिइन् ।

आदि गुरु आचार्य शंकर आमाको अन्तिम दर्शनका लागि घर पुगे । आमाको मुक्तिका लागि परब्रह्म तत्त्व सुनाउँदै भने– ‘आमा, तपाईंले परब्रह्मको स्वरूप थाहा पाएपछि मोक्षलाभ गर्नुहुने छ ।’

आचार्यले सुनाएको तत्त्वोपदेशको केही अंश सुनेर विशिष्टादेवीले भनिन्– ‘छोरा, म अशिक्षित स्त्री हुँ । मन–वाणी बिना त्यस निर्गुण ब्रह्मलाई मैले कसरी बुझ्ने ? मलाई देव विग्रहको दर्शन गराउ । यसले मेरो जीवन सार्थक हुनेछ ।’

आमाको प्रीतिका लागि उनले भुजङ्गप्रयात छन्दमा अष्टमूर्ति महादेवको स्तोत्र रचेर पाठ गरे । महादेवले शङ्कराचार्यको स्तुतिबाट प्रसन्न भएर विशिष्टा देवीलाई शिवलोकमा लैजानका लागि अनुचरहरू पठाइदिए । तर शङ्करकी माता त्रिशूल–पिनाक–धारी भीषणमूर्ति शिवदूतहरूलाई देखेर भयभीत भइन् र भन्न थालिन्– ‘छोरा, यो मूर्ति बहुतै भयङ्कर छ । यसको साथमा जान मलाई डरलाग्छ ।’

आचार्यले विनयपूर्वक प्रार्थना गर्दै शिवदूतहरूलाई विदा गरे । शङ्करकी माता भगवान् विष्णुको चतुर्बाहु स्वरुपको भक्ति गर्थिन् । उनको अन्तिम इच्छा पूरा गर्नका लागि शङ्करले अत्यन्त कातर भएर श्रीविष्णुका चरणमा प्रार्थना गर्न थाले ।

उनको स्तुतिबाट प्रसन्न भएर शंख–चक्र–गदा–पद्मधारी श्रीभगवान् विष्णुले दिव्य ज्योतिद्वारा दश दिशाहरू उज्यालो गराउँदै आचार्य नजीक आएर उनको प्रार्थना अनुसार विशिष्टा देवीलाई दर्शन दिए । छोराको तपः प्रभावबाट विशिष्टादेवीले आनन्दपूर्वक परम–पद प्राप्त गरिन् ।

परमशक्तिको रुपमा शिव र विष्णुमा अन्तर छैन भन्ने कुरा स्पष्ट हुन्छ । शिवलाई योगेश्वर भने झैं गीतामा श्रीकृष्णलाई योगेश्वर तथा महायोगेश्वर भनिएको छ ।

विष्णुसहस्रनाममा विष्णुका लागि प्रयुक्त भएका केही नामहरु यस प्रकार छन्– स्थाणु, शम्भु, शिव, ईशान, सिद्ध, रुद्र, महादेव । भगवान् शिवको एक नाम विश्वरुप पनि हो किनभने उनको परिवारमा एकादश रुद्र, यक्ष, राक्षस, ऋषि र मुसा मात्र होइन कीरा–फट्याङ्ग्रा, गाई–गोरु, चरा, सर्प, बाघ सारा विश्व छ ।
===== श्रीभगवानुवाच =====
मया प्रसन्नेन तवार्जुनेदं,

रुपं परं दर्शितमात्मयोगात् ।

तेजोमयं विश्वमनन्तमाद्यं,

यन्मे त्वदन्येन न दृष्टपूर्वम् ।।४७।।
===== पदच्छेद र शब्दार्थ =====
श्रीभगवानुवाच (श्रीभगवानले भन्नु भयो) —

अर्जुन (हे अर्जुन) मया (मैले) प्रसन्नेन (प्रसन्न भएर) तव (तिमीलाई) आत्मयोगात् (आफ्नो अलौकिक योगशक्तिले) मे (मेरो, आफ्नो) तेजोमयम् (तेजोमय) अनन्तम् (अनन्त) आद्यम् (आद्य) विश्वम् (विश्वरुप) यत् (जुन) इदम् (यो) रुपम् परम् (परम रुप) दर्शितम् (देखाएँ) त्वत् (तिमी) अन्येन (बाहेक अन्य) न दृष्टपूर्वम् (यस अघि कसैले देखेको थिएन) ।

श्रीभगवानले भन्नु भयो–

हे अर्जुन, मैले प्रसन्न भएर आफ्नो अलौकिक योग सामथ्र्यद्वारा तेजोमय, अनन्त, आद्य, विश्वरुप तिमीलाई देखाएँ । यो स्वरुप तिमी बाहेक अरु कसैले देख्न सकेको थिएन ।।४७।।
===== व्याख्या =====
आध्यात्मिक ज्ञान कहीं पनि घटित हुनसक्छ । अरविन्दले जेलमा आध्यात्मिक ज्ञान प्राप्त गरेका हुन् । कबीरले कपडा बुन्दाबुन्दै ज्ञान प्राप्त गरे । योगी नरहरिनाथले साधनाद्वारा ज्ञान प्राप्त गरे । स्वर्गद्वारी महाप्रभु जन्मँदै ज्ञानी थिए भनिन्छ । योगमायालाई जीवनका संघर्षले ज्ञान प्राप्त भयो । खप्तड बाबालाई आफ्नै पेशामा अचानक ज्ञान प्राप्त भयो ।

अर्जुनलाई यो आध्यात्मिक ज्ञान युद्धभूमि हतियार समाते पछि प्राप्त भएको छ ।

आध्यात्मिक दृष्टिले अर्जुन र सञ्जयको साङ्केतिक अर्थ पनि छ । कुरुक्षेत्र भनेको शरीर हो। यसै शरीरमा रहेर नै केही गर्न सकिन्छ । यस क्षेत्रका १० इन्द्रिय र एक मन गरेर ११ अक्षौहिणी सेना छन् । अर्जुन अनुरागका प्रतीक हुन् । अक्षको अर्थ दृष्टि पनि हो ।

धृतराष्ट्रको नेत्रहीनता अज्ञानताको प्रतीक हो । सञ्जय संयमका प्रतीक हुन् । योगेश्वर महात्मा श्रीकृष्ण सत्यका प्रतीक हुनुहुन्छ । सबैका भित्र साक्षी चैतन्य, सारथी भएर श्रीकृष्ण बस्नु भएको छ। जुन दिन हाम्रो मनमा अर्जुनको समर्पण गुण उत्पन्न हुन्छ, त्यसै दिन हामीभित्र विश्वरुप प्रकट हुनजान्छ । सत्य दर्शनका यी दुई उपाय हुन्– सञ्जयको संयम र अर्जुनको समर्पण । अर्जुनको समर्पणले नै उनलाई ईश्वर दर्शनका लागि दिव्यदृष्टि प्राप्त भएको हो ।

न वेदयज्ञाध्ययनैर्न दानै

र्न च क्रियाभिर्न तपोभिरुग्रैः ।

एवं रुपः शक्य अहं नृलोके,

द्रष्टुं त्वदन्येन कुरुप्रवीर ।।४८।।
===== पदच्छेद र शब्दार्थ =====
कुरुप्रवीर (हे कुरुवीरहरुमा श्रेष्ठ) त्वत् अन्येन (तिमीबाहेक अन्य कुनैद्वारा) अहम् (मलाई) न वेद यज्ञ अध्ययनैः (न वेद पाठले, न यज्ञले, न स्वाध्यायले) न दानै (न दानकर्म) न तपोभिः उग्रैः (न उग्र तपस्याले) न च क्रियाभिः (न अन्य कुनै काम गरेर) एवम् (यो) रुपः (स्वरुप) नृलोके (मनुष्यलोकमा) द्रष्टुम् (देख्न) शक्यः (समर्थ छ) ।

हे कुरुवीरहरुमा श्रेष्ठ, तिमीले जुन रुप देख्यौ, वेदपाठ गरेर, यज्ञ गरेर, स्वाध्याय, दान कर्म, वा उग्र तपस्या वा अन्य कुनै काम गरेर मनुष्यलोकमा त्यो रुप कसैले देख्न सक्दैन, जुन रुपलाई तिमीले मात्र देखेका छौ ।।४८।।

मा ते व्यथा मा च विमूढ भावो,

दृष्ट्वा रुपं घोरमीदृङ्ममेदम् ।

व्यपेतभीः प्रीतमनाः पुनस्त्वं,

तदेव मे रुपमिदं प्रपश्य ।।४९।।
===== पदच्छेद र शब्दार्थ =====
मम (मेरो) इद्म (यो) ईदृक् (यस प्रकारको) घोरम् (घोर) रुपम् (रुप) दृष्ट्वा (देखेर) ते (तिमी) व्यथा (व्यथित, दुखी) मा (नहोउ) च (तथा) विमूढ भावः (मूढ भावयुक्त) मा (नहोउ) व्यपेतभीः (निडर) प्रीतमनाः (प्रसन्न मन युक्त भई) पुनः (फेरि) त्वम् (तिमीले) तत् (त्यो, पहिलेको) एव (नै) मे (मेरो) इदम् (यो) रुपम् (रुप) प्रपश्य (दर्शन गर, हेर) ।

मेरो यस्तो डरलाग्दो रुप देखेर तिमी दुखी नहोउ, मूढ जस्तो पनि नहोउ, निडर र प्रसन्न मन युक्त भई मेरो पहिलेको स्वरुप नै हेर ।।४९।।
===== व्याख्या =====
दिव्यरुप हेरेर अर्जुन व्यथित भइरहेका छन् ।

दिव्यको अर्थ हो– दैवी, स्वर्गीय, अलौकिक, वा असाधारण शक्तियुक्त, डिवाइन ।

दिव्य दृष्टि सबैले प्राप्त गर्न सक्दैनन् । जसलाई ईश्वरको दर्शन हुनु छ केवल उसले दिव्यदृष्टि प्राप्त गर्छ । किनभने ईश्वर केवल दिव्य दृष्टिबाट देखिन्छन्, सामान्य आँखाबाट देखिंदैनन् । तर यसका लागि साधना आवश्यक पर्छ । बिना साधना दिव्यदृष्टि प्राप्त हुनुमा जोखिम हुन्छ । बिना कुनै गुरु र बिना कुनै साधना परम सत्यको साक्षात्कार गर्ने परिस्थिति बेहार्नु परेकोले नै नीत्से विक्षिप्त भएको कुरा ओशोले बताएका छन् ।
===== सञ्जय उवाच =====
इत्यर्जुनं वासुदेवास्तथोक्त्वा,

स्वकं रुपं दर्शयामास भूयः ।

आश्वासयामास च भीतमेनं,

भूत्वा पुनः सौम्य वपुर्महात्मा ।।५०।।
===== पदच्छेद र शब्दार्थ =====
सञ्जय उवाच (सञ्जयले भने)

इति (यति भनेर) वासुदेवः (वासुदेव कृष्णले) अर्जुनम् (अर्जुनलाई) तथा (यस्तो) उक्त्वा (भनेर) स्वकम् (आफ्नो) रुपम् (रुप) दर्शयामास (देखाउनु भयो) च (तथा) भूत्वा (भएर) पुनः (फेरि) सौम्य (सौम्य) वपुः (छवि, रुप, शरीर) महात्मा (महात्मा, श्रीकृष्णले) भीतम् (भयभीत) एनम् (त्यस अर्जुनलाई) भूयः (फेरि) आश्वासयामास (धैर्य दिनु भयो, आश्वासन दिनु भयो)।

सञ्जयले (धृतराष्ट्रलाई) भने–

हे महाराज, यति भनेर श्रीकृष्णले अर्जुनलाई यस्तो भनेर फेरि पहिलेको आफ्नो देखाउनु भयो । र सौम्य स्वरुप धारण गरेर महात्मा श्रीकृष्णले भयभीत अर्जुनलाई आश्वासन (धैर्य) पनि दिनु भयो ।। ५० ।।
===== अर्जुन उवाच =====
दृष्ट्वेदं मानुषं रुपं तव सौम्यं जनार्दन ।

इदानीमस्मि संवृत्तः सचेताः प्रकृतिं गतः ।। ५१।।
===== पदच्छेद र शब्दार्थ =====
अर्जुन उवाच (अर्जुनले भने)

जनार्दन (हे जनार्दन, तव (तपाईंको) इदम् (यो) सौम्यम् (शान्त, सौम्य ) मानुषम् (मनुष्य देह धारण गरेको) रुपम् (रुप) दृष्ट्वा (देखेर) इदानीम् (अब) सचेताः (चित्त सहित, प्रसन्नचित्त)संवृत्तः (स्थिर, सहज) अस्मि (भएँ) प्रकृतिम् (स्वाभाविक अवस्थामा) गतः (गएँ) ।

अर्जुनले भने–

हे जनार्दन, तपाईंको यो सौम्य मनुष्य शरीर धारण गरेको देह देखेर म सहज र प्रसन्नचित्त भएँ । अब म आफ्नो स्वभावमा गएँ ।।५१।।
===== व्याख्या =====
अर्जुनको दिव्यदृष्टि कतिसम्म रह्यो ? यसबारे गीताले प्रष्ट केही नभने पनि ५१ औं श्लोकमा अर्जुनको दिव्य दृष्टि समाप्त भएको बुझिन्छ किनभने उनले आफ्नो स्वाभाविक अवस्था प्राप्त गरेका छन् । अर्जुनले भनेका छन्– ‘बल्ल मेरो मन ठेगानमा आयो, सचेत र स्वाभाविक भएँ ।’

अर्जुनलाई देखाइएको विश्वरुप कसकसले देखे ? गीता उपदेशको समापन (१८.७७) गर्ने क्रममा सञ्जयले धृतराष्ट्रलाई भनेका छन्– हे राजन्, श्रीहरिको यो अत्यन्त अद्भुत रुपलाई बारम्बार सम्झना हुन्छ । यसबाट हर्षातिरेक र विस्मयले उत्तेजित भइरहेको छु । सञ्जयको यस भनाईले उनले प्रभुको अद्भुत रुप दर्शन गरेकोले भावविभोर बनेका हुन् भन्ने तर्क जयदयाल गोयन्दकाको छ । तर अन्य केही लेखकहरुले सञ्जयले यो देखेका होइनन् उनले केवल अर्जुनले देखेको कुरा वर्णन गरेका हुन् भनेका छन् ।

यस विषयमा ओशो रजनीशको तर्क उचित छ, त्यो के भने दुवै दृष्टिमा अन्तर छ, एउटा दिव्य दृष्टि हो र अर्को दूरदृष्टि हो । अर्जुनको दृष्टि विश्वरुप संदर्शनका लागि हो भने सञ्जयको दृष्टि युद्धका दृश्य वर्णनका लागि । संजयको दूरदृष्टि हो ।
===== श्रीभगवानुवाच =====
सुदुर्दशमिदं रुपं दृष्ट्वानसि यन्मम ।

देवा अप्यस्य रुपस्य नित्यं दर्शनकाङ्क्षिणः ।।५२।।
===== पदच्छेद र शब्दार्थ =====
श्रीभगवानुवाच (श्रीभगवानले भन्नु भयो)

सुदुर्दशम् (अति नै दुर्लभ) इदम् रुपम् (यो रुप) दृष्ट्वान्असि (तिमीले) देख्यौ) यत् (जुन) मम (मेरो) देवा (देवताहरु) अपि (पनि) अस्य रुपस्य (यस रुपको) नित्यम् (सधैं) दर्शनकाङ्क्षिणः (दर्शनका इच्छुक हुन्छन्)।

श्रीभगवानले भन्नु भयो–

मेरो जुन यो रुप तिमीले देखेका थियौ, त्यो अति नै दुर्लभ छ र देवताहरु पनि सधैं त्यस रुपको दर्शनका आकाङक्षी छन् ।।५२।।
===== व्याख्या =====
भगवान् श्रीकृष्णले भन्नु हुन्छ– मेरो जुन यो रुप तिमीले देख्यौ, त्यो सुदुर्दर्श छ । दुर्दर्श अर्थात् दर्शन दुर्लभ र सुदुर्दर्श अर्थात् दर्शन अत्यधिक दुर्लभ । देवताहरु पनि सधैं त्यस रुपको दर्शन गर्न लालायित रहन्छन् । यस्तो दुर्लभ स्वरुप तिमीले देख्न पाउनु तिम्रालागि सौभाग्यको कुरा हो ।

कुन रुप ? चतुर्भुजरुप वा विश्वरुप ? भक्ति मार्गका साधकहरुले यस श्लोकको व्याख्यामा चतुर्भुज रुपलाई तथा ज्ञानमार्गीहरुले विश्वरुपलाई ध्यानमा राख्दछन् ।

जयदयाल गोयन्दकाले लेख्दछन्– यस चतुर्भुजरुपी मेरो स्वरुप, वेदाध्ययनले, उग्र तपले, दानले, वा यज्ञ सम्पादनले दर्शन गर्न पाईंदैन ।

कोमलगीतामा भनिएको छ– जस्तो तिमीले विश्वरुपी मलाई देख्यौ, त्यसरी वेदले, तपस्याले, दानले वा यज्ञले कोही मलाई देख्न सक्दैन ।

शंकराचार्यले बिना कुनै व्याख्या दुवै रुपलाई संकेत गरेका छन् । वास्तवमा दुवै रुप सु–दुर्लभ छन् । चतुर्भज रुप भक्तिको अन्तिम सीमा हो, विश्वरुप ज्ञानमा प्रवेशको अवस्था हो। ज्ञानमा प्रवेशपछि ज्ञाता र ज्ञेय समाप्त भइ केवल ज्ञान मात्र बाँकी रहन जान्छ ।

ब्रह्माण्डको चित्रलाई कम्प्युटरबाट सानो बनाउँदा र मस्तिष्कको न्युरोनलाई विस्तृत बनाउँदा प्राप्त चित्रको आश्चर्यजनक समानतालाई दृष्टिगत गर्दै मनोवैज्ञानिक कार्ल गुस्ताफ जुङ्गले भनेका छन्– ‘हाम्रो मस्तिष्कको संरचना ब्रह्माण्ड जस्तै छ । ब्रह्माण्डको अनन्तमा जसरी कुनै घटना घटित हुन्छ, हाम्रा मस्तिष्कको सूक्ष्मतामा पनि त्यसै गरी घटित हुन्छ ।’

ईश्वर दर्शनको वर्णन सजिलो छैन । यो एक व्यक्तिगत अनुभव हो, बिलकुल व्यक्तिगत । जसको अनुभवलाई साझा गर्न सकिंदैन । गन्धर्वराज आचार्य पुष्पदन्तका शब्दहरु सापटी लिएर यति मात्र भन्न सकिन्छ– ‘सारा समुद्रको पानीलाई मसि राख्ने भाँडो, सारा पर्वतहरुलाई मसि, पृथ्वीलाई कागत र कल्पवृक्षलाई लेखनी बनाएर रातदिन उहाँको गुणको व्याख्या गर्न आफैं सरस्वतीले लेख्न सुरु गरे पनि यस रुपको वर्णन गर्न असम्भव छ ।’

नाहं वेदैर्न तपसा न दानेन न चेज्यया ।

शक्य एवंविधो द्रष्टुं दृष्टवानसि मां यथा ।।५३।।
===== पदच्छेद र शब्दार्थ =====
एवंविधः (यस प्रकारको) दृष्टवान् असि (तिमीले देख्यौ) माम् (मलाई) यथा (जसरी) न अहम् वेदैः (न वेद अध्ययन गर्नेलाई) न तपसा (न तपस्या गर्ने लाई) न दानेन (न दान गर्नेलाई) न च इज्यया (तथा न यज्ञ गर्नेलाई) द्रष्टुम् (देख्न) शक्य ः (शक्य छ) ।

जस्तो तिमीले मलाई देख्यौ, यस्तो रुपलाई वेदले, तपस्याले, दानले, अथवा यज्ञले पनि कसैले मलाई देख्न सक्दैनन् ।। ५३ ।।
===== व्याख्या =====
ईश्वरलाई कसरी देख्न सकिन्छ ?

अकबरको दरबारमा टाढाका देशबाट एक बडो धनी मानिस आएर भनेछ– ‘जसले मेरो चित्र जस्ताको तस्तै बनाउन सक्छ, उसलाई मैले दशहजार स्वर्ण मुद्रा पुरस्कार दिने छु ।

दरबारमा चित्रकारहरुको प्रमुखले उसको चित्र बनाउन जिम्मा लियो । महिनौं मेहनत गरे पछि उसले चित्र पूरा गरेर लिएर गएछ ।
त्यस मानिसले चित्र हेरेर एक दुईवटा गलती निकालिदियो ।

उसले फेरि बनायो । फेरि पनि त्यस मानिसले गलती निकाल्यो । बारम्बार प्रयास गर्दा पनि सफल नभए पछि कलाकार निराश भयो । उसलाई आफ्नो कार्य प्रति कति घोर निराशा भयो भने उसले मर्ने विचार गर्यो। गंगा नदीमा पुगेर डुबेर आत्महत्या गर्न जोखना हेर्न थाल्यो । संयोगले बालक बीरबल त्यहीं रहेछ । निराश चित्रकारलाई देखेर बीरबलले निराशा र चिन्ताको कारण सोध्यो । धेरै पटक अनुरोध गरे पछि कलाकारले समस्या बतायो ।

बालक बीरबलले भन्यो– ‘चिन्ता नगर्नुस । मैले तपाईंलाई उपाय बताउँछु ।’

बीरबललले बजारबाट ठूलो ऐना किन्न लगायो । त्यसमा एक सुन्दर फ्रेम लगाएर फेरि दुवै जना संगै पुगे ।

त्यस मानिसले सोध्यो– ‘चित्र बनाएर ल्यायौ ?’

कलाकारले भन्यो– ‘यस पटक मैले विशेष मेहनत गरेर आएको छु ।’
अनि ऐना दियो । त्यस मानिसले ओल्टाइ पल्टाइ गरेर हेर्यो । अनि केही नभनी १० हजार स्वर्ण मुद्रा दियो ।

कलाकार घर फक्र्यो तर बीरबल त्यहीं बस्यो । अनि त्यस मानिसको गोडा समातेर भन्न थाल्यो– ‘मलाई आशीर्वाद दिनुस् । ’

त्यस मानिसले बारम्बार बीरबलबाट बच्ने कोशिश गर्यो। बीरबलले छोड्दै नछोडे पछि विवश भइ उसले आशीर्वाद दियो– ‘बीरबल तिम्रो बुद्धि बढेर जाओस् ।’

त्यसपछि समाजमा एउटा उखान प्रचलित भयो– ‘खुदाको अक्लसे पहचानो ।’ ईश्वरलाई विवेकले देख्न सकिन्छ, अर्को कुनै विधि छैन । दिव्यदृष्टि भनेको त्यही विवेक हो ।

भक्त्या त्वनन्यया शक्य अहमेवंविधोsर्जुन ।

ज्ञातुं द्रष्टुं च तत्त्वेन प्रवेष्टुं च परन्तपः ।। ५४।।
===== पदच्छेद र शब्दार्थ =====
तु (तर) परन्तपः (हे परन्तप) अनन्यया (अनन्य) भक्त्या (भक्तिले) अहम् (म) एवम् विधः (यस प्रकार) ज्ञातुम् (जान्न) अर्जुन (हे अर्जुन) द्रष्टुम् (देख्न) च (तथा) तत्त्वेन (तत्त्वले) प्रवेष्टुम् च (तथा प्रवेश गर्न, प्राप्त गर्न) शक्य (सकिन्छ ।)

तर हे परन्तप अर्जुन, अनन्य भक्तिले भने मलाई तत्त्वले जान्न र देख्न सकिन्छ । यति मात्र होइन ममा प्रवेश गर्न अर्थात् प्राप्त गर्न पनि सकिन्छ ।। ५४।।
===== व्याख्या =====
यज्ञ, तप, दान वा यस्तै कुनै क्रियाबाट मात्र ईश्वरको दर्शन हुँदैन । त्यसका लागि प्रेमपूर्ण तीव्र दर्शनको लालसा चाहिन्छ । अनि भगवानले भक्तको जस्तो प्रेम छ त्यही रुपमा दर्शन दिनुहुन्छ । यी सबै क्रियाहरु दर्शनको लालसाका लागि अभिप्रेरणा मात्र हुन् ।

ईश्वरको भक्ति प्राप्त गर्न श्लोक ११.५४–५५ को मन्त्र रुपमा पाठ विशेष लाभदायक मानिएको छ ।

ईश्वरीय शक्तिको अलौकिक प्रभावबारे अनेक अलौकिक घटनाहरु प्रख्यात छन् । मोहम्मदलाई ध्यानमग्न रहेको बेला अचानक आकाश वाणी सुनाइदियो– पढ । उनले भने– म अनपढले कसरी पढँु ? स्कूलको मुखै देखेको छैन ।

ईश्वरीय आदेश दोहोरियो– पढ ।

बाध्य भएर उनले पढ्न थाले । एक पछि अर्को गरेर जुन अभूतपूर्व काव्य उत्रियो, त्यो कुरान बन्यो । जीससले मृत् बालक जीवित बनाए । बोधिसत्त्वले आफ्ना शिष्यलाई यस्तो मन्त्र सिकाएका थिए जसलाई एकान्त स्थानमा वाचन गर्नासाथ आकाशबाट धनसम्पत्तिको वर्षा हुन्थ्यो । बालागुरु षडानन पानी माथि खाली खुट्टाले हिंड्ने सक्थे भन्ने जनश्रुति छ । हवनका लागि गाईको घिउ सकिंदा स्वर्गद्वारी महाप्रभुले भिंग्री खोलाबाट पानी सापटी लिएर हवन गर्थे र हवन गर्दा त्यो घिउ बन्थ्यो भन्ने कुरा प्रत्यक्षदर्शीका विवरणमा पाइन्छ । शिवपुरी बाबाले तीनवटा चामलका गेडाले काँचो दाउरामा आगो सल्काएको कुरा उनका शिष्यहरुले आफ्नो वर्णनमा उल्लेख गरेका छन् । योगी नरहरिनाथ एक दिनमा गोरखाबाट रोल्पा पुगेको चर्चा सरकारी स्तरमा नै भएको हो । यातायातको कुनै सुविधा नभएको बेलामा यो एक आश्चर्यजनक घटना हो ।
भौतिकवादीहरुका लागि आध्यात्मिक अनुभूति पूर्णतया अलौकिक हुन्छ । तर सिद्ध पुरुषहरुले यसलाई अनुभवजन्य घटना मान्दछन् । योगेश्वर श्रीकृष्णले यमुनातटमा जुन रासक्रीडा गरेका थिए त्यसमा प्रत्येक गोपिनीले पृथक पृथक रुपमा आफूसित श्रीकृष्ण रहेको कुरा अनुभव गरेको भनिएको छ । भगवान् श्रीकृष्णको जीवनका यस्ता अनेक यौगिक शक्ति तथा विभूतिहरुमा हामीले विश्वास गर्छौं ।

अनन्य भक्तिद्वारा असाध्य केही पनि छैन । महासिद्ध गोरखनाथले भन्छन्– प्रार्थनाको शक्ति अमोघ छ । धरती फाट्न सक्छ । त्यसैले प्रार्थना गर्नु पर्छ । भक्तिद्वारा रिझाइएका भगवानले भक्तको इच्छा पूरा गर्छन् । तर जहाँसम्म भेदभक्ति रहन्छ त्यहाँसम्म भगवान्को साकार मूर्तिकै दर्शन हुन्छ । यही उपासना परिपक्व भए पछि भक्ति परा भएर अभेद हुन्छ अनि भक्त भगवानको वास्तविक रुपलाई तत्त्वतः जान्न, सर्वत्र व्यापक देख्न र उहाँमा प्रवेश गर्न समर्थ हुन्छ, यही भक्तिको अन्तिम भूमि हो । यही विश्वरुप दर्शनको सन्देश हो ।

कवि श्रेष्ठ शेक्सपियरले भनेका छन्– पृथ्वी र स्वर्गमा यस्ता अनेक विषय छन् जसको बारेमा दर्शनशास्त्रलाई थाहा छैन ।

मत्कर्मकृन्मत्परमो मद्भक्तः संगवर्जितः ।

निर्वैरः सर्व भूतेषु यः स मामेति पाण्डवः ।।५५।।
===== पदच्छेद र शब्दार्थ =====
पाण्डवः (हे पाण्डव) मत् (मेरा लागि) कर्मकृत् कर्म गर्छ) मत् (मलाई) परमः (परम आश्रय मान्छ) मत् भक्तः (मेरो भक्ति गर्छ) संगवर्जितः (आसक्ति त्यागेर) सर्व (सबै) भूतेषु (प्राणीहरुमा) निर्वैरः (शत्रुभावरहित, प्रेम गर्छ) यः (जसले) सः (त्यसले) माम् (मलाई) एति (प्राप्त गर्छ) ।

हे पाण्डव, जसले सबै कर्म मेरालागि अर्थात् ईश्वरका लागि गर्र्छ, ममा परायण छ, आसक्तिरहित छ, तथा प्राणीहरु प्रति वैरभावरहित छ यस्तो मानिसले मलाई प्राप्त गर्छ ।।५५।।

ईश्वरको भक्ति प्राप्त गर्न श्लोक ११.५४–५५ को मन्त्र रुपमा पाठ विशेष लाभदायक मानिएको छ । स्वामी रामसुखदास, गीता दर्पण ।

===== व्याख्या =====
आसक्तिरहित भई मेरो निमित्त कर्म गर्ने तथा समस्त प्राणीहरुमा प्रेम राख्नेले मलाई प्राप्त गर्छ । यस आधारमा के भन्न सकिन्छ भने यस श्लोकको निहितार्थले युद्धलाई प्रेरित गर्दैन बरु आत्म साक्षात्कारलाई प्रेरित गर्छ । त्यसैले गीता युद्धलाई प्रेरित गर्ने शास्त्र होइन भन्ने प्रमाणित हुन्छ । निर्वैर हुनेले युद्ध गर्नै सक्दैन ।

अर्को कुरा कर्म त्यागलाई खारेज गर्दै के भनिएको भने ईश्वर दर्शन पछि आफ्नो कर्तव्य पूरा गर्न कर्तव्यरत रहनु नै वास्तविक कृष्ण भक्ति हो । जसले परम ज्ञान प्राप्त गर्छ उसको संसार प्रतिको जिम्मेवारी अझ बढी छ ।

जसले जनार्दन नै जगत, जगत नै जनार्दन यस दृष्टिले जगतको आराधनालाई नै हरिको आराधना ठान्दछ उही वास्तवमा भगवद्भक्त हो । अर्को शब्दमा ईश्वर दर्शन मानवीय साधनाको अन्तिम लक्ष्य होइन ।

जगत् छोडेर जंगल भाग्ने भगवद्भक्त होइन । यो केवल एक मार्ग हो, जसमा अगाडि हिंड्नु पर्ने काम बाँकी रहन्छ । प्रत्यक्ष ज्ञानलाई पूर्णता दिन पनि बाँकी रहन्छ । साँचो भगवद्भक्तले कर्तव्यलाई त्याग्दैन । यही गीताको कर्मयोग हो । विश्वरुप संदर्शनको सन्देश पनि त्यही हो ।

ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे विश्वरुपदर्शनयोगो नामैकादशोऽध्यायः।।

यस प्रकार श्रीमद्भगवद्गीतारुपी उपनिषद्, ब्रह्मविद्या, योगशास्त्र, एवं श्रीकृष्ण र अर्जुन वार्तालापमा विश्वरुप दर्शन नाम गरेको अध्याय ११ समाप्त भयो । ॐ तत् सत् ।

====सन्दर्भ====
अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।

अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।

अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।

आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।

आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।

आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।

ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।

ओशो, (सन् १९८०), गीता दर्शन , पूना ःरेबेल बुक्स ।

कबीर अमृतवाणी भाग १, भाग २, भाग ३, (वि.सं.२०७१), माघ २०,वि.सं.२०७१, यु टयुब (राकेश काला) ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।

खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।

गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।

गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।

गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुरः गीताप्रेस ।

ज्ञवाली (गेवाली) बाबुराम (२०७४), जीव जगत र जनार्दन, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, रुन्धती ट्रष्ट । http://swadeshnepal.com

ज्ञवाली, बाबुराम, (वि.सं.२०८२),श्रीमद्भगवद्गीताः अध्यात्म, कला र विज्ञान, रुपन्देहीः नवजागृति पुस्तकालय, बुटवल । ISBN 978-9937-187-00-8

ज्ञवाली, सलील, (सन् २००२), पूर्वीय सभ्यता, काठमाडौं ः ओरेन्टल प्रकाशन गृह ।

पन्त, शंकरराज, (वि.सं. २०७८), श्रीरामकृष्णवचनसुधा, मुल लेखक श्री म, काठमाडौं ः रामकृष्ण आश्रम नेपाल ।

पौड्याल, जयदेव, (वि.सं.२०४६) शङ्कराचार्य रचित तत्त्व बोधको अनुवाद, काठमाडौंः श्री ५ को सरकारको छपाखाना, सिंहदरबार ।

महाभारत एपिसोड ७५, बी आर चोपडा निर्मित महाभारत टी भी धारावाहिक, यु ट्युब . http://Mahabharata75.com

रामसुखदास, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता साधक संजीवनी, गोरखपुरः गीताप्रेस ।

विष्णुशर्मा, सन् १९७९, पञ्चतन्त्र सम्पादक श्यामाचरण पाण्डेय, वाराणसी ः मोतीलाल बनारसी दास । १०

सन्त ज्ञानेश्वर, (वि.सं.२०७०), ज्ञानेश्वरी (गीता), https: //GyaneshwariJnaneshwariGeeta जेठ ६ वि.सं.२०७३ मा इन्टरनेटबाट प्राप्त

51etmpl4g8iqxkjdb4wgchxkmpxk8uz
18611
18610
2026-06-11T02:15:22Z
Ziv
6796
→ corr.

[[चित्र:Nagasakibomb.jpg|अङ्गुठाकार|चित्र ११.२ परमाणु बम ]]

rxejx3t1r1au0gthexqup3i4b2z2413
श्रीमद्भगवद्गीता चतुर्थ अध्याय
0
4132
18615
18397
2026-06-11T03:07:30Z
CommonsDelinker
37
Removing [[:c:File:Diagram_4.01.jpg|Diagram_4.01.jpg]], it has been deleted from Commons by [[:c:User:Ziv|Ziv]] because: [[:c:COM:L|Copyright violation]]: https://in.pinterest.com/pin/406309197631410725/.
18615
wikitext
text/x-wiki
====अध्याय चार====
===ज्ञान कर्म सन्न्यास योग===
====श्रीभगवान् उवाच====

इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।

विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेब्रवीत ।।१।।
====पदच्छेद र शब्दार्थ====

श्रीभगवानुवाच (श्रीभगवानले भन्नु भयो)

इमम् (यही) विवस्वते (सूर्यले) योगम् (योग, ज्ञान) प्रोक्तवान् (भनेका थिए) अहम् (मैले) अव्ययम् (अविनाशी) विवस्वान् (विवस्वान्, सूर्यले) मनवे (मनुलाई) प्राह (भने) मनुः (मनुले) इक्ष्वाकु (इक्ष्वाकुलाई) अब्रवीत (भने) ।

श्रीभगवानले भन्नु भयो–

मैले यही अविनाशी योग अर्थात् ज्ञान विवस्वान् (सूर्य) लाई भनेको थिएँ । सूर्यले मनुलाई र मनुले इक्ष्वाकुलाई भनेका थिए ।।१।।

एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः ।

स कालेनेह महता योगो नष्टः परन्तपः ।।२।।
===पदच्छेद र शब्दार्थ===
एवम् (यसरी) परम्पराप्राप्तम् (परम्पराले प्राप्त) इमम् (यो) राजर्षयो (राजर्षिहरुले) विदुः (जाने) सः (त्यो योग) महता (धेरै, दीर्घ) कालेन (कालको प्रभावले) इह (यस लोकमा) योगः (योग) नष्टः (नष्ट भयो) परन्तपः (हे परन्तप, शत्रुलाई ताप दिने) ।

हे परन्तप, यसरी परम्पराबाट प्राप्त योगलाई राजर्षिहरुले जाने । त्यो योग (कालको प्रभावले) धेरै समय (यस लोकमा) लोप भयो ।।२।।

स एवायं मया तेऽद्य योगः प्रोक्तः पुरातनः ।

भक्तोऽसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम् ।।३।।
===पदच्छेद र शब्दार्थ===
स ः (त्यो) एव (नै) अयम् (यो) मया (मद्वारा) ते (तिमीलाई) अद्य (आज) योगः (योग) प्रोक्तः (भनिएको छ) पुरातनः (पुरातन, सनातन) भक्तः (भक्त) असि (हौ) मे (मेरो) सखा च (तथा सखा हौ) इति (त्यसैले, सोही कारण) रहस्यम् (रहस्य, गुह्य तत्त्व) हि (किनभने) एतत् (यो) उत्तमम् (उत्तम) ।

मेरो भक्त र सखा हौ त्यसैले त्यही यो पुरातन योग नै आज मैले तिमीलाई भनें किनभने यो ज्यादै उत्तम कुरा बचाएँ किनभने यो रहस्य, गुह्य तत्त्व हो ।।३।।
===व्याख्या===

यस अध्यायले के स्पष्ट गर्छ भने गीतालाई योग शास्त्र किन भनिएको हो । सुरुमा भगवान आफैं मैले यही योग विवस्वान्लाई भनेको थिएँ । उनले मनुलाई र मनुले इक्ष्वाकुलाई क्रमशः हस्तान्तरण गरेका थिए, भन्दै यस योगको ज्ञान अन्य राजर्षिहरुलाई पनि थियो तर समयक्रममा यो लोप हुँदै गयो ।

एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा अथवा एउटा सफ्टवेयरबाट अर्को उस्तै सफ्टवेयरमा स्थानान्तरण गर्दा फाइलमा स्वतः अस्पष्टता उत्पन्न हुन जान्छ, कहिलेकाहीं पढ्न नसकिने पनि हुन्छ । त्यसै गरी एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान हस्तान्तरण गर्दा देश, काल सापेक्ष त्यसमा केही अस्पष्टताहरु उत्पन्न हुन्छन् । अझ पुस्तौं पुस्ता सर्दै आउँदा त्यसमा अस्पष्टता उत्पन्न हुन जान्छन् । वेदका कैयौं ऋचाहरु आज दुर्बोध भएका छन् । ती ऋचाहरुको सही अर्थ कसैले पनि बताउन नसक्ने भइसकेको छ ।

ज्ञानको मूल ईश्वर स्वयं हो । समयक्रममा हस्तान्तरण भएको यस ज्ञानमा अस्पष्टता प्रवेश गर्छन् । यस अस्पष्टतालाई हटाउन ज्ञानको मूल स्रोत नै चाहिन्छ । मैले तिमीलाई त्यही मूल ज्ञान दिएको छु, जुन सुरुमा सूर्यलाई दिएको थिएँ, यसरी व्याख्या गर्ने क्रममा अवतार सिद्धान्तको पनि व्याख्या हुन गएको छ ।
====अर्जुन उवाच====

अपरं भवतो जन्म परं जन्म विवस्वत ः ।

कथमेतद्विजानीयां त्वमादौ प्रोक्तवानिति ।।४ ।।
====पदच्छेद र शब्दार्थ====
अर्जुन उवाच (अर्जुनले भने)

अपरम् (भर्खर, टाढाको होइन) भवतः (तपाईंको) जन्म (जन्म) परम् (धेरै परको, टाढा) जन्म (जन्म) विवस्वतः (सूर्यको) कथम (कसरी) एतत् (यो ज्ञान) विजानीयाम् (बुझ्नु, जान्नु) त्वम् (तपाईं) आदौ (आदिमा, सुरुमा नै) प्रोक्तवान् इति (भनिसक्नु भएको थियो)।

अर्जुनले भने

तपाईंको जन्म भर्खर हो र सूर्यको जन्म धेरै नै परको अर्थात् सुदूर अतीतको कुरा हो । अब यस्तोमा तपाईंले सूर्यलाई प्रारम्भमा यही ज्ञान दिनु भएको थियो भन्ने कुरा कसरी पत्याउँ ? अर्थात् सुदूर अतीतको सूर्यलाई आज यहाँ भएको तपाईंले भन्नु एक विरोधाभास भएन ? ४ ।।
====व्याख्या====
जुन ज्ञान सुरुमा सूर्यलाई प्राप्त भयो, सूर्यबाट क्रमशः मनुलाई र मनुबाट इक्ष्वाकुलाई हस्तान्तरण भयो त्यो कालको प्रभावले ज्ञानको मूल स्वरुप लुप्त भएको थियो त्यही मूल ज्ञान मैले तिमीलाई बताउँदैछु अर्थात् भगवान् कृष्णले ज्ञानको प्रतिलिपि हस्तान्तरण गरेको होइन, अर्जुनलाई मूल ज्ञान दिनु भएको हो । मनु, इक्ष्वाकु आदि प्रारम्भिक सूर्यवंश िशासक हुन् जसले पृथिवीमा राज्य गरे ।

यो सुनेर अर्जुनले स्वाभाविक रुपमा अविश्वास गर्छन्– ‘तपाईंको जन्म हाल यहाँ भएको छ, मेरो समकालीन हुनुहुन्छ । अनि अहिले भर्खरको मानिसले त्यति धेरै पुरानोलाई कसरी सिकाउन सक्नु भयो ?’

यो संशय अर्जुनको मात्र नभएर सबैको हो । सुरुमा सूर्यलाई दिएर सयौं पुस्ता हस्तान्तरण भइसकेर आज फेरि उही सुरुको मानिसले ज्ञान कसर दिन सक्छ ?

भगवान् कृष्णको कथनमा रहेको विरोधाभासले अर्जुन दुविधामा परे ।
====श्रीभगवान् उवाच====
बहूनि मे व्यतीतानि जन्मानि तव चार्जुन ।

तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परन्तप ।।५।।
====पदच्छेद र शब्दार्थ====
श्रीभगवान् उवाच (श्रीभगवान् ले भन्नु भयो)

बहूनि (अनेक, धेरै पटक) व्यतीतानि (भएका छन्) जन्मानि (जन्महरु) मे तव च (मेरा र तिम्रा) अर्जुन (हे अर्जुन) तान् िसर्वाणि (तिनी सबैलाई) अहम् (मैले) वेद (जान्दछु) न त्वम् वेत्थ (तिमीले जान्दैनौ) परन्तप (हे परन्तम, शत्रुलाई तापदिने अर्जुन) ।

श्रीभगवान् ले भन्नु भयो

हे परन्तप अर्जुन तिम्रो र मेरा अनेकानेक जन्म भएका छन् । मैले ती सबै जानेको छु तर तिमीले जान्दैनौ ।।५।।

अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन् ।

प्रकृतिं स्वामधिष्ठाय सम्भवाम्यात्ममायया ।। ६।।
====पदच्छेद र शब्दार्थ====
अजः (अजन्मा) अपि सन् (भएता पनि) अव्ययात्मा (अविनाशी) भूतानाम् ईश्वरः (ईश्वर, मालिक) अपि सन् (भैकन पनि) प्रकृतिम् (प्रकृतिलाई) स्वाम् (आफ्नो) अधिष्ठाय (अधीन गरेर) सम्भवामि (जन्म लिन्छु) आत्ममायया (आफ्नै योगमायाले) ।

अजन्मा र अविनाशी भएता पनि समस्त प्राणीको ईश्वर भैकन पनि आफ्नो प्रकृतिलाई अधीन गरेर आफ्नै योगमायाले प्रकट हुने गर्छु ।। ६ ।।
====व्याख्या====
ईश्वरको मानव जन्मलाई नै अवतार भनिन्छ । यद्यपि अवतारको धारणा ऋग्वेदमा पनि संकेत गरिएको छ (ऋग्वेद ३.५३, ८–६.४७,१८), पुराणहरुमा अवतारहरुको लामो सूची छ र त्यसमध्ये केहीको उल्लेख शतपथ ब्राह्मणमा पनि पाइन्छ (शतपथ १.८,१–६,१.२.५.१) तर केवल गीतामा यसको सुनिश्चित, स्पष्ट, र वैज्ञानिक धारणा पाइन्छ । यो गीताको एक मौलिक र अनुपम योगदान हो ।

अर्जुनको संशयलाई समाप्त गराउँदै भगावन् श्रीकृष्णले के सत्य प्रकट गर्नुहुन्छ भने दुवैका अनेकौं जन्म भइसकेका छन् तर अर्जुनले विवश भएर प्रारब्ध कर्म (जन्मका लागि उत्तरदायी अवशेष कर्म) का कारण शरीर प्राप्त गरेका छन् त्यसैले उनीलाई यस बारेमा कुनै जानकारी छैन । तर श्रीकृष्ण परमेश्वर भएकाले स्वप्रेरणा र स्वेच्छाले उच्च उद्देश्यका लागि यो जन्म लिनु हुन्छ ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।७।।
====पदच्छेद र शब्दार्थ====
यदा यदा (जुन जुन बेला) धर्मस्य (धर्मको) ग्लानिः (ग्लानि, थकावट) भवति (हुन्छ) भारत (हे भारत) अभि–उत्थानम् (अभ्युत्थान, टाउको उठाउनु) अधर्मस्य (अधर्मको) तदा हि (त्यसबेला नै) आत्मानम् (स्वयंलाई) अहम् (मैले) सृजामि (सिर्जना गर्छु) ।

हे भारत, जुन जुन बेला धर्मको ग्लानि हुन्छ र अधर्मको अभ्युत्थान हुन्छ त्यस त्यस समय म आफूलाई सिर्जना गर्छु र प्रकट गर्छु ।। ७ ।।
====व्याख्या====
धर्म मानवीय चेतनाको उच्चतम विशेषता हो । नीति शास्त्रले भन्छ– आहार, मैथुन र निद्रा अर्थात् सुरक्षा सबै जीवित प्राणीका स्वाभाविक गुण हुन् । धर्म नै त्यो विशेष कुरा हो जसले मानिसलाई पशुबाट छुट्ट्याउँछ । यस कुराको अनुमोदन गर्दै आधुनिक समाजशास्त्रीय विश्लेषणले के कुरा प्रमाणित गरेको छ भने मानवीय समाजले धर्मको अवधारणा ग्रहण गरे पछि मानव र पशुमा अन्तर हुन गएको हो ।

धर्म शब्दको मूल धातु हो धृ । यसको अर्थ हुन्छ धारण । त्यसैले भनिन्छ– धारणात् धर्म अर्थात् धर्मले समाजलाई अड्याउने हुनाले यसलाई धर्म भनिएको छ । धर्म प्रत्येक पदार्थको स्वाभाविक विशेषता हो । धर्मो रक्षति रक्षित अर्थात् जुन कुराको रक्षा गर्नाले आफ्नो रक्षा हुन्छ, त्यो धर्म हो । उदाहरणका लागि न्यायको रक्षा गर्यो भने त्यसले हामीलाई अन्यायबाट बचाउँछ । जुन समाजले सद्गुणको रक्षा गर्छ, त्यस समाजका मानिसहरुलाई त्यसले दुर्गुणबाट बचाउँछ । गीताको आरम्भ धर्मक्षेत्रे शब्दबाट भएको छ । त्यहाँ यसको अर्थ हो न्याय हुने स्थान ।

महाभारतले भनेको छ– यतः धर्मस्ततो जय । यसको अर्थ हो न्यायको विजय हुन्छ । शान्ति सुरक्षा कायम गर्नु, अराजकता हुन नदिनु, व्यक्ति र राज्यको उन्नति कायम गर्नु जस्ता कामलाई राजधर्म भनिएको छ । धर्मले सामाजिक मेल र सुख शान्ति ल्याउँछ भने अधर्मले समाज भित्र सामाजिक कलह र दुःख मात्र बढाउँछ । मनुस्मृतिमा १० नैतिक गुणलाई धर्म भनिएको छ– ‘धृति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रियनिग्रह, धी, विद्या, सत्य, र अक्रोध ।’ यी नैतिक गुण जुनसुकै सम्प्रदाय अनुगामीका लागि आदर्श हुन्छन् ।

गीतामा धर्मलाई निम्नलिखित अर्थमा प्रयोग गरिएको छ–

१. पुण्यकर्मको रुपमा– धर्मक्षेत्रे १.१, धर्मम् १८.३१, १८.३२, त्रयीधर्मम् ९.२१

२. कर्तव्य कर्मको रुपमा– कुलधर्मा १.४०, १.४३, १.४४, जातिधर्मा १.४३, स्वधर्मः, ३.३५,१८.४७,

३. व्यक्तिगत स्वभावको रुपमा– धर्मसम्मूढ २.७, परधर्मात् ३.३५,१८.४७, सर्वधर्मान् १८.६६

४. सद्गुण, सदाचारको रुपमा– धर्मस्य २.४०, ४.७, १४.२७, धर्मसंस्थापन ४.८, धर्माविरुद्धः ७.११

५. ज्ञान विज्ञानको रुपमा– शाश्वतधर्म ११.१८

६. त्रिवर्गमध्ये एकको रुपमा– धर्मकामार्थान् १८.३४

ग्लानिको अर्थ हुन्छ– थकित, गलित, वा निरुत्साहित । धर्मको समाप्ति होइन । धर्म कहिल्यै समाप्त हुँदैन । हुन त धर्मस्थपनामा माथि उल्लिखित सबै पर्दछन् तर यस श्लोकमा धर्म ग्लानिको विशेष अर्थ हो सृष्टिलाई धारण गर्ने शक्ति– कर्तव्य, नैतिकता, आदर्श, ईमानदारी, सद्गुण, सदाचारको ह्रास । धर्म नै सृष्ट विश्वलाई सञ्चालन गर्ने मूल तत्त्व हो । सृष्टिमा तीन गुण अविराम प्रवाहित भइरहन्छन् त्यसैले के स्वाभाविक छ भने कहिले कुन र कहिले कुन सर्वोपरि हुनजान्छ । कहिले काहीं सत्त्वले अरुलाई उछिनेर अगाडि आउँछ, यसै गरी कहिले रजस्ले अरुलाई उछिन्छ । कहिले अरुलाई उछिनेर तमस्को चकचकी हुन्छ, अनि अधर्म फैलिन्छ । त्यसैले धर्मको ग्लानि र अधर्मको उत्थान भनेको धर्म थाकेको र अधर्म जागेको समय ईश्वरको अवतार हुन्छ भनिएको हो ।

हुनत, ईश्वर अजन्मा, अनन्त र सबै प्राणीका प्रभु हुनुहुन्छ तर आफ्नो माया शक्ति को सहारा लिएर आवश्यकता पर्दा मानव कायाको रुपमा अवतरित हुनुहुन्छ । ईश्वरको यो मानव काया जुनसुकै स्थान र समयमा अवतरण हुनसक्छ तर यसको एउटा अनिवार्य सर्त छ, त्यो के हो भने धर्मको ग्लानि र अधर्मको चरम उत्थान हुनु पर्छ ।

यस अवस्थामा सज्जनहरू दुर्जनका दयाको पात्र भएर बिचरा बनेर बाँचिरहेका हुन्छन् । मानव इतिहासको यस्ता संक्रमण कालमा परमेश्वर सन्तुलन पुनस्र्थापित गर्नका लागि मानव रुपमा आफैं आउने कुरा निश्चित गर्नु हुन्छ । यसैलाई अवतार भनिन्छ ।

अवतार त्यो हो जसमा ईश्वरीय शक्ति पूर्ण रुपमा विकसित हुन्छ हुन्छ । जसमा कम विकसित हुन्छ त्यो सिद्ध वा सन्त हुन्छ भन्ने मान्यता हुन्छ । रामकृष्णले अवतारको व्याख्या गर्दै भनेका छन्–‘सन्त र सिद्ध भनेको डुङ्गा हो जुन आफू मात्रै पारी पुग्छ । अवतार भनेको रेलगाडीको इन्जिन जस्तै हो, जुन आफू त लक्ष्यमा पुग्छ, साथै डब्बाहरुलाई तानेर लक्ष्यसम्म ल्याइ पुर्याउँछ ।’ त्यसैले अवतार आफू मात्र तर्दैनन् आफूसंग आफ्नो समयको समाजलाई तार्छन् । उनको प्रभाव पछिसम्म रहन्छ ।

अवतार, सन्त, महापुरूष र शास्त्रज्ञानी सबै हिन्दु धर्मका अभिन्न अंग हुन्छन् । तथापि बौद्धहरुको बोधिसत्त्व, जैनको तीर्थंकर, सिखको गुरु परम्परा प्रकारान्तरले अवतारको अवधारणा हो भन्न सकिन्छ ।

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।८।।
====पदच्छेद र शब्दार्थ====
साधूनाम् (सज्जनहरुको) परित्राणाय (सबैतिरबाट रक्षा गर्न) च (तथा) दुष्कृताम् (दुष्कृत्यहरुको, अनुचित कृत्यहरुको) विनाशाय (विनाश गर्न) धर्म–संस्थापन (धर्म संस्थापना) अर्थाय (उद्देश्यले) युगे युगे (युग युगमा, हरेक समयमा) सम्भवामि (प्रकट हुन्छु, आउने छु) ।

सज्जनहरुको परित्राण गर्न, दुष्कृत्यहरुको विनाश गर्न र धर्म संस्थापना गर्न म युग युगमा प्रकट हुने गर्छु । मैले जन्म लिने छु ।। ८ ।।
====व्याख्या====
गीताको नाम सुन्ने प्रायः सबैले अध्याय चारको श्लोक सात र आठ यी दुई श्लोक केही न केही जानेका हुन्छन् । यी श्लोकले अवतार सिद्धान्तको प्रतिपदन गरेकोले श्लोकहरुको भाव पनि ज्यादै गहन छ । ईश्वर अवतारको उद्देश्य के हो ? यस श्लोकमा अवतारको तीन उद्देश्य उद्देश्य बताइएको छ–

१. सज्जनको उद्धार,

२. दुष्कृत्यहरुको संहार,

३. धर्मको स्थापना ।

अवतारको सर्वोपरि उद्देश्य हो, सज्जनको उद्धारद्वारा धर्म संस्थापनको प्रयास । यस क्रममा जरुरी परेमा अवतारले ती दुष्कृत्यहरुको संहार गर्छन् जसले धर्मसंस्थापनमा अवरोध गर्छन् । कृत्यको अर्थ हो गर्नु पर्ने कार्य त्यसैले दुष्कृत्यको अर्थ हो अनुचित कार्य, गर्न नहुने कार्य ।

अधर्म असाधुहरुको हृदयमा वास गर्छ भने धर्म साधुहरुको हृदयमा वास गर्छ । साधुको उद्धार नगरी धर्म संस्थापन हुन सक्दैन । त्यसैले ईश्वरको अवतार करुणावश हो । यसलाई अहैतुकी प्रेम भनिन्छ । बिना कारण, बिना स्वार्थ प्रदान गरिने प्रेम । मानिसको प्रेममा स्वार्थ हुन्छ, ईश्वरको प्रेम निःस्वार्थ हुन्छ ।

अवतारको तेस्रो उद्देश्य हो धर्मलाई ग्लानिबाट उत्थान गर्नु हो । समाजमा दुर्जनहरुको चक्चकी भएमा धर्ममा ग्लानि हुन्छ । ग्लानिको एउटा अर्थ हो थकावट । यसमा स्फूर्ति ल्याउन ईश्वर आफैं आउनु हुन्छ ।

धर्मको उत्थान गर्न अवतार अवश्य आउँछन् भन्ने एक अटूट विश्वास हिन्दु धर्मावलम्बीमा हुन्छ । यस आधारमा भगवान् विष्णुका १० अवतार मानिन्छन् मत्स्य, कूर्म, वराह, वामन, नर्सिंह, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि । जुन समयमा जस्तो दुष्कृत्य भएको छ, त्यसको समाप्तिका लागि सोही अनुसारको ईश्वर अवतार हुन्छ भन्ने कुरा पुराण कथाले व्याख्या गर्छन् । जसमा कृष्णलाई पूर्णावतार र अन्यलाई अंशावतार भनिन्छ । कलियुगमा कल्कि अवतार हुने छ भन्ने विश्वास गरिन्छ ।

वैदिक सनातन हिन्दु संस्कृतिका अनुयायीलाई सामूहिक अवसादबाट बचाउन र आशाको संचार गर्न यस श्लोकले अमृत बिन्दुको काम गरेको छ । समाजमा अत्याचार, पाप, अधर्म, दुराचारको चकचकी हुँदा तथा सज्जन मानिसहरुमाथि अन्याय हुँदा पनि मानिसहरुमा सधैं के विश्वास रहेको छ भने ईश्वर सहायता गर्न कुनै न कुनै रुपमा अवश्य आउनु हुनेछ । यसले समाजलाई निरन्तर आशावादी रहन मद्दत पुगेको छ ।

धेरै समय इजिप्टमा दासको जीवन बिताएका यहुदीहरुको मानसिकता नै दास भइसकेको थियो । उनीहरुले स्वतन्त्र हुनसक्ने आश नै मारिसकेका थिए । मोसेजले ईश्वरीय आदेश पालन गरेर यहुदीको उद्धार गर्न निकै प्रयास गर्नु पर्यो । आफूले ईश्वरीय आदेश पाएको कुरा विश्वास दिलाउनु पर्यो । उनीहरुमा स्वतन्त्रताको चेतना जगाउनु पर्यो । बडो मुश्किलले उनीहरु मोसेजको सुझाव मान्न तयार भए ।

हिन्दु दार्शनिकहरुको विविध पक्षको चिन्तन देखेर साहित्यकार टी एस इलियटले भनेका छन्– हिन्दु दार्शनिकहरुको गहन अध्ययनका अगाडि कोही पनि टिक्न सकेको देखिंदैन । अधिकांश युरोपेली दार्शनिक उनीहरुका अगाडि केटाकेटी जस्तो लाग्छ ।

जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः ।

त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ।।९।।
====पदच्छेद र शब्दार्थ====
अर्जुन (हे अर्जुन) मे (मेरो) दिव्यम् (दिव्य) जन्म (जन्म) कर्म च (र कर्म) यः (जसले) एवम् (यसरी) तत्त्वतः (यथार्थमा, सारमा) वेत्ति (जान्दछ) सः (उसले) देहम् (देह) त्यक्त्वा (त्याग गरेपछि) पुनर्जन्म (पुनर्जन्म) न एति (प्राप्त गर्दैन) माम् (मलाई) एति (प्राप्त गर्छ) ।

हे अर्जुन, मेरो जन्म र कर्म दुवै दिव्य छन् । जसले यो कुरा यथार्थमा, बुझेको छ, उसले देह त्यागेपछि पुनः जन्म लिनु पर्दैन बरु मलाई प्राप्त गर्छ ।। ९ ।।
====व्याख्या====
भगवान् श्रीकृष्णद्वारा थप आश्वासन के पनि छ दिइएको छ भने यस अवतारको रुप, जन्म र कार्यको महिमा जसले बुझ्छ उसले मुक्ति प्राप्त गर्छ ।

जन्म र मृत्यु दुवै विपरीत अवधारणा हुन् । दुवै प्राणीले बेहोर्नु पर्छ । यी दुवै लौकिक अवधारणाहरु हुन् तर श्रीकृष्ण यी दुवैको पार हुनुहुन्छ, त्यसैले उहाँको जन्म र कर्म दिव्य छ भनिएको हो । जसले यो कुरा बुझ्छ उसले पुनर्जन्म लिनु पर्दैन ।

भगवान् श्रीकृष्णले जुन कुरा बुझ्नु भएको छ त्यो जसले बुझ्छ त्यो पनि अलौकिक हुन जान्छ । हामीले बुझ्छौं भने हामी पनि अलौकिक हुन जान्छौं । शरीरमा जीवन छ तर शरीर नै जीवन होइन । बत्तीमा उज्यालो छ तर बत्ती नै उज्यालो होइन । यही कुरा दिव्य हो । बुद्धले जुन दिन त्यो जाने उनलाई दिव्य अनुभवहरु भए । जीससले जुन दिन यो कुरा बुझे आफूलाई परमात्माको सन्तान जाने । मंसूरले यो कुरा बुझे पछि अनलहक भन्यो । राबियाले शैतानमा ईश्वर देख्न थालिन् । योगमायाले जुन दिन यो कुरा बुझिन् उनको जीवन एक साधारण घरेलु महिलाको रुपमा रहेन, ठुली हजुर बनिन् । जुन दिन बलवीर थापाले यो कुरा बुझे उनी योगी नरहरिनाथ बने । खप्तड बाबाले जुन दिन त्यो जाने त्यसपछि उनले अरु कुरा जान्न बाँकी रहेन, चिकित्सकको काम छोडेर एकान्त सेवन गर्न थाले ।

वीतराग भयक्रोधा मन्मया मामुपाश्रिताः ।

बहवो ज्ञानतपसा पूता मद्भावमागताः ।। १० ।।
====पदच्छेद र शब्दार्थ====
वीतरागभयक्रोधाः (राग, भय र क्रोधलाई बेवास्ता गरेका, यी सबैबाट मुक्त) मन्मयाः (मत्परायण भएका) माम् उपाश्रिताः (मेरो आश्रय लिएका) बहवः (अनेकौं) ज्ञानतपसा (ज्ञानको तपले) पूताः (पवित्र भएकाहरु) मद्भावम् (मेरो भावलाई) आगताः (आएका छन्, प्राप्त भएका छन्) ।

राग, भय र क्रोधबाट मुक्त भएका, मत्परायण भई मेरो आश्रय लिएका र ज्ञानतपले पवित्र भएका अनेकौंले मेरो भावलाई प्राप्त भएका छन् अर्थात् मलाई प्राप्त गरेका छन् ।। १० ।।
====व्याख्या====
भय, क्रोध र राग सबै मनोवैज्ञानिक प्रतिक्रियाहरु हुन् । भयको अर्थ हो प्राप्त विषयका नाशको आशङ्का । क्रोधको अर्थ हो काम्य विषयको प्राप्तिमा बाधा । रागको अर्थ हो विषय वासनासंग तुरुन्तै सम्बन्धित भइदिनु । यी सबबाट वीतको अर्थ हो गएको, छुटेको । त्यसैले वीतरागको अर्थ हो रागबाट मुक्त, त्यसै गरी वीतभयको अर्थ हो भयबाट मुक्त र वीतक्रोधको अर्थ हो क्रोधबाट मुक्त । घर परिवार प्रति आसक्ति हुनु राग हो भने यसको विपरीत अर्थात् घर परिवारबाट विरक्त भई वन जंगलमा कठोर एकान्त वास गर्नु वैराग्य हो ।

राग, विराग र वीतरागमा अन्तर हुन्छ । मानिसको मन राग र विरागको बीचमा डुलिरहन्छ । राग र वैराग्य एक अर्काको विपरीत हो तर वीतराग राग र वैराग्य दुवैबाट पारको अवस्था हो । अटैच भनेको राग हो, भने डिटैच भनेको विराग हो । तर बियोन्ड एटैच भनेको वीतरागी हुनु हो । वीतरागीले सबै सुखलाई उपयोग पनि गर्छ र वैराग्यको भाव पनि मनमा राख्छ । बाहिरबाट वीतरागी मानिस रागी जस्तो देखिन्छ तर भित्रबाट ऊ वैरागी जस्तो हुन्छ । वीतरागी रागभन्दा माथि हुन्छ तर साथै यो वैराग्यभन्दा पनि माथि हुन्छ । भगवान् श्रीकृष्णको जीवन वीतरागीको एक सुन्दर उदाहरण हो । श्रीकृष्णका आठ पटरानी थिए जसमा १६ हजार १०० अरु थपिए । यसरी १६ हजार १०८ श्रीमती भएका भगवान् श्रीकृष्णलाई शास्त्रकारहरुले सबभन्दा ठूलो ब्रह्मचारी घोषणा गरेका छन् । भगवान् श्रीकृष्णले स्वीकार गरेका पत्नीहरु रागको कारणले प्राप्त भएका होइनन् । रुक्मणि र कालिन्दीले कृष्णलाई पति पाउन तपस्या गरेका थिए । स्यामन्तक मणिको उद्धार गर्ने क्रममा जाम्बवती र सत्यभामालाई पत्नी स्वीकार गर्नु परेको थियो ।

नरकासुरले भोग गर्नका लागि थुनेर राखेको कन्यालाई भगवान् कृष्णले पत्नी बनाउनु परेको थियो । भगवान् श्रीकृष्णले नरकासुरको वध गरे पछि जेलमुक्त सबै कन्या आआफ्ना घर गए । ती कन्याहरु एक दिन रुँदै कृष्णकहाँ आइ पुगे अनि के भन्न थाले भने उनीहरुलाई न त समाजले स्वीकार गर्यो न परिवारले । उनीहरुलाई कसैले विवाह गर्न पनि मानेन । भगवान् श्रीकृष्णले तत्काल निर्णय गर्नु भयो– यदि तिमीहरुको परिवारले, समाजले अपमानित गर्नका लागि स्वीकार गरेनन् भने तिमीहरु आजदेखि कृष्ण पत्नी भयौ । अब संसारले कृष्ण पत्नीको रुपमा तिमीहरुको सम्मान गर्ने छ ।

यसरी कृष्णका सोह्र हजार एक शय आठ पत्नी भएका हुन् ।

ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।

मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।। ११ ।।
====पदच्छेद र शब्दार्थ====
ये जसले) यथा (जसरी) माम् (मलाई) प्रपद्यन्ते (भजन गर्छन्) तान् (तिनीहरुलाई) तथा एव (त्यसै गरी नै) भजामि (भज्छु) अहम् (मैले) मम (मेरो) वर्त्म (बाटो) अनुवर्तन्ते (अनुसरण गर्छन्) मनुष्याः (मानिसहरु) पार्थ (हे पृथा पुत्र अर्जुन) सर्वशः (सबै प्रकारले) ।

हे पार्थ, जसले मलाई जसरी भजन गर्छन् मैले तिनीहरुलाई त्यसै गरी भज्छु, व्यवहार गर्छु । किनभने मानिसहरुले सबै प्रकारले मेरो मार्गकै अनुसरण गर्छन् ।। ११ ।।

काङ्क्षन्तः कर्मणां सिद्धिं यजन्त इह देवता ।

क्षिप्रं हि मानुषे लोके सिद्धिर्भवति कर्मजा ।। १२ ।।
====पदच्छेद र शब्दार्थ====
कर्मणाम् (कर्महरुको) सिद्धिम् (सिद्धि) काङ्क्षन्तः (आकांक्षा राख्नेहरुले) देवताः (देवताहरुको) यजन्ते (यजन पूजन गर्छन्) इह (यस) मानुषे लोके (मनुष्य लोकमा) कर्मजा (कर्मको प्रतिफल) क्षिप्रम् हि (शीघ्र नै, तुरुन्तै) सिद्धिः भवति (प्राप्त हुन्छ) ।

कर्मको सिद्धिको आकांक्षा राख्ने मानिसहरुले देवताहरुको पूजन गर्छन् । किनभने यस मनुष्यलोकमा कर्मको फल तुरुन्तै प्राप्त हुन्छ ।। १२ ।।
====व्याख्या====
हे पार्थ, जसले मलाई जसरी व्यवहार गर्छ मैले उसलाई त्यसै गरी व्यवहार गर्छु । यो जीवनको महानियम हो । अरुले तपाईंसंग सोही व्यवहार गर्छन् जस्तो व्यवहार तपाईंले उनीसंग गर्नुहुन्छ । मानिस मात्र होइन कुनै पनि वस्तुले त्यही व्यवहार गर्छ, जस्तो व्यवहार हामीले ऊसँग गर्छौं ।

हामीले प्रयोग गर्ने निर्जीव वस्तु र पदार्थहरुलाई हामीले जति प्रेमपूर्ण व्यवहार गर्छौं उनीहरुले हामीलाई त्यति बढी सेवा दिनसक्छन् । हामीले जसलाई निर्जीव मान्छौं उनीसंग पनि प्रेमपूर्ण व्यवहार गर्नु पर्छ । उनीहरुलाई पनि प्रेमपूर्ण व्यवहारको आवश्यकता हुन्छ ।
प्रत्येक प्राकृतिक वस्तुलाई जीवित व्यक्ति सरह अधिकार दिनु पर्दछ भन्ने मान्यतालाई विश्वमा स्वीकार गर्न थालिएको छ । वि.सं.२०७४ मा न्युजील्याण्डमा त्यहाँको वाङ्गानुइ नदीलाई जीवित व्यक्ति सरह कानूनी अधिकार प्रदान गरिएको छ । यस अधिकारका लागि त्यहाँका माओरी जाति १४० वर्षदेखि कानुनी लडाईं गरिरहेका थिए । त्यसको दुई वर्ष पछि भारतमा गंगा नदीलाई पनि सोही कानूनी उपचारको अधिकार प्रदान गरिएको छ । यस अधिकारको आधारमा गङ्गा नदीले आफू माथि अतिक्रमण गर्नेहरुलाई मुद्दा दिन सक्छ । यो अधिकार दिनु भनेको नदीको शुद्धता र परिमाणलाई सुरक्षित राख्नु हो । यसको अर्थ हो नदीको जीवन्तता जोगाउनु ।

मनुष्यलोकमा कर्मको फल तुरुन्तै प्राप्त हुने गर्छ । त्यसैले मनुष्य लोकमा कर्मको इच्छित फल सिद्ध होस् भन्ने चाहना गर्नेहरुले देवताको पूजन गर्छन् । कर्मबन्धनको नाशका लागि कर्म नगरेर कर्मफलको इच्छा गर्नेहरुले कर्मको फलका लागि नै स्वभावतः देवताहरुको पूजा गर्दछन् ।

चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः ।

तस्य कर्तारमपि मां विद्ध्यऽकर्तारमव्ययम् ।।१३ ।।
====पदच्छेद र शब्दार्थ====
मया (मद्वारा) सृष्टम् (सिर्जना गरिएका) चातुर्वण्र्यम् (चार वर्णको समूह) गुणकर्मविभागशः वर्ण (गुण र कर्मको विभागपूर्वक हो) तस्य (त्यसको) कर्तारम् (कर्ता) अपि (भए पनि) माम् (मलाई) अकर्तारम् (अकर्ता) अव्ययम् (र अविनाशी) विद्धि (जान) ।

मैले गुण र कर्मको विभागपूर्वक चार वर्ण सिर्जना गरेको हो । तर, के ध्यानमा राख भने, त्यसको कर्ता भए पनि मलाई अकर्ता र अविनाशी जान ।। १३ ।।

न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा ।

इति मां यो ऽभिजानाति कर्मभिर्न स बध्यते ।।१४ ।।
====पदच्छेद र शब्दार्थ====
माम् (मलाई) कर्माणि (कर्महरुले) न लिम्पन्ति (लिप्त गर्दैनन्) कर्मफले (कर्मको फलमा) मे स्पृहा न (मेरो स्पृहा, कामना, इच्छा) इति (यस प्रकार) माम् (मलाई) यः (जसले) अभिजानाति (राम्ररी जान्दछ) कर्मभि ः (कर्महरुको बन्धनमा) सः (त्यो) न बध्यते (बाँधिँदैन) ।

मलाई कर्महरुले लिप्त गर्दैनन् किनभने कर्मको फलमा मेरो स्पृहा अर्थात् छैन । जसले मलाई यसरी तत्त्वले जान्दछ त्यो कर्मबन्धनमा अर्थात् पाप पुण्य, जन्म मृत्युको बन्धनमा पर्दैन ।। १४ ।।

एवं ज्ञात्वा कृतं कर्म पूर्वैरपि मुमुक्षुभिः ।

कुरु कर्मैव तस्मात्त्वं पूर्वैः पूर्वतरं कृतम् ।।१५ ।।

ईश्वरको भक्ति प्राप्त गर्न यस श्लोकको मन्त्र रुपमा पाठ लाभदायक मानिएको छ ।

====पदच्छेद र शब्दार्थ====
मुमुक्षुभिः (मुक्तिको कामना गर्नेहरु) पूर्वैः अपि (पूर्वजहरु, पुर्खाहरुले पनि) एवम् (यस कुरालाई) ज्ञात्वा (जानेर) कृतम् कर्म (कर्म गरेका हुन्) एव (पनि) तस्मात् (त्यसैले) त्वम् (तिमीले) पूर्वैः (पुर्खाहरुले) पूर्वतरम् (उहिलेदेखि) कृतम् (गरिआएका) कर्म (कर्म) कुरु (गर) ।

मुमुक्षु पुर्खाहरुले पनि यसै कुराको जानकारी पाएर नै कर्म गरेका हुन् । त्यसैले तिमीले पनि पुर्खाहरुले उहिलेदेखि गरिआएका कर्म गर ।। १५ ।।
====व्याख्या====
वर्ण विभाजनको कार्यमूलक व्याख्या १८.४१–४५ मा गरिएको भए तापनि यहाँ गुण र कर्म अनुसार काम गर्न जान्नेहरुले मुक्ति प्राप्त गर्छन् भन्ने प्रसंगमा वर्णको उल्लेख हुन गएको छ । वर्णको अर्थ हुन्छ रङ्ग तर यसलाई सर्वप्रथम पोर्तुगीज भाषामा सोझै जाति (कास्ट) रुपान्तरण गरिएको थियो । त्यस पछि सामान्यतः सोही रुपमा उल्लेख गर्ने प्रचलन छ तर यसको बढी उचित अनुवाद वर्ग (क्लास) हुनसक्छ । यद्यपि जाति र वर्ग दुवै भन्दा वर्ण फरक अवधारणा हो ।

वरणात् वर्ण अर्थात् छनौटको आधारमा वर्ण बनेको भन्ने मानिएको छ । यस अवधारणाको आधार भृगुरचित शिल्पशास्त्र हो जसमा मानिसका सीपहरुको व्याख्या गरिएको छ । यस आधारमा स्वैच्छिक सरल श्रम विभाजनको आधारशिला तय भएको हुनसक्छ ।

ऋग्वेद पुरुषसूक्त (१०.९०.१२) मा अनुसार, सृष्टि, प्राणी, मानव र देव समाजको रचना र विकास भएको हो । विराटबाट भूमि आदि पिण्ड बने । सजीवको उत्पत्ति भयो, वायुमा गतिशीलता उत्पन्न भयो, खाद्यान्नमा पोषण तत्त्व उत्पन्न भयो, वनमा रहने प्राणीको उत्पत्ति भयो, गाउँमा रहने प्राणी अर्थात् मानिसको विकास भयो । यस समाजरुपी विराट पुरुषको मुख ब्राह्मण, पाखुरा क्षत्रिय, पेट वैश्य, र शूद्र गोडा बने ।समाजका सबै अंगले यस रुपमा एक अर्कालाई सहयोग गर्दै, देवता सहित मानिसको उन्नति होस् यसका लागि यज्ञको निर्माण गरिएको हो । सूक्तमा वर्ण शब्दको कहीं उल्लेख भने छैन ।

यसै आधारमा ज्ञानार्जनमा लाग्नेहरुलाई ब्राह्मण, राजकीय कर्ममा भाग लिनेलाई क्षत्रिय, आर्थिक कारोबारमा संलग्नलाई वैश्य र सेवा क्षेत्रमा संलग्नलाई शूद्र नामकरण हुन गयो । समाज विकासको क्रममा श्रम विभाजन जटिलतर हुन गयो । यस जटिलताले गर्दा वर्णका पनि मिश्रित वर्ण, जाति, उपजाति आवश्यक हुन गयो ।

वर्ण विभाजनको गुण र कर्मको प्रारम्भिक अवधारणाका सम्बन्धमा ओशो रजनीशको भनाई छ– विभाजन दुई प्रकारका हुन्छन्, एउटा क्षैतिज विभाजन हुन्छ– एउटै मञ्चमा चार ठाउँमा चार जना बसे जस्तो । अर्को विभाजन हुन्छ ठाडो, भर्याङ्का चार विभिन्न खुडकिलोमा उभिएका चार मानिसहरु जस्तो । एउटा मानिस उभिएको छ, ऊभन्दा माथिको खुडकिलोमा अर्को मानिस उभिएको छ, ऊभन्दा तल एउटा उभिएको छ ।

वर्णको जुन प्राथमिक विभाजन थियो त्यसमा शूद्र, ब्राह्मण, वैश्य, क्षत्रिय यी सबै तल माथि र सानो ठूलोमा विभाजन गरिएको थिएन । यी सबै चार विभाजन एउटै भूमिमा थिए । पछि यो तल माथि हुन पुग्यो । जुन दिन यो विभाजन तलमाथि भयो, त्यसै दिन वर्णको जुन मूल्यवान् जग थियो, त्यो भत्क्यो र वर्णको सिद्धान्त र वर्णको मनोशास्त्र शोषणको आधार बन्यो ।

प्रत्येक मानिसमा अनन्त सम्भावनाहरु हुन्छन्, तर ती अनन्त सम्भावनामध्ये केवल एउटा सम्भावनाले वास्तविक रुप लिनसक्छ । हामीले कुनै बालकलाई डाक्टर पनि बनाउन सक्छौं, वकील पनि बनाउन सक्छौं, इञ्जीनियर पनि बनाउन सक्छौं । बालकका अनन्त आयाम हुन्छन् । तर सिक्ने कुरा सुरु हुनासाथ विशिष्टीकरण सुरु हुन्छ । यदि कोही मानिस शरीरका बारेमा सिक्न थाल्यो भने त्यो डाक्टर नै बन्छ । आज त पूरा डाक्टर पनि कोही बन्न सक्दैन । विशिष्टता अझ सूक्ष्म भएको छ– कानको डाक्टर, आँखाको डाक्टर, मुटुको डाक्टर ।

पश्चिममा जसरी आज विज्ञान विशिष्टीकृत भएको छ, त्यसै गरी प्राचीन समाजको यो चार विभाजन विशिष्टीकरण हो । यदि कोही मानिस क्षत्रिय हुन चाहन्छ भने त्यसलाई सानैबाट क्षत्रिय हुन जुन अवसर चाहिन्छ त्यो दिइनु पर्छ भन्ने यसको मान्यता हो । हाम्रा पुर्खाले के सोचेका थिए भने यदि यदि केही मानिस ब्राह्मण हुन सक्छन् र क्षत्रिय हुनसक्दैनन् भने उनीहरुलाई बचपनदेखि नै ब्राह्मणको वायु प्राप्त होस्, ब्राह्मणको वातावरण प्राप्त होस् । उसको एक क्षण पनि खेर नजाओस् ।

यद्यपि सामान्य रुपमा के तय गरिएको थियो भने कोही जन्मदेखि नै ब्राह्मण हुँदै जाओस् तर त्यसबेला पनि के उपाय गरिएको थियो भने कुनै बेला अपवाद हुन गयो भने उसले अर्को वर्णमा प्रवेश गर्न सकोस् । कहिलेकाहीं विश्वामित्र जस्तो मानिसले वर्ण परिवर्तन चाहन्थ्यो । तथापि यो अपवाद थियो, नियम थिएन, साधारणतः जुन मानिस जुन दिशामा दीक्षित हुन्थ्यो, जुन दिशामा निर्मित हुन्थ्यो, त्यो मानिस सोही दिशामा आनन्दित हुन्थ्यो, आफ्नै बाटोमा यात्रा गर्थ्यो ।

मानिसहरुलाई जन्मका आधारमा यसरी चार वर्गमा विभाजन गर्दा आत्मालाई पनि पुनर्जन्मको समयमा व्यक्ति छनौटको सुविधा भएको थियो । यो कुरा निकै महत्त्वपूर्ण छ । वर्णको जन्मगत जग यसैमा निहित छ । कुनै मानिसको मृत्यु हुनासाथ उसको आत्माले नयाँ जीवन खोज्छ । पूर्व जन्ममा उसले जे गरेको छ, जे सोचेको छ, जे जेजति व्यक्तित्व निर्माण गरेका छ, जे उसको सञ्चिति छ, त्यसै आधारमा उसले नयाँ गर्भ खोजी सुरु गर्छ । वर्ण व्यवस्थाले गर्भ खोज्न आत्मालाई सुविधा गराइदिएको छ । मृत्यु हुनासाथ एक ब्राह्मणले अर्को ब्राह्मण गर्भ खोज्न सक्थ्यो । सजिलो गरी प्राप्त हुने भयो । यो कुरा ठीक डाक्टरको ढोकामा लगाइएको तख्ती जस्तै हो । अनि बिरामीलाई खोजी गर्न सजिलो हुन्छ । आत्मालाई उसको अन्तर्मुख वा बहिर्मुख प्रवृत्ति अनुरुप गर्भ खोज्नका लागि तख्ती लगाइदिएको छ । त्यसैले कुनै ब्राह्मणले अनन्त जन्मसम्म ब्राह्मणको गर्भमा प्रवेश गर्न सक्थ्यो । क्षत्रियले अनन्त जन्मसम्म क्षत्रियको गर्भ खोजी गर्न सक्थ्यो । यसका परिणाम पनि मूल्यवान् थिए । यसको अर्थ के थियो भने हामीले एक जन्मको विशिष्टीकरण बारे मात्र विचार गरेका थिएनौं, अनन्त जन्मको शृङ्खलामा विशिष्टीकरणको व्यवस्था गरिएको छ । यसबाट आइन्स्टीन जस्ता गणितज्ञले भौतिक विज्ञानी पिता वा गणितज्ञ माता छनौट गर्न सक्थे । यसरी संसारमा विकास अनेक नयाँ सम्भावनाहरु निर्माण गर्न सकिन्थ्यो । तर यसका लागि आइन्स्टीनले फेरि आफूलाई चाहिने उचित गर्भ खोज्नु पर्छ ।

तर जुन दिनदेखि वर्ण माथिल्लो तल्लो बन्यो, त्यसै दिनदेखि यसको विज्ञान समाप्त भयो । वर्णको सत्यमा माथि तलको भेद थिएन । वर्णको सत्यमा व्यक्तित्व भेद थियो । यो प्रकृतिको कुरा हो । वर्ण व्यवस्था फरक, अन्तरको स्वीकृति हो मूल्याङ्कन होइन । अन्तरको स्वीकृति स्वाभाविक पनि हो । मानिसले समाजको बारेमा जति जान्दै गएको छ, मनोविज्ञानको जति विकास भएको छ, त्यति झन् के स्पष्ट हुँदै छ भने मानिस चार प्रकारका छन् । यसलाई इन्कार गर्न सकिँदैन । मानिसको आत्मालाई समाप्त गरेर उनीहरुलाई पूरै मेशीन बनाएर मात्र सबैलाई एउटै वर्णको बनाउन सकिन्छ । त्यसभन्दा पहिले वर्ण असत्य हुन सक्दैन । जीवनको स्वाभाविक नियमलाई अस्वीकार गरे हामीलाई नै असर पर्छ ।

गीतामा यस कुरालाई स्वीकार गरिएको छ । यस आधारमा के भन्न सकिन्छ भने प्रत्येक मानिसमा यी चारवटै स्वभाव हुन्छन् । जुन भाव बढी छ, उसको त्यही वर्ण हो । जब मानिसको मनमा शान्ति, सरलता र स्वच्छताको भाव हुन्छ, ऊ ब्राह्मण हुन्छ । अरुको रक्षा गर्ने समयमा क्षत्रिय भाव हुन्छ, जीविकोपार्जनको काम गर्दा वैश्य हुन्छ र सेवाको कार्य गर्दा शूद्र हुन्छ ।

अर्जुनको आत्मा यस जन्मको मात्र होइन जन्मौं जन्मको क्षत्रिय हो । यदि उसले त्यो स्वधर्मपालन गर्दैन भने स्वधर्म अनुकूलको आचरण नगर्नाले ऊ एक असफलता, विषाद र दुखले छटपटाई रहने छ । उसको जीवनले बाटो बिराउने छ ।

भगवान् श्रीकृष्णले भन्नु हुन्छ– कर्ता भइकन पनि अकर्ता र अविनाशी हूँ भनेर मलाई जान्नु पर्छ । कर्मका फलमा मेरो स्पृहा छैन तथा मलाई कर्मले लिप्त गर्दैनन् । यस भनाईले ईश्वर व्यक्ति होइन शक्ति हो भन्ने कुरा तर्फ संकेत गरेको छ ।

जुन मानिसले यस कुरालाई यसै गरी गहनता साथ त्यो कर्मबन्धनमा पर्दैन । ती पुर्खाहरु जो मुक्तिका लागि प्रयासरत थिए उनीहरुले पनि यही कुरा आआफ्नो गुण र कर्म अनुसार साधना गर्न जानेर मुक्त भएका हुन् । त्यसैले हे अर्जुन, तिमीले पनि मुक्ति चाहने पुर्खाहरुले गरे झैं आफ्नो स्वभाव र कर्तव्य बुझेर कर्म गर ।

किं कर्म किमकर्मेति कवयोsप्यत्र मोहिताः ।

तत्ते कर्म प्रवक्ष्यामि यज्ज्ञात्वा मोक्ष्यसेsशुभात् ।।१६
====पदच्छेद र शब्दार्थ====
किम् कर्म (कर्म के हो) किम् अकर्म (अकर्म, कर्म ननर्गु के हो) इति (यस कुरामा) कवयः (कवि, बुद्धिमान, सबै कुरा जान्ने) अपि (अपि) अत्र (यहाँ) मोहिताः (भ्रमित छन्) तत् कर्म (त्यस कर्मको बारेमा) ते (तिमीलाई) प्रवक्ष्यामि (बताउँछु) यत् (जुन कुरा) ज्ञात्वा (जानेर) अशुभात् (अशुभ कुराहरुबाट) मोक्ष्यसे (मुक्त हुने छौ) ।

कर्म के हो? अकर्म के हो ? यस कुरामा यहाँ त ठूला विद्वान्हरु पनि भ्रमित छन् । त्यस कर्मको कुरालाई मैले राम्ररी बताउँछु । जसलाई जानेर तिमी अशुभ कुराहरुबाट मुक्त हुनेछौ ।। १६ ।।

कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यं च विकर्मणः ।

अकर्मणश्च बोद्धव्यं गहना कर्मणो गतिः ।। १७ ।।
====पदच्छेद र शब्दार्थ====
कर्मणः (कर्म) बोद्धव्यम् (जान्नु पर्छ) विकर्मणः (विपरीत कर्म) बोद्धव्यम् च (तथा जान्नु पर्छ) अकर्मणः च (तथा अकर्म) अपि (पनि) बोद्धव्यम् (जान्नु पर्छ) हि (किनभने) कर्मणः (कर्मको) गतिः (गति, प्रक्रिया, परिणाम) गहना (गहन, जटिल छ) ।
कर्म अर्थात् फलासक्ति सहितको कर्म जान्नु पर्छ । विकर्म अर्थात् विपरीत कर्म पनि जान्नु पर्छ । साथै अकर्म अर्थात् फलासक्ति त्यागेर गरेको कर्म पनि जान्नु पर्छ किनभने कर्मको गति गहन अर्थात् जटिल छ ।।१७।।

कर्मण्य कर्म यः पश्येदकर्मणि च कर्म यः ।

स बुद्धिमान्मुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।।१८।।
====पदच्छेद र शब्दार्थ====
कर्मणि (कर्ममा) यः (जसले) अकर्म (अकर्म देख्छ) च (तथा) यः (जसले) पश्येत् अकर्मणि (अकर्ममा देख्छ) कर्म (कर्म) यः (जुन) स ः (त्यो) मनुष्येषु (मानिसहरुमा) बुद्धिमान् (बुद्धिमान, ज्ञानी हो) स ः (त्यो) कृत्स्नकर्मकृत् (सबै कर्म गर्ने) युक्तः (योगी, योगयुक्त हो) ।

कर्ममा जसले अकर्म देख्छ अनि अकर्ममा जसले कर्म देख्छ सबै मानिसहरुमध्ये त्यो बुद्धिमान् हो र सबै कर्म गर्ने योगी अर्थात् कर्मयोगी पनि हो ।।१८।।
====व्याख्या====
कर्म, विकर्म र अकर्मको अन्तरबुझ्नु पर्छ । कर्मको अर्थ हो कुनै कृत्य, कार्य, कार्यान्वयन, व्यवसाय, पद, वा कुनै धार्मिक कृत्य । यसलाई पनि नित्य, नैमित्तिक, वा काम्य कर्म गरेर विभिन्न भागमा विभाजन गर्न सकिन्छ। पूर्वजन्मका कृत्यको प्रतिफल र भाग्यलाई पनि कर्मले सम्बोधित गरिन्छ । सारमा, आफ्नो पद र अधिकार अनुरुप वा पूर्वजन्मका कृत्यले वर्तमानमा उपलब्ध परिस्थिति अनुरुप गर्नुपर्ने कामहरु नै कर्म हो । त्यसैले कर्म जान्नु आफ्नो कर्तव्य जान्नु हो । त्यसको विपरीत कर्मलाई यहाँ विकर्म भनिएको छ ।

विकर्मको अर्थ हो, गर्न नहुने काम । जुन कर्तव्य गर्नुपर्ने हो त्यो नगरेर त्यसको उल्टो कामलाई विकर्म भनिएको छ । गर्नु हुने काम र गर्न नहुने कामको बारेमा सबैले बताउँछन् तर कर्म गरेर पनि नगरेको हुने तरीका गीताले बताउँछ । त्यसैले गीताको अकर्म अझ विशेष छ । फलासक्ति सहितको क्रिया कर्म हो, यदि त्यो शास्त्र चलिआएको परम्परा अथवा कर्तव्यको विपरीत छ भने विकर्म हो । त्यसै गरी जुन जुन कर्म फलासक्ति त्यागेर गरिन्छ, त्यो अकर्म हुन जान्छ । फलको आशा राखेर कर्म त्याग गरिन्छ भने अकर्म होइन ।
फलासक्तियुक्त त्यागलाई गीताले कर्म नै मानेको छ । तर फलासक्तिको त्याग गरेर जुन कर्म गरिन्छ, त्यो कर्म गरे पनि कर्म नगरे बराबर हो । गीताका अनुसार, जसले कर्ममा अकर्म देख्छ अनि अकर्ममा कर्म देख्छ त्यो मानिस बुद्धिमान् हो । त्यो योगी हो । यसको अर्थ के हो कर्म गर्दा फलको आशा हुँदैन त्यसले गर्दा कर्ममा अकर्म हुन्छ र अर्कातिर कर्म गर्दा अत्यन्त उत्साह र रुचिपूर्वक गर्छ, जसले गर्दा कर्ममा अकर्म देख्छ । सार के हो भने अकर्म भनेको वीतरागीले गर्ने कर्म हो ।

एउटा उदाहरणले यी तीनवटा शब्दको अन्तरलाई स्पष्ट गर्न सकिन्छ । मानिस भए पछि असल कार्य गर्नु पर्छ यो मानिसको कर्तव्य हो । यदि असल कार्य कर्म हो भने यसको विपरीत कार्य अर्थात् खराब कार्य विकर्म हो । तर असल कार्य गरेर पनि नगर्ने हुनसक्नु अकर्म हो । जसले असल कार्य गरेर बिर्सन्छ उसबाट खराब काम हुनसक्दैन । जसका लागि असल काम र खराब कामको कुनै अन्तर रहँदैन । उसबाट केवल अकर्म हुन्छन् । यसले गीताको अकर्मलाई बताउँछ । जसले यस कुरालाई राम्ररी बुझेको छ, त्यसले सम्पूर्ण कर्म गर्दा पनि कर्म नगरे जस्तो हुन्छ । त्यो नै सबै मानिसहरुमा बुद्धिमान पनि हो र त्यो नै कर्मयोगी हो ।

यस्य सर्वे समारम्भा कामसंकल्प वर्जिताः ।

ज्ञानाग्नि दग्धकर्माणं तमाहुः पण्डितं बुधाः ।।१९।।
====पदच्छेद र शब्दार्थ====
यस्य (जसको) सर्वे (सम्पूर्ण) समारम्भा ः (आरम्भ, कर्म, उद्यम) कामसंकल्प वर्जिताः (बिना कामना र संकल्प हुन्छन्) ज्ञान अग्नि (ज्ञानको अग्निले) दग्ध (भस्म, समाप्त) कर्माणम् (कर्महरु) तम् (त्यस मानिसलाई) बुधाः (ज्ञानीहरु) पण्डितम् (पण्डितम्) आहुः (बताउँछन्) ।

जसको सम्पूर्ण आरम्भ अर्थात् उद्यमहरु बिना कामना र संकल्प गरिएका हुन्छन् । जसका कर्म ज्ञानरुपी अग्निले भस्म भएका छन्, यस्तो मानिसलाई ज्ञानीहरु पण्डित भनी बताउँछन् ।। १९ ।।

त्यक्त्वा कर्मफलासंगं नित्यतृप्तो निराश्रय ः ।

कर्मण्यभिप्रवृत्तोऽपि नैव किञ्चित करोति सः ।।२०।।
====पदच्छेद र शब्दार्थ====
कर्मफलआसंगम् (कर्मफलको आसक्ति) त्यक्त्वा (त्याग गरेर) नित्यतृप्तः (नित्य तृप्त छ) निः आश्रय ः (आश्रयरहित) सः (त्यो मानिस) कर्मणि (कर्ममा) अभिप्रवृत्तः (राम्ररी प्रवृत्त भइकन) अपि (पनि, यथार्थमा) किञ्चित (केही पनि) न करोति (गरेका छैन) एव (नै) ।

कर्मफलको आसक्ति त्याग गरेर जुन मानिस नित्यतृप्त र निराश्रय छ अर्थात् कर्मफलका साधनको आश्रय गर्ने बुद्धि राख्दैन, त्यसले कर्ममा लागि परेका भए पनि केही नगरेको नै ठहर्छ ।।२०।।
====व्याख्या====
जुन मानिसले यसरी कर्म गर्दा पनि अकर्म हुन्छ उसका सम्पूर्ण आरम्भ बिना कामना र संकल्प हुन्छन् । त्यसैले उसका सबै कर्म ज्ञानरुपी अग्निले दग्ध भएका हुन्छन् । यसरी कर्म गर्नेलाई बुद्धिमान मानिसहरुले पण्डित भन्दछन् । पण्डितको अर्थ हुन्छ शास्त्रको सही ज्ञान राख्ने व्यक्ति । यस्तो मानिसले समभावले कर्तव्य पूरा गर्छ ।

जुन व्यक्तिले आफूलाई सृष्टि चक्रमा पूर्णतः समर्पण गरीदिन्छ । ऊमात्र आफ्ना कार्यको सफलता वा असफलतामा सम हुनसक्छ । सुख आओस, दुख आओस् दुवैलाई सहर्ष स्वीकार गर्छ । उसको दृष्टिमा दुवै ईश्वरको आशीर्वाद हो । उसले एउटा प्राप्त हुँदा प्रसन्नता र अर्को प्राप्त हुँदा अप्रसन्नता व्यक्त गर्दैन । तर यसको अर्थ के होइन भने उसलाई सुख र दुखले प्रभावित गर्दैनन् । ऊ पनि स्वभावतः सुख हुँदा खुशी र दुख हुँदा दुखी हुन्छ । तर कुनै कुराको जिम्मेवारी लिँदैन । यो जिम्मेवारी त्यस विराटलाई दिन्छ, जसले यो सृष्टि सञ्चालित छ । उसले स्वयं केही गरेको हुँदैन, उसले आफ्नो कामको जिम्मा ईश्वरलाई दिएको हुन्छ ।

एउटा गाई चर्न वनमा गएको थियो । चर्दा चर्दा वनमा धेरै भित्र पुगेछ । अचानक एउटा बाघ देखा पर्यो । त्यो बाघ गाईतिर आउँदै थियो । बाघ देखेर गाई ज्यान जोगाउन पोखरीमा हामफाल्यो ।

गाईको पछि पछि बाघ पनि पोखरीमा हामफाल्यो ।
पोखरीमा गहिरो पानी थिएन त्यसैले त्यो हिलो र दलदल भएको थियो । गाई पनि त्यस हिलोमा भासिन पुग्यो र बाघ पनि । बाघले गाईलाई खान पनि सकने र गाई पनि भागेर जान सकेन । दुवै धेरै बेर उभिए पछि कुराकानी प्रारम्भ भयो ।

गाईले बाघलाई प्रश्न गर्यो– ‘तिम्रो कोही मालिक छ ?’

बाघले रिसाएर भन्यो– ‘ मेरो कोही मालिक छैन । म आफैं मालिक हूँ, जंगलको राजा । मैले जे मन लाग्छ, त्यो गर्छु ।’

गाईले भन्यो– ‘मेरो त मालिक छ । मैले उसको खटनमा बस्नु पर्छ । रात पर्दा पनि म घर पुगिन भने ऊ मलाई खोज्दै आउने छ । उसले मेरो उद्धार गर्ने छ ।’

रात परे पछि किसान आफ्नो गाई खोज्दै वनमा आइपुग्यो । गाईलाई हिलोबाट निकाल्यो ।

बाघलाई कसैले निकाल्न सक्दैनथ्यो किनभने उसको मालिक कोही हुन सक्दैन । बाघ हिलोमा फँसिरह्यो ।

गीतामा अकर्मलाई परिभाषित गर्दै भनिएको छ–‘कर्मफलमा आसक्ति त्याग गरेर जो संसारको आश्रयरहित छ र नित्यतृप्त छ । उसले राम्ररी कर्ममा प्रवृत्त भइकन पनि वास्तवमा केही पनि गर्दैन ।’ यो अवस्था नै अकर्म हो ।

निराशीर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रहः ।

शारीरं केवलं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ।।२१।।
====पदच्छेद र शब्दार्थ====
यत (संयत, नियन्त्रित) चित्त आत्मा (शरीर र चित्तलाई) त्यक्तसर्वपरिग्रहः (सबै परिग्रह त्याग गरेको छ) निराशीः (आशारहित) शारीरम् केवलम् (केवल शरीर सम्बन्धी) कर्म (कर्म) कुर्वन् (गर्दा पनि) किल्बिषम् (पाप) न आप्नोति (प्राप्त गर्दैन) ।

जसको अन्तःकरण र इन्द्रियसहित शरीर नियन्त्रित छ, सबै परिग्रह त्याग गरेको छ , यस्तो आशारहित र केवल शरीर सम्बन्धी कर्म गर्नेलाई जुनसुकै कर्म गर्दा पनि पापको भागी हुँदैन ।।२१।।
====व्याख्या====
जसको आफ्नो शरीर र इन्द्रियसहित अन्तःकरण आफ्नो नियन्त्रणमा छ उसलाई आशा र निराशाले छुन सक्दैन । आशारहित भएकोले यस्तो मानिसले केवल शरीर निर्वाहका लागि पर्ने अनिवार्य काम गर्छ । यसको अर्थ के पनि हो भने उसले अनावश्यक सञ्चयलाई परित्याग गरेको हुन्छ । यस्तो मानिसलाई कुनै प्रकारका अपराध लाग्दैन, त्यस्ताबाट कुनै त्रुटि पनि हुँदैन । किल्विषको अर्थ हुन्छ, पाप, त्रुटि, रोग, वा अपराध । यी सबैबाट त्यो मानिस मुक्त हुन्छ, बाँधिंदैन । यसको अर्को अर्थ पनि छ, उसलाई पुण्य पनि हुँदैन । ऊ दुवैबाट मुक्त हुन्छ । उसले केवल ईश्वरको चाहना अनुसार कार्य गरेको ठहर्छ । आदेश पालकलाई दोष हुँदैन ।

यदृच्छालाभसन्तुष्टो द्वन्द्वातीतो विमत्सरः ।

समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।।२२।।
====पदच्छेद र शब्दार्थ====
यदृच्छालाभ (यादृच्छिक प्राप्ति) सन्तुष्टः (सन्तुष्ट) द्वन्द्व अतीतः (सुख दुख आदि द्वन्द्वहरुबाट अविचलित) विमत्सरः (ईष्र्यारहित) समः (सम बुद्धि छ) सिद्धौ असिद्धौ च (सिद्धि र असिद्धि दुवैमा) कृत्वा अपि (कर्म गर्दा गर्दै पनि) न निबध्यते (बाँधिदैन, मुक्त रहन्छ) ।

यादृच्छिक (अयाचित) प्राप्त भएको उपलब्धिमा जो सन्तुष्ट रहन्छ, जसमा ईष्र्याको सर्वथा अभाव छ, सुख दुख आदि द्वन्द्वहरुबाट अविचलित छ, सिद्धि र असिद्धि अर्थात् सफलता र असफलतामा समभाव राख्छ, यस्तो मानिस केही गर्दागर्दै पनि त्यस कर्मको फलमा बाँधिदैन अर्थात् मुक्त रहन्छ ।।२२।।

गतसंगस्य मुक्तस्य ज्ञानावस्थितचेतसः ।

यज्ञायाचरतः कर्म समग्रं प्रविलीयते ।।२३।।
====पदच्छेद र शब्दार्थ====
गतसंगस्य (रागद्वेष आदि आसक्तिरहति भएर) मुक्तस्य (मुक्त भएको) चेतसः (चेतना) ज्ञान अवस्थित (ज्ञानमा स्थिर भएको) यज्ञाय (यज्ञका लागि) आचरतः (मात्र आचरण गर्नेका ) समग्रम् (समग्र) कर्म (कर्म) प्रविलीयते (विलीन हुनजान्छन्) ।

जसको (रागद्वेष आदि कुनै पनि आसक्तिरहति भएर मुक्त भएको छ, जसको चेतना ज्ञानमा स्थिर छ, जसले केवल यज्ञका लागि मात्र आचरण गर्छ यस्तो मानिसका सबै कर्म विलीन हुनजान्छन् अर्थात् उसलाई कुनै बन्धन रहँदैन ।।२३।।
====व्याख्या====
यादृच्छिक लाभको अर्थ छ कुनै चाहना बिना जे कुरा प्राप्त भएको छ, अर्थात् स्वाभाविक रुपमा आइपर्ने जेसुकै होस, सुखदुख, मन पर्ने मन नपर्ने इत्यादिमा कर्मयोगी असन्तुष्ट हुँदैन । यो चाहिएको थिएन, त्यो चाहिएको थियो भन्ने कुरा मनमा उत्पन्न हुँदैन यस्तो मानिसलाई कुनैमा पनि आसक्ति हुँदैन, त्यसैले त्यो मुक्त रहन्छ ।

भीषण नरसंहारको अन्तमा शरशैयाबाट जब भीष्मले कृष्णलाई सोधे, ‘हे भगवान्, यो महायुद्धको कारक तत्त्व जुआ तपाईंले रोक्न सक्नुहुन्थ्यो । तपाईंले जुआमा युधिष्ठिरलाई जिताइदिएको भए पनि हुन्थ्यो । दुर्योधनको जीत हुने जुआ रोकेको भए यो नरसंहार हुने थिएन ।’

भगवान् कृष्णले भन्नुभयो– ‘सबैले आफ्नो कर्मफल भोग्ने हो । मैले त्यसलाई रोक्न सक्दिन । तथापि युधिष्ठिरलाई मैले सुझाव दिने थिएँ । उनले मसँग जुआ खेल्ने विषयमा सल्लाह नै गरेनन् । तपाईंलाई थाहा नै छ जुआ खेल्दा दुर्योधनले आफ्नो मामा शकुनिसँग सल्लाह गरेर पासा फाल्ने गथ्र्यो । तर युधिष्ठिरले मसँग कहिल्यै सोधेनन् । उनले जुन जुन बेला मसँग सोधेका छन् उनलाई उचित सल्लाह दिएको छु । उनले ईश्वरको इच्छा अनुरुप होइन आफ्नो इच्छा अनुरुप जुआ खेलेका हुन् । यसमा मेरो केही हात छैन ।’
जसले आफूलाई ईश्वरको समर्पण गर्यो र वीतराग भावले आइपरेको परिस्थिति बेहोर्यो उसको मात्र उद्धार हुनसक्छ । ऊ मात्र बन्धनरहित हुन्छ ।

ब्रह्मार्पणं ब्रह्म हविर्बब्रह्माग्नौ ब्रह्मणा हुतम् ।

ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना ।। २४ ।।
====पदच्छेद र शब्दार्थ====
ब्रह्म अर्पणम् (अर्पण क्रिया ब्रह्म हो) ब्रह्म हविः (हवि–घिउ, पनि ब्रह्म हो) ब्रह्म अग्नौ (ब्रह्मरुपी अग्निमा) ब्रह्मणा (ब्रह्मरुप कर्ताद्वारा) हुत् (आहुति क्रिया पनि ब्रह्म हो) तेन (त्यस) ब्रह्मकर्मसमाधिना (बुद्धिमा ब्रह्मरुपी कर्म मात्र भएको मानिस) गन्तव्यम् (गन्तव्य, लक्ष्य) ब्रह्म एव (ब्रह्म नै हो) ।

स्रुवा आदिले अर्पण गर्ने क्रिया ब्रह्म हो । हवि अर्थात् घिउ ब्रह्म हो । ब्रह्मरुप अग्निमा ब्रह्मले नै आहुति दिइएको छ । जसको बुद्धिमा यस प्रकारका सबै कर्महरु ब्रह्ममय भएका छन्, त्यसको गन्तव्य पनि ब्रह्म नै हुन्छ ।। २४ ।।
====व्याख्या====
वैदिक विधि विधानमा यज्ञको बहुतै ठूलो महत्त्व छ । यज्ञमा अग्निको महत्त्व गुणगान गरिन्छ । जीवन भनेको अग्नि नै हो । मानिसको शरीरमा जबसम्म ताप छ तबसम्म ऊ जीवित रहेको मानिन्छ । जोरोस्टर सम्प्रदायमा अग्निलाई नै परमात्माको एकमात्र साकार रुप मानिन्छ । हवनको धार्मिक र सामाजिक महत्त्व रहिआएको छ । अहिले केही वातावरणविद्हरु हवनको वातावरणीय उपयोगिताको बारेमा खोजी गरिरहेका छन् । वातावरण प्रदूषण रोक्न वैदिक हवन सहायक हुन्छ भन्ने पनि मानिएको छ ।

उद्गाताले ओंकारको ध्वनि गरे पछि यज्ञ क्रिया प्रारम्भ हुन्छ ।

यज्ञको अग्नि मन्त्रोच्चार पूर्वक उत्पन्न गरेर त्यसलाई प्रज्ज्वलित गर्दै तीन औंलाको टुप्पामा थोरै हविष्य राखिन्छ अनि मन्त्र पढ्दै स्वाहा भनेर अग्निमा अर्पण गरिन्छ । आहुतिका आवृत्ति पूर्ण भए पछि उभिएर पूर्णाहुति र घृतधारा गरर यज्ञको आहुतिको समापन गरिन्छ ।

यज्ञको रहस्य के हो भने अग्नि तीव्र गराउन घिउ राखिन्छ । घिउलाई संस्कृतमा स्नेह भनिन्छ । घिउ दूधबाट बन्छ । अर्थात् यो प्राकृतिक हो । घिउ शुद्धताको प्रतीक पनि हो ।

अग्निको रहस्य के हो भने यो उर्ध्वगामी हुन्छ । सबैलाई शुद्ध बनाउँछ । माथि गए पछि अदृश्य हुन्छ । तर श्रीकृष्णले साधारण अग्निको मात्र कुरा गर्नु भएको छैन । उनको अग्नि योगको अग्नि हो । योग शक्तिले मानिसले शरीरबाट अग्नि निकाल्न सक्छन् ।

स्रोत ः गायत्री महाविज्ञान, पं श्रीराम शर्मा आचार्य
हवन क्रिया गरिने स्थानलाई वेदी भनिन्छ । वेदीको वरिपरि शुद्ध आसन ओच्छाएर आचार्य र यजमान बस्छन् । हवन गर्ने वैदिक विधिमा चाहिने सामग्री यस प्रकार छन्– त्रिआयामिक हवन कुण्ड, समिधा, हवि अर्थात् घिउ, हविष्य अर्थात् आहुति दिने पदार्थ । हवनमा प्रयोग गरिने विशेष काष्ठ पात्रको नाम यस प्रकार छ– स्रुचि, स्रुवा, प्रणीता, प्रोक्ष्णी पात्र र स्फ्य ।

जुन यज्ञमा स्रुवा आदिको अर्पण ब्रह्म हो । हवि पनि ब्रह्म हो । ब्रह्मरुप अग्निमा ब्रह्मरुप आहुति क्रिया गरिएको हुन्छ । त्यस ब्रह्मकर्म रुपी यज्ञद्वारा प्राप्त हुने उच्चतम लक्ष्य ब्रह्म हो । त्यो सम्पूर्ण कर्म ब्रह्ममय हुन्छ । यसरी भगवान् श्रीकृष्णको विचारमा यो सम्पूर्ण सृष्टि यज्ञमय क्रिया हो— सर्वंखल्विदं ब्रह्म । जसले यसरी जान्दछ, उसले ब्रह्म नै प्राप्त गरेको ठहर्छ ।

दैवमेवापरे यज्ञं योगिनः पर्युपासते ।

ब्रह्माग्नावपरे यज्ञं यज्ञेनैवोपजुह्वति ।।२५।।
====पदच्छेद र शब्दार्थ====
अपरे योगिनः (अन्य कोही कर्मयोगीहरुले) एव (पनि) दैवम् यज्ञम् (दैव यज्ञको) परि उपासते (उपासना गर्छन्) ब्रह्म अग्नौ (परमात्मारुपी अग्निमा) अपरे (अन्यले) यज्ञेन (यज्ञरुपी उपायद्वारा) यज्ञम् (यज्ञादि सबै कर्म) एव ( नै) उपजुह्वति (हवन गर्छन्) ।
अन्य कोही कर्मयोगीहरुले दैव यज्ञको राम्ररी उपासना गर्छन् । तथा अन्य कसैले ब्रह्मरुपी अग्निमा यज्ञरुप उपायद्वारा यज्ञादि सबै कर्म हवन गर्छन् ।। २५ ।।

श्रोत्रादीनीन्द्रियाण्यन्ये संयमाग्निषु जुह्वति ।

शब्दादीन्विषयानन्य इन्द्रियाग्निषु जुह्वति ।।२६।।
====पदच्छेद र शब्दार्थ====
अन्ये (अन्य कसैले) श्रोत्रादीन् (कान आदि) इन्द्रियाणि (समस्त इन्द्रियलाई) संयम अग्निषु (संयमरुप अग्निमा) जुह्वति (हवन गर्छन्) अन्य (अरु कसैले) इन्द्रिय अग्निषु (इन्द्रियरुप अग्निमा) शब्दादीन् विषयान् (शब्दादि विषयहरुलाई) जुह्वति (हवन गर्छन्) ।

अन्य कसैले कान, आँखा आदि समस्त इन्द्रियहरुलाई संयमरुप अग्निमा हवन गर्छन् । अरु कसैले इन्द्रियरुप अग्निमा इन्द्रियका शब्द, रुप आदि विषयहरुलाई हवन गर्छन् अर्थात् इन्द्रियद्वारा ग्रहण गरेपनि वास्तवमा केहीको चाहना गर्दैनन् ।।२६।।

सर्वाणीन्द्रियकर्माणि प्राणकर्माणि चापरे ।

आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदीपिते ।। २७ ।।
====पदच्छेद र शब्दार्थ====
च (तथा) अपरे (अरु केहीले) सर्वाणि (सबै) इन्द्रियकर्माणि (इन्द्रियका कर्म) प्राणकर्माणि (प्राणका कर्म) ज्ञानदीपिते (ज्ञानको प्रकाशमा) आत्मसंयम (आत्म संयमरुपी) योगाग्नौ (योग रुपी अग्निमा) जुह्वति (हवन गर्छन्) ।

कसैकसैले ज्ञानद्वारा प्रकाशित आत्म संयमरुपी योगाग्निमा इन्द्रियहरुका सम्पूर्ण कर्म तथा प्राण वायुका कर्महरुलाई अग्निमा हवन गर्छन् ।। २७ ।।

द्रव्ययज्ञास्तपोयज्ञा योग यज्ञास्तथाऽपरे ।

स्वाध्याय ज्ञानयज्ञाश्च यतयः संशितव्रताः ।।२८।।
====पदच्छेद र शब्दार्थ====
तथा अपरे (तथा अन्य कसैले) द्रव्य यज्ञाः (द्रव्य यज्ञ, दान) तपोयज्ञाः (तपस्या, तपरुपी यज्ञ) योग यज्ञा ः (योगरुपी यज्ञ, चित्त वृत्ति निवारण यज्ञ गर्छन्) च (तथा अन्य कोही) ) संशितव्रताः (दृढ, तीक्ष्ण व्रत गर्ने) यतयः (यतिहरुले) स्वाध्याय ज्ञानयज्ञाः (र स्वाध्याय ज्ञान यज्ञपनि यज्ञ गर्छन्)।

तथा अन्य कसैले द्रव्य यज्ञ अर्थात् दान, कसैले तप यज्ञ, कसैले अष्टाङ्ग योगरुपी यज्ञ अर्थात् चित्त वृत्ति निवारणरुपी यज्ञ गर्छन् । कसैले स्वाध्यायरुपी ज्ञानयज्ञ र कोही यतिहरुले अहिंसादि तीक्ष्णव्रतरुपी यज्ञ गर्छन् ।।२८।।
====व्याख्या====
भगवान् कृष्णले आत्म कल्याणका लागि गरिने सबै कर्महरुलाई यज्ञ बताउनु भएको छ । कसैले दैव यज्ञ मार्फत् उपासना गर्छन् । कसैले ब्रह्म अग्नि अर्थात् परब्रह्म परमात्मारुप अग्निमा यज्ञद्वारा आत्मरुप यज्ञको हवन गर्छन् । केहीले श्रोत्रादि समस्त इन्द्रियलाई संयमरुप अग्निमा हवन गर्छन् । अन्य केहीले शब्दादि विषयहरुलाई (इन्द्रियद्वारा ग्रहण गरेपनि) इन्द्रियरुप अग्निमा हवन गर्छन् । भगवान् श्रीकृष्णले वैदिक यज्ञको उदाहरण दिंदै यसलाई व्यापक स्वरुप प्रदान गर्नु भएको छ । यस व्यापक स्वरुपले गर्दा गीताले सबै धर्मसम्प्रदायलाई साधनाको बाटो मानेको छ भन्ने स्पष्ट हुन्छ । गीतामा ब्रह्म यज्ञ, देव यज्ञ, ज्ञान यज्ञ, इन्द्रिय संयमरुप यज्ञ, विषय हवनरुप यज्ञ, अन्तःकरण संयमरुप यज्ञ, द्रव्ययज्ञ, तपयज्ञ, योगयज्ञ, स्वाध्यायरुप ज्ञान यज्ञ इत्यादि ती सबै कृत्यलाई यज्ञ भनिएको छ जुन मानिसलाई आत्म कल्याणका लागि सहायक छन् । तथापि दुई प्रमुख यज्ञमा गीता केन्द्रित छ । कर्म प्रधान अर्थात् देव यज्ञ, र ज्ञान प्रधान अर्थात् ब्रह्म यज्ञ । यी दुवै विधिबाट चरणबद्ध साधना पूरा गरी समाधि प्राप्त गर्ने सन्त स्वामी रामकृष्ण जस्ता अन्य सन्त दुर्लभ छन् ।
केहीले सबै इन्द्रियका कर्म र प्राणका कर्म ज्ञानको दीपकमा आत्मसंयमित अग्निमा हवन गर्छन् । अन्य केहीले द्रव्य यज्ञ, तप यज्ञ, योग यज्ञ, र अरु केहीले संशितव्रत लिने यति र स्वाध्याय ज्ञानयज्ञ गर्ने (ज्ञानी) ले पनि यज्ञ गर्दछन् ।

धनको आशामा धन खर्च गर्ने द्रव्य यज्ञ अर्थात् दान हो । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिरुपी यज्ञ योगयज्ञ हो । एकान्तमा केवल आफ्नो अध्ययन गर्नु स्वाध्याय ज्ञानयज्ञ हो । यसमा आफूलाई आफैंले चिन्ने प्रयास गरिन्छ ।

साधनाका केही कठिन पद्धति पनि छन् जुन अहिंसा आदिका आधारमा गरिने कठिन पद्धतिलाई संशित व्रत भनिन्छ । यस्तो व्रत यतिहरुले मात्र गर्न सक्छन् ।

अपाने जुह्वति प्राणे प्राणेऽपानं तथापरे ।

प्राणापानगतिरुद्ध्वा प्राणायामपरायणाः ।। २९ ।।
====पदच्छेद र शब्दार्थ====
प्राणे (प्राण वायुलाई) अपाने (अपान वायुमा) जुह्वति (हवन गर्छन्) तथा (तथा) प्राणे (प्राण वायुमा) अपानम् (अपान वायुलाई) अपरे (अन्यले) प्राणापानगति (प्राण र अपानको गति) रुद्ध्वा (रोकेर) प्राणायामपरायणाः (प्राणायाम परायणहरुले)

अन्य कोही योगीहरु अपान वायुमा प्राण वायुको हवन गर्छन्, त्यसै गरी प्राण वायुमा अपान वायुको हवन गर्छन्, तथा प्राण र अपान दुवैको गति रोकेर प्राणायाम गर्छन् ।।२९।।

अपरे नियताहाराः प्राणान्प्राणेषु जुह्वतिः ।

सर्वेऽप्येते यज्ञविदो यज्ञक्षपितकल्मषाः ।। ३० ।।
====पदच्छेद र शब्दार्थ====
अपरे (अरु केहीले) नियत (नियत, नियमित) आहाराः (आहारद्वारा) प्राणान् (प्राणलाई) प्राणेषु (प्राणमा) जुह्वतिः (हवन गर्छन्) सर्वे अपि एते (यी सबै नै) यज्ञक्षपित (यज्ञद्वारा) कल्मषाः (पाप नाश गर्ने) यज्ञविदः (यज्ञविद् हुन्)।

अन्य कुनै योगीले आहारलाई नियमित गरेर प्राणेन्द्रियहरु हवन गर्छन् अर्थात् सात्त्विक आहारका साथै कठिन उपवास गर्छन् । यी सबै यज्ञद्वारा पाप नाश गर्नेहरुलाई नै यज्ञवेत्ता भनिन्छ ।।३०।।
====व्याख्या====
पूरक, रेचक, कुम्भक क्रियालाई प्राणायाम परायण यज्ञ भनिएको छ । योगका आठ अङ्ग मध्ये चौथो अंग प्राणायाम हो । यस विधिमा श्वास भित्र तान्नु नै अपान वायुमा प्राण वायु हवन गर्नु हो । यसलाई योग शास्त्रमा पूरक भनिन्छ । श्वास भित्र पनि जान नदिनु र बाहिर पनि आउन नदिनु नै दुवैको गति रोकनु हो जसलाई कुम्भक भनिन्छ । श्वासलाई बाहिर फाल्नु नै अपान वायुलाई प्राण वायुमा हवन गर्नु हो । यसलाई रेचक भनिन्छ ।

प्राणायामको एक विधि आहारलाई नियत बनाउनु हो । श्वासमा नियन्त्रण गर्नु बाहेक उपवास गर्नु र खानाका विभिन्न अनुशासन पालन गर्नु पनि यस अन्तर्गत पर्छन् । यस विधिले सम्पूर्ण शरीरमा रहेको व्यान वायुलाई नियन्त्रण गर्छ । त्यसैले यस्तो व्रतलाई संशित व्रत अर्थात् कठिन व्रत पनि भनिन्छ ।

प्रत्येक विधि एक विशिष्ट यज्ञ हो । उदाहरणका लागि प्राण र अपानको गतिलाई रुद्ध गर्दा मानिस मृत जस्तो हुनपुग्छ । पाइलटबाबाले सीसाले बन्द गरिएको कोठामा स्वासको आवागमन अवरुद्ध गरेर एक हप्ताको समय अवधिसम्म प्रदर्शन गरेका छन् । यो एक कठिन अभ्यास हो जसमा स्वासको गति निकै सुस्त बनाइन्छ लगभग बन्द जस्तै । मानिसले साँस फेरेको थाहा पाईंदैन । यसका लागि लामो र कठिन अभ्यास आवश्यक छ । स्वामी रामकृष्ण लगभग छ महिना मृततुल्य भएर रहेका थिए । यस बेला एक तपस्विनीले उनलाई खुवाएर राखेकी थिइन् । अन्यथा उनी सोही अवस्था मरिसक्ने थिए ।

प्राण वायुका दुई कार्य छन् । पहिलो कार्य फोक्सोद्वारा सम्पूर्ण शरीरमा पुगेर त्यसमा नवजीवनको सञ्चार गर्नु र दोस्रो कार्य रगतलाई शुद्ध पार्नु हो । जब रगत सम्पूर्ण शरीरमा घुम्दै ठाउँ ठाउँमा जीवनको शक्ति बढाउँदै त्यहाँका अशुद्ध पदार्थ बटुलेर शरीरलाई शुद्ध पार्दै पुनः मुटुमा पुग्छ, तब त्यो निकै अशुद्ध तथा धमिलो भइसकेको हुनछ । यो अशुद्ध रगत जब जब फोक्सोमा पुगछ तब त्यहाँ शुद्ध वायुको सम्पर्कमा आउनाले तत्कालै त्यो शुद्ध एवं चहकिलो हुन्छ । अनि फेरि शरीरलाई शुद्ध गर्न पठाइन्छ । यो क्रम जीवनभरि चलिरहन्छ ।

खप्तडबाबाले पाँच प्रकारका प्राणको चर्चा गर्दै भनेका छन्, प्राण भनेको श्वास वायु होइन । यो आत्मतत्त्व पनि होइन । वास्तवमा प्राण त्यो जड तत्त्व हो जसले गर्दा श्वास प्रश्वास आदि समस्त क्रियाहरु जीवित शरीरमा हुन्छन् । हृदयमा सोही प्राणलाई प्राण वायु भनिन्छ । गुह्यदेशमा त्यसलाई अपान, नाभिमण्डलमा समान, घाँटीमा उदान, तथा सम्पूर्ण शरीरमा त्यसैलाई व्यान वायु भनिन्छ । यस प्राणलाई वशमा राख्नु नै प्राणायाम हो ।

यज्ञशिष्टामृतभुजो यान्ति ब्रह्म सनातनम् ।

नायं लोकोऽस्त्ययज्ञस्य कुतोऽन्यः कुरुसत्तम ।।३१ ।।
====पदच्छेद र शब्दार्थ====
कुरुसत्तम (हे कुरुश्रेष्ठ अर्जुन) यज्ञशिष्ट (यज्ञमा बचेका, अवशिष्ट) अमृतभुजः (अमृत तुल्य भोजन) यान्ति (प्राप्त गर्छन्) ब्रह्म सनातनम् (सनातन ब्रह्म) अयम् लोकः (यो मनुष्य लोक) न अस्ति (छैन) अयज्ञस्य (यज्ञरहितका लागि) कुतः अन्यः (अन्य लोकका के कुरा) ।

हे कुरुश्रेष्ठ, यज्ञले बचेका अमृततुल्य भोजन गर्ने सनातन परब्रह्म परमात्मालाई प्राप्त हुन्छन् तर यज्ञरहितका लागि यो मनुष्यलोकको सुख नै नै छैन भने अन्य लोकका के कुरा? अर्थात् परलोकका सुख उसले प्राप्त गर्न सक्दैन ।।३१ ।।

एवं बहुविधा यज्ञा वितता ब्रह्मणो मुखे ।

कर्मजान्विद्धि तान्सर्वानेवं ज्ञात्वा विमोक्ष्यसे ।। ३२ ।।
====पदच्छेद र शब्दार्थ====
एवम् (यस प्रकार) बहुविधा ः (धेरै प्रकारका) यज्ञाः (यज्ञहरु) वितताः (विस्तार गरिएको छ) ब्रह्मणः मुखे (वेदको वाणीद्वारा, ब्रह्मको मुखद्वारा) कर्मजान् (मन, इन्द्रिय र शरीरको क्रियाद्वारा) विद्धि (जान) तान् सर्वान् (ती सबै) एवम् (यस प्रकार) ज्ञात्वा (जानेर) विमोक्ष्यसे (मुक्त हुनेछौ) ।

यस प्रकार धेरै प्रकारका यज्ञहरुको बारेमा ब्रह्मको मुखद्वारा विस्तार गरिएको छ । ती सबैलाई मन, इन्द्रिय र शरीरको क्रियाद्वारा सम्पन्न हुने बुझ । यस प्रकार जाने पछि तिमी मुक्त हुनेछौ ।।३२।।
====व्याख्या====
आहारको प्रभाव र रुचिको विषयमा गीता अध्याय १७.८–१० मा विस्तृत व्याख्या गरिएको छ । तर यहाँ एउटा विशेष आहारको बारेमा बताइएको छ । यज्ञशिष्टामृतभुजः यसको अर्थ हो यज्ञको परिणामस्वरुप प्राप्त अमृत । यज्ञ गरेर बाँकी रहेको अवशेष । यस्तो आहार मानिसका लागि निश्चित गरिएको आहार भनिएको छ । यज्ञको अवशेषका अर्थ हो देवताहरुलाई श्रद्धापूर्वक अन्न दिए पछि बाँकी रहेको खाना । सामूहिक कार्यबाट प्राप्त उत्पादनमा देवताहरुको योगदान हुन्छ । त्यसैले सबभन्दा पहिला त्यो देवताहरुलाई नै अर्पण गर्नु पर्छ ।

यस्ता नाना प्रकारका यज्ञको वर्णन साक्षात् ब्रह्मको मुखबाट गरिएको छ । ब्रह्मको मुखको अर्थ हो वेदको वाणी । यज्ञ अनेक प्रकारका हुन्छन् जसको बारेमा वेदमा वर्णन गरिएको छ । हे अर्जुन, ती सबैलाई कर्मजा अर्थात् मन, इन्द्रिय र शरीरको क्रियाद्वारा सम्पन्न भएको बुझ । यस प्रकार तत्त्वले जानेर तिमी मुक्त हुनेछौ ।

श्रेयान्द्रव्यमयाद्यज्ञाज्ज्ञानयज्ञः परन्तपः ।

सर्वं कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते ।।३३।।
====पदच्छेद र शब्दार्थ====
परन्तपः (हे परन्तप, शत्रुतापन) द्रव्यमयात् यज्ञात् (द्रव्यमय यज्ञभन्दा) ज्ञानयज्ञः (ज्ञान यज्ञ) श्रेयान् (श्रेष्ठ छ) पार्थ (हे पार्थ) अखिलम् (सम्पूर्ण) सर्वम् (सबै) कर्म (कर्म) ज्ञाने (ज्ञानमा) परिसमाप्यते (समाप्त हुन्छन्)।

हे परन्तप, द्रव्यमय यज्ञभन्दा ज्ञानयज्ञ श्रेष्ठ छ, हे पार्थ, सब प्रकारका फल सहित सबै कर्महरु ज्ञानमा गएर समाप्त हुन्छन् ।
====व्याख्या====
गीतामा दान क्रियालाई दानयज्ञ, जप क्रियालाई जपयज्ञ, तथा उपदेश क्रियालाई ज्ञान यज्ञ भनिएको छ । साथै ज्ञान यज्ञलाई अन्य यज्ञभन्दा श्रेष्ठ भन्दै ज्ञान यज्ञलाई सर्वोत्तम बताइएको छ । यसै आधारमा आचार्य शंकरले गीताको प्रधान विषय ज्ञान हो कर्म होइन भन्ने कुरा मान्दछन् ।

यज्ञलाई विभिन्न प्रकारले परिभाषित गरिएको हुन्छ । महात्मा गान्धी र आचार्य विनोबाले यज्ञको अर्थ परोपकार लगाउँछन् । आचार्य विनोबाले धनीहरुबाट भूमि दान प्राप्त गरेर निर्धनमा वितरण गर्ने कार्यलाई भूदान यज्ञ भनेका थिए । यज्ञ सामूहिक क्रियाकलाप हो । त्यसैले डाँगेले यज्ञलाई वैदिककालको यज्ञलाई धार्मिक क्रियाकलाप नमानेर सामूहिक उत्पादन क्रियाकलाप मान्दछन् ।

जसलाई जानेर फेरि यस प्रकारको मोहलाई प्राप्त हुने छैनौ । हे पाण्डव, यस ज्ञानद्वारा सबै प्राणीलाई अशेष भावले आफ्नैमा र पछि मलाई (परमात्मा) देख्नेछौ ।

तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ।।

उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः ।।३४ ।।
====पदच्छेद र शब्दार्थ====
तत् (त्यस ज्ञानलाई) विद्धि (बुझ) प्रणिपातेन (प्रणाम गरेर) परिप्रश्नेन (राम्ररी प्रश्न गरेर) सेवया (सेवा गरेर) ते ज्ञानिनः तत्त्वदर्शिनः (उनी तत्त्वदर्शी ज्ञानीहरुले) ज्ञानम् (तिमीलाई ज्ञान) उपदेक्ष्यन्ति (उपदेश गर्ने छन्, ज्ञान दिने छन्)।

त्यस (तत्त्वज्ञान) लाई बुझ, राम्ररी प्रणाम गरेर, सेवा गरेर, राम्ररी प्रश्न गर, उनी तत्त्वदर्शी ज्ञानीले तिमीलाई (तत्त्व) ज्ञानको उपदेश गर्ने छन् ।।३४।।
====व्याख्या====
गीतामा योग्य गुरुबाट ज्ञान कसरी प्राप्त गर्न सकिन्छ श्लोक ३४ मा त्यस कुराको बडो सुन्दर व्याख्या छ– गुरुको हार्दिक सम्मान तथा सेवा र राम्ररी एवं निष्कपट भावले गरिएको प्रश्नोत्तरद्वारा गुरुजनसंग तत्त्वको उपदेश (ज्ञान) प्राप्त गर्नुपर्छ । ज्ञानीको नजिक गएर उनीहरुका कुरा ध्यानले सुन्ने, बुझ्ने । कपट नगरीकन, सरलतापूर्वक र जिज्ञासापूर्वक प्रश्न गर्नाले तत्त्वदर्शीहरुले ज्ञानको उपदेश गर्नेछन् ।

गीता बाहेक उपनिषद, मनुस्मृति, कौटिलीय अर्थशास्त्र र शुक्रनीतिमा पनि शिक्षण विधिको जानकारी प्राप्त हुन्छ । औपनिषदिक कालका ज्ञानार्जनका विधिलाई निम्नलिखित श्लोकमा बताइएको छ–

श्रवणं तु गुरोः पूर्वं मननं तदनन्तरम् ।

निदिध्यासनमित्येतत्पूर्णबोधस्य कारणम् ।

श्रवण, मनन र निदिध्यासन (व्यवहारमा ल्याउनु) यी नै ज्ञानार्जनका विधिहरु हुन् ।

कौटिलीय अर्थशास्त्रका अनुसार– सुश्रूषा श्रवण ग्रहण धारण विज्ञानोहापोह तत्त्वाभिनिविष्टबुद्धिं विद्या विनयति नेतरम् ।

सुश्रूषा, श्रवण, ग्रहण, धारण, विज्ञान, उहापोह तत्त्वाभिनिविष्टबुद्धिम् विद्या विनयति नेतरम् ।
सुश्रुषा, श्रवण, ग्रहण, धारण, अर्थविज्ञान, ऊहापोह (तर्कवितर्क), र तत्त्वज्ञानमा बुद्धि केन्द्रित गर्नु विद्या आर्जनका विधिहरु हुन् । यसबाहेक अन्य कुनै विधि छैन ।

वाचस्पति मिश्रले ज्ञानको उपलब्धिका पाँच चरण बताएका छन्

अध्ययन – शब्द श्रवण

शब्द श्रुत – शब्दको अर्थग्रहण

ऊह – तर्क र सामान्यीकरण

सुहृत् प्राप्ति– मित्र वा शिक्षकको अनुमोदन

दान – प्रयोग तथा व्यवहार

शिक्षा शास्त्री जोन डीवीले यी पाँच चरणलाई तीन भागमा वर्गीकृत गरेका छन्– अध्ययन (शब्द श्रवण), तर्क र सामान्यीकरण र त्यसको अनुमोदन, तथा प्रयोग ।

मेरो निम्ति जुन श्रेयकारक छ त्यो भन्नुहोस् । म तपाईको शिष्य भएँ । तपाईको शरणागत मलाई शिक्षा दिनुहोस् (२.७) अर्जुनले यसरी आग्रह गरे पछि अत्यन्त सुव्यवस्थित तरीकाले दिइएको ज्ञान भएकोले गीतालाई सु–उपनिषद– उत्कृष्ट शिक्षण विधि भनिन्छ ।

विश्वका महानतम शिक्षकहरुले आआफ्नो समयमा समाजको रुपान्तरण गर्न, सामाजिक आदर्श स्थापित गर्न, निराश र अशान्तिले ग्रस्त मानिसलाई मार्गदर्शन गर्न अनेक प्रकारका शिक्षण विधिहरुको प्रतिपादन गरेका छन् । कृष्ण, बुद्ध, शङ्कराचार्य आदि अवतार पुरुष मात्र होइन चाणक्य, विष्ष्णुशर्मा, प्लेटो, कन्फ्युशस, ताओ, गुरजिएफ,डेलकार्नेगी जस्ता नीतिशास्त्रीको नाम लिन सकिन्छ । वर्तमान समयमा विशिष्ट शिक्षण विधि प्रयोगगर्ने चिन्तकहरुमा, खप्तडबाबा, शिवपुरी बाबा, योगी नरहरिनाथ, क्षितिशचन्द्र चक्रवर्ती, स्वामी परमानन्द सरस्वती आदिको नाम उल्लेख गर्न सकिन्छ ।

महात्मा गान्धी र आचार्य विनोबा जस्ता समाजसुधारक, फ्रेडरिक हीगेल, हेनरी डेविड थोरो र एडविन आर्नोल्ड जस्ता दार्शनिक, राल्फ वाल्डो इमर्सन, टी एस इलियट, विलियम वर्ड्सवर्थ, जोन कीट्स, विलियम जोन्स, हर्मन हेस्से जस्ता साहित्यकार, आइन्स्टीन र ओपेनहाइमर जस्ता वैज्ञानिक, वारेन हेस्टिंग्स र विलियम जोन्स जस्ता उच्च प्रशासकले आफू गीताको विषय वस्तुबाट प्रभावित भएको कुरा स्पष्ट रुपमा स्वीकार गरेका छन् । त्यसैले गीतालाई उच्चकोटिको शिक्षाशास्त्र भन्न सकिन्छ ।

यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव ।

येन भूतान्यशेषेण द्रक्ष्यस्यात्मन्यथो मयि ।।३५।।
====पदच्छेद र शब्दार्थ====
यत् ज्ञात्वा (जसलाई जानेर) पुनर्मोहम् (फेरि मोह) एवम् (यस्तो) न यास्यसि (हुने छैन) पाण्डव (हे पाण्डुपुत्र अर्जुन) येन (जसलाई) भूतानि (प्राणीहरु) अशेषेण (अशेष भावले) द्रक्ष्यस्य (देख्ने छौ) आत्मनि (आफू भित्र) अथो (अनि) मयि (मलाई, परमात्मालाई)।

जसलाई जानेर फेरि यस प्रकारको मोहलाई प्राप्त हुने छैनौ । हे पाण्डव, यस ज्ञानद्वारा सबै प्राणीलाई अशेष भावले आफूभित्र तथा पछि त्यहाँ मलाई (परमात्मा) देख्नेछौ ।।३५।।

अपि चेदसि पापेभ्यः सर्वेभ्यः पापकृत्तमः ।

सर्वं ज्ञानप्लवेनैव वृजिनं सन्तरिष्यसि ।। ३६ ।।
====पदच्छेद र शब्दार्थ====
चेत् (यदि) सर्वेभ्यः (सबै) पापेभ्यः अपि (पापीहरुभन्दा पनि) पापकृत्तमः (बढी पापी) असि (छौ) सर्वम् (सम्पूर्ण) ज्ञानप्लवेन (ज्ञानरुपी नौका द्वारा) एव (निश्चिरुपमा नै) वृजिनम् (पाप समुद्रबाट) सन्तरिष्यसि (पार तर्नेछौ ।)

यदि सबै पापीहरु भन्दा पनि पापी, असाध्यै पापी छौ भने ज्ञानरुपी डुंगाबाट नै सबै वृजि (पापसमुद्र) तर्नेछौ ।।३६।।

यथैधांसि समिद्धोऽग्निर्भस्मसात्कुरुतेऽर्जुन ।

ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा ।। ३७ ।।
====पदच्छेद र शब्दार्थ====
यथा (जसरी) एधांसि )ईंधन, समिधालाई) समिद्धः अग्निः (प्रज्जवलित अग्नि) भस्मसात् (भस्मसात्) कुरुते (गर्छ) अर्जुन (हे अर्जुन) ज्ञान अग्निः (ज्ञानरुपी अग्नि) सर्वकर्माणि (सबै कर्महरुलाई) भस्मसात् भस्म, खरानी) कुरुते (गराउँछ) तथा (त्यसै गरी) ।

हे अर्जुन, जसरी अग्निले समिधालाई भस्मसात् गरीदिन्छ त्यसै गरी ज्ञानरुपी अग्निले सबै कर्महरुलाई भस्म, खरानी गराइदिन्छ ।।३७।।
====व्याख्या====
पापीभन्दा पनि पापी अर्थात् सबैभन्दा ठूलो पापी छ भने पनि त्यो ज्ञानरुपी डुंगाबाट नै सबै पापसमुद्र सजिलै तरेर पारी पुग्छ । जसरी प्रज्ज्वलित अग्निले काठलाई खरानी बनाउँछ त्यसै गरी ज्ञानरुपी अग्निले सबै कर्महरुलाई समाप्त गरीदिन्छ । ज्ञानी पनि उसै लक्ष्यमा पुग्छ जुन ठाउँमा कर्मयोगी पुग्छ ।
एउटा गाउँमा धेरै जना मानिसहरुले एउटी स्त्रीलाई ढुङ्गाले हान्ने सजायं कार्यान्वय गर्दै थिए । स्त्रीमाथि व्याभिचारी भएको आरोप थियो । त्यस मार्गबाट जीसस जांदै थिए । त्यस स्त्रीमाथि भीडले अत्याचार गर्न थालेकोले उनलाई पीर परेछ ।

उनले भीडलाई त्यस स्त्रीलाई ढुङ्गा नहान्न अनुरोध गरे ।
तर मानिसहरुले त्यो स्त्री पापीभन्दा पनि खराब छ । त्यसैले उसलाई उचित सजायँ दिनु पर्छ भने ।
जीससले यसलाई स्वीकार गर्दै भने– जो खराब छ उसलाई सजायँ दिनु पर्छ । यसलाई पनि सजायँ दिनुहोस् । तर पहिलो ढुङ्गा हान्ने मानिस एक विशेष मानिस हुनुपर्छ । एक यस्तो मानिस जो पूर्णतया पवित्र छ अर्थात् उसले आजसम्म कुनै पनि पाप गरेको छैन, यस्तो मानि हुनु पर्छ ।

यो सुने पछि ढुङ्गा हान्न अगाडि सरेका केही मानिस पछि हटे किनभने उनीहरुले पाप गरेका थिए ।
पहिलो चोखो मानिस कोही नभए पछि त्यो स्त्री हत्या हुनबाट बच्न सकी ।

कुनै पनि पापीलाई कुनै मानिसले शुद्ध गर्न सक्दैन । पापीलाई केवल ईश्वर अनुग्रहले शुद्ध गराउन सक्छ ।

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।

तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति ।। ३८ ।।
====पदच्छेद र शब्दार्====
ज्ञानेन हि सदृशम् (ज्ञान बराबर) पवित्रम् (पवित्र) इह (यस संसारमा) न विद्यते (अरु केही छैन) तत् (त्यस ज्ञानलाई) स्वयम् (आफैं) योगसंसिद्धः (योगको सिद्धि पाएको मानिसले) कालेन (धेरै समय लगाएर) आत्मनि (आफैं) विन्दति (जान्दछ) ।

यस संसारमा ज्ञान बराबर पवित्र अर्को केही पनि छैन । त्यसलाई योगसंसिद्ध पुरुषले धेरै समय लगाएर (धैर्यपूर्वक) आफैं प्राप्त गर्छ ।। ३८ ।।

श्रद्धावाँल्लभते ज्ञानं तत्परः संयतेन्द्रियः ।

ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति ।। ३९ ।।
====पदच्छेद र शब्दार्थ====
श्रद्धावान् (श्रद्धावान) संयत इन्द्रियः (तथा इन्द्रिय संयमीले) ज्ञानम् (ज्ञान) लभते (प्राप्त गर्छ) तत्परः (त्यसको परायण भई) ज्ञानम् (ज्ञान) लब्ध्वा (प्राप्त गरेर) अचिरेण (अविलम्ब, तुरुन्तै) पराम् (परम) शान्तिम् (शान्ति) अधिगच्छति (पुग्छ, प्राप्त गर्छ) ।

श्रद्धावान् र इन्द्रिय संयमी मानिसले तत्त्वदर्शीको सेवा गरेर ज्ञान प्राप्त गर्छ । ज्ञान प्राप्त गरे पछि त्यस ज्ञानको परायण भई उसले अविलम्ब परम् शान्ति प्राप्त गर्छ ।। ३९ ।।
====व्याख्या====
यस संसारमा ज्ञान बराबर पवित्र अर्को केही पनि छैन । धेरै समय लगाएर त्यसलाई योगसंसिद्ध मानिसले आफैं प्राप्त गर्छन् । यस ज्ञानले समत्त्व बुद्धि र परम शान्ति प्रदान गर्छ ।

सामान्य मानिस क्रोध र वासना भरिएका हुन्छन् । त्यो समय समयमा थोरै थोरै गरेर निस्कँदै गर्नु पर्छ अन्यथा त्यो विस्फोट हुन जान्छ भन्ने मनोवैज्ञानिकहरु भन्दछन् । तर योग संसिद्धमानिस भनेको समत्व बुद्धियुक्त हुन्छ । वासना बुद्धियुक्त मानिसको मन दुई दिशातर्फ बयेली खेल्छ । कसै प्रति क्रोध आउँछ भने क्रोध शान्त भएपछि उत्तिकै पश्चात्ताप हुन्छ । यो पश्चात्ताप अर्को पटक क्रोध आउनका लागि तयारी मात्र हो । वासना शान्त भए पछि मानिसले ग्लानि अनुभव गर्छ अर्को वासनाको लागि तयारी स्वरुप । तर समत्वबुद्धिलाई कुनै पछुतो भन्ने कुरा हुँदैन । उसले जे गर्छ सही गर्छ । उसको मन दुईतिर नाच्दैन ।
भगवान् बुद्धलाई जीवनमा एक महिलाले व्याभिचार गरेको आरोप लगाई । त्यो पनि बुद्धले देशना गरिरहेको स्थानमा । हजारौं मानिसहरुका अगाडि । उसले बुद्ध माथि जथा भावी आरोप लगाउँदै आफ्नो पेटमा बुद्धको गर्भ रहेको भन्न थाली ।

बुद्धले बिना कुनै उत्तेजना, क्रोध वा दुख शान्त स्वरमा यति मात्र भने– वास्तविकता के हो भन्ने कुरा कि तपाईंलाई थाहा छ, कि मलाई थाहा छ । अरु कसैलाई पनि केही थाहा छैन ।

शान्त र प्रेमपूर्ण सम्बोधन सुने त्यो स्त्री सारै अत्तालिई । पछुतो लाग्यो र दौडेर फर्कने बेलामा उसको पेटमा राखेको काठको टुक्रा खसेर आफ्नै खुट्टामा चोट लाग्यो । त्यस चोटको उपचार बुद्धले नै गरे । यो समत्त्व बुद्धिको उदाहरण हो ।

पैगम्बर मोहम्मदलाई नरुचाउने केही व्यक्ति थिए । त्यसमा उनकी छिमेकी एक वृद्धा थिई । उसले सधैं अपशब्द बोल्थी र उनी हिंड्ने बाटोमा काँडा बिच्छ्याउने गर्थी । उनी काँडा पन्छाएर हिंड्थे । तर वृद्धालाई केही भन्दैनथे ।

एक दिन हिंड्दा उनले बाटोमा एउटा पनि काँडा नभएको देखे । उनलाई आश्चर्य पनि भयो । त्यस वृद्धाका घरमा गए । स्त्री ज्वरो आएर सुतेकी रहिछ । त्यसैले काँडा बिच्छ्याउन नसकेकी रहिछ ।
उनले त्यसलाई पानी तताएर खुवाए । भोकी रहिछ । खानपिनको व्यवस्था गरे । औषधिको पनि व्यवस्था गरे ।

वृद्धाले सोधी– मैले तपाईंसँग घृणा गर्थे । तपाईंले मेरो सेवा किन गर्नु भयो ?

मोहम्मद– बाटोमा काँडा नदेखेपछि मलाई तपाईंको स्वास्थ्यको चिन्ता लाग्यो । त्यही हेर्न आएको थिएँ । मेरो आशंका सही रहेछ । छिमेकीको सेवा गर्नु मेरो कर्तव्य हो ।

यो सुनेर त्यस वृद्धलाई आफ्ना कृत्य प्रति पछुतो भयो । त्यस पछि त्यो स्त्री मोहम्मदका मतको अनुसरण गर्न थाली ।

अज्ञश्चाश्रद्धधानाश्च संशयात्मा विनश्यति ।

नायं लोकोऽस्ति न परो न सुखं संशयात्मनः ।।४० ।।
====पदच्छेद र शब्दार्थ====
च (अनि) अज्ञः (अज्ञानी) च अश्रद्धधानः (तथा श्रद्धाविहीन) संशय आत्मा (शंकालु, संशयी मानिसका)विनश्यति (नाश हुन्छ) संशय आत्मनः (संशयीका लागि) न अयम् लोकः (न यो लोक) अस्ति (छ) न परः (न परलोक छ) न सुखम् (त्यसलाई सुख पनि छैन) ।

अनि ज्ञान र श्रद्धा नभएको अर्थात् संशयी नाश हुन जान्छ । संशयी मानिसका लागि न यो लोक छ, न परलोक छ । त्यसलाई कहीं पनि सुख छैन ।। ४० ।।
====व्याख्या====
भगवान् श्रीकृष्णले भन्नु हुन्छ– अज्ञानीलाई ज्ञान दिनु निरर्थक मात्र होइन हानिकारक हुनसक्छ । नेत्रहीनलाई हातमा बत्ती दिएर अँध्यारो रातमा हिंडाउनु निरर्थक मात्र होइन, खतरापूर्ण पनि हुनसक्छ ।
अन्तमा भगवान् श्रीकृष्णले सावधान गर्दै भन्नु हुन्छ– अज्ञानी, श्रद्धाविहीन र संशयी सर्वथा नाश हुन जान्छ र उसले कहीं सुख पाउँदैन ।

एउटा गृहस्वामिनीले नेउरी मुसा पालेकी थिई । त्यो नेउरी उसको शिशु जन्मिने दिन जन्मेको थियो । त्यसैले नेउरीको बच्चालाई पनि निकै माया गर्थी । एक दिन उसले त्यस नेउरीलाई भनी— बाबु निदाएको छ, म खोलामा कपडा धोएर आउँछु, मेरो बाबुलाई हेर्नु है ।

नेउरी मुसाले त्यस शिशुलाई सुरक्षा दिन थाल्यो ।

एक छिन पछि एउटा डरलाग्दो विषालु सर्प त्यहाँ आयो । उसले बालकलाई डस्न खोज्यो । नेउरी मुसाले त्यस सर्पसंग भीषण लडाईं गरेर त्यसलाई काटेर टुक्रा टुक्रा बनाइदियो, आफू पनि घाइते भयो ।
अनि आफ्नो बहादुरी देखाउन खोलामा पुग्यो ।

गृहस्वामिनीले नेउरीको मुखमा रगत लागेको देख्ना साथ उसले सोच्न थाली, पक्का पनि मेरो अनुपस्थितिमा यसले मेरो बालकलाई मारेर खायो र मलाई त्यही देखाउन यहाँ आएको छ । उसलाई एक दम रिस उठ्यो । उसको संशयले अरु केही सोच्न दिएन । आफूले सोचेको कुरालाई परीक्षण गर्न पनि उसले आवश्यक ठानिन । आफूले पालेको नेउरीमा उसले अलिकति पनि विश्वास गरिन ।
क्रोधित भएर ढुंगाले नेउरीको टाउकामा हिर्काई । गोडामा लुटपुटिएको नेउरी तुरुन्तै मरिहाल्यो । आत्तिँदै जब ऊ घर पुगी उसले के देख्छे भने बालक निदाएको छ र एउटा विषालु सर्प नजिकै टुक्रा टुक्रा परेको छ ।
अब ऊ छाती पिटी पटि रुन थाली । नेउरीमा अनाहकमा शङ्का गरें, उससले मेरो शिशुको सुरक्षा गरेको रहेछ ।
त्यसैले भनिन्छ नेउरी मारी पछुतो ।

सबै संशयीहरु गृहस्वामिनी जस्तै पछुताउँछन् तर त्यस पछुतोले केही उपलब्धि हुँदैन ।

योगसन्न्यस्तकर्माणं ज्ञानसञ्छिन्नसंशयम् ।

आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय ।। ४१ ।।
====पदच्छेद र शब्दार्थ====
धनञ्जय (हे धनञ्जय) योग (कर्मयोगको आश्रय लिएर) कर्माणम् (कर्महरु) सन्न्यस्त (ईश्वर समर्पण गरेको, त्याग गरेको) ज्ञान (ज्ञानले) संशयम् (संशय, आशंकाहरु) सञ्छिन्न (छिन्नभिन्न भएका, मेटिएका) आत्मवन्तम् (आत्मवन्त, आत्मज्ञानी, आफूलाई वशमा राखेको मानिसलाई) कर्माणि (कर्महरुले, कर्मका पाप पुण्यले) निबध्नन्ति न (बाँधेका हुँदैनन्) ।

हे धनञ्जय, जसले कर्मयोगको आश्रय गरेर ईश्वरमा कर्महरु समर्पण गरेको छ, र ज्ञानले जसका सब सन्देह मेटिएका छन्, त्यस आत्मवन्त (आत्मज्ञानी) मानिसलाई कर्मका पाप पुण्यरुप बन्धनले बाँधेका हुँदैनन् ।। ४१ ।।

तस्मादज्ञानसम्भूतं हृत्स्थं ज्ञानासिनात्मनः ।

छित्वैनं संशयं योगमातिष्ठोत्तिष्ठ भारत ।। ४२ ।।
====पदच्छेद र शब्दार्थ====
भारत (हे भारत, हे अर्जुन) तस्मात् (त्यसैले) आत्मनः (आफ्नो) हृत्स्थम् ((हृदयमा स्थित) अज्ञानसम्भूतम् (अज्ञानजनित) ज्ञान (ज्ञानरुपी) असिना (तरवार) छित्वा (काटेर) एनम् (यस) संशयम् (संशयलाई) योगम् (योग, समत्त्व योग, निष्काम कर्मयोग) आतिष्ठ (स्थित होउ) उत्तिष्ठ (उठ, युद्ध गर) ।

हे भारत, त्यसैले आफ्नो हृदयमा रहेको र अज्ञानबाट उत्पन्न भएको यो संशयलाई ज्ञानरुप तरवारले काटेर कर्मयोगको आश्रय गर अनि युद्धको निमित्त खडा होऊ ।। ४२ ।।
====व्याख्या====
जो शंकालु हुन्छ, उसैले तनाव बेहोर्नु पर्छ । जो शंकालु हुन्छ उसैले पछुतो गर्नु पर्छ । तर संशयको औषधि हुँदैन त्यसलाई आफैंले निको पार्नु पर्छ । ज्ञान र शंका दुवै अन्तरमा नै हुन्छन् । शंकालाई ज्ञानको तरवारले जसले काट्न सक्छ । त्यो मानिस आत्मवन्त हुनजान्छ । आत्मवन्तको अर्थ हो मुक्त, स्वतन्त्र, आफ्नो मालिक आफैं भएको मानिस ।

अध्यायको अन्तमा भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नु हुन्छ– ‘हे भारत, ज्ञानरुपी तरवार लिएर संशय रुपी अज्ञानलाई काट्न तत्त्पर होउ ।’ अद्वैत वेदान्तीहरुका अनुसार यस भनाईले गीताको संकेत आन्तरिक युद्धसंग छ, बाह्य युद्धसँग होइन सकिन्छ । तर कर्मयोगलाई समर्थनगर्नेहरुले कर्तव्यपथमा अग्रसर हुने ज्ञान लिएर रणक्षेत्रको युद्धलाई तैयार हुनुपर्छ भन्ने अर्थ गर्दछन् ।

ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे ज्ञानकर्मसन्न्यासयोगो नाम चतुर्थोद्ध्याSय ः।।

यस प्रकार श्रीमद्भगवद्गीतारुपी उपनिषद्, ब्रह्मविद्या, योगशास्त्र, एवं श्रीकृष्ण र अर्जुन वार्तालापमा ज्ञानकर्मसन्न्यास नाम गरेको चौथो अध्याय समाप्त भयो ।

====सन्दर्भ====
अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।

अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।

अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।

अहमद, इकबाल, (१९९६), पैगम्बर हजरत मोहम्मद, इलाहाबादः लोकभारती ।

आचार्य, श्रीराम शर्मा, (सन् २०१०), १०८ उपनिषद्, मथुरा ः युग निर्माण योजना ।

आचार्य, श्रीराम शर्मा, (सन् २०१०), गायत्री महाविज्ञान (तीन खण्ड), मथुरा ः युग निर्माण योजना ।

आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।

ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।

ओशो, (सन् १९८०), गीता दर्शन खण्ड २, पूना ःरेबेल बुक्स ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।

गोल्छा, हुलासचन्द्र, (वि.सं.२०५३), महावीर वद्र्धमान, कान्तिपुर दैनिक, वि.सं.२०५२चैत १५, काठमाडौं ः कान्तिपुर पब्लिकेशन्स ।

गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।

गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।

गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुर ः गीताप्रेस ।

ज्ञवाली, बाबु राम, (वि.सं.२०७२), जीवनको दोस्रो पाना (वैचारिक गम्भीरताका दृष्टिले श्रीमद्भगवद्गीता दोस्रो अध्यायको अध्ययन), रुपन्देही, नेपाल ः ज्ञानज्योति प्रकाशन ।

ज्ञवाली, बाबु राम, (वि.सं.२०७०), ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु, मिर्मिरे (सांस्कृतिक विशेषांक), वर्ष ४२, अंक १, पूर्णांक ३२०, बैशाख जेठ २०७०, काठमाडौं ः नेपाल राष्ट्र बैंक ।

जलोटा, अनूप, (वि.सं.२०७०), श्रीमद्भगवद्गीता (सी डी) ।

तिलक, बाल गंगाधर, (सन् २००७), श्रीमद्भगवद्गीता या कर्मयोग शास्त्र, दिल्ली ः साधना पकेट बुक्स ।

पन्थी, टीकाराम, (वि.सं.२०६५),सांस्कृतिक संवीक्षण, रूपन्देही ः विश्व हिन्दु महासंघ ।

ब्रह्मानन्द, (सन् २०००), श्रीरामकृष्ण उपदेश, नागपुर ः रामकृष्ण मठ ।

बेनेट, जे जे र ठाकुरलाल मानन्धर,(वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।

शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।
7wtol3dtvs8f7wnih3u1qoix2etdspg
श्रीमद्भगवद्गीता द्वादश अध्याय
0
4157
18608
18476
2026-06-11T01:55:50Z
Ziv
6796
([[c:GR|GR]]) [[c:COM:Duplicate|Duplicate]]: [[File:भक्त शिरोमणि मीरा.jpg]] → [[File:Meerabai painting.jpg]] Exact or scaled-down duplicate: [[c::File:Meerabai painting.jpg]]
18608
wikitext
text/x-wiki
====अध्याय बाह्र====
===भक्तियोग===
[[चित्र:Bhakta.jpg|अङ्गुठाकार|चित भक्तहरु]]
====अर्जुन उवाच====

एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते ।

ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः ।।१ ।।
===== पदच्छेद र शब्दार्थ =====
अर्जुन उवाच (अर्जुनले भने)

एवम् (यसरी) ये भक्ताः (जुन भक्तहरु) त्वाम् (तपाईंमा) सततयुक्ताः (निरन्तर युक्त छन्) च अपि (तथा) ये (जसले) अक्षरम् अव्यक्तम् (अविनाशी अव्यक्त निराकार ब्रह्मको) पर्युपासते (उपासना गर्छन्) तेषाम् (तिनीहरुमा) योगवित्तमाः (उत्तम योग वेत्ता) के (को हो) ।

अर्जुनले भने

यसरी एक थरी जो तपाईंमा निरन्तर युक्त छन् र अर्का थरी जसले अविनाशी अव्यक्त निराकार ब्रह्मको राम्ररी उपासना गर्छन् । तिनीहरु मध्ये उत्तम योग वेत्ता को हो ?१।।
===== व्याख्या =====
योगको अर्थ हो निरन्तर युक्त हुनु अर्थात् भजन, कीर्तन, सत्संग, स्वाध्याय इत्यादि जुनसुकै विधिबाट पनि आफूलाई ईश्वरसंग जोड्नु । तथा योगवित्तमाको अर्थ हुन्छ उच्चत्तम योग वेत्ता, सबभन्दा उच्च उपासक । योगयुक्त उपासकका तीन श्रेणी हुन्छन् । योगको सामान्य ज्ञातालाई योगवित्, योगको उच्चतर ज्ञान भएकोलाई योगवितर् तथा योगको उच्चतम ज्ञान भएकोलाई योगवित्तम हुन्छन् । ईश्वरलाई सर्वोत्तम विधिले जान्नेलाई योगवित्तम भनिन्छ । त्यसैले योग वित्तमको अर्थ हुन्छ– उत्तम उपासक ।

अर्जुनका यस प्रश्नको उत्तरमा यसका १९ श्लोकमा उत्तम उपासक अर्थात् भक्तको सविस्तार वर्णन गरिएको छ ।
===== श्रीभगवानुवाच =====
मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते ।

श्रद्धया परयोपेतास्ते मे युक्ततमा मताः ।। २ ।।
===== पदच्छेद र शब्दार्थ =====
श्रीभगवान् उवाच (भगवान् श्रीकृष्णले भन्नु भयो)

मयि (ममा) मनः (मनलाई) आवेश्य (एकाग्र गरेर, लगाएर, एकनिष्ठ गरेर, अभ्यास गरेर) ये (जो) नित्ययुक्ताः (निरन्तरयुक्त भएर) परया श्रद्धया (परम श्रद्धापूर्वक) उपेताः (युक्त भएर) माम् (मेरो) उपासते (उपासना गर्छन्) ते (तिनीहरु) युक्ततमाः (उत्तम योगी हुन्) मे (मेरो) मताः (मत छ) ।

भगवान् श्रीकृष्णले भन्नु भयो –

ममा मनलाई एकाग्र गरेर निरन्तर ममायुक्त (ईश्वर भक्तिमा लागेका) ती भक्तजन परम श्रद्धाले युक्त भएर मेरो उपासना गर्छन् उनी उत्तम योगी हुन् भन्ने मेरो मत छ ।। २ ।।
===== व्याख्या =====
यस अध्यायमा मेरो भन्नुको अर्थ हो ईश्वरको साकार स्वरुप । बाललीला, अर्जुन, उद्धव र गोपीलाई उपदेश, नृत्यलीला, संगीत लीला, द्रौपदी उद्धार, युद्धबाट भाग्नु, अन्तमा आफ्नै वंशको संहार, यी भगवान् श्रीकृष्णका साकार स्वरुपको उदाहरण हो । यसरी आराधना र निराकार साधना ईश्वर आराधनाका दुई विधिहरु छन् तथापि साकार र निराकार साधनालाई पूर्ण रुपमा अलग गर्न सकिँदैन किनभने पूर्ण निराकार साधना गर्नेहरुले पनि केही न केही साकार साधना गर्दछन् । त्यसै गरी साकार पथका आकाङ्क्षीहरुले पनि केही न केही निराकार साधना गर्नै पर्छ ।

सुरुमा भगवान श्रीकृष्णले भन्नु भएको छ– एकाग्रचित्तले श्रद्धापूर्वक जसले मेरो ध्यान गर्छ त्यो नै उत्तम भक्त हो ।

आवेशको अर्थ हो एकाग्रतापूर्वक, एकनिष्ठ गर्नु, अथवा अभ्यास गर्नु । त्यसैले एक निष्ठ साकार स्वरुपको भक्ति गर्नेलाई यहाँ उत्तम योगी अर्थात् भक्त भनिएको छ ।

बुद्ध महावीरले बताएको साधना निराकार ईश्वरको साधना हो । शङ्कराचार्यको बाटो निराकार ब्रह्मको बाटो हो । खप्तडबाबाको साधना मुख्यतः निराकार साधना हो । कबीरदास रामका उपासक हुन् तर उनका राम निराकार छन् । सूरदासका कृष्ण तथा तुलसीदास र भानुभक्तका राम साकार छन् । बालागुरु षडानन, स्वर्गद्वारी महाप्रभुको बाटो साकार साधना हो ।

झेन फकीरलाई कुनै जिज्ञासुले सोध्यो– ‘धर्मको सार के हो ?’

मुखले केही नबोली फकीरले भुईंमा हातले लेख्यो– ‘ध्यान ।’

जिज्ञासुले कुरा बुझेन– ‘अलि बिुझ्ने गरी बताउनुहोस् ।’

फकीरले भन्यो– ‘ध्यान ।’

जिज्ञासुले भन्यो– ‘कुरा बुझिनँ ?’

फकीर– ‘बुझ्ने काम आफैं गर्नु पर्छ ।’

त्यही कुरा श्लोक दुईमा भनिएको छ । यस कार्यमा निरन्तर, रुचिपूर्वक तथा एकाग्रता साथ लागिरहनाले मात्र सफलता प्राप्त हुन्छ ।
चिनीमैयाँले खडानन्दलाई सुधार गर्ने मनशायले भनी– ‘तिमीले पढाएको विद्यार्थीले मनपराउँछन् । तर रक्सी खाने गर्नाले ट्युशन पेशा राम्ररी

चलिरहेको छैन । रक्सी खान छोड । थुप्रै विद्यार्थी ट्युशन पढ्न आउँछन् ।’

खडानन्दले भन्यो– ‘कसरी छाडूँ । त्यही रक्सी खानका लागि ट्युशन पढाउनु परेको हो । रक्सी खान नपरे त ट्युशन पढाउनै पर्दैन ।’

ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते ।

सर्वत्रगमचिन्त्यं च कूटस्थमचलं ध्रुवम् ।। ३ ।।

सन्नियम्येन्द्रियग्रामं सर्वत्र समबुद्धयः ।

ते प्राप्नुवन्ति मामेव सर्वभूतहिते रताः ।। ४ ।।
===== पदच्छेद र शब्दार्थ =====
तु (तर) ये (जसले) (इन्द्रियग्रामलाई) सन्नियम्य (राम्ररी वशमा गरेर) अचिन्त्यम् (अचिन्त्य, मनबुद्धिभन्दा पर) सर्वत्रगम् (सर्वव्यापी) अनिर्देश्यम् (प्रत्यक्ष देखाउन नसकिने) अव्यक्तम् (अव्यक्त) कूटस्थम् (कूटस्थ, सदा एकनास, आधार) अचलम् (अचल) च (र) ध्रुवम् (नित्य) अक्षरम् (अक्षरको) पर्युपासते (राम्ररी उपासना गर्छन्) सर्वत्र (सर्वत्र) समबुद्धयः (समबुद्धि भएका) ते (उनीहरुले) सर्वभूतहिते (सम्पूर्ण भूत प्राणीको हितमा) रताः (व्यस्त) माम् एव (मलाई नै) प्राप्नुवन्ति (प्राप्त गर्छन्) ।

तर जसले इन्द्रियग्रामलाई राम्ररी वशमा गरेर प्रत्यक्ष नदेखिने, अव्यक्त, सर्वव्यापी, अचिन्त्य र कूटस्थ, अचल र नित्य अक्षर (ब्रह्म) को उपासना गर्दछन्, ती सब प्राणीहरुको हितमा तत्पर रहनेहरुले पनि मलाई नै प्राप्त गर्दछन् ।।३–४।।
===== व्याख्या =====
साकार स्वरुपको जस्तै निराकार स्वरुपक साधकले पनि उही स्थान प्राप्त गर्छन् जुन साकार साधकले गर्दछन् । तर यो बाटो फरक छ । यस बाटोका साधकहरुले इन्द्रियग्रामलाई राम्ररी वशमा गरेर अविनाशी र अव्यक्त स्वरुपको उपासना गर्छन् । उनीहरुले स्वभावतः सबै प्राणीहरुको हितमा नै काम गर्छन् । त्यसैले उनीहरु पनि योगी नै हुन् ।

इन्द्रिय ग्रामको अर्थ हो, इन्द्रियको समुदाय, इन्द्रियको सेट, इन्द्रिय र विषयहरुको संजाल । यस अन्तर्गत कान, आँखा, जिब्रो, नाक, छाला, र यसका विषयहरु शब्द, रुप, रस, गन्ध, स्पर्श लगायत २४ तत्त्व पर्दछन् । जसलाई छ मुख्य विभाजन गर्न सकिन्छ–

१. मूल प्रकृति

२. तीन अन्तःकरण,

३. पाँच महाभूत,

४. पाँच विषय,

५. पाँच ज्ञानेन्द्रिय, र

६. पाँच कर्मेन्द्रिय ।
[[चित्र:Diagram 12.1.jpg|अङ्गुठाकार|चित्र १२.१ इन्द्रियग्राम र सृष्टि विकास ]]
यी सबै आपसमा नेटवर्क प्रणालीबाट कसरी सम्बन्धित हुन्छन् भने एउटाको प्रभावले अर्को सक्रिय हुन्छ । यस नेटवर्कबाट अनुकूल परिणाम प्राप्त गर्न यसलाई नियन्त्रित र नियमित गर्नु पर्छ र यसको सुरुआत मनको नियन्त्रणबाट हुने गर्छ । मनले विचार, विचारले विषयहरु, विषयहरुको ज्ञानेन्द्रिय र सक्रियता कर्मेन्द्रियहरुबाट हुने गर्छ । यी सबै कुराको परस्पर आश्रित सम्बन्ध नै इन्द्रिय ग्राम हो (विस्तृत व्याख्या [[श्रीमद्भगवद्गीता सप्तम अध्याय |अध्याय ७]] मा )। यो नै उल्टो अश्वत्थ वृक्षको रुपमा सृष्टि विस्तार पनि हो ।

क्लेशोऽधिकतरस्तेषामव्यक्तासक्तचेतसाम् ।

अव्यक्ता हि गतिर्दुःखं देहवद्भिरवाप्यते ।। ५ ।।
===== पदच्छेद र शब्दार्थ =====
तेषाम् (तिनीहरु) अव्यक्त (अव्यक्त, निराकार स्वरुपमा) असक्तचेतसाम् (आसक्ति राख्छन्) क्लेशः (क्लेश, परिश्रम) अधिकतरः (बढी हुन्छ) हि (किनभने) देहवद्भिः (देहधारीलाई) अव्यक्ता (अव्यक्त निराकार) गतिः (मार्ग) दुःखम् (कठिनाईपूर्वक) अवाप्यते (सिद्ध हुन्छ, पूरा हुन्छ) ।

निराकार स्वरुपमा आसक्ति राख्ने जो छन् तिनीहरुलाई बढी क्लेश हुन्छ किनभने देहधारीहरुलाई अव्यक्त निराकार उपासनाको मार्ग कठिनाईपूर्वक सिद्ध हुन्छ । ।।५।।
===== व्याख्या =====
हुन त, साकार तथा निराकार दुवै विधिबाट सत् चित् आनन्द स्वरुपको प्राप्ति हुन्छ तर निर्गुण निराकारवादीहरुले बढी परिश्रम गर्नु पर्दछ । त्यो किन हो भने यस पथका यात्रुहरुको लामो र निर्जन यात्रामा साथ दिने कोही हुँदैन । यस यात्रामा निर्गुणवादी एक्लै हुन्छ । तर भक्तको यात्रा ईश्वरको साथमा हुन्छ । त्यसैले भक्तिमार्गमा सरल मात्र होइन आनन्ददायक पनि हुन्छ ।

शिवपुरी बाबाले भक्ति मार्ग बडो सुन्दर उदाहरण दिंदै भनेका छन्– ‘ध्यान गर्नेको मन २० प्रतिशत ईश्वरमा र ८० प्रतिशत संसारमा हुन्छ । कर्मकाण्ड गर्नेको मन ५० प्रतिशत ईश्वरमा र र ५० प्रतिशत संसारमा हुन्छ तर भजन कीर्तन गर्नेको मन ८० प्रतिशत ईश्वरमा र २० प्रतिशत संसारमा हुन्छ ।’
{| class="wikitable"
|+ तालिका १२.१ मनको एकाग्रता

|एकाग्रता || ईश्वरमा || संसारमा

| ध्यान || २० प्रतिशत|| ८० प्रतिशत

| कर्मकाण्ड || ५० प्रतिशत || ५० प्रतिशत

| नाम संकीर्तन || ८०प्रतिशत|| २० प्रतिशत

भक्ति मार्ग र ज्ञानमार्गमा किन अन्तर हुन्छ ? भक्तिमा कुनै प्रश्न हुँदैन । बुद्धिमा प्रश्न हुन्छ। बुद्धिले गणित सिकाउँछ, व्याकरण सिकाउँछ । कुनै घटनाको कारण र परिणाम खोजी गराउँछ । भक्तिले जीवन सिकाउँछ । भक्तिले किन र कसरी भन्ने कुरा खोज्दैन ? बुद्धिले मृत्युमा पनि कारण खोज्छ र जीवनमा पनि कारण खोज्छ । भक्त जे छ त्यसमा सन्तुष्ट छ। भक्तिले भएको कुरामा आनन्द लिन सिकाउँछ । बुद्धिले कारणको खोजी गर्छ । हिसाब गरेर निर्णय गर्छ । त्यसैले असन्तुष्ट रहन्छ ।

एउटा गणितज्ञ सपरिवार तीर्थ गर्न निस्क्यो । बाटोमा खोलो रहेछ । अनि उसले नदीको गहिराईको औसत निकाल्यो र आफ्नो परिवारका सदस्यको औसत उचाई हिसाब गरेर दुवैको तुलना गर्यो ।

नदीको औसत गहिराई भन्दा परिवारको औसत उचाई बढी रहेछ । परिवार डुब्दैन भन्ने निष्कर्ष निकाले पछि सबैलाई आदेश गर्यो– लौ अब सबैले खोलो तरे हुन्छ ।

पारी पुगेर हेर्दा त आफू बाहेक अरु कोही पनि छैनन् ।

फेरि हिसाब गर्यो । हिसाबमा परिवारको औसत उचाई नदीको गहिराई भन्दा बढी निस्क्यो। अचम्म मानेर भन्यो– हिसाब जिनको तिन छ, मेरो परिवार डुब्यो किन ?

हिसाब ठीक छ तर परिवार कोही छैन । बुद्धिले यस्तोमा पनि कारण खोज्छ ।

जीवनभर अद्वैत ब्रह्मको प्रचार गर्दै हिंडेका आचार्य शंकरले कुनै जिद्दी वैयाकरणलाई भक्तिको महत्त्व बुझाउन निम्नलिखित श्लोक रचना गरेका हुन्–

भज गोविन्दं भज गोविन्दं, गोविन्दं भज मूढमते ।

प्राप्ते सन्निहिते मरणे, नहि नहि रक्षति डुकृञ् करणे ।।

यसको अर्थ हो– हे मूर्ख, मर्ने बेलामा व्याकरणका नियम काम लाग्दैन । केवल भक्ति काम लाग्छ । अब ज्ञानको कुरा निरर्थक छ । मर्ने बेलामा रक्षा गर्ने साधन गोविन्दको भक्ति हो ।

भजन कीर्तन र नाम संकीर्तन भक्तिको सरलतम रुप हो र यसको अभ्यास पनि सरल छ । कर्मको अभ्यास, ज्ञान वा ध्यान कुनै पनि गाह्रो लाग्ने मानिसले पनि नाम संकीर्तन गर्न सक्छ । नाम संकीर्तनले सिद्धि प्राप्त गरेका अनेक भक्तहरु छन्– चैतन्यले नाचगान गरेर, रामकृष्णले कर्मकाण्ड र भजन गरेर, गुरु नानकले गीत संगीत र सेवा गरेर ज्ञान प्राप्त गरे। रविलालको एकतारे रामायण, भानुभक्तको रामायण भक्तिभावले गर्दा प्रस्फुटित भएका हुन्। कबीरदास र योगमायाका भजन निर्गुण भए पनि तिनीहरुको आधार भक्ति नै हो ।

ये तु सर्वाणि कर्माणि मयि सन्न्यस्य मत्पराः ।

अनन्येनैव योगेन मां ध्यायन्त उपासते ।। ६ ।।
===== पदच्छेद र शब्दार्थ =====
तु (तर) ये (जो) सर्वाणि (सबै) कर्माणि (कर्महरुलाई) मयि (ममा) सन्न्यस्य (समर्पण गरेर) मत्पराः (मेरो परायण छन्, मेरो निष्ठामा छन्) अनन्येन योगेन (अनन्ययोग अर्थात् भक्तियोगबाट) एव (नै) माम् (मलाई) ध्यायन्त (ध्यानद्वारा) उपासते (उपासना गर्छन्) ।

तर जुन मेरो परायण छन् र सबै कर्महरुलाई ममा समर्पण गरेर म (सगुण) लाई नै अनन्य भक्तियोगबाट ध्यानद्वारा उपासना गर्छन् ।। ६ ।।

तेषामहं समुद्धर्ता मृत्युसंसारसागरात् ।

भवामि नचिरात्पार्थ मय्यावेशित चेतसाम् ।। ७ ।।
===== पदच्छेद र शब्दार्थ =====
पार्थ (हे पार्थ) मयि (ममा) चेतसाम् (चित्त) आवेशित (लगाउने, एकाग्र गर्ने) तेषाम् (तिनीहरुलाई) मृत्यु (मृत्यु रुपी) संसारसागरात् (संसार सागरबाट) नचिरात् (तुरुन्तै) अहम् (म) समुद्धर्ता (समुद्धारकर्ता) भवामि (हुन्छु)।

हे पार्थ, ममा चित्त एकाग्र गर्ने ती भक्तहरुलाई मैले मृत्युरुपी संसार सागरबाट तुरुन्तै समुद्धार गरीदिन्छु ।। ७ ।।
===== व्याख्या =====
तर जसले सबै कर्महरु समर्पण गरेर ईश्वरको सगुण, साकार स्वरुपलाई अनन्य भक्तिद्वारा उपासना गर्छन् तिनीहरुको तत्त्काल उद्धार हुन्छ अर्का शब्दमा भक्ति मार्ग सरल मात्र होइन, छिटो पनि पुगिने मार्ग हो । किनभने यस मार्गको अभिभावक स्वयं ईश्वर हुन् ।

अकबरले बीरबलसंग अविश्वासपूर्ण शब्दमा भने– ‘बीरबल, गजेन्द्रको उद्धार गर्न भगवान् विष्णु चप्पल नलगाई दौडेर आएका थिए भन्छन् नि? त्रिभुवनका मालिकको कोही नोकर चाकर थिएन ।’

बीरबलले भने– ‘सरकार, यसको जवाफ उचित समयमा दिउँला ।’

अकबर बार्दलीमा रानीहरुका साथ कुरा गर्न व्यस्त भएको एक दिन शहजादा सलीम बोकेर हिंडिरहेकी धाई चिप्लिएर पोखरीमा लडी । काखमा समातेको बच्चा हुत्तिएर पानीमा पुग्यो। दासी रुन कराउन थाली । अकबरले माथिबाट यो सब देखिरहेका थिए । अकबरले शहजादा सलीमलाई निकै मायाँ गर्थे किनभने उसले आगराबाट अजमेर शरीफ १४० कोस पैदल हिँडेर भाकल गरेपछि बल्ल सलीमको जन्म भएको थियो । बच्चा पानीमा खसेको देख्नासाथ दौडदै आएर पोखरीमा कुदे।

बाहिर निकाले पछि चकित भएर भिजेको कपडालाई हेरे त्यो सलीम नभएर पुतली कपडामा बेरेको रहेछ ।

तत्क्षण बीरबलले सलाम गर्दै भने– ‘सरकार, गुस्ताखी माफ होस् । यो सब हजुरका प्रश्नको उत्तरका लागि गरेको हूँ, दासीको दोष छैन । उसले मेरो अनुरोध बमोजिम पुतला बनाएर त्यहाँ डुलेकी थिई । शहजादा सुरक्षित हुनुहुन्छ । हजुरका सेवक थिए। अंगरक्षक थिए । सबैलाई छोडेर खाली खुट्टा सलीमको प्रेमको कारणले हजुरले पानीमा हामफाल्नु भएको हो। भगवान् विष्णुलाई आफ्ना भक्त आफ्ना सन्तान सरह प्यारा छन् । उनीलाई दुख परेको देख्ना साथ बचाउन दौड्नु भएको हो ।’

बालकको भक्ति किन छिटो प्रतिफलित हुन्छ भने उनीहरु अबोध हुन्छन् । जसले पनि भक्त हुनु छ ऊ बालक झैं अबोध हुनै पर्छ ।

मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय ।

निवसिष्यसि मय्येव अत उर्ध्वं न संशयः ।। ८ ।।

ईश्वरको भक्ति प्राप्त गर्न यस श्लोकको मन्त्र रुपमा पाठ लाभदायक मानिएको छ ।

===== पदच्छेद र शब्दार्थ =====
मयि एव (ममा नै) मन (मन) आधत्स्व (लगाउ) मयि (ममा) बुद्धिम् (बुद्धि) निवेशय (केन्द्रित गर) अतः (यस) उर्ध्वं (उपरान्त, पछि) मयि एव (ममा नै) निवसिष्यसि (प्राप्त गर्ने छौ, निवास गर्ने छौ) न संशयः (शङ्का छैन, अवश्य नै) ।।

ममा मन लगाउ, ममा नै बुद्धि केन्द्रित गर । त्यस पछि अवश्य नै ममा निवास गर्ने छौ अर्थात् मलाई नै प्राप्त हुने छौ ।।८।।
===== व्याख्या =====
ईश्वरमा एकाग्रतापूर्वक चित्त लगाउने विधिको वर्णन गर्दै भागवतमा लेखिएको छ– ‘प्वाँख उम्रिनसकेका बचेराहरु माउको निम्ति, दुधे बाच्छाबाछी आफ्नो माउका लागि, प्रेमोन्मत्त प्रेमिका आफ्ना प्रेमीका लागि भेट्न जसरी आतुर हुन्छन् त्यसै गरी हे कमलनयन, हाम्रो मन तपाईंलाई देख्न चाहन्छ । यस्तो चाहना जुन दिन भक्तमा उदित हुन्छ अनि भगवान्ले सगुण साकार रुपमा दर्शन दिनु हुन्छ।’
यस विधिले जोडिनु नै भक्तियोग हो । परमात्मासँग जोडिनुको अर्थ असीमिति शक्ति प्राप्त हुनु पनि हो । परमात्मासँग योग हुनासाथ भक्त बलियो हुन्छ । एउटा पुजारी बाटोमा १०० रुपैयाँ लिएर उभिन्छ र भन्छ मैले यस रकमबाट आफ्ना भगवान्को मन्दिर बनाउँछु । एक दिन सोही १०० रुपैयाँले विशाल मन्दिर तैयार हुन्छ । यो भक्तिको प्रभाव हो । भक्तसँग सय रुपैयाँ मात्र हुँदैन उसका साथमा भगवान् पनि उभिएका हुन्छन् । भक्तिले गर्दा सय रुपैयाँको शक्ति अनन्त हुनजान्छ ।

अथ चित्तं समाधातुं न शक्नोषि मयि स्थिरम् ।

अभ्यासयोगेन ततो मामिच्छाप्तुं धनञ्जय ।। ९ ।।

अभ्यासेऽप्यसमर्थोसि मत्कर्मपरमो भव ।

मदर्थमपि कर्माणि कुर्वन्सिद्धिमवाप्स्यसि ।।१०।।
===== पदच्छेद र शब्दार्थ =====
अथ (यदि) चित्तम् (चित्त) मयि स्थिरम् (ममा स्थिर गराउन) समाधातुम् (स्थापन गर्न) न शक्नोषि (सकदैनौ भने) ततः (त्यसपछि) अभ्यासयोगेन (अभ्यासयोगद्वारा) माम् (मलाई) आप्तुम् (प्राप्त गर्ने) इच्छा (इच्छा गर) धनञ्जय (हे धनञ्जय) अभ्यासे (अभ्यासमा) अपि (पनि) असमर्थ (असमर्थ) असि (छौ) मत्–कर्म–परमः (सबै कर्म मेरा लागि गर्ने) भव (होउ) मत् (मेरा) अर्थम् (लागि) कर्माणि (कर्महरु) कुर्वन् (गर्दा) अपि (पनि) सिद्धिम् (सिद्धि) अवाप्स्यसि (प्राप्त गर्ने छौ) ।

हे धनञ्जय, यदि तिमीले चित्तलाई ममा स्थिर गराउन सक्दैनौ भने अभ्यास योगद्वारा अर्थात् निरन्तर प्रयास गरे मलाई प्राप्त गर्ने इच्छा गर । यदि यस अभ्यासमा पनि असमर्थ छौ भने, ज्ञान, ध्यान, पूजा, पाठ इत्यादि, सबै कर्म गर । मेरालागि यी कर्महरु गर्दा पनि सिद्धि प्राप्त गर्ने छौ ।।९–१०।।
===== व्याख्या =====
ईश्वरको साकार स्वरुपमा पनि मन स्थिर हुँदैन भने के गर्ने ? यसको प्रत्युत्तरमा यहाँ के भनिएको छ भने यदि ईश्वरमा मन स्थिर हुन सकेन भने आफ्नो अभ्यास अझ बढाउने अर्थात् साधनाको कर्मलाई बारम्बार दोहर्याउने । यसरी पनि उपलब्धि भएन भने सबै कर्म ईश्वर अर्पण गर्नु पर्छ । कुन बाटो शिष्यका लागि ठीक छ यस सम्बन्धमा गुरुले नै शिष्यलाई उचित मार्गदर्शन गर्न सक्छ ।

महर्षि पतञ्जलिले साधनपाद अध्यायमा दुखबाट मुक्ति पाउने उपाय बताउँदै भनेका छन्– दुखबाट मुक्ति पाउने पहिलो उपाय ज्ञान हो र यस उपायको आधार निर्मल, निर्बाध विवेक हो । यसका चरणबद्ध विधिहरुको उपाय व्याख्या गर्दै उनले क्रमशः उनले आसन, ध्यान, प्राणायाम, ॐकार चिन्तन आदि अनेक उपाय बताएका बताएका छन् तर अन्तिम उपायको रुपमा उनले ईश्वरका स्वरुपको ध्यानलाई बताउँदै भनेका छन्– यदि अन्य कुनै उपायले सफलता प्राप्त हँुदैन भने मनमा ईश्वरलाई धारण गर । ईश्वरको भक्ति अन्तिम उपाय हो।

रामकृष्ण परमहंसको उपदेश सुन्न एक जना वृद्धा सधैं आउँथिन् । कृष्ण भक्तिको महिमा बताए पछि ती वृद्धाले भगवान् कृष्णमा ध्यान लगाउने कोशिश गरिन् ।

जति प्रयास गरे पनि उनले कृष्णमा मन लगाउन नसकेपछि रामकृष्णलाई आफ्नो समस्या बताइन् ।

रामकृष्णले सोधे– तिमीले सबभन्दा मायाँ गर्ने कुरा के हो, जसमा तिम्रो चित्त स्थिर हुन्छ ।

वृद्धाले भनिन् – म आफ्नो नातिलाई असाध्यै मायाँ गर्छु । त्यसको नजिक पुगेपछि अरु सबै कुरा बिर्सन्छु ।

रामकृष्णले भने – आज देखि आफ्नो नातिलाई कृष्ण ठान्नु ।
केही दिन पछि वृद्धा आइन् र भनिन् अब मेरो मन कृष्ण भक्तिमा लाग्न थाल्यो ।

भक्तिभाव नभइकन मनमा ईश्वरको धारणा गर्न सकिंदैन ।
भक्तिभावले ओतप्रोत भए पछि भक्तहरुको हृदयबाट मधुरतम गीत आफैं सिर्जना हुन थाल्छन्।

मीराबाईले गीत रचना र गायनको माध्यमबाट सिद्धि प्राप्त गरिन् । यसको मूलमा कृष्ण प्रति उनको अव्याभिचारिणी भक्ति नै रहेको छ । अपठित योगमायाले ईश्वर भक्तिमा रमाए पछि निगुण भजन रचना गरिन् ।

पत्नी वियोगबाट विरक्त पौड्यालले स्वर्गद्वारी महाप्रभुसंग प्रेरणा लिएर ईश्वरको भक्ति गर्दै कविता रचना गर्न थाले पछि उनको जीवन नै परिवर्तन भयो । लेखनाथ पौड्यालले रचना गरेका कविता आज पनि उत्कृष्ट रचना मानिन्छन् । कवि शिरोमणि लेखनाथ पौड्यालले तरुण तपसीको रचना गर्दा उनले मनमा स्वर्गद्वारी महाप्रभुको छवि थियो भनिन्छ ।

भक्ति भावमा डुबेर नै भानुभक्त आचार्यका कविताहरु रसपूर्ण भएका छन् । आचार्य खेमराज केशव शरणले मनमोहक आरतीको रचना भक्तिभावले ओतप्रोत भएर नै गर्न सकेका हुन् ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाकी पत्नीले कृष्णको अनन्य भक्ति गर्थिन् । उनलाई कवि गौतमको कृष्ण भक्तिको प्रभाव परेको थियो । यसको प्रभाव देवकोटाले अन्तिम क्षणमा देवकोटाले अनुभव गरे–

आखिर श्रीकृष्ण रहेछ एक, न बुद्धि भो न ज्ञान भो न त भो विवेक....।

अथैतदप्यशक्तोऽसि कर्तुं मद्योगमाश्रितः ।

सर्वकर्मफलत्यागं ततः कुरु यतात्मवान् ।। ११ ।।
===== पदच्छेद र शब्दार्थ =====
अथ (यदि) एतत् अपि (यो पनि) कर्तुम् (गर्न) अशक्तः असि (असमर्थ छौ) ततः (भने) मत् (मसंग) योगम् आश्रितः (योगको आश्रित भएर) आत्मवान् (चित्तलाई) यत (संयम, वशमा राखेर) सर्वकर्मफलत्यागम् (सबै कर्महरुको फल त्याग) कुरु (गर) ।

यदि मसंग योग (मेरो प्राप्ति) को आश्रित भएर यी सबै साधन गर्न असमर्थ छौ भने चित्तलाई वशमा राखेर सबै कर्महरुको फल त्याग गर ।।११।।
===== व्याख्या =====
अथवा यदि कुनै आत्मवान् ज्ञानीले मलाई प्राप्त गर्ने इच्छा गर्दछ तर अहिलेसम्म बताएको विधिले ईश्वरसँग योग भएको छैन सबैकर्महरुको फल त्याग गर । तर त्यसभन्दा पहिले यी विधि प्रयोग गर्नु पर्दछ – मनलाई ईश्वरमा आवेशित गराउने, ईश्वरका अकथनीय स्वरुपको ज्ञानका लागि शास्त्र वा गुरुको आश्रय लिने, अथवा साकार वा निराकार स्वरुपको ध्यान गर्ने । यी सबैको क्रमशः व्याख्या गर्दै भगवान्ले भन्नु हुन्छ, यी विधिले सफलता प्राप्त भएन भने सबै कर्मको फल त्याग गरे हुन्छ ।

अर्जुन कर्मयोगी भएकोले उसका लागि अन्य बाटोको तुलनामा जुन बाटो उसका लागि फलदायक छ, त्यही योग्य गुरुको रुपमा भगवान् कृष्णले सुझाव दिनु भएको छ ।

श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते ।

ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम् ।। १२ ।।
===== पदच्छेद र शब्दार्थ =====
अभ्यासात् (अभ्यासभन्दा) ज्ञानम् (शास्त्रबाट प्राप्त परोक्ष ज्ञान) श्रेयः (श्रेय,उत्तम छ) ज्ञानात् (परोक्ष ज्ञानभन्दा) ध्यानम् (ध्यान) विशिष्यते (विशिष्ट छ) ध्यानात् (ध्यानभन्दा) कर्मफलत्यागः (कर्मफलत्याग विशिष्ट छ) हि (किनभने) त्यागात् (त्याग) अनन्तरम् (पछि) शान्तिः (शान्ति प्राप्त हुन्छ) ।

यन्त्रवत् अभ्यासभन्दा परोक्ष ज्ञान श्रेय छ । परोक्ष ज्ञानभन्दा ध्यान तथा ध्यानभन्दा कर्मफलको त्याग अझ विशिष्ट छ किनभने कर्मफल त्याग गर्नासाथ तत्काल परमशान्ति प्राप्त हुन्छ ।। १२ ।।
===== व्याख्या =====
परमहंस रामकृष्णले भक्तिका लागि अभ्यासको विधि यस प्रकार बताएका छन्– सत् र असत् माथि निरन्तर विचार गरिरहनु पर्छ । यदि समय छ, प्रभुमा मन लाग्छ भने हरदम भजन कीर्तन गरे हुन्छ । जसले त्यो गर्न सक्दैन उसले कम्तीमा बिहान र बेलुका दुई समय ईश्वरलाई भक्तिपूर्वक प्रणाम गर्नु पर्छ । त्यो पनि छैन भने सबै जिम्मा उनैलाई लगाई दिनु तर जसै एकान्त प्राप्त हुन्छ उनका लागि रोउ । प्रभुको दर्शन माग ।

साधनाका अनेक विधि छन् तर उचित ज्ञान बिनाको अभ्यास (क्रियाकलाप) निरर्थक छ । आँखा चिम्लेर कसैको पछाडि हिँडेर लक्ष्यमा पुगिँदैन । यसले कुनै प्रेरणा हुँदैन ।

खडानन्दको पसलमा धेरै भीड हुन थाल्यो । त्यसैले उसले एउटा सुगा पाल्यो । सुगालाई उसले बोल्न सिकायो– भीड नगर । लाइनमा बस । पालो आउँछ ।

यस पछि ग्राहकहरुले लाइनमा लागेर सामान किन्न थाले । एक दिन खडानन्दको सुगा पिंजडाबाट बाहिर उड्यो । सुगा खोज्दै खडानन्द बस्तीभन्दा बाहिर पुग्यो । कौवाहरुले मिलेर सुगालाई ठुङ्गिरहेका थिए । र त्यस सुगाले यस्तो भनेको सुनिन्थ्यो– लाइनमा बस । पालो आउँछ ।

शास्त्र घोक्नेहरु खडानन्दको सुगा जस्तै हुन्छन् । के गरेका छन् भन्ने उनीहरुलाइ थाहा नै हुँदैन ।

यहाँ ज्ञानको अर्थ प्रत्यक्ष ज्ञान नभएर शास्त्र ज्ञान हो जुन शब्द र युक्तिसहित दिइएको हुन्छ। कारण परिणाम सम्बन्धको व्याख्या गरिएकोले यस ज्ञानले केही न केही प्रेरणा हुन्छ ।

यस्तो परोक्ष ज्ञानभन्दा ध्यान श्रेष्ठ छ । ध्यान अन्तर्गत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि सबैकुरा पर्दछन् । समाधि यसको अन्तिम अवस्था हो ।

भगवान् कृष्णले ध्यानभन्दा पनि कर्मफल त्यागलाई सरल बताउनु भएको छ । आसक्ति नै बन्धनको कारक हो । यसको त्याग हुना साथ भगवान्को कृपा प्राप्त भएर संसार मुक्तिको लाभ प्राप्त हुन जान्छ ।

त्यागको ठूलो प्रभाव छ । बाबा मस्तरामले पनि सबै कुरा त्याग गर्ने अभ्यास गरे । भिक्षाको पनि त्याग गरे । बिना प्रयास प्राप्त भए लिन्थे अन्यथा आफूले कुने प्रयास नगर्ने । उनलाई ऋषिकेशमा भेट्न फ्रान्सबाट एक जना महिला आइन् । उनका केही शिष्य पनि त्यहाँ थिए।

बाबाको नियम थियो कसैले केही ल्याइदिए खाने नत्र त्यत्तिकै बस्ने । तीन दिन देखि कसैले केही खानेकुरा ल्याइदिएन । भोकले आत्तिएर फ्रेन्च शिष्याले बाहिर निस्केर अलिकति समोसा मागेर ल्याइन् र बाबालाई टक्र्याइन् ।

बाबाले सोधे– ‘कसले ल्यायोे ?’

शिष्याले गाह्रो मान्दै भनिन्– बाबा, हजुरले तीन दिन देखि खानु भएको छैन । यहाँ बसेका अरुको पनि भोकले बेहाल भएको छ । मैले सहन गर्न सकीनँ अनि मैले मागेर ल्याएको हो।

बाबाले भने मागेर ल्याएको भए पनि हुन्न । उनले आफूले पनि खाएनन् । शिष्यहरुलाई पनि खान दिएनन् । बाहिर फालिदिए । भोकले थकित, गलित शिष्यहरुले कोठा बाहिर दुनामा फालिएका समोसा टुलुटुलु हेरेर बसे ।

चौथो दिन कसैले सबैलाई पुग्ने गरी खानेकुरा ल्यायो । त्यस भोजनलाई बाबा मस्तरामले पहिला भोकाएका शिष्यलाई दिए र अन्तमा आफूले खाए ।

मानिस भित्र ५० प्रतिशत पुरुष र ५० प्रतिशत स्त्री हुन्छ । मनोवैज्ञानिक जुङ्ग भन्छन्, ५० वर्ष कटे पछि शारीरिक र मानसिक परिवर्तन हुन्छन् अनि पुरुष अलि अलि स्त्री जस्तो र स्त्री अलि अलि पुरुष जस्तो हुँदै जान्छन् । यसको अर्थ के हो भने मानिसहरुको मनोविज्ञानमा स्वभावगत र उमेरगत अन्तर हुन्छन् त्यसैले साधनाका अनेक विधि हुन्छन् । जुन विधिबाट मनको एकाग्रता स्थापित हुन्छ, त्यो नै उसका लागि सर्वश्रेष्ठ विधि हो ।

'''मीरा बाई'''
[[चित्र:Meerabai painting.jpg|अङ्गुठाकार|भक्त शिरोमणि मीरा ]]
सोह्रौं शताब्दीकी कृष्ण भक्त मीराबाई कृष्णभक्ति धाराकी सुप्रसिद्ध कवयित्री हुन् । उनका गुरु सन्त रैदास थिए ।
पाँच वर्षकी मीराले जन्ती हिंडेको देखेर आमालाई सोधिन्– यिनीहरु को हुन् ?
आमाले भनिन्– जन्ती । दुलही लिन हिंडेका ।
मीराले सोधिन्– मेरो दुलाहा को हो ?
आमाले मुरलीधर कृष्णको सानो मूर्ति देखाइदिइन््– तिम्रो दुलाहा यिनै हुन् ।
बचपनमा नै भगवान् कृष्णलाई आफ्नो पति मानेकी मीराले आफ्ना पतिको मृत्यु पछि पनि शृंगार यथावत राखिन् । त्यस पछि उनी विरक्त भइन् र साधु सन्तको संगतिमा हरिकीर्तन गर्दै समय बिताउन थालिन् । उनको नाचगान देखेर उनका राजपरिवारले धेरै पटक विष दिएर उनको हत्या गर्ने प्रयास गरे । वृन्दावनमा उनको मृत्यु भएको मानिन्छ । भक्तहरुको श्रेणीमा मीराको नाम सर्वोच्च स्थानमा आउँछ।
भगवान् कृष्णलाई आफ्नो पति मानिन् । कृष्ण बाहेक उनको कोही न प्रेमी थियो न पति । मीराका कवितामा कृष्ण प्रेमको जुन उचाई छ, प्रेमको त्यति राम्रो कविता फेरि कसैले रचना गर्न सकेको छैन ।

'''योगमाया'''
[[चित्र:योगमाया.jpg|अङ्गुठाकार|योगमाया]]
योगमायाको जन्म वि.सं १९२४ मा भोजपुर जिल्ला अन्तर्गत पर्ने मझुवाबेसीको नेपालडाँडाको एक सामान्य परिवारमा भएको थियो । सानै उमेरमा विवाह भएकी उनी घरका मानिसहरुको निष्ठुर व्यवहार सहन गर्न नसकेर घर छोडेर हिंडेकी थिइन् । घर छोडेर आएकोले माइतीमा पनि उनको स्वागत भएन । उनले अर्को विवाह गरिन् । यस विवाहबाट उनको एक छोरी जन्मिन् ।
उनी पहिलो पटक कुनै पुराणवाचन कार्यक्रममा सहभागी भइन् । जहाँ उनले ज्ञानको प्रकाश किरण प्राप्त गरिन् । अबोध योगमायालाई जुन दिन शरीरका कृत्यले गरेका पाप सुधार गर्न तपस्या र भक्ति गर्नु पर्छ थाहा भयो उनले अत्यन्त कठोर र अनुशासित जीवन बिताउन सुरु गरिन् ।
उनले बालागुरु षडानन्दको शिष्यत्व ग्रहण गरेर स्वर्गद्वारी महाप्रभुसंग भेट गर्न लामो तीर्थ यात्रा गरिन् ।

यस पछि केही समय तीर्थयात्रा तथा साधु सन्तको संगतमा समय बिताइन् । उनले आर्यसमाजी, शंकराचार्य परम्परा तथा जोसमनी सन्तहरुको संगत प्राप्त गरिन् ।
कठोर तपस्यापछि उनमा जाग्रत भएको भक्ति भाव पछि उनले कविता गुनगुनाउन थालिन् । आफूले लेखपढ गर्न नसक्ने भएकोले उनका अनेक कविता हराएर पनि गए । आफ्नो जन्मस्थलमा फर्किन् ।
पछि उनी ठुली हजुर मात्र बनिनन् योगवाणी समेत रचना गरिन् । ईश्वर भक्तिले उनीमा प्रचण्ड आत्मबल प्रदान गर्यो । समाज सुधारका लागि उनको एक्लो प्रयासमा उनले राज्यको सहयोगका लागि राणा शासकहरुसँग सम्पर्क गर्न खोजिन् । बारम्बार प्रयास गर्दा पनि कुनै सुनुवाई नभए पनि उनका अनेक शिष्याहरु थिए र उनको प्रभाव बढ्दै थियो । धर्मराज्यको स्थापनाका लागि विरोधस्वरुप उनले वि.सं. १९९८ आफ्ना अनेक शिष्याहरुका साथ रहस्यपूर्ण जलसमाधि लिइन् । तर उनको प्रभाव अद्यापि छ । उनको नामबाट सर्वार्थ योगवाणी नाम गरेको पुस्तक पाइन्छ ।

'''परमहंस रामकृष्ण'''
[[चित्र:रामकृष्ण.jpg|अङ्गुठाकार]]
स्वामी विवेकानन्दका गुरु परमहंस रामकृष्णको बचपन कलकत्ता, दक्षिणेश्वरमा काली माताको पुजारीको रुपमा बित्यो । एकाग्रमनले कर्मकाण्डमा लाग्दा उनले युाववस्थामा काली मातालाई साक्षात्कार गरे ।
उनको सबभन्दा ठूलो योगदान के हो भने सबै सम्प्रदायले एउटै लक्ष्य प्राप्त गर्छन् भन्ने कुरा सिद्ध गरेर देखाए । साकार, निराकार साधना मात्र होइन उनले इस्लाम र क्रिस्तान धर्मले पनि परमसत्यमा एउटै कुरा अनुभव गर्छन् भन्ने कुरा प्रमाणित गरे । उनले ब्रह्मज्ञानलाई बोलीचालीको भाषामा सर्वसाधारणमा प्रचार गरे ।
उनका विचारको प्रचार गर्न उनका शिष्य स्वामी विवेकानन्दले विश्व भ्रमण गरे ।

'''यज्ञ प्रवर्त्तक महाप्रभु हंसानन्द'''
[[चित्र:स्वर्गद्वारी महाप्रभु.png|अङ्गुठाकार|स्वर्गद्वारी महाप्रभु ]]
वि.सं. १९१६ मा जन्मेका महाप्रभुले आफ्नी आमालाई नारायणरुपको अवतार लिएको कुरा स्वप्नमा जानकारी दिएको बताइन्छ । हरेक एकादशीमा आमाको दुध नचुस्ने, आमाले मासु खानेदिन आमाको दूध नखाने मानिसहरुलाई उनीहरुको भविष्य बताइदिने जस्ता कार्य सानै देखि गर्न थालेका थिए । चार वर्षको उमेरदेखि नै पूजापाठ गर्न थालेका महाप्रभुले आमाले विवाहको प्रस्ताव राखेपछि घर छोडेर सन्न्यास ग्रहण गरेपछि उनको नाम हंसानन्द गिरी हुन गयो ।
वि.सं. १९४४ मा महायज्ञ सुरु गरे जुन आज पनि संचालनमा छ । उनी रातिमा निदाएको कसैले नदेखेको, नदीबाट घिउ सापटी मागेको, गुफामा धेरै समय निराहार तपस्या गरेको, बाघहरुलाई गाई खानबाट रोकेको गाईहरुलाई नाम लिएर बोलाउने गरेको जस्ता अनेक कथाहरु प्रचलनमा छन् । त्यसैले महाप्रभुले पशुको भाषा बुझ्न सक्नुहुन्थ्यो भन्ने जनश्रुति छ । गाईको प्रत्येक बथानलाई प्रभुले अलग वनमा चर्न जाने निर्देश दिना साथ त्यो सोही वनमा जान्थ्यो । गाईहरुले प्रभुको भाषा बुझ्थे भन्ने मानिन्छ । विशाल गाईपालन गरे पछि गोवद्र्धन पूजाको उनले सुरु गरेको परम्परा आजसम्म पनि यथावत छ ।
स्वर्गद्वारी महाप्रभु स्वामी हंसानन्द गिरीको सम्पूर्ण जीवन चमत्कारपूर्ण कामले भरिएको छ । कुनै पनि मानिसलाई हेरे पछि उसको तीन जन्मको विवरण महाप्रभुलाई जानकारी हुन्थ्यो ।

लेखनाथ पौड्यालले वि.सं. १९९७ मा बाल तपस्वी स्वर्गद्वारी महाप्रभुको शोकमा लेखेको कवितांश यस प्रकार छ–

अहा, त्यस्तो राम्रो सरल कलिलो बाल वयमा,

पितामाता छोडी नभुलि ममताको विषयमा ।

तपस्याको ज्योति जगमग जगाई वन पसी,

बसेको मुक्तात्मा प्रभु अब कहाँ बाल तपसी ।।

'''बालागुरु षडानन'''
[[चित्र:बालागुरु.jpg|अङ्गुठाकार|बालागुरु]]
बालागुरु षडाननको जन्म वि.सं. १८९२ सालमा भोजपुरमा भएको हो । यज्ञोपवीत पछि उनले मिथिला र बनारसमा गई संस्कृतको गहन अध्ययन गरे । बालागुरु षडानन सानै देखि ज्ञानी थिए । त्यसमा मिथिला र बनारसका विद्वान् गुरुहरुको संगतले त्यसमा अझ संस्कार गर्यो ।
उनले आफ्नो जीवन ज्ञानका लागि समर्पित गरे । चौबीस पटक गायत्री पुरस्चरण लगायतका अनेक साधना गरेका उनले वि.सं.१९३२ मा नेपालको पहिलो विद्यालय स्थापना गरेको बताइन्छ । यसरी बालागुरु नेपालमा औपचारिक शैक्षिक चेतनाका प्रथम ज्योति हुन् । अणिमा, लघिमा आदि अष्ट सिद्धिका स्वामी आबाल ब्रह्मचारी षडानन्दले शिक्षाको प्रचार र समाजसुधार बाहेक मन्दिर, पाटी, धारा, कुण्ड, पोखरी, बाटा, टुँडीखेल निर्माण गरेर सामाजिक निर्माण कार्य गरे ।
सामुदायिक वन, र मेला व्यापार संचालन प्रारम्भ गरे । यी संस्थाहरुको दिगो परिचालनका लागि गुठीको स्थापना समेत गरेर आर्थिक व्यवस्थापन समेत गरेका थिए । उनले सुरु गरेका अनेक कार्य आज पनि सुसंचालनमा रहेका छन् ।

'''सन्त शशिधर'''
[[चित्र:सन्त शशिधर.png|अङ्गुठाकार|सन्त शशिधर]]
शशिधर स्वामीको जन्म विक्रम सम्वत् १७७० मा भएको हो । विक्रम सम्वत् १८०१ तिर पश्चिम नेपालको महाकाली पारी पर्ने पौडी गढवालमा रहेको क्योँकालेश्वर मन्दिरको जीर्णोद्धार गरी १८१० सम्म त्यहीं बसेर आफू र गुरुको लागि उनले आश्रम समेत बनाए । आफ्नो घर अर्घाखाँची फर्केर उनले विवाह गरे । एक सन्तान जन्मे पछि उनले कठोर तपस्या प्रारम्भ गरे । सुरुमा अर्घाखाँची र पछि गुल्मीको रेसुङ्गामा आई तपस्या गरे । गुल्मीमा शशिधर पछि यदुकानन्द स्वामी महायज्ञका लागि प्रसिद्ध बने ।
शशिधर स्वामीले नेपालबाट सुरु गरेको भक्ति परम्परा नै जोसमनि परम्परा बन्यो । यसलाई ज्ञानदिलदास, अगमदिलदास आदि सन्त कविहरुले पूर्वी नेपालमा लोकप्रिय बनाए ।
शशिधरले जीवनको अन्तिम समय गढवालमा बिताएकोले भारतको उत्तराखण्डमा यो मत निकै प्रचलित भएको छ ।

अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च ।

निर्ममो निरहङ्कार समदुखसुख क्षमी ।।१३।।

सन्तुष्टः सततं योगी यतात्मा दृढ निश्चयः ।

मय्यर्पित मनोबुद्धिर्यो मद्भक्तः स मे प्रियः ।। १४ ।।
===== पदच्छेद र शब्दार्थ =====
यः (जसले) अद्वेष्टा (द्वेष भावरहित) सर्वभूतानाम् (सबै प्राणीहरुमा) मैत्रः (मित्रतापूर्ण) करुण (करुणापूर्ण) एव (नै हुन्छ) च (तथा) निर्ममः (ममत्व बुद्धितारहित) निरहङ्कारः (अहङ्काररहित) समदुखसुखम् (सुखदुखमा एक समान) क्षमी (सहनशील, क्षमावान्) सन्तुष्टः सततम् (सधैं सन्तुष्ट) यत–आत्मा (इन्द्रिय संयम गरेको) दृढ निश्चयः (दृढ निश्चयी) मनोबुद्धिः (मन र बुद्धि) मयि (ममा, ईश्वरमा) अर्पित (अर्पण गरेको सः (त्यो) मद्भक्तः (मेरो भक्त) योगी (योगी) मे (मलाई) प्रियः (प्रिय छ) ।

जसले कसैलाई द्वेष गर्दैन, जो सबै प्राणीहरुमा मित्रतापूर्ण र करुणापूर्ण व्यवहार गर्छ, जो ममत्व बुद्धि र अहङ्काररहित छ, तथा जो सुखदुखमा समान र सहनशील छ । अनि जो सधैं सन्तुष्ट छ, जसले इन्द्रिय संयम गरेको छ, जा दृढ निश्चयी छ र जसले मनबुद्धि ईश्वरमा अर्पण गरेको छ, यस्तो कर्मयोगी भक्त मलाई प्रिय छ ।। १३–१४ ।।

यहाँ जुन गुणलाई भक्तका विशेषता भनेर बताइएको छ, यिनै गुणहरुलाई अध्याय १४ मा त्रिगुणातीत गुणका रुपमा तथा अध्याय १६ मा दैवी गुण भनिएको छ ।

===== व्याख्या =====
ईश्वरलाई प्रिय हुनु भनेको के हो ? जुन कुरा ईश्वरका लागि प्रिय छ, त्यो हाम्रो लागि उत्कृष्टतम बाटो हुन्छ । यो कुरा जसले बुझ्छ, त्यो नै भक्त हो । ईश्वरले प्रिय मान्नुको अर्थ ईश्वरले कसैलाई बढी माया गर्ने र कसैलाई कम माया गर्ने होइन । ईश्वर सबै प्रति एकनास छन् । जसले ईश्वरलाई प्रिय लाग्ने गुण विकास गर्छन् उनीहरुले ईश्वरको अनुग्रह आफैं प्राप्त गर्छन् । उदाहरणका लागि बिहानको उज्यालोमा जसले आँखा खोलेको हुन्छ उसले प्रकाश प्राप्त गर्छ तर जसले आँखा खोलेको हुँदैन उसले अन्धकार प्राप्त गर्छ । आँखा खोल्नु भनेको ईश्वरको प्रिय हुनु हो ।

भक्त द्वेषरहित र स्वार्थरहित हुन्छ अर्थात् उसले सबैसँग प्रेमपूर्ण व्यवहार गर्छ । भक्त मैत्रीपूर्ण र करुणापूर्ण हुन्छ । सबै प्रति मैत्रीपूर्ण र करुणापूर्ण हुनासाथ ममत्वबुद्धि हराउँछ, द्वेष रहँदैन। यसले गर्दा क्षमा भाव स्वतः आउँछ । लाभहानि र सुखदुखमा समभाव धीरपुरुषको गुण नै हो । भक्त धीर भएकोले आफूले बेहोर्ने परिस्थितिहरु प्रति कहिल्यै असन्तुष्ट हुँदैन । जे जस्तो परिस्थितिलाई पनि स्वाभाविक रुपमा लिन्छ ।

अहंकारहीनता भक्तको सर्वोपरि विशेषता हो । ज्ञानीमा केही न केही अहङ्कार रहन जान्छ तर भक्तमा अहङ्कार सजिलो गरी हट्छ । अहङ्कार हट्नासाथ आफैं उद्धार हुन्छ । काठ पानीमा उत्रिन्छ किनभने म भारी छु भन्ने भाव हुँदैन तर फलाममा भारी छु भन्ने अहङ्कार हुन्छ त्यसैले डुब्छ । अहङ्कार नै आवश्यकताको जननी हो । जुन मानिसमा अहङ्कार हुँदैन उसका आवश्यकता पनि हुँदैनन् । त्यसैले भनिन्छ– आवश्यकतारहित मानिस देवतुल्य हुन्छ।

भक्त सधैं सन्तुष्ट हुन्छ, उसको कसै प्रति केही गुनासो हुन्न । भक्त इन्द्रिय संयमी हुन्छ । इन्द्रिय संयमी भएकैले उसमा दृढ निश्चयी गुण विकास हुन्छ ।

गतः वर्षको सर्वाधिक बिक्री भएको पुस्तक हो, द ह्यापिएस्ट म्यान अन द अर्थ, संसारको सबभन्दा प्रसन्न व्यक्ति । हिटलरको होलोकास्टबाट जीवित बचेका एडी जाकुले १०० वर्षको उमेरमा आफ्नो अनभुव लेखेका हुन् । उनले हरेक दिन मृत्युको प्रतिक्षा गरेर सात वर्ष बिताए । दैवसंयोगले बचेका उनले सन् २०२० मा आफ्ना अनुभव र विचार प्रकाशित गरे। यस कथामा उनले कसै प्रति कुनै गुनासो गरेका छैनन् । हिटलरलाई उनले आफू जस्तै कमजोर देखेका छन् । कमजोरले नै क्रूरता देखाउँछ भन्ने उनको भनाई छ । हरेक दिन मुस्कुराउनु पर्छ । सधैं सन्तुष्ट रहनु पर्छ । आइपरेको परिस्थितिलाई स्वीकार गर्नु पर्छ भन्ने उनको सुझाव छ । पिताका अर्ती, आमाको प्रेम र मित्रहरुको साथका स्मरणले सय वर्षको उमेरमा सम्बल दिईरहेको कुरा उल्लेख गरेका छन् ।

यस्मान्नोद्विजते लोको लोकान्नोद्विजते च यः ।

हर्षामर्षभयोद्वेगैर्मुक्तो यः स च मम प्रियः ।। १५ ।।
===== पदच्छेद र शब्दार्थ =====
यस्मात् (जसबाट) लोकः (लोक) न (न) उद्विजते (क्लेश, क्षोभ हुन्छ) च (तथा) यः (जो) लोकान् (लोकबाट) न (न) उद्विजते (उद्वेग) च (तथा) यः (जो) हर्ष (हर्ष) अमर्ष (क्रोध, अमर्ष) भय (भय) उद्वेगैः (उद्वेगबाट) मुक्तः (मुक्त छ) सः (त्यो) मम (मलाई) प्रियः (प्रिय छ) ।

जसबाट न लोकलाई क्षोभ हुन्छ, न उसले लोकबाट क्षोभ प्राप्त गर्छ । तथा जो हर्ष, अमर्ष, भय र उद्वेगबाट मुक्त छ, त्यो मानिस मलाई प्रिय छ ।। १५ ।।

अनपेक्ष ः शुचिर्दक्ष उदासीनो गतव्यथ ः ।

सर्वारम्भपरित्यागी यो मद्भक्तः समे प्रियः ।। १६ ।।
===== पदच्छेद र शब्दार्थ =====
यः (जो) अनपेक्ष ः (अपेक्षारहित) शुचिः (पवित्र, शुद्ध) दक्षः (दक्ष, सिपालु) उदासीनः (उदासीन, वास्ता नगर्ने) गतव्यथ ः (सुख दुखका व्यथाबाट मुक्त) सर्वारम्भ परित्यागी (सकाम कर्मको त्याग गरेको) सः (त्यो) मद्भक्तः (मेरो भक्त) मे प्रियः (मलाई प्रिय छ) ।

जो अपेक्षारहित छ अर्थात् कुनै कुराको चाहना गर्दैन । जो पवित्र र सिपालु छ, जो फलको विषयमा उदासीन छ, जसलाई सुखदुखले विचलित गराउन सक्दैन, जो सर्वारम्भत्यागी छ अर्थात् जसले सकाम कर्म त्याग गरेको छ, यस्तो भक्त मलाई प्रिय छ ।। १६ ।।
===== व्याख्या =====
भक्तले कसैलाई उद्विग्न बनाउँदैन र आफैं पनि अरुबाट उद्विग्न हुँदैन । उद्विग्नको अर्थ हो उत्तेजना, भय, आवेग, क्षोभ जस्ता भावनात्मात्मक वेगले प्रभावित हुनु । भक्तले कसै प्रति उद्वेगको भावना राख्दैन । भक्तले संसारबाट कुनै क्लेश प्राप्त गर्दैन किनभने जसले जस्तो भाव राखे पनि भक्तले उसलाई प्रेम गर्छ । हर्ष, अमर्ष, भय र उद्वेगबाट भक्त मुक्त हुन्छ । हर्षको अर्थ हो हाँसो वा खुशी । हर्ष हुँदैन भन्नुको अर्थ दुखी हुनु पर्छ भनेको होइन । जो खुशी हुन्छ ऊ दुखी पनि हुनसक्छ । जो आनन्दित रहन्छ ऊ खुशी वा दुखी हुँदैन । त्यसैले भक्त सधैं आनन्दित रहन्छ ।
अमर्षको अर्थ हो अरुको उन्नतिमा दुखी हुनु, क्रोध गर्नु वा दिक्क हुनु । भक्त अरुको खुशीमा खुशी र अरुको दुखमा दुखी हुन्छ, त्यसैले उसले कसैसँग अमर्ष गर्दैन । त्यसैले भक्त व्यथामुक्त अर्थात् आनन्दित रहन्छ ।

सबै कुरा ईश्वरलाई समर्पण गरेकोले उसलाई कसैसँग भय पनि रहँदैन । अनि भक्तले कुनै काम गरे बापत कसैबाट कुनै कुराको प्रति आशा वा अपेक्षा गरेको हुँदैन । ऊ बाहिर, भित्र शुद्ध रहन्छ । यसको अर्थ के हो भने बाह्य पवित्रताका लागि उसले सत्य, अहिंसा, अस्तेय, अपरिग्रह र ब्रह्मचर्य तथा आन्तरिक पवित्रताका लागि शुद्धता, सन्तोष, तप, स्वाध्याय पालन गर्छ । अनि ईश्वरको उपासना र पूजा उसको सर्वोच्च कार्य हुन्छ ।

भक्त दक्ष हुन्छ । दक्षको अर्थ हो आफ्नो काममा सिपालु । भक्तले काम कुशलतापूर्वक सम्पन्न गर्छ र मनलगाएर काम गर्छ किनभने उसको ध्यान परिणाममा होइन काममा हुन्छ।
भक्त उदासीन हुन्छ । उसले सबै प्रति समान व्यवहार गर्छ । उत् र आसीन मिलेर उदासीन बनेको छ । यसको अर्थ हो माथि बसेको, प्रति अभिनति नभउको, निष्पक्ष हुन्छ । उसले शत्रुका पनि गुणको प्रशंसा गर्छ मित्रका पनि दुर्गुण बखान गर्न सक्छ ।
भक्त सर्वारम्भ परित्यागी हुन्छ । रभ् धातुको अर्थ हो सुरु गर्नु वा इच्छा गर्नु हो । त्यसैले सर्वारम्भपरित्यागीको एउटा अर्थ हो सकाम कर्मको त्याग गर्नु । सर्वारम्भपरित्यागीको अर्को अर्थ पनि छ, त्यो हो सुखमा मात्तिने र दुखमा आत्तिने नगर्नु । अहङ्कार परित्याग गरेर जसले आफ्नो कर्म गर्छ त्यो सर्वारम्भपरित्यागी हुनजान्छ । जसले सबै कुरा ईश्वरको जिम्मा लगाउँछ, त्यो मानिस स्वतः सर्वारम्भपरित्यागी हुन्छ । बाइबिलमा भनिएको छ– ‘हामीले योजना बनाउँछौं तर टुङ्गो ईश्वरले लगाउँछन् ।’ (We can make our plans but the Lord determines our steps) जसले यो कुरा बुझ्छ ऊ सर्वारम्भ परित्यागी हुन जान्छ।

यो न हृष्यति न द्वेष्टि न शोचति न कांक्षति ।

शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ।। १७ ।।
===== पदच्छेद र शब्दार्थ =====
यः (जो) न हृष्यति (न हर्षित हुन्छ) न द्वेष्टि (न द्वेष गर्छ) न शोचति (न शोक गर्छ) न काङ्क्षति (न आकाङ्क्षा गर्छ) शुभ–अशुभ–परित्यागी (शुभ अशुभ त्याग गरिसकेको छ) यः (जो) सः (त्यो) भक्तिमान् (भक्तियुक्त मानिस) मे (मलाई) प्रियः (प्रिय छ)।

जो केही पाएर न हर्षित हुन्छ, न द्वेष गर्छ, न शोक गर्छ, न केही कुराको इच्छा गर्छ, तथा जसले शुभ र अशुभ फल त्याग गरिसकेको छ, त्यो भक्तिमान् मानिस मलाई प्रिय छ ।।१७।।
===== व्याख्या =====
भक्तले हर्ष, शोक, द्वेष, इष्ट, अनिष्ट सबै अवस्थालाई स्वाभाविक रुपमा लिन्छ । ऊ इष्ट पाएर खुशी पनि हुँदैन, र अनिष्ट पाएर दुखी पनि हुँदैन । वास्तवमा हर्ष र शोक एउटै सिक्काका दुई पाटा हुन् । जो हर्षित् हुन्छ उही दुखी पनि हुन्छ ।

भक्तले आकाङ्क्षाको आधारमा कर्म गर्दैन, कर्तव्य सम्झेर कर्म गर्छ । कुनै कुराको चाहना राख्नु असन्तुष्टिको कारण हो । भक्त शुभ–अशुभ दुवै प्रति समान हुन्छ । ईश्वरले जे दिएको छ, त्यो स्वीकार गर्नेका लागि शुभ र अशुभमा अन्तर रहँदैन । यसको कारण के हो भने ईश्वरले जे गर्छ त्यो भन्दा शुभ अर्को हुन सक्दैन भन्ने कुरा भक्तले बुझेको हुन्छ ।

वैज्ञानिक अब्दुल कलामले सुरुमा भारतको एयरफोर्सको परीक्षामा समावेश भए । तर उनी उत्तीर्ण हुन सकेनन् । यस असफलताले उनलाई सारै निराश बनायो । उनी एक जना सन्त कहाँ आफ्नो निराशा व्यक्त गर्न पुगे । सन्तले भने– यसको अर्थ स्पष्ट छ, तिमी फौजी अफीसरका लागि योग्य रहेन छौ । तिमी त्यो भन्दा कुनै ठूलो कामका लागि ईश्वरबाट छानिएका छौ ।
चिन्ता गर्न छोडेर उनले आफ्नो अध्ययनलाई नियमितता दिए । पछि उनी एक सफल वैज्ञानिक बने । अन्तमा भारतका राष्ट्रपति बने ।

स्वामी विवेकानन्द सन्न्यासी नहुँदै विद्यार्थी नरेन्द्रदत्त थिए । बेरोजगार नरेन्द्रदत्तले धेरै ठाउँमा नोकरी खोजेका थिए । पिताको मृत्यु पछि घरको जिम्मेवारी उनैका काँधमा थियो । आमाले धेरै पटक गुनासो गर्थिन । घरमा कतिपटक खाना पाकेको थिएन । उनी आफैंले कहिलेकाहीं साथीले खान बोलाएको छ भनेर बाहिर घुमेर आउँथे र साँझमा भोकै सुत्थे । यी सबै कारणले उनी असाध्यै दुखी रहन्थे ।

एक दिन रामकृष्णले नरेन्दको समस्या सोधे । रामकृष्ण काली मन्दिरका साधारण पुजारी थिए । उनले आफूले के गर्न सक्थे र ? नरेन्द्रका कुरा सुनेर उनी ज्यादै दुखी भए र मन्दिर भित्र गएर कालीको मूर्तिका अगाडि रुन थाले ।

एक छिन पछि बाहिर आएर नरेन्दलाई भने– जाउ तिमीलाई जे चाहिन्छ आमासँग माग ।

नरेन्द्रभित्र गएर ध्यान मग्न भए । र एक छिन पछि बाहिर आए ।
यसरी उनी तीन पटक भित्र गए । तर धनसम्पत्ति माग्न सकेनन् । यसबाट उनी आफू पनि निराश बने ।

अनि रामकृष्णले भने– नरेन्द्र, माताले तिमीसंग ठूलो काम लिनका लागि परीक्षा लिन खोज्दै छिन् । धैर्य गर ।

परमहंस रामकृष्णको संगतले उनी अन्तमा विश्व प्रसिद्ध सन्त विवेकानन्द बने । यदि उनको इच्छा पूरा भएको भए उनले कुनै सरकारी नोकरी गरेर परिवार पाल्थे होला ।

समःशत्रौ च मित्रे च तथा मानापमानयो ः ।

शीतोष्णसुखदुखेषु समः संगविवर्जितः ।।१८।।

तुल्य निन्दास्तुतिर्मौनी सन्तुष्टो येन केनचित् ।

अनिकेतः स्थिरमतिर्भक्तिमान्मे प्रियो नरः ।। १९ ।।
===== पदच्छेद र शब्दार्थ =====
शत्रौ च मित्रे च (शत्रु र मित्रमा) समः (समान छ) तथा (तथा) मान–अपमानयो ः (मान र अपमानमा) शीत–उष्ण–सुख–दुखेषु (सर्दी र गर्मी, सुख र दुखमा) समः (एकनास छ) संगविवर्जितः (आसक्तिरहित) निन्दा–स्तुतिः (निन्दा र स्तुतिमा) तुल्य (एक समान) मौनी (मननशील, कम बोल्ने) येन–केनचित् (जे जति प्राप्त हुन आउँछ) सन्तुष्टः (सन्तुष्ट छ) अनिकेतः (अनिकेत, घरमा आसक्ति नभएको) स्थिरमतिः (स्थिर बुद्धि) भक्तिमान् (भक्तिमान्) नरः (मानिस) मे प्रियः (मलाई प्रिय छ) ।

जो शत्रु र मित्र, मान र अपमान, सर्दी र गर्मी, सुख र दुखमा एकनास छ, जसलाई कुनै कुरामा आसक्ति छैन, जो निन्दा र स्तुति दुवैमा एकनास छ, थोरै बोल्ने, जे जति प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहने, घर परिवारमा आसक्ति नभएको, स्थिर चित्त छ, यस्तो भक्तिमान् मानिस मलाई प्रिय छ ।।१८–१९।।
===== व्याख्या =====
द्वन्द्व नै जीवनमा दुखको कारण हो । यस्ता द्वन्द्वबाट मुक्त भएकोले नै भक्तमा समताको गुण हुन्छ । वास्तवमा म, मेरो, मलाई जस्ता अहङ्कारले गर्दा जीवनमा लाभ हानि, जाडो गर्मी, निन्दा स्तुति, मित्र शत्रु जस्ता द्वन्द्व उत्पन्न हुन्छन् । भक्त यी द्वन्द्वबाट माथि हुन्छ । भक्त मननशील हुन्छ । मननशीलको अर्थ हो थोरै बोल्ने, उचित बोलने जसबाट सुन्ने र बोल्ने दुवैलाई आनन्द हुन्छ ।

जे जति प्राप्त छ, त्यसबाट सन्तुष्ट रहनु यो भक्तको एक गुण हो । सुखी रहनका लागि यो आवश्यक नियम हो । किनभने आफूसँग नभएको कुरा चाहना गर्नु भनेको नै असन्तुष्टि र दुखको कारण बन्छ ।

अनिकेतको अर्थ हुन्छ घर नभएको । जसरी अहङ्काररहित व्यक्तिलाई विदेह भनिन्छ, त्यसै गरी घरको आसक्ति नभएको व्यक्तिलाई अनिकेत भनिन्छ । घरमा बस्नु उसका लागि कर्तव्य हो, आसक्ति होइन ।

भक्तको मन ईश्वरमा लागेको हुन्छ, त्यसैले उसको चित्तमा चञ्चलता हुँदैन अर्थात् भक्त स्थिर चित्तयुक्त हुन्छ । पतञ्जलिले ईश्वरमा मन लगाउनुलाई ध्यानको अन्तिम विकल्पको रुपमा लिएका छन् ।

ये तु धर्म्यामृतमिदं यथोक्तं पर्युपासते ।

श्रद्दधाना मत्परमा भक्तास्तेऽतीव मे प्रियाः ।।२०।।
===== पदच्छेद र शब्दार्थ =====
तु (अनि) यथा उक्तम् (यहाँ भनिएका) धम्र्य अमृतम् (अमृत तुल्य धर्मलाई) इदम् (यिनी) ये (जुन मानिसले) मत्–परमाम् (मेरो परायण भई) श्रद्दधानाः (श्रद्धापूर्वक) पर्युपासते (राम्ररी आचरण गर्छन्) ते (तिनी) भक्ताः (भक्तहरु) मे (मलाई) अतीव प्रियाः (अति प्रिय छन्) ।

अनि यहाँ भनिएका अमृततुल्य धर्मलाई जुन मानिसले मेरो परायण भई श्रद्धापूर्वक आचरण गर्छन्, ती भक्तहरु मलाई अति प्रिय छन् ।। २० ।।
==== व्याख्या====
भगवान् श्रीकृष्णले यस अध्यायमा छ पटक प्रिय शब्दको प्रयोग गर्नु भएको छ । भगवानलाई आफ्ना भक्त कति प्रिय हुन्छन्, त्यो यसको उदाहरण हो । भागवतमा भक्तलाई भगवानको स्वरुप बताइएको छ । जसले यहाँ बताइएका गुण व्यवहारमा उतार्छ उसले धम्र्य अमृतलाई नै उपासना गरेको ठहर्छ ।
आचार्य सुरेश्वरले वृहदारण्यक उपनिषद्को टीकामा भनेका छन्– ‘आत्मबोध भइसकेका व्यक्तिमा अद्वेष्ट आदि गुणहरु आफैं बिना कुनै प्रयत्न आउँछन् तर साधक अवस्थामा ती गुण हुँंदैनन् । त्यस अवस्थामा यी गुणहरु ईश्वरभक्तिलाई आधार मानेर आर्जन गर्नु पर्छ ।’

यहाँ भनिएका सबै गुण भगवान् श्रीकृष्णको जीवनमा एकै ठाउँमा पाइन्छन् । विद्याध्ययन प्राप्त गर्ने सानो उमेरमा उनले गाई चराएर बिताउनु पर्यो । धेरै पछि सान्दीपनि गुरुको आश्रममा पढ्ने अवसर प्राप्त भयो त्यो पनि थोरै समयका लागि । युद्ध गर्दा बारम्बार भागेर जिउ जोगाउनु पर्यो । मणि चोरी गरेको दोष लाग्यो । यसबाट मुक्ति पाउन ओडार भित्र २८ दिन ज्यान जोखिममा पारेर युद्ध गर्नु पर्यो । आफ्नो कारणले परिवार मात्र होइन यदु कुल नै बसाईं सरेर द्वारका जानु पर्यो । तथापि भगवान् श्रीकृष्णले सबै कुरा सहर्ष स्वीकार गर्दै सधैं प्रसन्नचित्त रहेर संसारका लागि उदाहरण प्रस्तुत गर्नु भएको छ । त्यसैले भगवान श्रीकृष्णको जीवन एक साधक, सिद्ध, भक्त र योगीको उदाहरण हो ।
यस अध्यायमा भक्ति योगलाई महत्त्व दिए पनि गीताले साधकलाई ज्ञान, भक्ति, कर्म र ध्यान चारवटै योगका सन्तुलित मिश्रणको अभ्यास गर्न प्रेरित गर्छ । जुन आफ्नै प्रकृतिका लागि बढी अनुकूल हुन्छ त्यस योगलाई साधकले मुख्य साधना बनाउनु पर्छ । साथै उचित अनुपातमा अन्य योगलाई मिसाउनु पर्छ । कुनै पनि मानिसमा केवल एउटा शक्ति मात्र हुँदैन अघि भनिएका चारवटै शक्तिहरू हुन्छन् । तर चारवटै शक्तिको अनुपात भने सबैमा फरक फरक हुन्छ । ध्यान दिनु पर्ने कुरा के भने योगेश्वर श्रीकृष्णले चारै योग एउटै मानिस– अर्जुनलाई सिकाउनु भएको छ र तिनीहरूको अनुसरण गर्नका लागि प्रेरित पनि गर्नु भएको छ । यसबाट निस्संकोच के निर्णय गर्न सकिन्छ भने गीताको योग एक समुचित आध्यात्मिक साधना हो । जसले यसका चारवटै पक्षलाई समन्वित गर्छ । तर पनि अर्जुनको स्वभाव वा प्रकृति कस्तो थियो भने उनका लागि कर्मयोग नै बढी अनुकूल थियो । उसको स्वधर्म अनुसार सन्न्यास वा ज्ञानयोग उसका लागि उपयुक्त थिएन । त्यसैले यस अध्यायमा अर्जुनका लागि कर्मफलको आकांक्षा त्याग गरेर एकाग्रतापूर्वक कर्म गर्नु नै सजिलो र श्रेयस्कर बताइएको छ । यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने उद्धवलाई उपदेश दिँदा भगवान कृष्णले ज्ञानभन्दा भक्ति सरल हुन्छ भनी उपदेश दिनु भएको छ । त्यसैले कुनै एउटा विधि सबै मानिसका लागि उपयुक्त हुँदैन । यदि ज्ञानको विधि शंकराचार्यलाई सरल छ भने नारदलाई भक्तिको विधि सरल छ ।

ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे भक्तियोगो नाम द्वादशोऽध्यायः ।।
श्रीमद्भगवद्गीता रुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको भक्तियोग नाम गरेको अध्याय १२ समाप्त भयो ।।ॐ तत्सत् ।।

====सन्दर्भ====
अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।

अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।

अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।

आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।

आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।

ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।

ओशो, (सन् १९८०), गीता दर्शन , पूना ःरेबेल बुक्स ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।

खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।

गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।

गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।

गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुरः गीताप्रेस ।

जलोटा, अनूप, (वि.सं.२०७०), श्रीमद्भगवद्गीता (सी डी) ।

नेपाल, ज्ञानमणि, २०७०, आबाल ब्रह्मचारी षडानन्द अधिकारीको अवदान, काठमाडौंः आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान ।

पन्थी, टीकाराम, (वि.सं.२०६४), अर्वाचीन रेसुङ्गा (यदुकानन्दकालीन रेसुङ्गा), तम्घास, गुल्मीः किरण पुस्तकालय ।

पौड्याल, जयदेव, (वि.सं.२०४६) शङ्कराचार्य रचित तत्त्व बोधको अनुवाद, काठमाडौंः श्री ५ को सरकारको छपाखाना, सिंहदरबार ।

पौडेल, तेजनिधि, स्वर्गद्वारी महाप्रभु, बेस्ट खबर डट कम बाट ३ दिसम्बर, २०२३

बेनेट, जे जे र ठाकुरलाल मानन्धर,(वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौंः योगेन्द्रभक्त श्रेष्ठ ।

मरासिनी, धनञ्जयको ब्लग, सन्त शशिधरको जीवनी, ३ दिसम्बर, २०२३

मजगैयाँ, रामप्रसाद, (वि.सं.२०४६), श्री स्वर्गद्वारी महाप्रभु चरित्र, दाङ्ग, बिजौरी ः रामप्रसाद उपाध्याय मजगैयाँ ।

म्याक्समुलर, एफ. (१९७१), रामकृष्ण, हिज लाइफ एन्ड सेईङ्ग्स, रामकृष्ण मठ, नागपुर ।

रामसुखदास, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता साधक संजीवनी, गोरखपुरः गीताप्रेस ।

रोलां, रोम्यां, (सन् २००९), रामकृष्ण की जीवनी अनुवादक धनराज विद्यालंकार, सम्पादक डा. रघुराज गुप्त, नागपुर ः रामकृष्ण मठ ।

शर्मा, जनकलाल, (वि.सं.२०२०), जोसमनि सन्त परम्परा र साहित्य, काठमाडौं ः साझा प्रकाशन ।

शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।

शशिधर स्वामी, (वि.सं.२०३३), सन्त शशिधरको बाणोपनिषद, तम्घास ः किरण पुस्तकलाय ।
t5k9mds5p2yn5jh6z0c1sog1aa3yn62
18609
18608
2026-06-11T02:01:45Z
Ziv
6796
([[c:GR|GR]]) [[c:COM:Duplicate|Duplicate]]: [[File:योगमाया.jpg]] → [[File:Yogmaya Neupane Artists Impression.jpg]] Exact or scaled-down duplicate: [[c::File:Yogmaya Neupane Artists Impression.jpg]]

[[चित्र:Yogmaya Neupane Artists Impression.jpg|अङ्गुठाकार|योगमाया]]

kxdlvjmqugdt64k2hp1fntpxaccmtu0
18614
18609
2026-06-11T02:30:26Z
CommonsDelinker
37
Removing [[:c:File:स्वर्गद्वारी_महाप्रभु.png|स्वर्गद्वारी_महाप्रभु.png]], it has been deleted from Commons by [[:c:User:Ziv|Ziv]] because: [[:c:COM:L|Copyright violation]]: https://x.com/RONBupdates/status/1492679979163078662.

drpgp8bnfu236030rgyznzb3dzxuu3y
श्रीमद्भगवद्गीता पञ्चदश अध्याय
0
4158
18613
18548
2026-06-11T02:21:41Z
CommonsDelinker
37
Removing [[:c:File:Diagram_15.1.jpg|Diagram_15.1.jpg]], it has been deleted from Commons by [[:c:User:Ziv|Ziv]] because: [[:c:COM:L|Copyright violation]]: https://www.weekand.com/home-garden/article/trees-pond-18050995.php.
18613
wikitext
text/x-wiki
===== अध्याय पन्ध्र=====
==== पुरुषोत्तम योग ====
===== श्रीभगवानुवाच=====
उर्ध्वमूलमधःसाखमश्वत्थं प्राहुरव्ययम् ।

छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित् ।।१।।
===== पदच्छेद र शब्दार्थ– =====
श्रीभगवान् उवाच (श्रीभगवानले भन्नु भयो)

उर्ध्वमूलम् (जरा माथि आकाशतिर भएको) अधःसाखम् (हाँगा तल जमीनमा फैलिएको) अश्वत्थम् (पीपलको वृक्ष) प्राहुः (भनिन्छ) अव्ययम् (अविनाशी हो) यस्य (जसका) पर्णानि (पातहरु) छन्दांसि (वेद मन्त्र, प्रार्थना, ढाक्ने कुरा हो) तम् (त्यस वृक्षलाई) यः (जसले) वेद (जान्यो) स ः (त्यो) वेदवित् (वेदको तत्त्व जान्ने, ज्ञानी हो) ।

श्रीभगवानले भन्नु भयो –

यो संसाररुपी पीपलको यस वृक्षको यस्तो वर्णन गरिएको छ यसका जरा आकाशमा छन्, हाँगाहरु तल अर्थात् मनुष्यलोकमा फैलिएका छन् । यो वृक्ष अविनाशी छ । छन्दहरु (वेदका मन्त्र) यसका पात छन् जसले यो ढाकिएको छ । यस अश्वत्थ वृक्षलाई जसले जान्यो त्यसलाई वेदको तत्त्व जान्ने भनिन्छ ।। १ ।।
===== व्याख्या =====
यस अध्यायमा शरीरलाई उल्टो वृक्षसँग तुलना गरिएको छ । यस संसार वृक्षलाई उर्ध्वंमूल भएको वृक्ष भनिन्छ । सबभन्दा माथि ब्रह्म छ । यो यस संसार वृक्षको मूल हो । अव्यक्त मूलबाट उत्पन्न, बुद्धि रुपको प्रमख शाखा भएको र इन्द्रियरुपी कोटर भएको यस वृक्षका महाभूतरुपी हाँगाबिँगा, विषयरुपी पात, धर्म–अधर्म रुपी फूल भएको र सुख–दुख रुपी फल लागेका हुन्छन् । यो सनातन वृक्ष सबै प्राणीको आश्रय स्थल हो । यही ब्रह्मवन हो । यसैमा अविनाशी ब्रह्म सधैं वास गर्छ । सर्वोच्च भएकोले त्यो ब्रह्म नै उत्तम पुरुष हो । पुरुषोत्तम योगको संकेत यस उल्टो गति अर्थात् जरा पहिल्याउनु तर्फ छ ।

श्वसको अर्थ हुन्छ साँस लिनु । त्यसैले पीपललाई अश्वत्थ भनिन्छ । जसले गर्दा जीवन छ। श्वसको एउटा अर्थ हो– जुन कुरा छ र अश्वत्थको अर्थ हो जन आजको जस्तो भोलि छैन। भोलि नहुन पनि सक्छ । मानव शरीर अश्वत्थ नै हो ।

सांख्य शास्त्रमा अपरा र परा प्रकृतिलाई संसारको विस्तार बताइएको छ भने

योगशास्त्रमा यसैलाई पुरुष र प्रकृतिको विस्तार भनिएको छ ।

यथा पिण्डे तथा ब्रह्माण्डेको दर्शन अनुसार सृष्टि आन्तरिक स्वरुपको विस्तार हो । मानिसको मूल भनेको मस्तिष्क हो । गर्भमा सर्वप्रथम मस्तिष्क बन्छ अनि क्रमशः हात गोडा इत्यादि। यसको विस्तार नै हात, खुट्टा, पेट इत्यादि हो । यो मानव शरीर उल्टो स्वरुपमा नै गतिमान छ । त्यसैले मानव देहलाई क्षेत्र मानेर यसलाई व्यष्टि रुपमा उल्टो अश्वत्थ वृक्ष मान्न सकिन्छ, जसको जरा माथि र फेद तल छ । शरीरलाई सृष्टि विस्तारको रुपमा अध्याय १३ मा वर्णन गरिएको छ । अध्याय १४ मा ब्रह्माण्डलाई परमात्मा रुपी बीजबाट सृष्टि विस्तार कसरी हुन्छ सो कुराको वर्णन गरिएको छ ।

अब यस अध्यायमा उल्टो अश्वत्थ वृक्षसँग संसारको तुलना गर्नुको अर्थ के हो भने संसार ठीक त्यसै गरी ब्रह्मको प्रतिरुप हो जसरी पोखरीको डीलमा भएका वृक्षको छायाँ पोखरी भित्र देखिन्छ । गीताको संकेत के हो भने संसारको केन्द्र परमात्मा हो र यसको छायाँलाई हामीले वास्तविक स्वरुप मानेर भ्रमित भएका छौं । यस बाहेक उल्टो अश्वत्थ वृक्षको अरु केही अर्थ छैन । संसारलाई उल्टो भनिएको होइन, बरु यसको केन्द्र परमात्मा हो भन्न खोजिएको हो ।
चित्र १५.१ उल्टो अश्वत्थ वृक्ष

यो संसार वृक्ष छन्दरुपी पातले ढाकिएको छ । छन्दको दुईवटा अर्थ हुन्छ मन्त्र र पात । वृक्षमा छन्द भनेको पात हो । वेदमा छन्द भनेको वेद मन्त्र हो । वेदका कर्मरुपी पातले यो संसार राम्ररी ढाकिएको छ । यस्तो वृक्षलाई जसले जान्यो त्यो मानिसलाई वास्तवमा वेदजान्ने भनिन्छ ।

अधश्चोर्ध्वं प्रसृतास्तस्य शाखा,

गुणप्रवृद्धा विषय प्रवाला ।

अधश्च मूलान्यनुसन्ततानि,

कर्मानुबन्धीनि मनुष्यलोके ।।२।।
====पदच्छेद र शब्दार्थ–====
तस्य (त्यसका) शाखा (हाँगा) गुणप्रवृद्धा ः (तीनगुणहरुद्वारा राम्ररी बढाइएका) प्रसृताः (हाँगाबिँगा गर्दै अगाडि फैलिएका) अधः (तल) च (र) उर्ध्वं (माथि) विषय (रुप, रस आदि विषयहरु) प्रवाला (कलिला पालुवा) च (तथा) मनुष्य लोके (मनुष्यलोकमा) अधः (तल) कर्म अनुबन्धीनि (कर्मफल स्वरुपी) मूलानि (जराहरु) अनुसन्ततानि (एक पछि अर्को फैलिँदै गएका छन्) ।

त्यसका हाँगाहरु अगाडि राम्ररी फैलिंदै गएका छन् । ती हाँगाबिँगाहरु प्रकृतिका तीन गुण हुन् । यसबाट निस्केका कलिला पालुवा छन् । यी कोपिला भनेका रुप, रस आदि पाँच विषयहरु हुन् । (यी सबैको) कर्मफल रुपी यसका जरा हुन् जुन मनुष्यलोकमा भित्रैसम्म एक पछि अर्को गर्दै फैलिएका छन् ।। २ ।।
====व्याख्या====
त्यस (संसार वृक्ष) का बढेका यी तीन गुणका पाँच विषयहरु कोपिला हुन् । यी सबैको संयोगको रुपमा जुन कर्म गरिन्छ, त्यसको फल यस मनुष्यलोकमा बलियो जरा बनेर गाडिएका छन् ।

पुरुषको उपस्थिति भए पछि प्रकृतिका तीनवटा गुण, सत्त्व, रजस् र तमस्को असन्तुलनले पाँच विषय उत्पन्न हुन्छन् । त्यसपछि पाँच विषय, त्यसका पाँच महाभूत, अनुभव गर्ने पाँच ज्ञानेन्द्रिय र सक्रिय गराउने पाँच कर्मेन्द्रिय उत्पन्न हुन्छन् । यसरी सृष्टिको विस्तार हुँदै जान्छ ।

सर्वप्रथम शब्द, स्पर्श, रुप, रस र गन्धको उत्पत्ति हुन्छ । जसबाट पाँच महाभूत बन्छन् । महाभूतको अर्थ हो मूल तत्त्व । उदाहरणका लागि महाभूतको रुपमा भूमि भनेको जमीन वा माटो होइन, भूमि तत्त्व हो । जसको विशेषता वा पहिचान गन्ध हो । जलको विशेषता रस हो । त्यसै गरी तेजको विशेषता रुप र आकाशको विशेषता शब्द हो ।

पाँच विषयलाई अनुभव गर्न पाँच ज्ञानेन्द्रिय र सक्रिय बनाउने पाँच कर्मेन्द्रिय उत्पत्ति हुन्छन्। शब्द उत्पन्न हुँदा महाभूत आकाश, ज्ञानेन्द्रिय कान र कर्मेन्द्रिय वाणीको उत्पत्ति हुन्छ । स्पर्श उत्पन्न हुँदा महाभूत वायु, ज्ञानेन्द्रिय छाला र कर्मेन्द्रिय हातको उत्पत्ति हुन्छ । रुप उत्पन्न हुँदा महाभूत तेज, ज्ञानेन्द्रिय आँखा र कर्मेन्द्रिय गोडा उत्पन्न हुन्छ । रस उत्पन्न हुँदा, जल, जिब्रो र जननेन्द्रिय उत्पन्न हुन्छन् । गन्ध उत्पन्न हुँदा पृथ्वी, नाक, र उत्सर्जन इन्द्रिय उत्पन्न हुन्छन् ।
{| class="wikitable"
|+ तालिका १५.१ सृष्टि विस्तार

| || पुरुष (साक्षी) || प्रकृति (तीन गुण) ||

| विषय || महाभूत|| ज्ञानेन्द्रिय || कर्मेन्द्रिय

| शब्द || आकाश|| कान || वाणी

| स्पर्श|| वायु || छाला || हात

| रुप || तेज || आँखा || गोडा

| रस|| जल || जिब्रो || जननेन्द्रिय

| गन्ध || पृथ्वी || नाक || मलेन्द्रिय

संसार वृक्षको विस्तारलाई अर्को तरिकाले पनि व्याख्या गर्न सकिन्छ ।

यस संसारका दुई फल छन्– सुख र दुख ।

तीनवटा जरा हुन्छन्– १. सत्त्व, २. रज, ३. तम ।

फलका चार रस हुन्छन्– १.अर्थ, २. काम, ३. धर्म, ४. मोक्ष ।

यी सबै कुरा जान्ने पाँच साधन छन्– १. आँखा, २. कान, ३. छाला, ४. जिब्रो, ५. नाक ।

यसका छ वटा परिवर्तन हुन्छन्– १. उत्पत्ति, २. अस्तित्व, ३. वृद्धि, ४. रुप परिवर्तन, ५. ह्रास, ६. विनाश ।

यस वृक्षको बोक्रामा सात कुराहरु छन्– १. अस्थि, २. मास, ३. मेद, ४. रक्त, ५. रस, ६. मज्जा, ७. वीर्य ।

यसका आठ शाखा छन्– १. भूमि, २. जल, ३. वायु, ४. तेज, ५. आकाश, ६. मन, ७. बुद्धि, ८. अहङ्कार ।

नौवटा द्वार छन्– आँखा २, कान २, नाक २, मुख १, मलेन्द्रिय १, जननेन्द्रिय १ ।

दशवटा पात छन्– १. प्राण, २. अपान, ३. व्यान, ४. उदान, ५. समान, ६. नाग, ७. कूर्म, ८. कृकल, ९. देवदत्त, १०. धनञ्जय।

यस वृक्षमा दुई पक्षी छन्– जीव र ईश्वर ।

नरुपमस्येह तथोपलभ्यते,

नान्तो न चादिर्न च सम्प्रतिष्ठा ।

अश्वत्थमेनं सुविरुढमूल–

मसंगशस्त्रेण दृढेन छित्वा ।। ३।।
====पदच्छेद र शब्दार्थ====
तथा (तर) इह (यसको) रुपम् (रुप) न उपलभ्यते (रुप उपलब्ध हुँदैन) न अन्तः (अन्त छैन) न च आदिः (आदि पनि छैन) न च सम्प्रतिष्ठा (आधार पनि छैन) सुविरुढ (बलियो, राम्ररी गाडिएको) मूलम् (जरा भएको) अस्य (यस) अश्वत्थम् एनम् (यस पीपलको वृक्षलाई) दृढेन (बलियो) असंगशस्त्रेण (अनासक्ति शस्त्रले) छित्वा (काट्नु पर्छ) ।

तर यस संसार वृक्षको स्वरुप त्यस्तो देख्न पाइन्न, जस्तो अघि भर्खर वर्णन गरिएको छ । यसको न आदि छ, न अन्त छ, न यसले कसैको आधार लिएको छ । राम्ररी गाडिएका जरा भएको यस अश्वत्थ वृक्षलाई अनासक्ति रुपी बलियो शस्त्रले काट्नु पर्छ ।। ३ ।।

ततः पदं तत्परिमार्गितव्यं,

यस्मिन्गता न निवर्तन्ति भूयः ।

तमेव चाद्यं पुरुषं प्रपद्ये,

यतः प्रवृत्ति प्रसृता पुराणी ।। ४ ।।
====पदच्छेद र शब्दार्थ====
ततः (त्यस पछि) पदम् (परमपद) तत् (त्यस) परिमार्गितव्यंम् (खोजेर पत्ता लगाउनु पर्छ) यस्मिन् (जहाँ) गता ः (गएकाहरु) भूयः (फेरि) न निवर्तन्ति (फर्कंदैनन्) तम् एव (त्यही नै) यतः (जहाँबाट) पुराणी (प्राचीनतम) प्रवृत्ति ः (संसारको प्रवृत्ति) प्रसृता (सिर्जित भएको छ) च (तथा) आद्यम् (आदि) पुरुषम् (पुरुष) प्रपद्ये (शरणमा जान्छु) ।

अनि त्यस परमपदलाई खोजेर पत्ता लगाउनु पर्छ, जहाँ गएकाहरु फेरि फर्किंदैनन् । साथै के दृढ संकल्प गर्नु पर्छ भने सृष्टिको प्राचीनतम प्रवृत्ति जहाँबाट सिर्जना भएको छ, म त्यसै आदि पुरुष (सृष्टिकर्ता) को शरणमा जान्छु ।। ४ ।।
====व्याख्या====
जसरी माथि वर्णन गरिएको छ, यस लोकमा त्यस्तो स्वरुप देख्न पाईंदैन । यसको आदि, अन्त केही पनि पाईंदैन, आधार स्थान पनि पाईंदैन । यसलाई बलियो जरा भएको यस अश्वत्थ वृक्षलाई वैराग्य रुपी बलियो शस्त्रले काट्नु पर्छ । जसले यस संसारवृक्षलाई जान्यो त्यो मानिस सजिलै अविनाशी परमपदमा पुग्छ । वैराग्यरुपी शस्त्र कसलाई प्राप्त हुन्छ ? जो मान अपमानभन्दा माथि उठेको छ । जसको मोह नष्ट भएको छ । जसका कामनाहरु पूर्णतया निवृत्त भएका छन् । जसले आसक्तिरुपी दोषलाई जितेको छ । जसले निरन्तर आफ्नो अध्ययन गरेको छ ।

पोखरीमा देखिने छाया होस वा वास्तविक रुख दुवैको मूल भने एउटै हुन्छ, त्यो मूल न पोखरीमा देखिन्छ न वास्तविक रुखमा देखिन्छ । यद्यपि यो मूलमा राम्ररी उभिएको छ तर त्यसको जरा देखिन्न । यसलाई देख्न, चिन्न विशेष योग्यता चाहिन्छ । यस सृष्टिको मूल परमेश्वर हुनुहुन्छ । उनको अधीनमा प्रकृतिले सत्त्व, रजस्, र तमस्द्वारा सृष्टि विस्तार गर्छ । जसमा मन, बुद्धि, अहंकार, तथा पाँच महाभूत छन् । ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, विषय आदि त्यसका हाँगाबिंगा, पात आदि हुन् । सुख दुख यसका फल हुन् ।

यस फैलावटले जगत् निर्माण हुन्छ । हुन त, यी प्रत्येक कुरामा ईश तत्त्व छ, तर यस फैलावटमा त्यसको पहिचान जटिल हुनजान्छ । त्यसैले ईश तत्त्वलाई चिन्नु छ भने यात्रा विपरीत दिशातर्फ हुनुपर्छ । पञ्चतत्त्व, ज्ञानेन्द्रिय, र कर्मेन्द्रियको यात्रा मन, बुद्धि, चित्त हुँदै ईशतत्त्वतर्फ लैजाने क्रियालाई गीतामा योग भनिएको हो ।

निर्मानमोहा जितसंगदोषा,

अध्यात्मनित्या विनिवृत्तकामाः ।

द्वन्द्वैर्विमुक्ताः सुखदुःखसञ्ज्ञै–

र्गच्छन्त्यमूढाः पदमव्ययं तत् ।। ५ ।।
====पदच्छेद र शब्दार्थ–====
निर्मान मोहा ः (मान र मोहरहित) संग दोषाः (आसक्तिरुपी दोषलाई) जित (जितेको) अध्यात्मनित्या ः (नित्य अध्यात्ममा लागेको) विनिवृत्तकामाः (कामनाहरु निवृत्त भएका) सुखदुःखसञ्ज्ञैः (सुख दुखका) द्वन्द्वै ः विमुक्ताः (द्वन्द्वहरुबाट मुक्त) अमूढा (ज्ञानीवान् मानिसहरु) तत् (त्यस) अव्ययम् (अव्यय) पदम् (परमपदमा) गच्छन्ति (जान्छन्) ।

जो मान र मोहले रहित भएका छन्, जसले आसक्तिरुपी दोषलाई जितेका छन्, जो नित्य स्थिर भएर अध्यात्ममा लागेका छन्, जसका कामनाहरु पूर्णतया निवृत्त भएका छन्, जो सुख दुखका द्वन्द्वहरु मुक्त छन्, ती ज्ञानवान् मानिसहरु त्यस अविनाशी परमपदमा पुग्छन् ।। ५ ।।
====व्याख्या====
यस वृक्षको सर्वोच्च स्थान (अर्थात् केन्द्र) मा पुग्नु भनेको नै मूलमा वा परमपदमा पुग्नु हो। त्यहाँ पुग्ने विधि यस श्लोकमा संक्षेमा बताइएको छ । त्यहाँ पुग्न अहङ्कार र मोहबाट पार पाउनु पर्छ । सबै कुराको आसक्ति परित्याग गर्नु पर्छ । कामनाहरुबाट पूर्ण निवृत्त प्राप्त गर्नु पर्छ । यति गरिसकेपछि अर्को कुरा हो नित्य निरन्तर आफ्नो स्वरुपको चिन्तन गर्नु । यसरी त्यस परमपदमा पुग्न सकिन्छ । त्यस पदमा पुग्नु भनेको अविनाशी पद प्राप्त गर्नु हो ।

न तद्भासयते सूर्यो न शशांको न पावकः।

यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम ।। ६ ।।
====पदच्छेद र शब्दार्थ–====
तत् (त्यसलाई) न सूर्यः (न सूर्य) न शशांकः (न चन्द्रमाले) न पावकः (न अग्निले) भासयते (प्रकाशित गर्न सक्छ) यत् गत्वा (जुन पदमा गएर) न निवर्तन्ते (फर्केर आउँदैन) तत् (त्यो) मम (मेरो) परमंधामम् (परमधाम हो) ।

जहाँ पुगेर फेरि फर्केर आउनु पर्दैन, त्यसलाई सूर्य, चन्द्र वा अग्निले प्रकाशित गर्न सक्दैन, त्यही मेरो परमधाम हो ।। ६ ।।
====व्याख्या====
परमधाम कस्तो छ भने त्यहाँ सूर्य, चन्द्रमा, अग्नि वा अन्य कुनै प्रकाश हुँदैन । त्यहाँ पुगेपछि फेरि पुनर्जन्म लिनु पर्दैन ।

जब अन्तरिक्ष यात्रीहरु आकाशमा गए उनीहरुले भनेका छन् अन्तरिक्षको प्रकाश अनौठो छ। प्रकाश छ तर अर्कै । भित्रको अन्तरिक्षको बारेमा पनि यही कुरा लागू हुन्छ । आन्तरिक ईश्वरीय प्रकाशको बारेमा बताउने मानिसहरुले एउटै कुरा बताएका छन् त्यस प्रकाशको बारेमा बताउन सकिंदैन ।

सृष्टिको ज्यादै प्रारम्भमा जब सूर्य, चन्द्र, ताराहरु थिएनन्, त्यस बेला ब्रह्माण्डमा न अन्धकार थियो न प्रकाश थियो । त्यस बेला कसले प्रकाश दिएको थियो ? यस बारेमा खगोल विज्ञानसंग कुनै सही उत्तर छैन । गीताले भन्छ, त्यस बेला जसले प्रकाश दियो त्यही परमात्मा हो । त्यस बेला जस्तो प्रकाश थियो त्यही परमधामको उज्यालो हो ।

ममैवांशो जीवलोके जीवभूतः सनातनः ।

मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति ।। ७ ।।
====पदच्छेद र शब्दार्थ–====
जीवलोके (जीवलोक, शरीरमा) मम एव (मेरो नै) अंशः (अंश) सनातनः जीवभूतः (सनातन जीव, आत्माको रुपमा) प्रकृतिस्थानि (प्रकृतिमा रहने) मनः षष्ठानि इन्द्रियाणि (मन सहित पाँच इन्द्रिय गरेर यी छलाई) कर्षति (आकर्षित गरेर राख्छ, खिचेर राख्छ) ।

जीवलोक (शरीर) मा यो सनातन जीवभूत (आत्मा) मेरो नै अंश हो । यसले प्रकृतिमा स्थित मन र पाँच इन्द्रिय यी छलाई खिचेर आफूसँग राख्छ ।। ७ ।।

शरीरं यदवाप्नोति यच्चाप्युत्क्रामतीश्वरः ।

गृहीत्वैतानि संयाति वायुर्गन्धानिवाशयात् ।। ८ ।।
====पदच्छेद र शब्दार्थ–====
वायुः (वायुले) आशयात् (बगैंचा आदि गन्धको स्थानबाट) यत् (जुन) गन्धान् (गन्ध) इव (त्यसै गरी) ईश्वरः (ईश्वर, सनातन जीव, जीवात्मा) उत्क्रामति (निस्केर जाँदा) शरीरम् (स्थूल शरीरबाट) यत् च (अनि जुन) अवाप्नोति (अर्को शरीर प्राप्त गर्छ) एतानि (त्यसका मन र इन्द्रियलाई) गृहीत्वा (ग्रहण गरेर, लिएर) वा (अथवा) अपि (पनि) संयाति (लिएर जान्छ) ।

बगैंचाका फूल आदि गन्धको स्थानबाट वायुले जसरी गन्ध लिएर जान्छ, त्यसै गरी ईश्वर अर्थात् जीवात्माले स्थूल शरीरबाट निस्केर जाँदा त्यसको मन र पाँच इन्द्रियहरुलाई साथमा लिएर अर्काे स्थूल शरीरमा प्रवेश गर्छ ।।८।।

श्रोत्रं चक्षुः स्पर्शनं च रसनं घ्राणमेव च ।

अधिष्ठाय मनश्चायं विषयानुपसेवते ।।९ ।।
====पदच्छेद र शब्दार्थ–====
अयम् (यसले) श्रोत्रम् (कान) चक्षुः (आँखा) स्पर्शनम् (छला) च रसनम् (तथा जिब्रो) घ्राणम् (नाक) एव च (अनि) अधिष्ठाय (आश्रय गरेर) मनः (मन) च (तथा) विषयान् (विषयहरु) उपसेवते (भोग गर्छ) ।

यस जीवात्माले कान, आँखा, छाला, जिब्रो, नाक, र मनको आश्रय लिएर पाँचविषयहरुको भोग गर्छ ।। ९ ।।

उत्क्रामन्तं स्थितं वापि भुञ्जानं वा गुणान्वितम् ।

विमूढा नानुपशयन्ति पश्यन्ति ज्ञानचक्षुषः ।। १० ।।
====पदच्छेद र शब्दार्थ–====
उत्क्रामन्तं (निस्केर जाने) वा (अथवा) अपि (पनि) गुणान्वितम् (तीन गुणलेयुक्त) भुञ्जानम् (विषय भोग गर्दै) वा (अथवा) विमूढा (मूर्ख) न अनुपश्यन्ति (देख्दैनन्, जान्दैनन्) ज्ञान चक्षुषः (ज्ञानरुपी आँखाले) पश्यन्ति (देख्छन्, जान्दछन्) ।

शरीर छोडेर जानेको वा शरीरमा स्थित वा तीन गुणले युक्त भएर विषयहरुको भोग गर्ने यस जीवलाई अज्ञानी मानिसहरुले जान्दैनन् केवल ज्ञानरुपी आँखाले विचार गर्ने ज्ञानीहरुले मात्र उसलाई चिन्न सक्छन् ।।१०।।
====व्याख्या====
जीवलोक (शरीर) मा यो सनातन जीव अर्थात् जीवात्मा मेरो नै अंश हो । प्रकृतिमा स्थित मनसहित पाँच इन्द्रिय गरेर यी छलाई यस सनातन जीवले आकर्षित गरेर आफूसँग राख्छ। अनि जब जीवात्मा एउटा स्थूल शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ, उसले आफूसँग त्यस शरीरको मन र त्यसको सूक्ष्म शरीर अर्थात् इन्द्रियहरु गरी छवटा कुराहरु त्यसै गरी साथमा लिएर जान्छ, जसरी फूल आदि भएको स्थानबाट हावाले त्यहाँको बासनालाई लिएर गएको हुन्छ ।

वास्तवमा स्थूल शरीर पनि पूर्णतः नष्ट हुन वर्षौं लाग्न सक्छ । मानिसको मृत्यु भइसकेपछि तत्काल श्वास प्रश्वास बन्द हुन्छ । पन्ध्र मिनेट पछि शरीर पहेंलो देखिन थाल्छ । एक घण्टासम्म शरीर तातो रहन्छ र भित्रसम्म पूरै शरीर चिसो हुन लगभग २४ घण्टा लाग्छ । विस्तारै शरीरको रगत थिग्रन थाल्छ । चौबीस घण्टा पछि कुहिन सुरु हुन्छ । यो केही दिन रहन्छ । केही महिना पछि हड्डीहरु कुहिन थाल्छन् तर सबै हड्डी कुहिन वर्षौ लाग्न सक्छ।

इन्द्रिय र मन सूक्ष्म हुन्छन् त्यसैले यिनको शक्ति स्थूल शरीरभन्दा कैयौं गुना बढी हुन्छ । मृत्युपछिको जीवनका बारेमा संसारका सबै संस्कृतिहरुले आआफ्नो मान्यता अन्सार चिन्तन गरेका छन् र स्वीकार गरेका छन् ।

गीताको श्लोकमा के स्पष्ट गरिएको छ भने शरीर मर्दा इन्द्रियसंग सम्बन्धित आशा र तृष्णा मर्दैनन् । माया पनि मर्दैन र मन पनि मर्दैन । कबीरले भन्छन्–

माया मरी न मन मरा मर मर गया शरीर ।

आशा तृष्णा नमरी यह कह गया शरीर ।।

योगवाणीमा भनिएको छ–

चटक जस्ता संसारमा सपना जस्ता खेल

प्राणीहरुका हृदयमा तृष्णाको छ भेल

मानिसको स्थूल शरीर मर्दा पनि सूक्ष्म शरीर मर्दैन । सूक्ष्म शरीरमा भएका भाव र कृत्य यी अर्को शरीरमा प्रवेश गर्छन् यस कुरालाई केवल ज्ञानको आँखाले मात्र जान्न सकिन्छ ।

यही कुरा आउने श्लोकमा स्पष्ट गरिएको छ ।

यतन्तो योगिनश्चैनं पश्यन्त्यात्मन्यवस्थितम् ।

यतन्तोऽप्यकृतात्मानो नैनं पश्यन्तयचेतसः ।। ११ ।।
====पदच्छेद र शब्दार्थ–====
यतन्तः योगिनः (प्रयत्न गर्ने योगी) च (पनि) एनम् (यसलाई) आत्मनि एव स्थितम् ( आफूमा अवस्थित) पश्यन्ति (जान्दछन्) अचेतस ः (अविवेकी) यतन्तः (प्रयत्न गर्दा) अपि (पनि) अकृत आत्मानः (अशुद्ध चित्त, असंस्कारी मन र बुद्धि) एनम् (यसलाई) न पश्यन्ति (देख्दैनन्) ।

यसलाई प्रयत्न गर्ने योगीले आफूभित्र अवस्थित यस (सनातन जीवभूत) लाई जान्दछन् तथा आफूलाई शुद्ध नपारेकाले अज्ञानीले जति प्रयत्न गरे पनि देख्दैन ।। ११ ।।

यदादित्यगतं तेजो जगद्भासयतेऽखिलम् ।

यच्चन्द्रमसि यच्चाग्नौ तत्तेजो विद्धि मामकम् ।। १२ ।।
====पदच्छेद र शब्दार्थ–====
यत् (जुन) आदित्यगतम् (सूर्यमा स्थित) तेजः (तेज) अखिलम् (सम्पूर्ण) जगत् (जगत्लाई) भासयते (प्रकाशित गर्छ) यत् (जुन) चन्द्रमसि (चन्द्रमामा छ) यत च (तथा जुन) अग्नौ (अग्निमा पनि छ) तत् (त्यो) तेजः (तेज) मामकम् (मेरो हो भनी) विद्धि (जान) ।

जुन तेज सूर्यमा रहेर सम्पूर्ण जगतलाई प्रकाशित गर्छ तथा जुन तेज चन्द्रमा र अग्निमा पनि छ, त्यो सब मेरो तेज हो भनेर बुझ ।। १२ ।।
====व्याख्या====
यत्न गर्ने योगीले यस कुरालाई आफू भित्र छ भनी जान्दछन् । कुन कुरालाई ? जुन कुराले सम्पूर्ण जगत्लाई प्रकाशित गरेको छ, त्यसलाई । तर जो योगी छैन, अर्थात् जसले आफ्नो बुद्धिलाई संस्कार गरेको छैन त्यसले जति प्रयत्न गरे पनि देख्न सक्दैन । त्यसैले ईश्वर जान्न प्रयत्न गरेर मात्र हुँदैन आन्तरिक शुद्धता पनि चाहिन्छ ।

गामाविश्य च भूतानि धारयाम्हमोजसा ।

पुष्णामि चौषधीः सर्वाः सोमो भूत्वा रसात्मकः ।। १३ ।।
====पदच्छेद र शब्दार्थ–====
च (तथा) गाम् (पृथ्वीमा) आविश्य (प्रवेश गरेर) अहम् (मैले) ओजसा (तेजले) भूतानि (प्राणीहरु) धारयामि (धारण गर्छु) च (अनि) रसात्मक ः (रसयुक्त) सोम ः (चन्द्रमा) भूत्वा (भएर) सर्वाः (सबै) औषधीः (अन्न, वनस्पति आदिलाई) पुष्णामि (पोषण गर्छु, बढाउँछु) ।

त्यसै गरी मैले पृथ्वीमा प्रवेश गरेर आफ्नो तेजले सबै प्राणीलाई धारण गर्छु अनि रसयुक्त चन्द्रमा बनेर सबै अन्न र वनस्पतिलाई मैले नै पोषण दिन्छु ।। १३ ।।

अहं वैश्वानरो भूत्वा प्राणिनां देहमाश्रितः ।

प्राणापानसमायुक्तः पचाम्यन्नं चतुर्विधम् ।।१४।।
====पदच्छेद र शब्दार्थ–====
अहम् (म) वैश्वानरः (वैश्वानर) भूत्वा (बनेर) प्राणिनाम् (प्रााण्ीहरुका) देहम् (शरीरमा) आश्रितः (आश्रय लिएर, बसेर) प्राण अपान समायुक्तः (प्राण र अपान वायुले युक्त भएर) चतुर्विधम् (चार प्रकारका) अन्नम् (अन्न) पचामि (पचाउँछु) ।

म वैश्वानर नामको अग्नि बनेर प्राणीहरुको देहमा बस्छु तथा प्राण र अपानवायु युक्त भएर चार प्रकारका अन्न पचाउने काम गर्छु ।। १४ ।।
====व्याख्या====
सूर्यमा अवस्थित जुन तेजले सम्पूर्ण जगतलाई प्रकाशित गर्छ र जुन तेज चन्द्रमा, अग्निमा स्थित छ, त्यो ईश्वरको तेज हो भनेर बुझ्नु पर्छ । ईश्वरको त्यही शक्तिले माटोको अस्तित्त्व रक्षा गर्दछ अनि त्यसको उर्वरा शक्तिले अमृत रसरुपमा सबै अन्न, वनस्पतिलाई पोष दिन्छु । आधुनिक विज्ञानले सूर्यको तेजबाट बिरुवाले अन्न बनाउँछ भन्ने माने जस्तै यहाँ चन्द्रमाको प्रकाशबाट त्यो शक्ति अन्नमा प्रवेश गर्छ भन्ने मानिएको छ । अन्न र बिरुवाहरुमा हुने यस जीवनी शक्तिलाइ सोम भनिन्छ । जुन शक्तिले प्राणीको शरीरमा रहेर अन्न पचाएर शरीरका लागि योग्य बनाउँछ, त्यसलाई वैश्वानर अग्नि भनिन्छ । यस वैश्वानरले प्राणीहरुको देहमा स्थित प्राण र अपानवायुको सहयोगले चार प्रकारका अन्न पचाउँछ ।

अद भक्षणे धातुबाट अन्न बनेको छ । जुन कुरा आहारको रुपमा ग्रहण गरिन्छ, त्यो अन्न हो । आयुर्वेदमा आहार चार प्रकारको मानिएको छ– भोज्य– चपाउने जस्तै भातरोटी, चोस्य– चुस्ने जस्तै उखु, लेह्य–चाट्ने जस्तै चटनी, र पेय– पिउने जस्तै पानी । यी सबै कुराको स्वाद र पाच्य शक्ति जहाँबाट प्राप्त हुन्छ त्यो ईश्वरीय शक्ति हो ।

मानिसको भोजन नै उसको शक्ति हो । तर भोजन केवल त्यसबेला शक्तिमा रुपान्तरण हुन्छ जब त्यो राम्ररी पचाउन सकिन्छ । भोजनको पाचन क्रिया मुखमा राख्नु अघि नै सुरु हुन्छ। भोजन देख्ना साथ मुखमा रस उत्पन्न भयो भने त्यो पचाउन सजिलो हुन्छ । त्यसलाई हातले नरम बनाई दाँतले धूलो बनाए पछि जिब्रोले त्यसमा र्याल मिसाउँछ अनि भोजन नली भएर आमाशयमा पुर्याउँछ, त्यहाँ आन्द्राहरुले त्यसबाट जीवनीशक्ति शरीरमा सोसेर भोजन पचाउँछन् ।

भोजनमा उचित स्वाद लिनु, भोजनबाट जीवनी शक्ति लिएर शरीरलाई दिनु तथा अवशेष शरीरबाहिर फाल्नु यति काम पाचन क्रिया अन्तर्गत पर्दछन् । भोजनको अवशेष शरीर बाहिर निकाल्नु पनि पाचनको अङ्ग हो ।

कौटिलीय अर्थशास्त्रमा कर्मचारी छनौट गर्दा उसका अनेक गुणका साथै शील, बल र आरोग्यलाई पनि आवश्यक योग्यता मानिएको छ । बल र आरोग्य निश्चित रुपमा पाचन शक्तिमा भर पर्छ । पचाउने शक्तिले मानिसको कार्यक्षमता कतिसम्म प्रभावित हुनसक्छ, त्यसको उदाहरण वि.सं.२०४७ सालमा भएको एउटा घटना हो, जुन बेला गणेशमान सिंहले नेपालको प्रधानमन्त्री पद अस्वीकार गर्दै पाचन समस्या नै त्यसको प्रमुख कारक बताएका थिए ।

सर्वस्य चाहं हृदि सन्निविष्टो,

मत्तः स्मृतिर्ज्ञानमपोहनं च ।

वेदैश्च सर्वैरहमेव वेद्यो,

वेदान्तकृतवेदविदेव चाहम् ।।१५ ।।
====पदच्छेद र शब्दार्थ–====
च (तथा) अहम् (म) सर्वस्य (नै सबै प्राणीहरुको) हृदि (हृदयमा) सन्निविष्टः (सन्निहित छु, निवास गर्छु) मत्तः (मबाट नै) स्मृतिः (स्मरण) ज्ञानम् (ज्ञान) अपोहनम् च (बिर्सने काम, अपोहन) च (तथा) वेदैः (वेदद्वारा) सर्वैः (सबै) अहम् एव (म नै) वेद्यः (जान्ने योग्य) वेदान्तकृत (वेदान्त बनाउने) वेदवित् (वेदको अर्थ जान्ने) एव च अहम् (म नै हूँ)।

तथा म नै सबै प्राणीहरुको हृदयमा निवास गर्छु । स्मरण, र ज्ञान मात्र होइन विस्मरण पनि मबाट नै हुन्छ । त्यसै गरी वेदद्वाराजान्ने योग्य मात्र होइन वेदान्त बनाउने तथा वेदजान्ने पनि म नै हूँ ।।१५।।
====व्याख्या====
म नै सबै प्राणीहरुको हृदयमा छू । संनिहितको अर्थ हो सुरक्षित रुपमा रहेको । सबैको भित्र निवास गरेर स्मरणमा राख्ने, ज्ञान दिने, र अपोहन गर्ने पनि म नै हूँ । अपोहन ऊहन् को विपरीत क्रिया हो । ऊहको अर्थ हो विश्लेषण गर्नु, तर्क, वितर्क गर्नु । त्यसै गरी थाहा नभएको कुरा बोल्नुलाई तर्कशास्त्रमा ऊह भनिन्छ भने थाहा नभएको कुरा नबोल्नु अपोह हो । त्यसैले अपोहनको अर्थ हुन्छ मन र बुद्धिमा उत्पन्न भएका संशय, विपर्यय आदि दोषलाई विचारपूर्वक आन्तरिक तर्कबाट हटाउने अर्थात् काल्पनिक र अप्रासंगिक कुरा हटाउने र यथार्थ र जरुरी कुरा राख्ने । त्यसैले यो एक विशिष्ट तर्क शक्ति पनि हो । शारीरिक अपोहन (डायलिसिस) ले शरीर सफा गरे जस्तै मानसिक अपोहनले मनलाई शुद्ध, शान्त र स्थिरचित्त राख्छ ।

अनि सबै वेदहरुले जान्ने योग्य म हूँ । यति मात्र नभएर ती वेदलाई जान्ने पनि अर्थात् वेदवित् पनि म नै हूँ तथा वेदहरुको कर्ता, वेदान्तकर्ता पनि म हूँ ।

द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च ।

क्षरः सर्वाणि भूतानि कूटस्थोऽक्षर उच्यते ।।१६ ।।
====पदच्छेद र शब्दार्थ–====
लोके (संसारमा) इमौ (यी) द्वौ (दुई प्रकार) पुरुषौ (पुरुषहरु छन्) क्षरः च अक्षर एव च (क्षर अर्थात् नाशवान र अक्षर अर्थात् अविनाशी) क्षरः (नाशवान्) सर्वाणि भूतानि (सबै प्राणीको शरीर) कूटस्थः (भित्र स्थित अविकारी) अक्षर उच्यते (अक्षर भनिन्छ)।

यस संसारमा पुरुषका दुई प्रकारका छन् अर्थात् पुरुषका दुई स्वरुप छन् क्षर र अक्षर । नाशवान् प्राणीलाई क्षर भनिन्छ तर सबै प्राणी भित्र रहने अविकारीलाई अक्षर भनिन्छ ।।१६।।
====व्याख्या====
पुरुषको स्वरुप दुई प्रकारको छ– नाशवान र अविनाशी । सबै भूतप्राणीहरुका शरीर नाशवान छन् तर तिनीहरु भित्र कूटस्थ रहेको निर्गुण, निराकार जीवात्मा (१२.३ र १५.१६) नै क्षेत्रज्ञ (१३.१) हो । यो अविनाशी मात्र छैन, कूट पनि छ । कूटको एउटा अर्थ हुन्छ पर्वत । जुन कुरा पर्वत झैं अटल छ, त्यो नै कूट हो । कूटको अर्को अर्थ हुन्छ आरनमा फलाम पिट्नका लागि राखिएको ठूलो फलाम, लिहिली । लिहिलीले सबै फलामलाई आकार दिन्छ तर स्वयं त्यसको स्वरुप अपरिवर्तित रहन्छ । अर्को शब्दमा ऊ अपरिवर्तित भएकैले अरुलाई आकार दिन सक्षम छ । परमात्माले पनि त्यस लिहिली जस्तै स्वयं अपरिविर्तित रहेर सृष्टिलाई अनन्त आकार दिनुहुन्छ । क्षर र अक्षरलाई जैन दर्शनमा जीव र अजीव भनेर सम्बोधन गरिएको छ ।

उत्तमः पुरुषस्त्वयन्यः परमात्मेत्युदाहृतः ।

यो लोकत्रयमाविश्य विभत्र्यव्यय ईश्वर ।। १७ ।।
====पदच्छेद र शब्दार्थ–====
तु (तर) उत्तमः पुरुषः (उत्तम पुरुष) अन्यः (अन्य छ) परमात्मा (परमात्मा) इति (यस प्रकार) उदाहृतः (भन्दछन्) यः (जुन)ः अव्यय (अविनाशी) ईश्वर (ईश्वर) लोकत्रयम् (तीन लोकमा) आविश्य (आविष्ट भएर) विभर्ति (धारण पोषण गर्छ) ।

तर उत्तम पुरुष यी दुवै क्षर, अक्षरभन्दा भिन्न छ, जुन अव्यय ईश्वर तीन लोकमा आविष्ट भएर सबैलाई धारण पोषण गर्छ ।। १७ ।।

यस्मात्क्षरमतीतोऽहमक्षरादपि चोत्तमः ।

अतोऽस्मि लोके वेदे च प्रथितः पुरुषोत्तमः ।। १८ ।।
====पदच्छेद र शब्दार्थ–====
यस्मात् (यसबाट) अहम् (म) क्षरम् (क्षरबाट) अतीतः (अतीत, पर) अक्षरात् अपि (अविनाशीभन्दा पनि अतीत) च (तथा) उत्तमः (श्रेष्ठ हूँ) अतः (त्यसैले) लोके (संसारमा) च (तथा) वेदे (वेदमा) पुरुषोत्तमः (पुरुषोत्तम नामले) प्रथितः (प्रख्यात) अस्मि (छु) ।

म क्षरभन्दा पर, अक्षरभन्दा पनि परको उत्तम पुरुष हूँ । त्यसैले यस लोकमा र वेदमा पुरुषोत्तम नामले प्रसिद्ध भएको छू ।।१८।।
====व्याख्या====
क्षरको अर्थ हो नाशवान, र अक्षरको अर्थ हो अविनाशी । यी दुवैबाट परको जुन सर्वोच्च कुरा हो त्यसलाई अविनाशी परब्रह्म भनिन्छ । त्यसैले यहाँ उत्तम पुरुष भनिएको हो ।

संस्कृत र नेपाली व्याकरणमा थोरै अन्तर छ । नेपाली र अंग्रेजीमा म र हामीलाई प्रथम पुरुष (First Person) भनिन्छ । यसै गरी नेपाली र अंग्रेजीमा तिमी, तपाईंलाई मध्यम वा द्वितीय पुरुष (Second Person) तथा आफ्नो अगाडि नभएकोलाई जनाउने शब्द त्यो, ऊ, उनीहरुलाई संस्कृतमा प्रथम पुरुष तथा नेपाली र अंग्रेजीमा तृतीय पुरुष (Third Person) भनिन्छ ।

‘क्षर र अक्षर दुवैभन्दा पर म छु’ भनेर गीतामा तीन कुरालाई सृष्टि सञ्चालनको आधार बताइएको छ– क्षर, अक्षर र पुरुषोत्तम । यस्तै ट्रिनिटीको धारणा क्रिस्तानमा पनि पाइन्छ जसमा पिता, पुत्र तथा पवित्र आत्मा (होली स्प्रिट) यी तीनलाई ईश्वरको स्वरुप मानिएको छ ।

यस पुरुषोत्तमले तीनै लोकको धारण पोषण गर्छ, त्यसैले पुरुषोत्तम भनेको भगवान् विष्णुको नाम पनि हो । संस्कृत व्याकरणमा म, हामीलाई उत्तम पुरुष भनिन्छ । गीताको म नै त्यो परब्रह्म हो । त्यसैले त्यो उत्तम पुरुष पनि हो ।

हुन त, गीतामा परमात्मालाई ‘म’ शब्द प्रयोग गरिएको छ तर त्यो म भनेको व्याकरणको उत्तम पुरुष भए पनि ईश्वर म, तिमी र ऊ तीनवटै फरक हो अथवा अर्को शब्दमा ईश्वर ऊ पनि हो, तिमी पनि हो र म पनि हो । त्यसैलाई पुरुषोत्तम भनिएको हो । वास्तवमा सृष्टिमा जुन अविनाशी कुरा छ, त्यो मात्र ईश्वरीय शक्ति होइन, जुन नाशवान् छ, त्यो पनि ईश्वरीय शक्ति हो । एउटै शक्ति सर्वत्र छ ।

यो मामेवमसम्मूढो जानाति पुरुषोत्तमम् ।

स सर्वविद्भजति मां सर्वभावेन भारत ।।१९।।
====पदच्छेद र शब्दार्थ–====
भारत (हे भारत) यः (जसले) असम्मूढः (मोह त्याग गरी) माम् एवम् (मलाई नै) पुरुषोत्तमम् (पुरुषोत्तम) जानाति (जान्दछ) सर्ववित् (सर्वज्ञ भएर) सर्वभावेन (सबै प्रकारले) माम् (मलाई) भजति (भजन गर्छ) ।

हे भारत, यस प्रकार जुन मानिसले मोह त्याग गरी मलाई पुरुषोत्तम हो भनी जान्दछ उसले सर्वज्ञ भएर सबै प्रकारले निरन्तर म वासुदेवलाई भजन गर्छ ।। १९ ।।
====व्याख्या====
जुन मानिसले मोहरहित भई परब्रह्म परमेश्वरलाई उत्तम पुरुष भनी जान्दछ ऊसर्वज्ञ हुनजान्छ, अनि उसले सबै प्रकारले निरन्तर त्यस ईश्वरलाई भजन गर्छ । वास्तवमा आफू (जीवात्मा) लाई राम्ररी नबुझीकन परमात्माको स्वरुप बुझ्न सकिँदैन । जीवात्माको स्वरुप बुझे पछि परमात्मालाई सजिलै चिन्न सकिन्छ । कुनै परममित्रको घरको ठेगाना जान्न चाहनेले पहिले आफ्नो ठेगाना जान्नु पर्छ । त्यसलाई राम्ररी बुझेपछि अनि मित्रको घरसम्म पुग्ने मार्ग निश्चित हुन्छ ।

मूल बिन्दुको आधारमा अन्य कुनै बिन्दुको स्थान निर्धारणको विधि देस् कार्तेस भन्ने गणितज्ञ र दार्शनिकले पत्ता लगाएका हुन् । आज त्यसलाई नियामक ज्यामिति भनिन्छ । एक्स र वाई दुई अक्षको ठीक बीचमा मूल बिन्दु निर्धारण गरे पछि कुनै पनि बिन्दुको स्थान सजिलो गरी थाहा हुन्छ । त्यसै गरी संसारको मूल ईश्वरलाई नजानिकन यस संसारलाई बुझिंदैन ।

इति गुह्यतमं शास्त्रमिदमुक्तं मयानघ ।

एतद् बुद्ध्वा बुद्धिमान्स्यात्कृतकृत्यश्च भारत ।।२०।।
====पदच्छेद र शब्दार्थ–====
अनघ (हे निष्पाप) भारत (भारत) इति (यस प्रकार) मया (मैले) इदम् (यो जुन) गुह्यतमम् (गुह्यतम) शास्त्रम् (शास्त्र) उक्तम् (बताएँ) एतत् (यसलाई) बुद्ध्वा (राम्ररी बुझ्नाले) बुद्धिमान् (समत्व बुद्धियुक्त, बुद्धिमान्) च (र) कृतकृत्यः (कृतार्थ) स्यात् (हुन जानेछ) ।

हे निष्पाप भारत, यस प्रकार जुन गुह्यतम शास्त्र मैले वर्णन गरें, यसलाई राम्ररी बुझेपछि समत्व बुद्धियुक्त र कृतार्थ हुन जानेछ ।।२०।।
====व्याख्या====
मैले भनेको यस गुह्यतम शास्त्रलाईलाई तत्त्वले जानेर बुद्धिमान मानिस कृतार्थ हुन जान्छ। गुह्यतम अर्थात् अति रहस्यपूर्ण तथा गोपनीय । यस ज्ञानलाई गुह्यतम किन भनिएको छ?

हुन त, आधुनिक विज्ञानले पनि जीवनका केही रहस्यलाई स्वीकार गर्न थालेको छ तथापि विज्ञानको तथ्य र अध्यात्मको तथ्यमा एउटा मूलभूत अन्तर छ । विज्ञानको तथ्य एउटाले जाने पछि अरुले प्रयास गर्नु पर्दैन । म्याडम क्युरीले रेडियम धातु पत्ता लगाउने विधि एक पटक जाने पछि सधैंलाई तथ्य भयो । सबैलाई भयो । त्यसैले विज्ञान निरस छ ।

एउटाले जानेको कुरा अर्काले घोक्ने हो खोज्न पर्दैन । तर अध्यात्मको ज्ञान प्रत्येकले आफैं पत्ता लगाउनु पर्छ । तत्वदर्शीले बताएको तथ्य अर्काले त्यत्तिकै प्राप्त गर्न सक्दैन । यस रहस्यको कारणले अध्यात्म जहिले पनि नयाँ छ । यो नै यस ज्ञानको गुह्य वा रहस्य कुरा हो ।

cॐ तत्सत् इति श्रीमद्भगवद्गीतासूपनिषत्सु बह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे पुरुषोत्तमयोगो नाम पञ्चदशोऽध्यायः।।

श्रीमद्भगवद्गीता रुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको पुरुषोत्तम योग नाम गरेको अध्याय १५ समाप्त भयो ।।ॐतत्सत् ।।
====सन्दर्भ====
अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।

अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।

आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।

आचार्य, श्रीराम शर्मा, (सन् २०१०), १०८ उपनिषद्, मथुरा ः युग निर्माण योजना ।

आचार्य, श्रीराम शर्मा, (सन् २०१०), गायत्री महाविज्ञान (तीन खण्ड), मथुरा ः युग निर्माण योजना ।

आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।

आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।

आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।

ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।

ओशो, (सन् १९८०), गीता दर्शन खण्ड १–६, पूना ःरेबेल बुक्स ।

कृष्णमूर्ति, जे, (सन् १९८३), प्रथम और अन्तिम मुक्ति, अनुवादक दयाल शरण वर्मा, वाराणसी ः मोतीलाल बनारसीदास ।

कबीर अमृतवाणी भाग १, भाग २, भाग ३, (वि.सं.२०७१), माघ २०,वि.सं.२०७१, यु टयुब (राकेश काला) ।

कौटिल्यको अर्थशास्त्र, (वि.सं.२०२४), अनुवादक– केशव प्रसाद अर्याल, सम्पादक पं.सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।

खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।

गीताप्रेस, (वि.सं.२०६७), हिन्दु संस्कृति अंक, गोरखपुर ः गीताप्रेस ।

गीताप्रेस, (वि.सं.२०६५), महाभारत, गोरखपुर ः गीताप्रेस ।

गीताप्रेस, (वि.सं.२०६५), कल्याण, सन्तवाणी अङ्क, अङ्क २९, (संशोधित), गोरखपुर ः गीताप्रेस ।

गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।

गौड, रामदास, (वि.सं.१९९५), हिन्दुत्त्व, काशी ः शिवप्रसाद गुप्त।

ज्ञवाली, बाबु राम, (सन् २०१३), द मदर अफ् निश्रेयस अभ्युदय..., योग सन्देश, दिसम्बर २०१३, हरिद्वार ः पतञ्जलि योगपीठ, दिव्य योग मन्दिर ट्रष्ट ।

ज्ञवाली, बाबुराम (२०७३), सहज ज्ञानले दुख निवारण, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, रुन्धती ट्रष्ट ।

ज्ञवाली, बाबु राम, (वि.सं.२०७२), जीवनको दोस्रो पाना (वैचारिक गम्भीरताका दृष्टिले श्रीमद्भगवद्गीता दोस्रो अध्यायको अध्ययन), रुपन्देही,
नेपाल ः ज्ञानज्योति प्रकाशन ।

ज्ञवाली, बाबु राम, (वि.सं.२०७०), ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु, मिर्मिरे (सांस्कृतिक विशेषांक), वर्ष ४२, अंक १, पूर्णांक ३२०, बैशाख जेठ २०७०, काठमाडौं ः नेपाल राष्ट्र बैंक ।

ज्ञानेश्वर, (वि.सं.२०७०), ज्ञानेश्वरी (गीता), जेठ ६ वि.सं.२०७३ मा इन्टरनेटबाट प्राप्त

नीलम कार्की, (वि.सं.२०७४), योगमाया, काठमााडैं ः सांग्रिला प्रकाशन ।

प्रपन्नाचार्य, (वि.सं.२०५०), वेदमा के छ ?, काठमाडौं ः साझा प्रकाशन ।

पन्त, शंकरराज, (वि.सं. २०७८), श्रीरामकृष्णवचनसुधा, मुल लेखक श्री म, काठमाडौं ः रामकृष्ण आश्रम नेपाल ।

बाइबिल (सन् २००७), विकीपीडिया, अक्टोबर २१, सन् २००७ ।

राधाकृष्णन (मिति नभएको), श्रीमद्भगवद्गीता, दिल्ली ः राजकमल प्रकाशन ।

शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।

सदानन्द, (सन् २००९), वेदान्तसार, नागपुर ः रामकृष्ण मठ ।

gbcv5q7r9706u90lht7sd4xuayaukf4