गणेशमान सिंह

From Wikipedia

गणेशमान सिंह नेपालका राजनीतिज्ञ तथा २०४६ सालको जन आन्दोलनका कमान्डर थिए। उनको जन्म काठमाडौंको किलागलमा भएको थियो। उनको निवासस्थान चाक्सीबारी थियो। उनको श्रीमतीको नाम मंगलादेवी थियो । उनलाइ आन्दोलनको क्रममा समातिएपछि उनको गुद्दद्वारमा लौरो घुसाउने अत्याचार गरिएको थियो भनेर भनिन्छ जसको कारण उनलाइ हरेकदिन शौचक्रियामा बाधा हुने गर्दथ्यो । जनआन्दोलन पश्चात उनी राजा बीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई नमानेर आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाए। उनलाइ लौहपुरुषको संज्ञा / उपाधी पनि दिइएको थियो ।